काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलको नीजि चिकित्सकमा डा निरज बम नियुक्त भएका छन्। शुक्रवार डा बमलाई राष्ट्रपतिको निजी चिकित्सकमा नियुक्त गरिएको राष्ट्रपति पौडेलका प्रेस संयोजक खिला कार्कीले जनाए। बम वरिष्ठ छातीरोग विशेषज्ञ हुन्। उनी हाल त्रिवि शिक्षण अस्पतालमा सहप्रध्यापकका रुपमा कार्यरत छन्।
गोरखा : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम दुई वर्षभित्र टुङ्गोमा पुर्यायाउने प्रतिबद्धता व्यक्त गरेका छन्। नेकपा (माओवादी केन्द्र) गोरखाले शुक्रवार आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाटमा उनले अहिलेको गठबन्धनले नै लामो समयदेखि थाती रहेको शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने विश्वाससमेत व्यक्त गरे। ‘अहिलेको १० दलीय गठबन्धनमा दुई वर्षभित्रमा शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने सहमति भएको छ’, उनले भने, ‘हामी छिट्टै…
काठमाडौं : तीनकुने गैरीगाउँ वाग्मती किनारका सुकुम्बासी हटाउन काठमाडौं महानगरपालिका र नेपाल प्रहरी परिचालन भएको छ। काठमाडौं महानगरपालिकाको पहलमा प्रहरी बस्तीमा पुगेको हो। तर, त्यहाँ बस्दै आएका बासिन्दाले अवरोध गरेपछि परिचालित सुरक्षाकर्मीले बस्ती हटाउन सकेका छैनन्। बाक्लो सङ्ख्यामा पुगेका सुरक्षाकर्मीलाई सुकुम्बासी बस्ती छिर्ने बाटोमा नै अवरोध गरिएको छ। विरोधमा उत्रिएकाहरु नाराबाजी गरिरहेका छन्। साथै उनीहरुले सडकमा टायर बालेर विरोध गरिरहेका छन्। यसपाला काठमाडौं महानगरपालिकाका सुरक्षाकर्मी भने परिचालन भएका…
काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको सबै भू-भागमा यथाशीघ्र टेलिफोन र सूचना प्रविधिको सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरेकी छन्। प्रतिनिधिसभाको शुक्रवारको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग उठेका जिज्ञासाको सम्बोधन गर्दै उनले जनशक्ति र कार्यक्षमता बढाएर टेलिफोन र प्रविधि क्षेत्रको विकासलाई राष्ट्रहितका पक्षमा अघि बढाउने विश्वास दिलाइन्। मन्त्री शर्माले भनिन्, ‘देशमा टेलिफोन र सूचना प्रविधिको गुणस्तरीय सेवा…
कमलामाई (सिन्धुली) : सिन्धुली र रामेछापका अग्ला पहाड, वारिपारिको समथरको झुरुम्म बस्ती। छेउमा सलल बगेको सुनकोसी नदी। यहाँको शान्त र सुन्दर वातावरणमा रमाउन केही समययता आन्तरिक र बाह्य पर्यटक बढ्न थालेका छन्। सिन्धुलीको सुनकोसी गाउँपालिका-५ मुलकोटमा अवस्थित ताज रिभरसाइड रिसोर्ट प्रबन्ध निर्देशक मनोज श्रेष्ठका अनुसार गर्मी मौसम सुरु भएसँगै सुनकोसी नदीमा जलयात्रा (र्याफ्टिङ) गर्ने पर्यटकको भीड लाग्ने गरेको छ। दिनकै…
काठमाडौं : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले ट्रेड युनियनका नेताहरुलाई अवसरवादीबाट टाढा हुन आग्रह गरेका छन्। नेता कोइरालाले नेतादेखि कर्मचारी अहिले अवसरवादीको घेरामा रहेको उल्लेख गर्दै यस्ता प्रवृत्तिबाट टाढा रहन सुझाव दिएका हुन्। 'तपाईंहरु पनि अवसरवादीको घेरामा हुनुहुन्छ। हामी राजनीतिज्ञ पनि अवसरवादीको घेरामा छौं। यसबाट टाढा हुन नसके देश झन् झन् बर्बाद भएर जान्छ,' शुक्रवार नेपाल ट्रेड युनियन काँग्रेससँग…
काठमाडौं : प्रतिनिधिसभाका सांसदहरुले एकल महिलाबाट जन्मेको बच्चाको मावलीको नभई आमाको थरबाटै जन्तदर्ता गर्ने व्यवस्था गर्नुपर्ने माग गरेका छन्। प्रतिनिधिसभाको शुक्रवारको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले सरकारले हालै जारी गरेको एकल महिलाबाट जन्मेको बच्चालाई मावलीको थर राखी जन्मदर्ता दिने व्यवस्थाप्रति असहमति जनाउँदै सो धारणा व्यक्त गरेका हुन्। बैठकमा सांसद विद्या भट्टराईले एकल महिलाबाट जन्मिएको बच्चाको मावलीको थरबाट जन्मदर्ता गर्ने विषय…
काठमाडौं : वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भएकाहरुको परिवारले पाउने बीमा रकममा ठगी गर्ने गिरोह सक्रिय भएको खुलेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठगी गर्ने गिरोहका ६ जनलाई पक्राउ गरेको छ। ठगी प्रकरणमा वैदेशिक विभागका कर्मचारीको पनि संलग्नता रहेको खुलेको छ। प्रहरीले विभागका नाशु पशुपति अधिकारीलाई पक्राउ गरेको छ। उनले एउटा मृत्यु बीमा वापत ठगी गर्ने गरोहबाट २०…
जनकपुरधाम : महोत्तरी प्रहरीको नियन्त्रणमा रहेका एक जना थुनुवा फरार भएका छन्। कर्तव्य ज्यान मुद्दाका आरोपी कृष्णा यादव महोत्तरी प्रहरीको नियन्त्रणबाट भाग्न सफल भएका हुन्। फरार यादवको गोडामा समस्या देखिएपछि उपचारका लागि जनकपुरधामस्थित आर्या हस्पिटलमा ल्याइएको थियो। उपचारका लागि ल्याइएका कर्तव्य ज्यानको आरोप लागेका यादव अस्पतालको शौचालय कक्षको झ्याल फोडेर फरार भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक दिलीप…
अच्युत रेग्मी- काठमाडौं : काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय विदेशी पर्यटकको सङ्ख्या उल्लेख्य मात्रामा बढे पनि त्यहाँको व्यापार भने बढ्न सकेको छैन। नेपालमा मार्च महिनामा कोरोना महामारीपछिकै सबैभन्दा धेरै पर्यटक भित्रिए पनि ठमेलमा भने उल्लेख्य मात्रामा व्यापार हुन नसकेको व्यवसायीले बताएका छन्। नेपाल आउने पर्यटकमध्ये ८० प्रतिशतभन्दा बढी ठमेल आउने गरेका पाइएको छ। ठमेलस्थित सातघुम्तीमा विगत २२ वर्षदेखि…
काठमाडौं : सरकारले चार जना प्रहरी नायव महानिरीक्षक (डिआइजी)लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) बढुवा गर्ने निर्णय गरेको छ। चैत १३ गते गृह मन्त्रालयले चार जना (डीआइजी)लाई (एआइजी)मा बढुवाको लागि सिफारिस गरेको थियो। बढुवा सिफारीस पहिलो नम्बरमा डिआइजी सन्दीप भण्डरी रहेका छन्। उनले ६८ दशमलव ४६ अंक प्राप्त गरेका छन्। त्यस्तै दोस्रो नम्बर डिआइजी सुदीप गिरी रहेका छन्। उनले ६८ दशमलव…
बुटवल : गुल्मीको मदाने गाउँपालिकास्थित पुर्कोटदह देउरालीमा रहेको एक घरमा आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा मदाने गाउँपालिका–६ पुर्कोटदह देउरालीका ८३ वर्षीय ज्ञानबहादुर जीसी रहेका छन्। गएराति करिब १० बजेतिर जीसीको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक निरञ्जन घिमिरेले जानकारी दिए। प्रहरीका अनुसार मृतक जीसी घरमा एक्लै बस्दै आएका थिए। उनका २ छोराहरू रोजगारीका…
काठमाडौं : कोसी प्रदेशको नामकरणलाई लिएर भएको प्रदर्शन मृत्यु भएका युवकलाई सरकारले सहिद घोषणा गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले पदम लिम्बुलाई सहिद घोषणा गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। 'आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बुलाई सहिद घोषणा गर्ने र क्षतिपूर्ति उपलब्ध गराउने भन्ने डिसिजन भएको छ,' बैठकपछि सञ्चारमन्त्रीसमेत रहेकी शर्माले भनिन्। प्रदर्शनकै क्रममा चैत ५ गते घाइते भएका लिम्बुको चैत…
अर्चना शर्मा - केही दिनयता उनी मेरो घरमा आइरहेकी छैनन्। अरुको घरमा काम गरेर जीविकोपार्जन गर्छिन् उनी। एउटा छोरा पनि छन् उनको। श्रीमानकी उनी दोश्री पत्नी। घर सम्हाल्ने जिम्मेवारी आफ्नै भएको मलाई सुनाएकी छिन्। श्रीमानले कमाउँछन् तर घरमा खर्च गर्दैनन्। सबै खर्च उनैले धान्दै आएकी छिन्। त्यसमाथि श्रीमान् उनलाई दिनहुँ जसो पिट्छन्। हप्कीदप्कीका कुरा नगरौं। यतिसम्म कि कसैको फोन आउनु…
काठमाडौं : आर्टमान्डूको नयाँ म्युजिकल फिल्म 'माया जाने हो त ट्रयाक्टरमा' सार्वजनिक भएको छ। एक नारायण भण्डारीको शब्द रहेको गीतमा आशिष अविरलको स्वर तथा संगीत सुन्न सकिन्छ। गीतमा ट्रयाक्टर ड्राइभरको जीवनशैली र नेपालको ग्रामीण परिवेशलाई समेटिएको छ। गीतको भिडियोमा सम्राट थापा, अन्जना बराइली र प्रकाश नेपालीको अभिनय रहेको छ। 'तीनपाते', 'के माया लाग्छ र', 'घुमीघुमी' जस्ता चर्चित म्युजिकल फिल्म निर्माण गरेको आर्टमान्डूको यो…
ताप्लेजुङ : धार्मिकरुपमा मात्रै नभई स्वास्थ्यका लागि समेत फाइदाजनक मानिने सालको पातबाट तयार हुने टपरी हिजोआज प्रयोग हुने क्रम घट्दो छ । पछिल्लो पुस्ता यसको महत्वबारे कमै जानकार छ। बुन्ने सीप पनि छैन। यस्तो अवस्थामा टपरी लोप हुने अवस्थामा छ। यसको ख्याल गर्दै ताप्लेजुङमा टपरी बुन्ने प्रतियोगिता आयोजना गरिएको छ। फुङलिङ नगरपालिका–९ हाङ्देवाकी ८५ वर्षीया लक्षिमादेवी महतारा बाँसको सिन्का र सालको…
काठमाडौं : आज शुक्रवार सिनेमा हलमा ‘बहाव’ प्रदर्शनमा आएको छ। अन्य फिल्महरु रिलिज नहुँदा प्रमोद कँडेलको लेखन र निर्देशन रहेको यस फिल्मले सोलो रिलिजको मौका पाएको हो। सोलो रिलिजको मौका पाए पनि फिल्मले मल्टिप्लेक्स हलहरुमा उत्साहजनक शो भने पाउन सकेको छैन। ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’लाई मुख्य थिम बनाएको फिल्ममा श्रीधर पौडेललको लगानी छ। श्रीधरले यसअघि नेपाल सरकारबाट ‘राष्ट्रिय अवार्ड’ प्राप्त फिल्म…
काठमाडौं : सिन्धुपाल्चोकको याङ्ग्री लार्केमा आएको बाढीबाट प्रभावित ११ परिवारलाई जग्गा उपलब्ध गराइने भएको छ। उनीहरुको स्थायी आवासको व्यवस्था गर्न जग्गा खरिद सम्झौता गरिएको छ। पाँचपोखरी थाङ्पाल गाउँपालिकाको उत्तरी भेग याङ्ग्री लार्के खोलामा २०७८ असार १ गते गएको बाढीले अत्यधिक क्षति पुर्याएको थियो। बाढीबाट प्रभावित याङ्ग्रीका दलित बस्तीका ११ परिवारका लागि स्थायी आवास निर्माण गर्न जग्गा खरिदको सम्झौता गरिएको गाउँपालिकाका अध्यक्ष…
काठमाडौं : टिकटकमा भाइरल हुन अहिले मानिसहरु विभिन्न काम गरिरहेका छन्। कसैलाई ती कामले फाइदा पनि पुगेको छ। तर, भाइरल हुने चक्करमा जानाजान वा अनजानमा पनि मानिसहरु गलत काम गर्न पुग्छन्। यस्तै, भयो ललितपुरको टिकाथली बस्ने सुलभ आचार्यसँग पनि। केहिदिन अघि उनले आफ्नो टिकटक अकाउन्टमा पोस्ट गरेको भिडियोले उनलाई प्रहरीसम्म पुर्यायो। उनले आफ्नो अकाउन्टमा खाट भरि पैसा बिछ्याएको भिडियो पोस्ट…
काठमाडौं : आज देशभर बिहानैदेखि स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसकारण हाल देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ…