बलिउडकी चर्चित अभिनेत्री रविना टण्डनलाई पद्मश्री अवार्ड दिइएको छ। रविनालाई भारतीय सिनेमामा उनको योगदानको लागि देशकै चौथो ठूलो सम्मान प्रदान गरिएको छ। फिल्मका साथै रविनाले केही वर्षयता महिला सशक्तिकरण र शिक्षाका विषयमा पनि काम गरिरहेकी छिन्। रविनाका साथै फिल्म ‘आरआरआर’मा समावेश ‘नाटुनाटु’ गीतबाट ओस्कार जितेका संगीतकार एमएम किरावानीलाई पनि पद्मश्री अवार्ड दिइएको छ। बुधवार राष्ट्रपति भवनमा यो पुरस्कार वितरण गरिएको…
काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन नसकेका क्याम्पसहरुमा आगामी चैत ३० गते निर्वाचन गर्न तत्काल नयाँ कार्यतालिका प्रकाशित गरी निर्वाचनको सुनिश्चितता गर्न संयुक्त विद्यार्थी संगठनहरुबिच सहमति भएको छ। बिहीवार विद्यार्थी संगठनहरुबिच सो सहमति भएको हो। देशभरीका निर्वाचन हुन बाँकी रहेका आङ्गिक र सम्वन्धनप्राप्त क्याम्पसहरुमा निर्वाचन गर्ने, निर्वाचन विथोलिने खालका गतिविधि नगर्ने र निर्वाचन भाड्ने गरी कुनै पक्षबाट तालाबन्दी गरिए…
काठमाडौं : नेपालको चर्चित ब्यान्ड ‘मंगोलियन हार्ट’ले १० वर्षपछि अस्ट्रेलियामा सांगितिक यात्रा गर्ने भएको छ। नेपाली टच अस्ट्रेलियाको व्यवस्थापनमा त्यहाँको विभिन्न ८ शहरमा ब्यान्डले आफ्नो सांगितिक प्रस्तुति दिनेछ। अप्रिल १० अर्थात चैत २७ गतेबाट म्युजिकल टुर सुरु हुने ब्यान्डका म्यानेजर एवं गिटारिस्ट बबि लामाले बताए। ‘हामी शुक्रवार नै नेपालबाट अस्ट्रेलिया प्रस्थान हुँदैछौँ। १० वर्षपछि अस्ट्रेलियामा यो यात्रा गर्न पाउँदा उत्साहित छौँ।…
काठमाडौं : प्रमोद कँडेलको लेखन र निर्देशन रहेको फिल्म ‘बहाव’को प्रिमियर सम्पन्न भएको छ। बुधवार काठमाडौंमा आयोजित ग्राण्ड प्रिमियर शोमा फिल्मलाई सकारात्मक प्रतिक्रिया मिलेको छ। प्रिमियर शोमा नेकपा (एमाले)का सांसद रघुजी पन्न, नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलका साथै चलचित्रकर्मीहरुको बाक्लो उपस्थिति थियो। कलाकार लुनिभा तुलाधारले फिल्मले उठान गरेको कथा आफूलाई निकै मन परेको बताइन्। साथै फिल्मको कतिपय दृश्यहरुले आफूसँग जोडिएको…
काठमाडौं : आगामी बैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि बिहीवार निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्दैछ। उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी बिहीवार नै चुनाव चिह्न पनि दिइने आयोगले बताएको छ। उपनिर्वाचनका लागि गत सोमवार उम्मेदवारहरुले मनोनयनपत्र दर्ता गरेका थिए। मनोनयनपत्र दर्ता गरेका उम्मेदवारहरुले बिहीवार बिहान ९ बजेदेखि १ बजेसम्मको समयावधिमा उम्मेदवारी फिर्ता लिन पाउनेछन्। दिउँसो १ बजेपछि…
महेन्द्रनगर : तीस महिनामा सक्नुपर्ने हुलाकी सडकको निर्माण कञ्चनपुरमा ६ वर्ष वितिसक्दा पनि सम्पन्न हुनसकेको छैन। कञ्चनपुरको डोकेबजारदेखि बेदकोटको दैजीसम्मको ६२ किलोमिटर हुलाकी सडक २०७३ फागुनमा सम्झौता भई काम थालिएको भए पनि अझै २६ किलोमिटर सडक कालोपत्र गर्न बाँकी रहेको छ। हुलाकी राजमार्ग योजना कार्यालयका इञ्जिनियर दीपक सुनारले निर्माण व्यवसायीले उक्त कामलाई प्राथमिकतामा नराख्दा निर्माणमा ढिलासुस्ती भएको बताए। ‘पहिलो कोरोना…
काठमाडौं : हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार बिहीवार दिउँसो कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी पहाडी भू-भाग लगायत सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया सफा…
काठमाडौं : पठाओ जस्ता भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई रोक्न सबै जिल्ला प्रशासन कार्यालयहरुलाई गृह मन्त्रालयले निर्देशन दिएको छ। बुधवार गृह मन्त्रालयले एक परिपत्र गर्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले केही दिन अगाडि गरेको पत्रअनुसार भाडामा यात्रु बोक्ने निजी सवारीमाथि कारबाही गर्न परिपत्र जारी गरेको हो। नेपाल राष्ट्रिय व्यवसायी महासंघले मंगलवार गृह मन्त्रालयमा एक ज्ञापनपत्र पेश गर्दै सार्वजनिक यातायातका सवारी…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा पञ्जाब किंग्सले राजस्थान रोयल्समाथि रोमाञ्चक जित निकालेको छ। गुवाहटीस्थित वर्षापरा क्रिकेट स्टेडियममा सम्पन्न खेलमा पञ्जाबले राजस्थानमाथि ५ रनको रोमाञ्चक जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको राजस्थान ७ विकेट गुमाएर १९२ रनमा समेटियो। सुरुवाती ब्याटिङमा उत्रिएको पञ्जाबका लागि…
काठमाडौंः पेरिस ओलम्पिक छनोट अन्तर्गतको पहिलो चरणको नेपाल र भियतनामबीच आज सम्पन्न पहिलो खेलमा नेपाली टोली भियतनामसँग पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा भियतनामले नेपाललाई ५-१ गोलअन्तरले हराएको हो। डिफेन्डर र गोलकिपरबीचको असमझदारीले ११औँ मिनेटमा नै नेपालले पहिलो गोल खाएको थियो। त्यसअघि ९औं मिनेटमा पाएको एउटा सुन्दर अवसरमा नेपाल चुकेको थियो। खेलको २७औं मिनेटमा साम्बाको क्रसलाई दीपा शाहीले…
काठमाडौं : पेरिस ओलम्पिक छनोट अन्तर्गतको पहिलो चरणको नेपाल र भियतनामबीच जारी खेलमा भियतनामले पहिलो हाफमा ३ गोलको अग्रता बनाइको छ। त्यसअघि पहिलो गोल डिफेन्डर र गोलकिपर बीचको असमझदारी चलिरहँदा ११ औँ मिनेटमा फआम है येनले अग्रता दिलाइन्। त्यसअघि ९ औँ मिनेटमा पाएको एउटा सुन्दर अवसरमा नेपाल चुकेको थियो। खेलको २७ औँ मिनेटमा साम्बाको क्रसमा दीपा शाहीले बाइसाइकल प्रहार गरे…
काठमाडौं : पहिचानको राजनीतिलाई जोडतोड्ले उठाउने गरेको नेकपा माओवादी केन्द्र सत्ता राजनीतिको जोडघटाउमा लागेपछि आफ्नै पुराना एजेण्डाबारे रनभुल्ल छ। युद्धको रापतापबाट आएको माओवादी जति संसदीय राजनीतिमा भासियो त्यति नै अस्पष्ट हुने क्रम जारी नै छ। माओवादीको हकमा सत्तादाउ पेचमा लागेर एजेण्डा नै छोडेको सबैभन्दा पछिल्लो घटना हो प्रदेश १ लाई 'कोसी' प्रदेश नामकरणको पक्षमा उभिएको घटना। फागुन १७ मा कोशीको…
काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतसँग नेपालका लागि अमेरिकी राजदूत डेयन आर थमसनले भेट गरेका छन्। बुधवार मन्त्रालयमा भएको भेटमा दुई देशबीच सहयोगको दायरा अझ फराकिलो बनाउने विषयमा छलफल भएको थियो। कुन–कुन क्षेत्रमा अमेरिकाले थप अनुदान सहयोग उपलब्ध गराउन सक्छ भन्ने विषयमा मन्त्री डा. महत र राजदूत थमसनबीच छलफल अर्थमन्त्रीका सचिवालयले जनायो। मिलेनियम च्यालेन्जर कर्पोरेसन (एमसीसी) र अमेरिकी सहयोग नियोग…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट तनहुँ १ को उपनिर्वाचनमा उम्मेदवार रहेका स्वर्णिम वाग्लेले झुटो दाबी गरेका छन्। आफ्ना प्रत्यासीविरुद्ध उनले गलत दाबी गरेका हुन्। नेपाली कांग्रेसका तर्फबाट उक्त क्षेत्रमा उम्मेदवार रहेका गोविन्द भट्टराईलाई राष्ट्रिय सभा सदस्य बनाइने भन्दै उनले प्रचार गरेको भेटिएको हो। 'तपाईँको इन्टरभ्यू हेर्ने मान्छे। तपाईँलाई म बधाई दिन सक्छु। गोविन्द भट्टराईको यहाँ लगानी धेरै छ,' चुनावी प्रचारमा…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी विवादसँग जोडिएको मुद्दामा कारण देखाउ आदेश जारी भएको छ। सर्वोच्च अदालतमा न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा आज दिनभर सुनुवाईपछि कारण देखाउन आदेश जारी भएको हो। अदालतले अन्तरिक आदेश दिन अस्वकार गरेको हो। अधिवक्ता युवराज पौडेल 'सफल' ले आइतवार अदालतमा निवदेन दिएका थिए। सोमवार निवेदन दर्तासँगै बुधवारलाई पेशी तोकिएको थियो। रवि लामिछानेको राहदानी…
काठमाडौं : बलात्कारको अभियोग लागेका न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ। जिल्ला अदालत कपिलवस्तुले न्यायधीश गिरीलाई पक्राउ गर्न अनुमति दिएको अदालतका तहसिलदार गोकर्ण लम्सालले बताए। 'हिजो नै पक्राउ पूर्जी जारी भएको हो,' लम्सालले भने। न्यायधीश गिरीविरुद्ध गत मंसिरमा नै प्रहरीमा उजुरी परेको थियो। तर केही समय प्रहरीले दर्ता गर्न मानेन। गिरीको घटना बाहिरिएपछि जिल्ला अदालत कपिलवस्तुमा कार्यरत गिरीलाई न्याय परिषद्मा तानिएको…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको उम्मेदवारी कायम भएको छ। चितवन-२ बाट प्रतिनिधि सभाको उप निर्वाचनमा उम्मेदवार रहेका लामिछानेविरुद्ध परेका ४ वटा उजुरीमध्ये ३ वटा खारेज भएको निर्वाचन अधिकृत बासुदेव न्यौपानेले जानकारी दिए। 'चारवटा उजुरी परेका थिए। एउटा आयोगले नै निर्णय गर्ने हो। त्यसबारेमा हामीले उहाँसँग स्पष्टीकरण सोधेका छौं। अरु यहाँ परेका ३ वटा उजुरी दाबी अनुसारको कानुन…
काठमाडौं : इन्द्रसरोवर तालमा बेपत्ता भएका एक पुरुषको शव भेटिएको छ। सशस्त्र प्रहरीको गोताखोरले इन्द्रसरोवर तालमा बेपत्ता भएका पुरुषको शव निकालेको हो। इन्द्रसरोवर तालमा र्याफ्टिङ्ग गर्ने क्रममा बेपत्ता भएका काठमाडौं दक्षिणकाली नगरपालिका ३ बस्ने ३५ वर्षीय राजकुमार सुवेदीको शव निकालिएको प्रहरीले जानकारी दिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपद् उद्धार गण काठमाडौंबाट गएको गोताखोर टोलीले शव निकालेको हो। मकवानपुरस्थित इन्द्रसरोवर गाउँपालिका…
बलिउड फिल्म ‘वार २’ यतिखेर चर्चामा छ। यसैबिच, फिल्म ‘वार २’ मा जुनियर एनटीआरको एन्ट्री भएको छ। योसँगै ऋतिक रोशन र साउथ स्टार जुनियर एनटीआर एकसाथ देखिने पक्का भएको हो। सन् २०१९ मा रिलिज भएको फिल्म ‘वार’ बक्स अफिसमा हिट भएको थियो। पहिलो भागमा ऋतिक रोशन र टाइगर श्राफ मुख्य भूमिकामा थिए। दोस्रो श्रृंखलामा पनि ऋतिक फेरि कबिरकै भूमिकामा देखिनेछन।…
काठमाडौं : कलाकार दीपकराज गिरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई परेका मुद्दामा कटाक्ष गरेका छन्। चितवन २ मा पुन चुनावी मैदानमा उत्रिएका लामिछानेमाथि विभिन्न मुद्दा परेपछि गिरीले व्यङ्ग्य कसेका हुन्। ‘अलिकति फुर्सद् भयो के गर्ने होला? एउटा मुद्दा म पनि हाल्दिउ कि क्या हो रबि लामिछानेलाई,’ गिरीले फेसबुकमा लेखेका छन्। लामिछाने चुनावी मैदानमा उत्रिएसँगै निर्वाचन आयोगको कार्यालयमा विभिन्न चार मुद्दा…