PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

  • धनीले किन बेच्‍न थाले महँगा घर जग्गा?

    धनीले किन बेच्‍न थाले महँगा घर जग्गा?

    काठमाडौं : आवासीय हिसाबले उच्च वर्गको रोजाईंमा पर्ने बुढानीलकण्ठ क्षेत्रमा ठुलो क्षेत्रफलका जग्गा धमाधम बिक्रीमा आउन थालेका छन्। उद्योगी, व्यापारी, उच्च ओहोदाका कर्मचारीदेखि 'क्यास रिच' जोकोहीको रोजाइमा पर्ने एरिया हो, बुढानीलकण्ठ। अहिले यही क्षेत्रका रोपनी रोपनीमा फैलिएका ठुला जग्गा बिक्रीमा चढ्न थालेका हुन्। यसको अर्थ व्याप्त मन्दीका कारण धनाढ्यहरुसमेत आर्थिक संकटमा फस्दै गएको स्पष्ट हुन्छ। मध्यम र न्यून आय भएको वर्ग…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा इन्टरनेट किन बन्दैछ महँगो ?

    नेपालमा इन्टरनेट किन बन्दैछ महँगो ?

    काठमाडौं : अत्यावश्यक सेवा इन्टरनेटमा करमाथि करको भारी थोपरेको राज्यले आगामी बजेटमार्फत थप कर असुल्न थालेको छ। बजेटबाट फाइबर आयातमा लाग्ने भन्सार शुल्क १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्‍याइएको छ। यो शुल्क बढ्दा त्यसको भार उपभोक्ताले नै बोक्नुपर्छ। भन्सार शुल्क बढ्ने वित्तिकै इन्टरनेट सेवा प्रदायक संघले उपभोक्ताको इन्टरनेट सेवा महँगिने जानकारी दिइसकेका छन्। इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) तथा सुबिसु केबलनेटका…

    विस्तृतमा पढ्नुस्

  • तपाईँको विदेश घुम्ने जीवनशैलीमा बजेटले यसरी पार्दैछ प्रभाव

    तपाईँको विदेश घुम्ने जीवनशैलीमा बजेटले यसरी पार्दैछ प्रभाव

    काठमाडौं : बजेटमा विदेश घुम्न जाने नेपालीले ५ प्रतिशत कर तिर्नुपर्ने प्रावधान आएको छ। यो प्रावधानपछि धेरैमा अन्योल थपिएको छ। के विदेश घुम्न जाने सबैले कर तिर्नैपर्छ? आन्तरिक राजस्व विभागले भने विदेश जाने सबैलाई नभई केहीलाई मात्रै उक्त करले दायरामा ल्याउने जनाएको छ। विभागका महानिर्देशक दीर्घराज मैनालीले टुर एण्ड ट्राभल कम्पनीबाट प्याकेज किनेर जाने नेपालीले ५ प्रतिशत कर तिर्नुपर्ने बताए।…

    विस्तृतमा पढ्नुस्

  • सञ्चारमन्त्री रेखा शर्माको जिम्मेवारी हेरफेर हुने, के अमेरिकी 'टार्गेट'मा परेकी हुन् उनी?

    सञ्चारमन्त्री रेखा शर्माको जिम्मेवारी हेरफेर हुने, के अमेरिकी 'टार्गेट'मा परेकी हुन् उनी?

    काठमाडौं : मन्त्रिपरिषद्को विस्तारसँगै माओवादीबाट मन्त्री बनेकाहरु पनि जिम्मेवारी हेरफेर हुने भएको छ। माओवादीले गृह मन्त्रालय पाउने पक्कापक्की हुँदा सञ्चार मन्त्रालय भने गुमाउने भएको छ।  अहिले माओवादीबाट सञ्चारमन्त्री रेखा शर्मा छिन्। उनलाई सामान्य प्रशासनमा पठाउने तयारी भएको बताइएको छ। यद्यपि अमेरिकी प्रस्ताव नमान्दा उनको मन्त्री पद हेरफेर हुन लागेको बताइन्छ। नेपालको फाइभजी परियोजनाबाट चिनियाँ कम्पनी हुवावेलाई पन्छाउन नमान्दा शर्माको सरुवा हुन लागेकी हुन्। सरकारी…

    विस्तृतमा पढ्नुस्

  • बजारमा छैन स्मार्टफोनको उत्साहजनक माग, फागुनमा पनि सुध्रिएन आयात

    बजारमा छैन स्मार्टफोनको उत्साहजनक माग, फागुनमा पनि सुध्रिएन आयात

    काठमाडौं : फागुनमा स्मार्टफोन आयात थप प्रभावित बनेको छ। माघको तुलनामा मूल्यका हिसाबले फागुनमा स्मार्टफोन आयात बढेपनि संख्यात्मक हिसाबमा थप कमजोर बनेको छ। भन्सार विभागको तथ्यांक अनुसार फागुनमा १ अर्ब ८३ करोड रुपैयाँ बराबरको ८९ हजार ७५४ थान स्मार्टफोन आयात भएको छ। जसबाट सरकारले ३४ करोड २१ लाख रुपैयाँ भन्सार संकलन गरेको छ। माघमा भने १ अर्ब ७५ करोड रुपैयाँ…

    विस्तृतमा पढ्नुस्

  • नेपाल टेलिकमको पोष्टपेड सेवा किन भयो 'वान वे'? ग्राहकको ब्यालेन्स एकाएक गायब

    नेपाल टेलिकमको पोष्टपेड सेवा किन भयो 'वान वे'? ग्राहकको ब्यालेन्स एकाएक गायब

    काठमाडौं : नेपाल टेलिकमको नेटवर्कमा १५ घण्टाको अवधिमा एकपछि अर्को समस्या आएको छ। सरकारी स्वामित्वको टेलिकममा एकपछि अर्को समस्या आउँदा पनि गम्भीरतापूर्वक भने लिइएको छैन। बुधबार दिउँसो १ बजे सिस्टम डाउन भएर सेवा अवरुद्ध भएको टेलिकममा विहीबार विहान धेरै पोष्टपेड प्रयोगकर्ताको ब्यालेन्स एकाएक गायब भयो। र, वान वे बन्यो। कसरी आयो यो समस्या ? टेलिकमले हरेक अंग्रेजी महिनाको १६ तारिकमा पोष्टपेड ग्राहकको…

    विस्तृतमा पढ्नुस्

  • थोत्रो बिलिङ सिस्टमले डुब्दै नेपाल टेलिकम, सरकार तमासे बन्दा दुरसंचार प्राधिकरण आफैले छानबिन गर्ने

    थोत्रो बिलिङ सिस्टमले डुब्दै नेपाल टेलिकम, सरकार तमासे बन्दा दुरसंचार प्राधिकरण आफैले छानबिन गर्ने

    काठमाडौं : नेपाल टेलिकमको सेवा पटकपटक अवरुद्ध भएपछि नियामक नेपाल दूरसंचार प्राधिकरण आफैंले छानबिन अघि बढाउने भएको छ। एक महिनाको अन्तरालमा सरकारी स्वामित्वको टेलिकमको नेटवर्क पटक-पटक डाउन भएपछि प्राधिकरण कडारुपमा प्रस्तुत हुने भएको हो। दशक पुरानो ‘आउटडेटेड बिलिङ सिस्टम’ परिवर्तन नगर्दा टेलिकमको नेटवर्क पटक-पटक डाउन हुँदै आएको छ। बुधबार पनि थोत्रो बिलिङ प्रणालीका कारण टेलिकमको फोन, एसएमएस र डेटा सेवा चलेनन्। जसका…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ प्रविधि नछाडे ‘रेड लाइन’मा राख्ने अमेरिकाको चेतावनी, लाग्यो टेलिकमको फाइभजी परीक्षणमा ‘ब्रेक’

    चिनियाँ प्रविधि नछाडे ‘रेड लाइन’मा राख्ने अमेरिकाको चेतावनी, लाग्यो टेलिकमको फाइभजी परीक्षणमा ‘ब्रेक’

    काठमाडौं : अमेरिकाले चिनियाँ प्रविधि नछोडे ‘रेड लाइन’मा राख्ने चेतावनी दिएपछि नेपाल टेलिकमको फाइभजी परीक्षण रोकिएको छ। डेटा सुरक्षामा गम्भीर प्रश्न उठाउँदै चिनियाँ प्रविधि प्रयोग नगर्न चेतावनी दिएपछि टेलिकमको फाइभजी परीक्षण रोकिएको हो। टेलिकमले नेपालमा फाइभजीका लागि चिनियाँ दूरसंचार कम्पनी हुवावेको प्रविधि तथा प्राविधिक प्रयोग गरिरहेको छ। चिनियाँ कम्पनीको प्रविधिले नेपालको मात्रै नभएर अमेरिकी सूचना पनि बेइजिङ पुग्ने संशय जाहेर…

    विस्तृतमा पढ्नुस्

  • चर्को दबावपछि विदेशबाट फोनसेट ल्याउँदा भन्सार लिने नीतिबाट पछि हट्यो सरकार, तत्काल कार्यन्वयन नगर्न निर्देशन

    चर्को दबावपछि विदेशबाट फोनसेट ल्याउँदा भन्सार लिने नीतिबाट पछि हट्यो सरकार, तत्काल कार्यन्वयन नगर्न निर्देशन

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को निर्देशनपछि विदेशबाट फर्किंदा नेपालीहरुले ल्याउने अतिरिक्त एउटा नयाँ मोबाइल सेटमा भन्सार नलाग्ने भएको छ। विदेशबाट फर्किंदा नेपालीहरुले आफ्नो साथमा दुईवटा मोबाइल सेट ल्याउन पाउँछन्। जसमध्ये आफूले चलाइरहेको पुरानो सेट बिना भन्सार भित्र्याउन पाइन्थ्यो भने अर्को सेटको भन्सार तिर्नुपर्छ। प्रधानमन्त्रीको निर्देशनपछि भने अब विदेशबाट फर्किंदा कुनै पनि व्यक्तिले आफूले चलाइरहेको बाहेक अर्को नयाँ सेटको भन्सार…

    विस्तृतमा पढ्नुस्

  • आयात खुला भएपछि यसरी आउँदैछ महँगा मोबाइल र मदिरा, कहिलेसम्म भित्रिन्छन् नेपाल?

    आयात खुला भएपछि यसरी आउँदैछ महँगा मोबाइल र मदिरा, कहिलेसम्म भित्रिन्छन् नेपाल?

    काठमाडौं : विदेशी मदिरा र ३ सय अमेरिकी डलर माथिको स्मार्टफोनको आयात पुस १ गतेबाट खुलाउने भएपछि व्यवसायीहरु एलसी खोल्ने तयारीमा जुटेका छन्। विदेशी मुद्रा सञ्चितिमा गम्भीर असर परेको भन्दै सरकारले गत बैशाखदेखि विदेशी मदिरासहित महँगा स्मार्टफोन आयातमा प्रतिबन्ध लगाएको थियो। सुरुमा ६ सय अमेरिकी डलर माथिको स्मार्टफोन आयातमा प्रतिबन्ध लगाएको सरकारले साउन १ गतेबाट थप कडाइ गर्दै ३ सय…

    विस्तृतमा पढ्नुस्

  • प्रतिबन्ध हटेपछि कहिलेदेखि आयात होला ३०० डलरमाथिका स्मार्टफोन? अवैध मदिराको कारोबारले थपिँदै चुनौती

    प्रतिबन्ध हटेपछि कहिलेदेखि आयात होला ३०० डलरमाथिका स्मार्टफोन? अवैध मदिराको कारोबारले थपिँदै चुनौती

    काठमाडौं : विदेशी मदिरा र ३ सय अमेरिकी डलर माथिको स्मार्टफोनको आयात पुस १ गतेबाट खुलाउने भएपछि व्यवसायीहरु पनि एलसी खोल्ने तयारीमा जुटेका छन्। विदेशी मुद्रा सञ्चितिमा गम्भीर असर परेको भन्दै सरकारले गत वैशाखदेखि विदेशी मदिरासहित महँगा स्मार्टफोन आयातमा प्रतिबन्ध लगाएको थियो। सुरुमा ६ सय अमेरिकी डलर माथिको स्मार्टफोन आयातमा प्रतिबन्ध लगाएको सरकारले साउन १ गतेबाट थप कडाई गर्दै ३…

    विस्तृतमा पढ्नुस्

  • २० राजनीतिक दल तथा उम्मेदवारले ३० दिनमै फेसबुकमा खर्चिए २६ लाख, सूक्ष्म अध्ययनमा राष्ट्र बैंक

    २० राजनीतिक दल तथा उम्मेदवारले ३० दिनमै फेसबुकमा खर्चिए २६ लाख, सूक्ष्म अध्ययनमा राष्ट्र बैंक

    काठमाडौंः हात-हातमा मोबाइल छन्, घर-घरमा केबुल र इन्टरनेटबाट टेलिभिजन च्यानल हेर्ने प्रविधि। यसपटक दल तथा उम्मेदवारहरुले चुनाव प्रचारमा डिजिटल माध्यमलाई भरपुर प्रयोग गरिरहेका छन्। यसमा उनीहरुको खर्च केही सोसल साइटमा पारदर्शी छन् भने केहीमा अपारदर्शी देखिएको छ। दल, उनीहरुका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरुले रेडियो, टेलिभिजन, छापा माध्यमसँगै इन्टरनेटका सोसल साइटबाट प्रचार गरिरहेका छन्। फेसबुक र युट्युबबाट मतदाता आकर्षित गर्न विज्ञापन गर्नेको…

    विस्तृतमा पढ्नुस्

  • 'ट्र्याक रेकर्ड' हेर्न सुझाउँदै प्रकाशमानको 'डिफेन्स' : विरासतको ब्याज अर्थहीन आरोप

    'ट्र्याक रेकर्ड' हेर्न सुझाउँदै प्रकाशमानको 'डिफेन्स' : विरासतको ब्याज अर्थहीन आरोप

    काठमाडौं : ठमेलको चाक्सिबारी छिर्दै गर्दा हामीसँग एउटा प्रश्न थियो - 'यति प्राइम लोकेसन छ। हेरिटेज होटल बनाएर महिनाकै लाखौं कमाएर मोज नगरी किन राजनीति गरिरहेका होलान्?' २०७४ सालमा संविधान जारी पछि खडा भएको झन्डै दुई तिहाईको सरकार एकाएक अस्थिर हुँदै संसद विघटनसम्मको प्रकरणमा पुग्दा स्थिरताको जग एकाएक डगमगायो। परिवर्तनले महत्त्वकांक्षी बनाएको मानिसका लागि यही प्रकरण काफी थियो - ठूला…

    विस्तृतमा पढ्नुस्

  • बढ्यो सहरमा कित्ता एकीकरणको ग्राफ, जग्गा किनबेच गर्दा किन हुँदैछ कित्ता एकीकरण ?

    बढ्यो सहरमा कित्ता एकीकरणको ग्राफ, जग्गा किनबेच गर्दा किन हुँदैछ कित्ता एकीकरण ?

    काठमाडौः सरकारले भू-उपयोग नियमावलीमार्फत न्यूनतम आकार नै बढाइदिएपछि कित्ता एकीकरण(मर्ज) गर्ने बढेका छन्। नियमावली आउनुअघिको दुई महिनामा साबिकभन्दा हाल कायम कित्ताकाटको संख्या दोब्बर-तेब्बर हुने गर्थे। तर, जेठ मसान्तमा नियमावली सबै मालपोत कार्यालयहरुमा सर्कुलर भएसँगै असारदेखि कित्ता एकीकरण गर्ने ट्रेन्ड देखिन थालेको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार असारयता देशभरका सहरी क्षेत्रका मालपोतहरुमा कित्ता एकीकरण गर्ने नौलो अभ्यास देखिएको…

    विस्तृतमा पढ्नुस्

  • प्राधिकरणको अल्टिमेटमबारे आइएसपीहरु भन्छन् : २५ वर्षदेखिको पूर्वाधार ४५ दिनमा कसरी फेर्नु?

    प्राधिकरणको अल्टिमेटमबारे आइएसपीहरु भन्छन् : २५ वर्षदेखिको पूर्वाधार ४५ दिनमा कसरी फेर्नु?

    काठमाडौं : नेपाल विद्युत प्राधिकरण र इन्टरनेट सेवा प्रदायकसहित केबल टीभी अपरेटरबिच फेरि पोल प्रयोगको विषयमा झगडा बढ्ने भएको छ। प्राधिकरणले पोलमा तानिएका केबल तथा उपकरणहरु व्यवस्थित गर्न अल्टिमेटम दिएपछि विवाद बढ्ने देखिएको हो। जथाभावी तार र उपकरणले सहर कुरुप बनाउनुका साथै विद्युत प्रवाहमा समेत असर पुर्‍याएको भन्दै प्राधिकरणले व्यवस्थापनको मापदण्ड बनाएको छ। दूरसंचार, केबल टीभी तथा इन्टरनेट सेवा प्रदायकहरुलाई…

    विस्तृतमा पढ्नुस्

  • यूटीएलको मुद्दाले सूचना महामार्गको प्याकेज-२ प्रभावित

    यूटीएलको मुद्दाले सूचना महामार्गको प्याकेज-२ प्रभावित

    काठमाडौं : यूटीएलले हालेको मुद्दाका कारण सूचना महामार्गको प्याकेज-२ को परियोजना नै प्रभावित भएको छ। अदालती प्रक्रिया र ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण सूचना महामार्गको काम अपेक्षाकृत रुपमा अघि बढ्न सकेको छैन। नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) परिचालन गरी झण्डै १० अर्ब रुपैयाँ लागतमा तीन वटा प्याकेज बनाएर मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्गको काम गरिरहेको…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा यसपटकको विश्वकप फुटबल हेर्न के दर्शकले पैसा तिर्नुपर्छ? 'एक्सक्लुसिभ राइट'सँगै करोडौंको लगानी उठाउने चुनौती

    नेपालमा यसपटकको विश्वकप फुटबल हेर्न के दर्शकले पैसा तिर्नुपर्छ? 'एक्सक्लुसिभ राइट'सँगै करोडौंको लगानी उठाउने चुनौती

    काठमाडौं : आगामी मंसिर ४ गतेबाट विश्वकप फुटबल सुरु हुँदैछ। पहिलो खेलमा आयोजक कतार र इक्वेडर आमनेसामने हुनेछन्। कतारका मैदानमा पुगेरै विश्वभरबाट लाखौं मानिसले फुटबल हेर्न पाउनेछन्। त्यसबाहेक विश्वका अर्बौं मानिसका लागि लाइभ फुटबल हेर्ने स्रोत हो, टेलिभिजन च्यानल, ओभर द टप (ओटीटी) वा अन्य यस्तै माध्यम। विश्वको सबैभन्दा ठूलो खेल मेला हेर्नका लागि नेपालमा पनि अहिलेदेखि नै योजना बनाउनेहरुको कमी छैन। तर प्रश्न उठ्छ…

    विस्तृतमा पढ्नुस्

  • दशैंअघि नै 'इ-सिम' बिक्री गर्ने तयारीमा नेपाल टेलिकम : अहिलेको 'सिमकार्ड'भन्दा के फरक? कुन सेटले सपोर्ट गर्छ?

    दशैंअघि नै 'इ-सिम' बिक्री गर्ने तयारीमा नेपाल टेलिकम : अहिलेको 'सिमकार्ड'भन्दा के फरक? कुन सेटले सपोर्ट गर्छ?

    काठमाडौं : नेपाल टेलिकमले दशैंअघि नै आफ्ना ग्राहकहरुलाई 'इम्बेडेड सिम' (इ-सिम) बिक्री सुरु गर्ने भएको छ। इ-सिम परीक्षण सफलता नजिक भएसँगै टेलिकमले दशैंअघि नै व्यवसायिक बिक्री सुरु गर्ने तयारी गरेको हो। ‘ठ्याक्कै यही दिनबाट इ-सिम बिक्री खोल्छौं भन्ने निर्णय अहिलेसम्म भएको छैन। कम्पनीले आवश्यक केही प्रक्रिया पूरा गरेर दशैंअघिबाट इ-सिमको व्यवसायिक बिक्री थाल्छ। आन्तरिक तयारी भइरहेको छ,’ स्रोतले भन्यो। टेलिकमका प्रवक्ता शोभन अधिकारीले कम्पनीले…

    विस्तृतमा पढ्नुस्

  • प्रतिबन्धले आइफोन १४ नेपाल आउने अनिश्चित, फोन नआउँदा अरु एसेसरिजको व्यापार पनि चौपट

    प्रतिबन्धले आइफोन १४ नेपाल आउने अनिश्चित, फोन नआउँदा अरु एसेसरिजको व्यापार पनि चौपट

      काठमाडौं : अमेरिकी टेक जायन्ट एप्पलले बुधबार सार्वजनिक गरेको आइफोन १४ विश्वभर विशेष चासोका साथ हेरिएको 'मोबाइल सेट' हो। स्टाइलिस डिजाइन, नयाँ फिचर, क्यामरादेखि भिडियोका लागि गेमचेन्जर मानिएको आइफोन १४ किन्न खोज्ने धेरै नेपालीहरु भने निराश छन्। किनभने सरकारले विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै गत वैशाखदेखि नै महँगा स्मार्टफोन आयातमा प्रतिबन्ध लगाएको छ।  पछिल्लो पटक तीन सय अमेरिकी डलरभन्दा माथिका स्मार्टफोन आयातमा…

    विस्तृतमा पढ्नुस्

  • सिंगापुरको 'क्यासिफिक'ले इलन मस्कको स्पेसएक्स प्रयोग गरेर नेपालमा यसरी दिँदैछ स्याटलाइट इन्टरनेट सेवा

    सिंगापुरको 'क्यासिफिक'ले इलन मस्कको स्पेसएक्स प्रयोग गरेर नेपालमा यसरी दिँदैछ स्याटलाइट इन्टरनेट सेवा

    काठमाडौं : अमेरिकी कम्पनी स्पेस एक्सको स्याटलाइट प्रयोग गरेर सिंगापुरको कम्पनी क्यासिफिकले नेपालमा स्याटलाइटबाट इन्टरनेट सेवा दिने भएको छ। स्पेसएक्स विश्वका सबैभन्दा धनाढ्य उद्यमी इलन मस्कको कम्पनी हो। अन्तरिक्षसँग सम्बन्धित विभिन्न क्षेत्रमा काम गरिरहेको स्पेस एक्सले स्याटलाइट इन्टरनेट पनि संचालन गरिरहेको छ। सिंगापुरको ब्रोडब्यान्ड स्याटलाइट्स इन्टरनेसनल लिमिटेड (क्यासिफिक) ले पनि स्पेस एक्सकै स्याटलाइट प्रयोग गरेर नेपालमा इन्टरनेट सेवा व्यवसायिक रुपमा संचालनमा ल्याउने भएको हो।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell