काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। महामन्त्री थापाले अहिलेको अवस्थामा प्रधानमन्त्री र मन्त्रीहरुले युद्धकालमा झैं काम गर्नुपर्ने सुझावसमेत दिए। बुधवार कांग्रेस निकट नेपाल वित्तीय संस्था कर्मचारी संघको नवौं राष्ट्रिय महाधिवेशनमा थापाले सरकार र राष्ट्र बैंकको सम्बन्धसमेत पारदर्शी हुनुपर्ने बताए। 'प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु। सरकार र राष्ट्र बैंकको सम्बन्ध पारदर्शी हुनुपर्छ। नयाँ अर्थमन्त्री आउनुभएको छ।…
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल बुधवार शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन्। पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल शनिवार साँझ त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए। 'राष्ट्रपति रामचन्द्र पौडेल त्रिवि शिक्षण अस्पतालबाट उपचार गराई आज घर फर्कनुभएको छ,' राष्ट्रपतिको सचिवालयले भन्यो। राष्ट्रपति पौडेल स्वास्थ्य लाभ गरी आज अस्पतालबाट डिस्चार्ज भएको प्रशासन प्रमुख बैकुण्ठप्रसाद थपलियाले विज्ञप्तिमार्फत जनाएका छन्।राष्ट्रपतिको स्वास्थ्य अवस्था बुझ्न अस्पतालमा प्रधानमन्त्री प्रचण्ड…
दमौली : आगामी वैशाख १० गते हुने उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नं १ का उम्मेदवारहरुले चुनावी अभियान थालेका छन्। सोमबार उम्मेदवारी दर्ता गराएसँगै उम्मेदवारहरुले चुनावी गतिबिधिलाई तीब्र पारेका छन्। नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले सम्पर्क कार्यालय स्थापना गरेर अभियान सुरुआत गरेका छन्। व्यास नगरपालिका–३ निमचोकमा स्थापना गरिएको कार्यालयको शुभारम्भ गर्दै भट्टराईले तनहुँ – १ को समग्र विकासका लागि उम्मेदवारी दिएको…
काठमाडौं : नेपालका दुई ठूला विकास साझेदार विश्व बैंक र एसियाली विकास बैंक (एडिबी) का प्रतिनिधिले अर्थमन्त्री डा प्रकाशशरण महतसँग छलफल गरेका छन्। विश्व बैंकको टोलीले मंगलबार र एडिबीको टोलीले आज बिहान उनीसँग छलफल गरेको हो। छलफलका क्रममा ती दातृ निकायले नेपालमा लगानी गरेका विभिन्न आयोजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि पहल गर्न अर्थमन्त्रीसँग आग्रह गरेका छन्। 'उहाँहरू नेपाललाई सहयोग…
काठमाडौं : सुरुङ खन्ने क्रममा आएको कमसल माटोले उपकरण बिग्रिदा नागढुङ्गा सुरुङमार्ग आयोजनामा खन्ने काम रोकिएको छ। यो समस्या देखिएको २० दिन भएको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ। पहिले दैनिक तीनदेखि चार मिटर खन्ने गरेकामा अहिले काम रोकिएको आयोजनाका प्रमुख नवीनमान श्रेष्ठले जानकारी दिए। अरु काम चले पनि सुरुङ खन्ने कार्य रोकिएको हो। त्यहाँको भूवनोट कमजोर रहेको र काम गर्दा…
काठमाडौं : चितवनको गितानगरमा रहेको टाइगरल्यान्ड सफारी रिसोर्टमा आगोलागी भएको छ। केहीबेर अगाडि भएको आगोलागी नियन्त्रणको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी पुगिसकेका छन्। चार वटा दमकल प्रयोग गरेर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। विद्युत सर्ट हुँदा आगोलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ लगातार विवादमा फसिरहेको छ। केही महिनाअघि टिजर सार्वजनिक भएदेखि नै यो फिल्ममा विवादमा परेको थियो। अब फिल्मको नयाँ पोस्टरका कारण फिल्मका निर्माता कानुनी झमेलामा फसेका छन्। रामनवमीको अवसरमा निर्माण टिमले ‘आदिपुरुष’ को नयाँ पोस्टर सार्वजनिक गरेको थियो। तर, पोस्टर सार्वजनिक भएसँगै केही व्यक्तिले भने पोस्टरले धार्मिक भावनामा ठेस पुर्याएको आरोप लगाएका छन्। यसैबिच, आदिपुरुषका निर्माताविरुद्ध प्रहरीमा निवेदन दिएको छ।…
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज वा भोलि सरकारले पूर्णता पाउने बताएका छन्। बुधवार बिहान माओवादी केन्द्रको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण विभागले आयोजना गरेको भेलामा सरकारले पूर्णता पाएपछि नीति तथा कार्यक्रममा केन्द्रित हुने प्रचण्डले बताए। 'आज वा भोलिमा सरकारले शतप्रतिशत पूर्णता पाउँछ। यसपछि हामी नीति, कार्यक्रम र बजेटमा केन्द्रित हुन्छौँ,' प्रचण्डको भनाइ छ। कठिन परिस्थितिमा आफूले सरकारको नेतृत्व…
काठमाडौं : हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक उडानका गन्तव्यको भाडा दर घटेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ भाडादर कार्यान्वयनमा ल्याएको हो। प्राधिकरणले जहाजको प्रकार अनुसार सुगम र दुर्गममा नयाँ 'सरचार्ज' निर्धारण गरेको छ। यसअघि सुगमतर्फ १७० रुपैयाँ 'फ्युल सरचार्ज' लागू भएकोमा १० रुपैयाँ घटेर १६० रुपैयाँ कायम भएको छ। कुन कुन गन्तव्यमा कति घट्यो सरचार्ज ? हवाई इन्धनको मूल्य घटबढका आधारमा सरचार्ज…
काठमाडौं : सुनको मूल्य अहिलेसम्मै उच्च विन्दुमा पुगेको छ। अघिल्लो दिनका तुलनामा दुई हजार रुपैयाँको बढोत्तरीपछि बुधवार कारोबार मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ निर्धारण भएको छ। मंगलवार कारोबार मूल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँ थियो। त्यससअघि साताको पहिलो दिनको तुलनामा ६ सय घट्दा सोमवार प्रतितोला १ लाख ८ हजार रुपैयाँ थियो। चाँदीको मूल्य तोलामा ४० रुपैयाँ बढेको…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी विवादसँग जोडिएको मुद्दाको आज पनि पेशी चढेको छ। सर्वोच्च अदालतमा न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा पेशी तोकिएको छ। मंगलवार पनि न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा पेशी तोकिएको थियो। तर सिन्हाले आफ्नो इजलासमा हेर्न नमिल्ने भनेका थिए। अधिवक्ता युवराज सफलले आइतवार अदालतमा निवदेन दिएका थिए। सोमवार निवेदन दर्तासँगै आजलाई पेशी तोकिएको थियो। रवि लामिछानेको राहदानी…
काठमाडौँ: नेपाली फुटबल टोलीले ओलम्पिक छनोट अन्तर्गतको खेलमा बुधवार भियतनामसँग प्रतिस्पर्धा गर्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे खेल सुरु हुनेछ। नेपाली टोलीका प्रशिक्षक अनन्त थापाले विश्वकप खेल्न लागेको बलियो प्रतिस्पर्धी अगाडि भएको भन्दै नेपालको पनि तयारी राम्रो भएको बताए। 'हाम्रो लक्ष्य टोम 'अल्टिमेट्ली' कसरी हुन्छ दोस्रो चरणमा जाने भन्ने नै हो,' उनले प्रिम्याच कन्फ्रेन्समा भने, ' हामीसँग बलियो पक्ष…
काठमाडौं : नाबालिग बलात्कारको अभियोग लागेका राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेको मुद्दाको सुनवाईको पेशी चढेको छ। जिल्ला अदालत काठमाडौंमा न्यायाधीश केशव प्रसाद घिमिरेको इजलासमा पेशी तोकिएको हो। चैत १३ गते न्यायाधीश माधव घिमिरेको इजलासमा पेशी चढे पनि सन्दीपका कानुन व्यवसायीको तर्फबाट वहस स्थगित भएको थियो। १७ वर्षीया किशोरीलाई करणी गरेको उजुरी प्रहरीमा दर्ता भएसँगै असोज २० गते विदेशबाट फर्किने…
काठमाडौं : मध्यपुरथिमिको बोडेको जात्रामा यस वर्ष २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन्। बिस्का जात्राको अवसरमा मध्यपुरथिमिको बोडेमा आयोजना हुने मौलिक शैलीको जात्रामा उनले पहिलोपटक जिब्रो छेड्न लागेका हुन्। सुजन ९ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै आएका बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा हुन्। बुद्धकृष्णले पहिलोपटक २०६२ सालमा जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएको थियो। त्यसपछि उनले २०६५…
काठमाडौं : १६ वर्षमुनिको सुदूरपश्चिम प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिता अछाममा हुने भएको छ। उक्त छनोट प्रतियोगिता यही चैत २८ गतेदेखि हुनेछ। सहभागी हुने ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टले जानकारी दिए। समूह ‘ए’मा कैलाली, बैतडी, डडेल्धुरा र दार्चुला तथा समूह ‘बी’ मा कञ्चनपुर, अछाम, डोटी र बझाङ रहेका छन्। अछामको साँफेबगरस्थित मैदानमा प्रतियोगिताको…
हेटौंडा : वाग्मती प्रदेशमा सरकारलाई पूर्णता दिन आज गठबन्धन दलहरुको निर्णायक बैठक बस्दैछ। मुख्यमन्त्री शालिकराम जम्कट्टेल, संसदीय दलका नेताहरू र कार्यदलका सदस्यहरूबिच आज मन्त्रिपरिषद् पुनःगठनका लागि निर्णायक बैठक बस्न लागेको कार्यदलका सदस्य रत्न प्रसाद ढकालले जानकारी दिए। कार्यदलका सदस्य ढकालले सरकार गठनका लागि दलहरु सहमति नजिकमा पुगेको बताउँदै आज पुनः एक पटक छलफल गरेर भोलिसम्ममा सरकारलाई पुर्णता दिने बताए। ढकालका…
चौतारा : सेतै फुलेको दारी, सेतै फुलेको कपाल। चाउरिएको मुहार, शिरमा ढाकाटोपी, खुट्टामा चप्पल। जब बिहानी हुन्छ, बाँस र निगालोको चोयासँगै आफ्नो कर्मको सुरुवात गर्छन् सिन्धुपाल्चोकको जुगल गाउँपालिका-१ लामिडाँडाका ग्याल्बो शेर्पा। उमेरले ७० टेकेका शेर्पा सानैदेखि डोको र डाला बनाउन सक्रिय रहँदै आएका छन्। जब गाउँमा कसैको बिहे हुन्छ, कोसेली लैजानका लागि प्रयोग गरिने डोको, फुवा तथा डालो बनाउने जिम्मा…
सुशीला रेग्मी- रामपुर (पाल्पा) : महिलालाई आयआर्जनमूलक क्षेत्रमा अब्बल बनाउन रामपुर नगरपालिकाले सीपमूलक कार्यमा लगानी गरिरहेको छ। साबुन, सरफ, सिलाइकटाइ, चिप्स, अचार, स्वीटर, झोला, चप्पल, गुडिया, चुरापोते बनाउने सीप नगरपालिकाले प्रदान गर्दै आएको छ। नगरपालिकाको सहयोगमा सीपमूलक तालिम पाएपछि यहाँका महिलाले आयआर्जनमा जोड दिन थालेका छन्। हातमा सीप भयो भने महिला अरुको भरमा निर्भर रहनु पर्दैन। घरमै बसी-बसी आयआर्जन गर्न…
बेनी : म्याग्दीका मगर समुदाय प्रकृतिलाई खुसी बनाउन ‘भुमे पूजा’मा जुटेपछि मगर बस्ती मौलिक सांस्कृतिक उत्सवमय भएको छ। रघुगङ्गा गाउँपालिका-१ बेग, बाँदुक, वडा नम्बर ७ चिमखोलामा मंगलवार धुमधामका साथ भुमे पूजा गरिएको छ। हरेक वर्ष चैत महिनाको उजेली मंगलवारका दिन परम्परागतरूपमा गरिँदै आइएको भुमे पूजालाई उनीहरुले यस वर्ष पनि निरन्तरता दिएका छन्। खेती किसानी गर्ने परम्परागत पेसा अँगालेका मगर समुदाय…
नवलपुर : विस्तारका क्रममा रहेको पूर्व-पश्चिम राजमार्गको नारायणगढ-बुटवल खण्डमा धमाधम कालोपत्र भइरहेको छ। गैँडाकोटको भेडाबारी क्षेत्रमा गरिएको परीक्षण सफल भएपछि कावासोती क्षेत्रमा हाल कालोपत्रको काम भइरहेको छ। सडक निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेशन लिमिटेडका ठेक्का व्यवस्थापक राजेश झाले हालसम्म तीन किलोमिटरभन्दा बढी सडक कालोपत्र गरिएको जानकारी दिए। अहिले कालोपत्र भइरहेको क्षेत्रबाहेक थप पाँच किलोमिटर सडक कालोपत्रको तयारी छ।…