PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

  • एकतापछिको पहिलो केन्द्रीय बैठकले गर्‍यो ८ निर्णय, दुवै पार्टीका सम्पत्ति नेपाल कम्युनिस्ट पार्टीलाई

    एकतापछिको पहिलो केन्द्रीय बैठकले गर्‍यो ८ निर्णय, दुवै पार्टीका सम्पत्ति नेपाल कम्युनिस्ट पार्टीलाई

    काठमाडौं : नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीको पहिलो केन्द्रीय बैठकले ८ वटा निर्णय गरेको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले दुवै पार्टीको नाममा रहेका चल तथा अचल सम्पत्ति नेपाल कम्युनिष्ट पार्टीका नाममा गर्ने निर्णय गरेको हो। त्यस्तै विभिन्न ठाँउमा दुई पार्टीका नाममा दर्ता भएका नाम नेपाल कम्युनिष्ट बनाउन कानुनी प्रकृया अगाडि बढाउने समेत निर्णय…

    विस्तृतमा पढ्नुस्

  • एमाले-माओवादी एकतासँगै ९ सदस्यीय सचिवालय गठन हुने

    एमाले-माओवादी एकतासँगै ९ सदस्यीय सचिवालय गठन हुने

    काठमाडौं : पार्टी एकतासँगै ९ सदस्यीय सचिवालय गठन गर्ने वाम एकता संयोजन समितिको बैठकले निर्णय गरेको छ। ‘एकतासँगै ९ जना सदस्य रहने गरी सचिवालय गठन गर्ने निर्णय भएको छ,’ समितिको बैठकपछि एमाले महासचिव ईश्वर पोखरेलले बताए। केही समयअघिमात्रै सम्पन्न एकता संयोजन समितिको बैठकले पार्टी एकता, एकताको प्रारुप, संगठनको स्वरुप लगायतका विषयमा भएको निर्णयलाई अनुमोदन गरेको छ।  एकीकृत पार्टीको केन्द्रीय समिति…

    विस्तृतमा पढ्नुस्

  • एकता संयोजन समितिको बैठक सकियो : थप छलफलका लागि एमाले माओवादी बेग्लाबेग्लै बैठक बस्दै

    एकता संयोजन समितिको बैठक सकियो : थप छलफलका लागि एमाले माओवादी बेग्लाबेग्लै बैठक बस्दै

    काठमाडौं: नेकपा एमाले र माओवादी केन्द्रबीच एकता संयोजन समितिको बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी एकतालाई अनुमोदन गरेको छ।  समितिको बैठक लगत्तै केही बेरमै दुइ पार्टीको बेग्लाबेग्लै बैठक हुने भएको छ। एमालेको बैठक बालुवाटारमै हुने छ भने माओवादीको बैठक भने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बस्ने भएको छ।  दुवै दलको बैठक सकेपछि साँझ बालुवाटारमै संयुक्त बैठक…

    विस्तृतमा पढ्नुस्

  • एमाले केन्द्रीय सदस्यहरु बालुवाटारमा बैठकको प्रतीक्षामा, बेलुका खुशी साट्न एकताको 'पार्टी'

    एमाले केन्द्रीय सदस्यहरु बालुवाटारमा बैठकको प्रतीक्षामा, बेलुका खुशी साट्न एकताको 'पार्टी'

    काठमाडौं : पार्टी एकताको औपचारिक तयारीका लागि बसेको वाम एकता संयोजन समितिको बैठकपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दैछ।  बैठकका लागि बालुवाटारमा एमाले केन्द्रीय कमिटी सदस्यहरु उपस्थित हुन नेताहरु जम्मा हुनेक्रम बढेको छ। एकता संयोजन समितिको बैठक सकिनासाथ केन्द्रीय कमिटी बैठक बस्नेछ।  नेकपा माओवादी केन्द्रको बैठक भने पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बस्नेछ। प्रचण्ड…

    विस्तृतमा पढ्नुस्

  • आजै एमाले-माओवादी एक हुने : माओवादीलाई ४५%, सूर्य चुनाव चिह्न बन्ने, 'जनयुद्ध' विधानमा, 'जबज' र माओवाद थाती रहने

    आजै एमाले-माओवादी एक हुने : माओवादीलाई ४५%, सूर्य चुनाव चिह्न बन्ने, 'जनयुद्ध' विधानमा, 'जबज' र माओवाद थाती रहने

    काठमाडौं : नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहीबार नै पार्टी एकताको तयारी भइरहेको छ। यस विषयमा छलफल गर्न दुबै दलले आकस्मिक रुपमा पार्टीका बैठक बोलाएका थिए।   बुधबार बिहानै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच दुई चरणमा छलफल भएको थियो। सोही छलफलपछि एमालेले आकस्मिक रुपमा स्थायी समितिको बैठक बोलाएको थियो।   बैठकमा पार्टी अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • पार्टी एकतामा ‘वर्क इन प्रोग्रेस’ : दुवै दलको आकस्मिक बैठक, एमाले केन्द्रीय कमिटी भंग गर्ने तयारी

    पार्टी एकतामा ‘वर्क इन प्रोग्रेस’ : दुवै दलको आकस्मिक बैठक, एमाले केन्द्रीय कमिटी भंग गर्ने तयारी

    काठमाडौं : पार्टी एकताको अन्तिम निर्णयका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आकस्मिक बैठक बोलाएका छन्।  आज बालुवाटारमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको दुई चरणको वार्तापछि पार्टी एकता संयोजन समितिको बैठक भोलि बिहीवार १० बजे बोलाइएको छ। त्यस अगाडि दुवै दल आन्तिरिक रूपमा छलफल गर्ने भएका छन्।  दुवै दलले आ–आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • पार्टी एकता अन्यौलमा पार्ने तीन घटना : किन बढ्दैछ एमाले-माओवादीबीच दुरी?

    पार्टी एकता अन्यौलमा पार्ने तीन घटना : किन बढ्दैछ एमाले-माओवादीबीच दुरी?

    काठमाडौं : निर्वाचन लगत्तै पार्टी एकता गर्ने भनेर गत वर्ष असोज १७ गते वाम गठबन्धनको घोषणा गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पछिल्ला समय सत्ता साझेदारीको विषयमा मतभेद बढ्दै गएको छ।  यसैको प्रतिविम्ब सोमबार प्रतिनिधिसभाको बैठकमा समेत देखियो। निर्वाचन अगाडि गठबन्धन गराउँदै गर्दा दुवै दलबीच सहमति भएको थियो- ‘सार्वजनिक रुपमा एक अर्काका नकरात्मक टिप्पणी र आलोचना नगर्ने।’ सोमबारको प्रतिनिधिसभा बैठकमा…

    विस्तृतमा पढ्नुस्

  • मोदीको २ दिने भ्रमणका ४ इम्प्याक्ट 

    मोदीको २ दिने भ्रमणका ४ इम्प्याक्ट 

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणमा दुई दिने नेपाल भ्रमण सम्पन्न गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार स्वदेश फर्किएका छन्। मोदी स्वदेश फर्किँदा फर्किँदै नेपालीमै ट्वीट गरेर फर्किए।  ‘मेरो नेपाल भ्रमण ऐतिहासिक रह्यो। यस भ्रमणले मलाई नेपाली जनतासँग आत्मीय हुने ठूलो अवसर प्रदान गर्‍यो। प्रधानमन्त्री केपी ओलीसँगको छफल धेरै फलदायी भयो,’ उनले अर्को ट्वीटमा लेखेका छन्, ‘यस भ्रमण मार्फत्…

    विस्तृतमा पढ्नुस्

  • चीन, नेपाल र भारतबीचको त्रिदेशीय साझेदारीः के नेपालले ‘सीआइएन’ को नेतृत्व गर्न सक्छ?

    चीन, नेपाल र भारतबीचको त्रिदेशीय साझेदारीः के नेपालले ‘सीआइएन’ को नेतृत्व गर्न सक्छ?

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सहभागी हुने हरेक कार्यक्रममा एउटा नारा उच्चारण गर्दै आएका छन्, ‘समृद्ध नेपाल सुखी नेपाली’। ओलीको यो नारालाई सार्थकता दिनका लागि पनि नेपालमा आर्थिक विकासको आवश्यकता छ।  नेपाल दुई ठूला अर्थतन्त्रकोबीचमा रहेको अति कम विकसित मुलुक हो। यसलाई इतिहासले ‘दुई ढुंगाबीचको तरुल’ भन्यो। विदेशीहरू ‘स्याण्डवीच विट्वीन टु जाइन्ट’ भन्छन्। पूर्वप्रधानमन्त्री प्रचण्डले तरुललाई बदलेर ‘डाइनामाइट’को संज्ञा दिए।…

    विस्तृतमा पढ्नुस्

  • मुक्तिनाथमा मोदीलाई ‘नागरिक अभिनन्दन’, सर्वसाधारणलाई चाहिँ 'नाकाबन्दी'

    मुक्तिनाथमा मोदीलाई ‘नागरिक अभिनन्दन’, सर्वसाधारणलाई चाहिँ 'नाकाबन्दी'

    काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणका लागि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ। मोदीलाई 'नागरिक अभिनन्दन'को तयारी गरेको मुस्ताङले सर्वसाधारणलाई भने 'दुई दिने नाकाबन्दी' लगाउने भएको छ।   मोदीको सुरक्षाका लागि भन्दै उनी नेपाल भ्रमणमा रहँदा सर्वसाधारणलाई मुक्तिनाथ क्षेत्र प्रवेशमा रोक लगाइने भएको छ। वैशाख २८ र २९ गते बेनी–जोमसोम सडक खण्डका साथै मनाङदेखि मुस्ताङ प्रवेश गर्ने थोराङ्ला…

    विस्तृतमा पढ्नुस्

  • कसले गर्दैछ मोदीलाई नागरिक अभिनन्दन, किन आलोचित हुँदैछ जनकपुर?

    कसले गर्दैछ मोदीलाई नागरिक अभिनन्दन, किन आलोचित हुँदैछ जनकपुर?

    काठमाडौं: वैशाख २८ गते दुई दिने नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुर उप महानगरपालिका र काठमाडौँ महा नगरपालिकाले नागरिक अभिनन्दन गर्दै छन्। भारतीय प्रधानमन्त्री मोदीको अभिनन्दनलाई लिएर जनकपुर उप महानगरपालिका र यसका मेयर लालकिशोर शाहसँगै प्रदेश २ को सरकार र मधेसी नेताहरु समेतको सामाजिक सञ्जालमा विरोध र आलोचना भइरहेको छ।  समाजिक सञ्जालमा जनकपुर उपमहानगरले गर्ने भनेको नागरिक…

    विस्तृतमा पढ्नुस्

  • ओली काँध फेर्न तयार, तीन वर्षपछि प्रचण्ड प्रधानमन्त्री!

    ओली काँध फेर्न तयार, तीन वर्षपछि प्रचण्ड प्रधानमन्त्री!

    काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रबीच एकताको विषयमा अन्तिम तयारीसँगै सहमति जुटेको छ। विवादित भनिएको एकताको ‘मोडालिटी’को विषयमा दुई पार्टीका अध्यक्षबीच सहमति जुटेको हो।  यसअगाडि पार्टी एकतापछि दुई अध्यक्षबीच सरकार र पार्टीको नेतृत्व फेरवदल गर्ने ‘जेन्टलमेन एग्रिमेन्ट’ भएको बताइएको थियो। पछिल्लो समय पार्टी एकता गर्दा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकतापछि आफ्नो भूमिका के हुने भन्ने स्पष्ट हुन चाहन्थे।…

    विस्तृतमा पढ्नुस्

  • भिडियो कन्फ्रेन्समार्फत अरुण तेस्रोको शिलान्यास हुनेः यस्तो छ मोदीको नेपाल भ्रमणको सेड्युल

    भिडियो कन्फ्रेन्समार्फत अरुण तेस्रोको शिलान्यास हुनेः यस्तो छ मोदीको नेपाल भ्रमणको सेड्युल

    काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ (मे ११)का दिन नेपाल आउँदैछन्। प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणमा नेपालको दुई दिने राजकीय भ्रमणमा आउन लागेका मोदीलाई टुँडिखेलमा सम्मान गारथ (गार्डअफ अनर) प्रदान गरिने छ।   बिहारको राजधानी पटनाबाट जनकपुर ‘इन्ट्री’ गर्ने मोदीको सम्मानमा जनकपुरमा नागरिक अभिनन्दन कार्यक्रम हुने छ। मोदीले जनकपुरमा जानकी मन्दिरमा पुजा गर्ने छन्। साथै उनी त्यहाँदेखि भारतीय सेनाको…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डको दिनभरको सक्रियताले ‘फिनिसिङ टच’ : 'समानताका आधारमा एकता'

    प्रचण्डको दिनभरको सक्रियताले ‘फिनिसिङ टच’ : 'समानताका आधारमा एकता'

    काठमाडौं : पार्टी एकताको विषयमा टुंगो लगाउन आज दिनभर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एक्ला एक्लै भेटमा व्यस्त भए। बिहान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग एक घण्टा गोप्य वार्ता गरेका प्रचण्डले लगत्तै एमाले नेता माधवकुमार नेपालसँग त्यसैगरी गोप्य भेट गरे। त्यसपछि पुनः बालुवाटार पुगेका प्रचण्ड र प्रधानमन्त्री ओलीबीचको भेटवार्ताले सहमतिको बिन्दु पहिल्याएको बताइएको छ।  गत वैशाख…

    विस्तृतमा पढ्नुस्

  • एकताको तयारीमा रहेको माओवादी केन्द्रकाे संगठनात्मक संरचना पुनर्गठन गर्न सर्कुलर

    एकताको तयारीमा रहेको माओवादी केन्द्रकाे संगठनात्मक संरचना पुनर्गठन गर्न सर्कुलर

    काठमाडौंः नेकपा एमालेसँग पार्टी एकताको अन्तिम तयारीमा रहेको माओवादी केन्द्रले पार्टी एकतालाई अन्तिम टुंगोमा पुर्‍याउनु अगाडि पार्टीको आन्तरिक संगठनलाई पुनःगठन गर्ने भएको छ।  बुधबार बसेको सचिवालयको बैठकले यस्तो तयारी गरेको छ। हाल माओवादीमा कार्यालय, सचिवालय सहितको संगठनिक फर्मेसन रहेको छ। विभिन्न माओवादी घटकहरुसँगको एकताका पछि महाधिवेशनका लागि महाधिवेशन आयोजक समिति बनाएको माओवादी केन्द्रले एमालेसँग एकता अगाडि पार्टीका कमिटिहरुलाई पुनःगठन गर्ने…

    विस्तृतमा पढ्नुस्

  • पटनाबाट मोदीको जनकपुर इन्ट्री : के भारतीय प्रधानमन्त्रीको नागरिक अभिनन्दनमा हुनेछन् ओली?

    पटनाबाट मोदीको जनकपुर इन्ट्री : के भारतीय प्रधानमन्त्रीको नागरिक अभिनन्दनमा हुनेछन् ओली?

    काठमाडौं : वैशाख २८ गते नेपाल आउँदै गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा नागरिक अभिनन्दनका लागि तयारी तीब्र पारिरहँदा धेरैको प्रश्न छ – के मोदीको अभिनन्दनमा सहभागी हुनेछन् प्रधानमन्त्री केपी शर्मा ओली? प्रधानमन्त्री भएयता नेपालमा तेस्रो पटक मोदी नेपाल आउँदैछन्। यसअघि दुईपटक नेपाल भ्रमणमा आउँदाभन्दा अहिलेको परिस्थिति फरक छ। मोदीको नेपाल भ्रमण तय भएसँगै सामाजिक सञ्जालमा भारतीय नाकाबन्दीसँग जोडिएका प्रसंगहरु…

    विस्तृतमा पढ्नुस्

  • एमाले–माओवादी एकता : कहाँ फुकेन गाँठो? संयोजन समितिका सदस्यलाई नै थाहा छैन

    एमाले–माओवादी एकता : कहाँ फुकेन गाँठो? संयोजन समितिका सदस्यलाई नै थाहा छैन

    काठमाडौं : वैशाख ४ गते बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकताका विवादित विषयमा सहमति जुटाउनका लागि दुई पार्टीका अध्यक्षहरुलाई जिम्मेवारी सुम्पियो। त्यसपछिका तीन दिन प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच दैनिक दुई–तीन घण्टा गोप्य वार्ता भए। तीन दिनका वार्ताले विवादित विषयहरु टुंग्याउन त सकेन तर वैशाख…

    विस्तृतमा पढ्नुस्

  • कहाँ हुनेछ ट्रम्प र किमबीचको बहुप्रतिक्षित शिखर वार्ता? यी हुन् सम्भावित ठाउँ

    कहाँ हुनेछ ट्रम्प र किमबीचको बहुप्रतिक्षित शिखर वार्ता? यी हुन् सम्भावित ठाउँ

    काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच द्वीपक्षीय वार्ताको तयारी भइरहेको छ। दुई नेताबीच वार्ताको तयारी भइरहे पनि वार्ता हुने स्थान भने टुंगो लागिसकेको छैन।  राष्ट्रपति ट्रम्पले नेता किमसँग आउँदो जुनमा वार्ता हुनसक्ने यसअघि नै बताउँदै आएका छन्। वार्ता उपलब्धिमूलक नहुने देखिएमा बीचमै छाड्ने बताउँदै उनले वार्तालाई उपलब्धिमूलक बनाउन शर्तहरू पनि राखेका छन्। …

    विस्तृतमा पढ्नुस्

  • मोदीको चीन भ्रमणले त्रिदेशीय साझेदारीको ढोका खुल्ला?

    मोदीको चीन भ्रमणले त्रिदेशीय साझेदारीको ढोका खुल्ला?

    काठमाडौं: परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको भेटपछि संयुक्त पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ विदेशमन्त्री वाङ यीले भारतसँग चीन–नेपाल–भारत आर्थिक साझेदारीको प्रस्ताव राखे। नेपालले लामो सयमदेखि उठाउँदै आएको त्रिदेशीय साझेदारीमा भारत त्यति लचिलो नदेखिएको अवस्थामा चीनको उक्त प्रस्ताव नेपालका लागि सकारात्मक हुँदै छ।  पत्रकार सम्मेलनमा चिनियाँ विदेशमन्त्री यीले भनेका थिए, ‘चीन नेपाल र भारत प्राकृतिक रूपमा मित्र तथा साझेदार हुन्, हामी एकअर्काबीच एउटै हिमाल…

    विस्तृतमा पढ्नुस्

  • ओलीलाई इंगेज गर्न मोदीको अस्त्र : भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका चार फ्याक्टर

    ओलीलाई इंगेज गर्न मोदीको अस्त्र : भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका चार फ्याक्टर

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणबाट फर्किएको एक महिना नबित्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल यात्राको चर्चा सुरु भएको छ। भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सले शनिबार बिहान भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण वैशाख २८ गते (मे ११) मा हुने समाचार प्रकाशित गरेपछि कुटनीतिक वृत्तमा एकखाले तरङ्ग फैलिएको छ।  नेपालको परराष्ट्र मन्त्रालयले भ्रमणको विषयलाई पुष्टि गरेको छैन्। परराष्ट्र स्रोतका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell