PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

  • रेल सञ्जाल बिस्तारमा चिनियाँ प्रतिवद्धता : भारतले समेत लिन सक्छ फाइदा

    रेल सञ्जाल बिस्तारमा चिनियाँ प्रतिवद्धता : भारतले समेत लिन सक्छ फाइदा

    काठमाडौंः चीन नेपालको पूर्वाधार निर्माण तथा कनेक्टिभिटीको क्षेत्रमा साझेदार गर्न तयार देखिएको छ। ६ दिने राजकीय भ्रमणका क्रममा बेइजिङमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ राष्ट्रपति सी जिङपिङले यस्तो प्रतिवद्धता जनाएका हुन्।   प्रधानमन्त्री ओलीले बुधबार चिनियाँ राष्ट्रपति सीसँग बेइजिङस्थित ग्रेट हल अफ पिपलमा शिष्टाचार भेटवार्ता गरेका थिए। भेटवार्ताका क्रमामा चिनियाँ राष्ट्रपति सीले यस्तो प्रतिवद्धता व्यक्त गरेको सिन्ह्वाले जनाएको छ। …

    विस्तृतमा पढ्नुस्

  • एकैपटक चीनमा तीन कम्युनिस्ट सरकार प्रमुखको उपस्थिति

    एकैपटक चीनमा तीन कम्युनिस्ट सरकार प्रमुखको उपस्थिति

    काठमाडौं : उत्तरी छिमेकी देश चीनमा एकै पटक तीन मुलुकका कम्युनिष्ट शासकहरु पुगेका छन्।  प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (डीपीआरके) का नेता किम जोङ उन, वोलिभियाका राष्ट्रपति इभो मार्लोस र नेपालका प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष केपी शर्मा ओली बेइजिङमा छन्।  उत्तर कोरियाको वर्कस पार्टीका अध्यक्ष तथा राज्य परिषदका अध्यक्ष किम जोङ उन मंगलबार चीन पुगेका थिए। त्यही…

    विस्तृतमा पढ्नुस्

  • निजी विमानमा जम्बो टोली बोकेर प्रम चीन जाँदै : को को हुन् भ्रमण दलका सदस्य, सूची हेर्नुस् 

    निजी विमानमा जम्बो टोली बोकेर प्रम चीन जाँदै : को को हुन् भ्रमण दलका सदस्य, सूची हेर्नुस् 

    काठमाडौं : प्रधानमन्त्रीको शपथ लिँदै गर्दा सानो मन्त्रिपरिषद् र मितव्ययी सरकार बनाउने प्रतिबद्धता जनाएका प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बिहान जम्बो टोली लिएर उत्तरी छिमेकी चीनको राजकीय भ्रमणमा निस्किँदै छन्।  उनीसँगै चीन भ्रमणमा सरकारी र निजी क्षेत्रका प्रतिनिधि गरी ११९ जना सहभागी हुँदैछन्। निजी एयरलाइन्स कम्पनीको विमान चार्टर गरेर प्रधानमन्त्री ओली जम्बो टोली लिएर चीन जान लागेका हुन्।  नेपाल वायुसेवा…

    विस्तृतमा पढ्नुस्

  • बजेटको विरोध नगर्न सांसदलाई प्रधानमन्त्रीको उर्दी : जन्ते बाख्रो बाँड्दा कसैलाई झोल र कसैलाई टुक्रामात्र परेजस्तै हो

    बजेटको विरोध नगर्न सांसदलाई प्रधानमन्त्रीको उर्दी : जन्ते बाख्रो बाँड्दा कसैलाई झोल र कसैलाई टुक्रामात्र परेजस्तै हो

    काठमाडौं : सांदसदहरुले आफ्नै पार्टीको सरकारले ल्याएको बजेटको विरोध गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली बजेटको विरोध नगर्न उर्दी जारी गरेका छन्।  सरकारले ल्याएको बजेटमाथि संउसदमा सत्तापक्षकै दलका सांसदले चर्को विरोध गरेका थिए। सांसदहरुले आफूहरुलाई वडाध्यक्षहरुको हैसियत भन्दा पनि तल झारेको भन्दै बजेटमाथि छलफलका क्रममा विरोध जनाएका थिए।  शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संमसदीय दलको बैठकमा नेपाल कम्युनिस्ट पार्टी (ने…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड भन्छन् : एकतासँगै दुवै पार्टीका गलत प्रवृत्तिसमेत आयो, एउटै हेडक्वार्टरको आवश्यकता

    प्रचण्ड भन्छन् : एकतासँगै दुवै पार्टीका गलत प्रवृत्तिसमेत आयो, एउटै हेडक्वार्टरको आवश्यकता

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ने क पाको गठनसँगै अघिका दुवै पार्टीमा भएका गलत प्रवृत्तिहरु समेत आएको बताएका छन्। प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालको संयुक्त बिस्तारित बैठकमा उनले यस्तो बताएका हुन्।  उनले आफूहरु पार्टीमा एउटै शक्तिशाली हेडक्वाटर बनाउने अभियान लागेको भन्दै पार्टीभित्र गुटको अन्त्य गर्नुपर्ने बताए।  नेकपा संचालनका लागि एउटै केन्द्र…

    विस्तृतमा पढ्नुस्

  • चीन भ्रमणमा प्रधानमन्त्री ओलीका यस्ता यस्ता छन् एजेन्डा

    चीन भ्रमणमा प्रधानमन्त्री ओलीका यस्ता यस्ता छन् एजेन्डा

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा प्रधानमन्त्रीले चीनसँग सीमा नाका सञ्चालनका लागि माग गर्ने भएका छन्। असार ५ गते उत्तरी छिमेकी चीन भ्रमणको तयारीमा छन् प्रधानमन्त्री ओली।  मन्त्रालयहरुले आफ्नो मन्त्रालयको तर्फबाट चीनसँग गर्नुपर्ने सम्झौता र समझदारीका विषय समेटेर प्रतिवेदन बुझाएका छन्। ती प्रतिवेदनमा समेटिएका विषयलाई प्राथमिकताका आधारमा छनोट गर्ने काम भइरहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।  परराष्ट्र…

    विस्तृतमा पढ्नुस्

  • ओली चीन भ्रमणमा जानुअघि भारतीय मिडियाको प्रोपोगान्डा : के नेपाली सेनाले चीनविरुद्ध संयुक्त अभ्यास गरे?

    ओली चीन भ्रमणमा जानुअघि भारतीय मिडियाको प्रोपोगान्डा : के नेपाली सेनाले चीनविरुद्ध संयुक्त अभ्यास गरे?

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली उत्तरी छिमेकी चीनको भ्रमणमा जाँदै छन्। बुधबार परराष्ट्र मन्त्रालयले भ्रमणको औपचारिक जानकारी गराएकै दिन भारतीय सञ्चार माध्यमले नेपाल–चीन सम्बन्धलाई असर पार्ने अर्को ‘प्रोपोगान्डा’ प्रयोग गरेको हो। भारतको टेलिभिजन च्यानल एवीपी न्यूजले नेपाललाई चीनविरुद्ध देखाएको छ।  नेपाल र भारतबीच हुँदै आएको संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’को समापनको समाचारलाई लिएर भारतीय सञ्चार माध्यमले चीनविरुद्धको संयुक्त सैन्य…

    विस्तृतमा पढ्नुस्

  • ने क पाको केन्द्रमा शक्तिशाली आयोग बनाउन सुझाव, २२ जनवर्गीय संगठन

    ने क पाको केन्द्रमा शक्तिशाली आयोग बनाउन सुझाव, २२ जनवर्गीय संगठन

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले केन्द्रमा शक्तिशाली आयोगहरु गठन गर्ने भएको छ। महासचिव विष्णु पौडेल संयोजकत्वमा गठित नियमावली मस्यौदा कार्यदलले यस्तो सुझावसहितको प्रतिवेदनको प्रारम्भीक मस्यौदा तयार पारेको हो।  सो मस्यौदालाई कार्यदलले पार्टीका दुवै अध्यक्षलाई बुझाएको छ। यसरी बुझाइएको प्रतिवेदनमा अनुशासन आयोग, निर्वाचन आयोग र लेखा परीक्षण आयोग गठन गर्न सुझाव दिइएको छ। यी आयोगहरु २९ देखि ३१…

    विस्तृतमा पढ्नुस्

  • बेइजिङ ट्रान्जिटमै परराष्ट्र मन्त्री ज्ञवालीद्वारा प्रम ओलीको भ्रमणबारे 'अपडेट'

    बेइजिङ ट्रान्जिटमै परराष्ट्र मन्त्री ज्ञवालीद्वारा प्रम ओलीको भ्रमणबारे 'अपडेट'

    काठमाडौं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीका विषयमा जानकारी लिएका छन्।  मंगोलियाको उलनबटार जाँदै गर्दा बेइजिङमा ट्रान्जिटका क्रममा उनले त्यहाँस्थित नेपाली दुतावासका प्रतिनिधिहरुसँग प्रधानमन्त्रीको चीन भ्रमणको तयारीका विषयमा जानकारी लिएका थिए।  शनिबार मंगोलियाका लागि प्रस्थान गरेका उनी ट्रान्जिटका क्रममा बेइजिङ उत्रिएका हुन्। बेइजिङमा मन्त्री ज्ञवालीको कुनै औपचारिक कार्यक्रम भने छैन। ट्रान्जिटका क्रममा उनले नेपाली दुतावासका…

    विस्तृतमा पढ्नुस्

  • उत्तर कोरियाली नेता किमको बद्लिएको छवि :  के चाहन्छ प्योङयाङ?

    उत्तर कोरियाली नेता किमको बद्लिएको छवि :  के चाहन्छ प्योङयाङ?

    काठमाडौं : उत्तर कोरियाका नेता किम जोङ उन विश्वको ठूलो अर्थतन्त्रबाट राहतको खोजी गर्दै जुन १२ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्तामा बस्दै छन्।  उत्तर कोरियामाथि बाँकी विश्वले लगाएको आर्थिक नाकाबन्दी खुकुलो पार्ने लक्ष्यका साथ किम सिंगापुर पुग्दै छन्। आणविक हतियार तथा मिसाइलको परीक्षणबाट कुटनीतिक टेबलमा पुग्ने किमको यो ‘ब्रेक थ्रु’लाई अन्तर्राष्ट्रिय समूदायलेसमेत प्रशंसा गरेको सीएनबीसीमा निस्का चन्द्रानले ‘उत्तर कोरियाको…

    विस्तृतमा पढ्नुस्

  • ने क पालाई तीन महिनामा महिला प्रतिनिधित्व पुर्‍याउन निर्देशन, अरु दलको हालत के?

    ने क पालाई तीन महिनामा महिला प्रतिनिधित्व पुर्‍याउन निर्देशन, अरु दलको हालत के?

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (ने क पा)लाई निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र प्रदान गरेको छ। बुधवार निर्वाचन आयोगको बैठकले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकतापछि बनेको पार्टीलाई नेपाल कम्युनिष्ट पार्टी (ने क पा) दर्ता गर्ने निर्णय गरेको हो।  सोही अनुरुप दल दर्ताको प्रमाणपत्र लिन ने क पाका महासचिव विष्णु पौडेल, नेताहरु सुवास नेम्वाङ, देव गुरुङसहित नेताहरु निर्वाचन…

    विस्तृतमा पढ्नुस्

  • एकतापछि नेकपाले यसरी बनाउँदै छ तल्लो तहका कमिटीहरु

    एकतापछि नेकपाले यसरी बनाउँदै छ तल्लो तहका कमिटीहरु

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले तल्लो तहसम्मको कमिटीलाई एकीकरणका लागि गृहकार्य अगाडि बढाएको छ।  तीन महिनाभित्र एकीकरणका लागि प्रतिवेदन तयार गर्नेगरी कार्यदलले काम अगाडि बढाएको छ। तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच जेठ ३ मा पार्टी एकता हुँदा केन्द्रीय समिति र स्थायी समिति गठन भइसकेको छ।  त्यस्तै आन्तरिक रुपमा पार्टीका तल्ला कमिटीलाई एकीकरणका लागि गत बिहीवार पार्टीका दुवै…

    विस्तृतमा पढ्नुस्

  • असार पहिलो साता प्रधानमन्त्री चीन जाँदै, काठमाडौं–केरुङ रेलमार्ग निर्माणको प्रस्ताव लैजाने तयारी, एजेन्डा तयार पार्दै परराष्ट्र

    असार पहिलो साता प्रधानमन्त्री चीन जाँदै,  काठमाडौं–केरुङ रेलमार्ग निर्माणको प्रस्ताव लैजाने तयारी, एजेन्डा तयार पार्दै परराष्ट्र

    काठमाडौं : परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीलाई तीब्र पारेको छ। असारको पहिलो साता भ्रमण सम्पन्न गराउने गरी मन्त्रालयले तयारी तीब्र पारेको हो।   भ्रमणको मितिलाई अन्तिम टुंगोमा पुर्‍याउने गरी नेपाल र चीनका अधिकारीहरु छलफल गरिरहेका छन्। ‘प्रधानमन्त्रीज्यूको चीन भ्रमण असारको पहिलो सातादेखि सुरु गर्ने गरी तयारी भइरहेको छ,’ परराष्ट्र मन्त्रालयका उत्तर पूर्वी एसिया हेर्ने महाशाखाका एक…

    विस्तृतमा पढ्नुस्

  • ‌ओली सरकारका १०० दिन : मन्त्रिपरिषदका २० बैठक, २४५ निर्णय, २० अर्ब ७९ करोडको ऋण

    ‌ओली सरकारका १०० दिन : मन्त्रिपरिषदका २० बैठक, २४५ निर्णय, २० अर्ब ७९ करोडको ऋण

    काठमाडौं  : प्रधानमन्त्रीको रूपमा केपी शर्मा ओली दोस्रो पटक सिंहदरबार प्रवेश गरेको १०० दिन पूरा भएको छ। सरकारले १०० दिनमा २४५ वटा निर्णय गरेको छ। यसबीचमा २० पटकको मन्त्रिपरिषदको बैठकले २४५ वटा निर्णय गरेको हो।  सरकारको फागुन ३ गतेको पहिलो बैठकले प्रत्येक स्थानीय तहमा न्यूनतम एउटा उद्योगग्राम स्थापना गर्ने निर्णय गरेको थियो। त्यस्तै प्रत्येक प्रदेशका सदरमुकाममा अत्याधुनिक र सुविधासम्पन्न खेलग्रामसहितको रंगशाला…

    विस्तृतमा पढ्नुस्

  • साना देशलाई डाटा दिन फेसबुक कन्जुस, ठूला देशलाई धेरै विवरण

    साना देशलाई डाटा दिन फेसबुक कन्जुस, ठूला देशलाई धेरै विवरण

    काठमाडौं : नेपाल सरकारले गएको एक वर्षमा ७६ पटक प्रयोगकर्ताहरुको विवरण उपलब्ध गराउन भन्दै फेसबुकसँग आग्रह गरेको छ। ७६ पटक फेसबुकलाई पत्राचार गरी १ सय १० वटा फेसबुक एकाउन्ट सम्बन्धि विवरण माग गरेको हो।  तर, फेसबुकले नेपाल सरकारको आग्रहलाई सरदरमा आधासमेत स्वीकार नगर्ने गरेको तथ्यांकले देखाएको छ। फेसबुकले सार्वजनिक गरेको फेसबुक ट्रान्सपरेन्सी रिपोर्टमा सन् २०१७ मा नेपालले ११० वटा फेसबुक…

    विस्तृतमा पढ्नुस्

  • कूटनीतिक राहदानीमा विभागको कडाई, 'विशेष राहदानी' लिन आएका जनप्रतिनिधि फर्काइए

    कूटनीतिक राहदानीमा विभागको कडाई, 'विशेष राहदानी' लिन आएका जनप्रतिनिधि फर्काइए

    काठमाडौँ: राहदानी विभागले कूटनीतिक (रातो) र विशेष राहदानीको दुरुपयोग रोक्नका लागि ‘लगाम लगाउन’ थालेको छ। देश सङ्घीय प्रणाली अन्तर्गत गइसकेको अवस्थामा कूटनीतिक राहदानी प्राप्त गर्नेको सङ्ख्या बढेको छ। यसरी सङ्ख्या बढ्दा दुरुपयोग हुन सक्ने जनाउँदै विभागले कूटनीतिक राहदानी वितरणमा कडाइ गर्न थालेको हो।  यसलाई कडाई भन्दा पनि नियमावलीको प्रभावकारी कार्यान्वयन भन्नुपर्ने विभागका महानिर्देशक रामकाजी खड्का बताउँछन्। कूटनीतिक राहदानी दुरुपयोग बढन्…

    विस्तृतमा पढ्नुस्

  • वेपत्ता परिवारको कार्यक्रममै प्रचण्ड नगएपछि निरास सावित्री भन्छिन : छोराको आँशु नलागोस्

    वेपत्ता परिवारको कार्यक्रममै प्रचण्ड नगएपछि निरास सावित्री भन्छिन : छोराको आँशु नलागोस्

    काठमाडौं : बनेपा ११ की ६४ वर्षीया सावित्री घिमिरे आज बिहानै काठमाडौँ आइपुगिन्। तत्कालीन नेकपा माओवादी केन्द्रको मुख्यालय कोटेश्वरस्थित पेरिसडाँडामा आइपुगेकी उनी दिउँसो अवेर ३ बजे निराश हुँदै फर्किइन्।  तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको सशस्त्र द्वन्द्वका क्रममा राज्यद्वारा वेपत्ता पारिएका व्यक्तिको स्मृतिमा 'राज्यद्वारा वेपत्ता पारिएका योद्धा परिवार समाज'ले १२ बजे पेरिसडाँडामा स्मृति कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय…

    विस्तृतमा पढ्नुस्

  • केन्द्रीय सदस्यमा को - को? आफ्नो भागको नाम टुंगो लगाउन प्रचण्डलाई सकस

    केन्द्रीय सदस्यमा को - को? आफ्नो भागको नाम टुंगो लगाउन प्रचण्डलाई सकस

    काठमाडौं: नवगठित नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चयनमा सकस देखिएको छ। नेकपाको ४४१ सदस्य मध्ये २०० सदस्य पूर्व नेकपा माओवादी केन्द्रको भागमा परेको छ। अध्यक्ष प्रचण्डलाई आफ्नो समूहबाट २०० जना केन्द्रीय सदस्यको चयनमा सकस देखिएको छ।  केन्द्रीय सदस्यका आकांक्षीहरुको संख्या बढी हुँदा प्रचण्डलाई नवगठित नेकपाको केन्द्रीय कमिटिमा प्रतिनिधित्व गर्ने सदस्यको टुंगो लगाउन सकस परेको हो।  पूर्व माओवादी केन्द्र भित्रै प्रचण्ड,…

    विस्तृतमा पढ्नुस्

  • 'नयाँ पार्टीका नयाँ नेतालाई नयाँ कार्यालयमा स्वागत'

    'नयाँ पार्टीका नयाँ नेतालाई नयाँ कार्यालयमा स्वागत'

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कार्यालयमा स्वागत गरेका छन्। नेकपा एमालेबाट हिजैमात्र नेपाल कम्युनिस्ट पार्टी बनेको दलको कार्यालय धुम्बाराहीमा अध्यक्ष प्रचण्ड पुगेका थिए। प्रचण्डलाई पार्टी कार्यालयमा बुके दिँदै ओलीले स्वागत गरेका थिए।  ‘नयाँ पार्टीका नयाँ नेतालाई नयाँ कार्यालयमा स्वगत छ,’ प्रचण्ड पार्टी कार्यालय छिर्नुअघि पार्टीका महासचिव विष्णु पौडेलले…

    विस्तृतमा पढ्नुस्

  • नेकपा घोषणाको दिनभर : कहिले खुमलटार, कहिले बालुवाटार - जापानी विरुवादेखि रात्रीभोजसम्म

    नेकपा घोषणाको दिनभर : कहिले खुमलटार, कहिले बालुवाटार - जापानी विरुवादेखि रात्रीभोजसम्म

    काठमाडौं: गत वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका दिन तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेका थिए, ‘पार्टी एकता थाहै नदिइ ड्याम्मै हुने छ।’ जेठ १ गतेमात्र प्रधानमन्त्री एवं तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए, ‘एक दुई दिन पर्खनुस, बालुवाटारमा फोटो खिच्न आउनुहोला।’  पछिल्ला समय एमाले र माओवादी केन्द्रबीच असन्तुष्टि र दुरी बढ्दै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell