वीरगंज : नेपाली सेनाले पर्सामा स्वास्थ्य शिविर आयोजना गरेको छ। सखुवाप्रसौनी गाउँपालिका-२ औराहा पाचगावास्थित नेराप्रवि परिसरमा स्वास्थ्य शिविर आयोजना भएको हो। नेपाली सेनाको वीरगंज घण्टाघरमा रहेको श्री श्रीजंग गणको आयोजना गापाको सहयोगमा आयोजनामा भइरहेको शिविरको उद्घाटन नेपाली सेनाको बर्दिवासमा रहेको मध्यपूर्वी पृतना हेडक्वाटरका पृतनापति एंव उपरथी प्रेमध्वज अधिकारीले गरेका थिए। अधिकारीले समाजिक काम अन्तर्गत उक्त शिविर आयोजना गरेको बताए। गाउँका…
काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले फुटपाथ मिचेर बनाइएका प्रहरी बिटहरु हटाउन निर्देशन दिएका छन्। सर्वसाधरण हिँड्न बनाइएको फुटपाथमा पर्ने केही संरचना हटाएपनि प्रहरीका बिटहरु अझै नहटेकाले समतामुल कानुनको प्रयोग गर्नका लागि कानुन कार्यान्वयन गर्ने प्रहरी आफैंले हटाउनुपर्ने बताएका हुन्। उनले फेसबुकमा लेखेका छन्, 'कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ।…
काठमाडौं : तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडले बचतकर्ताको ५० करोड ८८ लाख रुपैयाँ ठगी गरेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले गरेको अनुसन्धानमा ५० करोड ८८ लाख ७८ हजार ७ सय २८ रुपैयाँ ठगी गरेको खुलेको हो। सहकारीले बालबचत/ज्येष्ठ नागरिक बचत/भविष्य सुनिश्चित बचत/सुपर पेन्सन बचत/अवधि बचत/कर्मचारी चल्ती बचत/विषेश बचत/साधारण बचतलगायतका विभिन्न स्किमहरु मार्फत १ हजार ३ सय ७ जना बचतकर्ताको रकम…
काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा आएको छ। प्रधानमन्त्रीको स्वकीय सचिवालयको आइटी टिमको पहलमा उक्त पेज शुक्रवारदेखि पुनः सञ्चालनमा आएको हो। भेरिफाइड उक्त पेज विगत दुई वर्षदेखि निष्क्रिय रहँदै आएको थियो। सरकारका कामको एकीकृत प्रचार र सूचना संयन्त्रलाई व्यवस्थित गर्न प्रधानमन्त्रीको सचिवालय टीमले सबै सामाजिक सञ्जाललाई सञ्चालनमा ल्याउने योजनाअनुरूप आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा ल्याएको…
काठमाडौं : पेरिस ओलम्पिक छनोट अन्तर्गतको खेलमा आज नेपाल र भियतनाम प्रतिस्पर्धा गर्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे खेल हुनेछ। नेपालसँगको पहिलो खेलमा ५-१ गोलको सहज जित निकालेको भियतनाम जितको लयलाई कायम राख्दै अर्को चरणमा पुग्न चाहन्छ। अर्कोतर्फ नेपाली टोली अघिल्लो हारको बदला लिन चाहन्छ। पहिलो खेलपछि नेपाली टोलीका प्रशिक्षक अनन्तराज थापाले शनिवारको खेलमा अघिल्लो खेलका कमजोरीहरुलाई सुधार गरेर…
रामपुर (पाल्पा) : वैष्णव सम्प्रदायको केन्द्रीय कार्यालय रहेको राधा दामोदर नेपाल निम्वार्क पिठ केलादीधाममा राधे भजनमा महिलाको सक्रियता छ। मन्दिर आसपास स्थानीय महिला समूहमा आबद्ध भएर भजन गाउँछन्। महिला समूहमा सहभागी भएर भजनमा गाउने कार्य गरिरहेको विष्णुकान्ति भण्डारी बताउँछिन्। यहाँ दैनिकजसो चारदेखि आठ जनासम्मको समूहमा भजनमा जुट्ने गरेको उनले बताइन्। ‘भजनमा सामेल हुन थालेपछि शरीरमा फुर्तिलोपन आएको छ, घरको सबै…
काठमाडौं : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)मा कार्यकारी अध्यक्षताको कार्यभार हस्तान्तरण गरिएको छ। एक वर्षअघि भएको सङ्घको १०औँ महाधिवेशनमा बहुपदीय पद्धतिबाट तीन अध्यक्ष चयन गरिएको थियो। महाधिवेशनमा भएको सहमतिअनुसार अध्यक्ष रविना थापाले शुक्रवार छ महिना कार्यकारी अध्यक्षको कार्यभार पूरा गरी अर्का अध्यक्ष डा बद्री केसीलाई कार्यभार हस्तान्तरण गरेकी हुन्। यसअघि अर्का अध्यक्ष कुल आचार्यले छ महिना कार्यकारी अध्यक्षको कार्यभार पूरा गरी…
काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र शाह (बालेन)ले आजबाट सिंहदरबारको फोहोर नउठ्ने बताएका छन्। उनले फेसबुकमा स्टाटस लेख्दै यस्तो बताएका हुन्। उनले फेसबुकमा लेखेका छन्, ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन। साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ।’
नारायण न्यौपाने- काठमाडौं : ‘भूतपूर्व सैनिक सम्मेलनको अभिलाषा-सेनाप्रतिको समर्पण र भरोषा’ भन्ने मूल नाराका साथ यस वर्ष तीन पृतना मातहत छ स्थानमा आयोजना गरिएको भूपूसैनिक सम्मेलनको मैजारो भएको छ। गत फागुन १५ गते रुपन्देहीबाट थालिएको सम्मेलन दाङ, पोखरा, खैरेनीटार, बर्दिवास हुँदै चैत २१ गते रामेछापको मन्थलीमा सकिएको हो। मध्यपश्चिम, पश्चिम र मध्यपूर्वी पृतना मातहतका ३५ जिल्लाका भूतपूर्व सैनिकलाई लक्षित सम्मेलन…
नवलपुर : एकतर्फी रुपमा चितवनतर्फबाट नारायणी नदी तटबन्धको काम गरिएको भन्दै विरोध भएपछि एक हप्ताभित्र गैँडाकोटतर्फका किनारमा पनि तटबन्ध गर्नका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिने भएको छ। अहिले नारायणी नदीको नारायणगढतर्फको किनारमा ‘सी बीच मोडल’मा तटबन्धसहितको संरचना बन्दै गर्दा यसको कारण बर्खायाममा नदीको बहाव परिवर्तन भई गैँडाकोट डुबानको जोखिममा पर्ने भन्दै स्थानीयले विरोध जनाउँदै आएका थिए। नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को…
राजु आचार्य- अछामको रामारोशन पुग्दा रमाइलो नमान्ने मानिसहरू कमै होलान्। यो ठाउँमा किन जाने भनेर सोधियो भने मानिसहरूका आ-आफ्नै तर्क होलान्। केही महिनाअघि उक्त क्षेत्रमा एक महिना बिताउने अवसर मिल्यो। उक्त अवसर मिलाइदियो ‘प्रकृतिका साथीहरु’ले। हामीलाई लाग्यो यस्तो ठाउँमा किन पटक-पटक नआउने। १५ कारण, जसले गर्दा यो ठाउँले पर्यटकहरुलाई आकर्षित गरी रहन्छ। पहाडको खोचमा रहेका निलो पानी युक्त १२ वटा…
काठमाडौं : हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल देशका कर्णाली प्रदेश, गण्डकी प्रदेश, वाग्मती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशमा आंशिक बदली रहेको र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार शनिवार दिउँसो कोशी प्रदेश, मधेश प्रदेश र वाग्मती प्रदेशमा आंशिक बदली रही बाँकी…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रवार सम्पन्न खेलमा लखनउ सुपर जायन्टले सनराइजर्स हैदराबादलाई हराएको छ। लखनउस्थित अटल बिहारी बाजपेयी स्टेडियममा सम्पन्न खेलमा क्रुणाल पाण्ड्याको अलराउण्डर प्रदर्शनमा लखनउले हैदराबादलाई ५ विकेटले हराएको हो। टस जितेर ब्याटिङमा उत्रिएको हैदराबादले फितलो ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको लखनउले १७ औँ ओभरको समाप्तिमा ५ विकेट…
काठमाडौँ: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रवार सम्पन्न खेलमा मनाङ मर्स्याङदी क्लबले फ्रेन्ड्स क्लबलाई हराएको छ। च्यासल स्टेडियममा सम्पन्न खेलमा मनाङले फ्रेन्ड्स क्लबमाथि २-० गोलको जित निकालेको हो। मनाङको जितमा दुबै गोल कोफी कोउडोले गरेका थिए। खेलको ३३ औँ मिनेटमा कोउडोको गोलमा मनाङले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले अघि रहेको मनाङका लागि दोस्रो गोल पनि कोउडोले नै…
विराटनगर: गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र नेपाल प्रहरी विजयी भएका छन्। विराटनगरको सहिद रंगशालामा जारी प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले घरेलु टोली कोशी प्रदेशलाई ३–१ गोलमा पराजित गरेको हो। सुदूरपश्चिमका महेश नेपाली, सागर बोहरा र अमित ओझाले समान १–१ गोल गरेका थिए। कोशीका लागि एक मात्र सान्तवना गोल बिसु घिमिरेले गरे । खेलको…
काठमाडौं: काठमाडौंको नर: (हाँडीगाउँ) मा तिसा मालिगु जात्रा (गहना खोज्ने जात्रा) सम्पन्न भएको छ। शुक्रबार बिहानदेखि त्वरं: अजिमा (वैष्णवी/ टुंडाल देवी)को मूर्तिलाई खटमा नगर परिक्रमा गराइ बेलुकी टंगालस्थित तिसा मालिगू पुखु (गहना पोखरी) भित्र डुबाएर तीनपटक परिक्रमा गराइएको हो। गहना खोज्ने जात्रा भनिए पनि पोखरीमा गहना भने हुँदैन। विभिन्न कथनहरुमा आधारित भएर पोखरीमा टुँडाल देवीलाई तीनपटक घुमाएर प्रतीकात्मक रुपमा गहना…
बहुप्रतीक्षित दक्षिण भारतीय फिल्म ‘पुष्पा २: द रुल’ को टिजर सार्वजनिक भएको छ। तीन मिनेट लामो टिजरमा अल्लु अर्जुनलाई पुष्पाको भूमिकामा देख्न सकिन्छ। कहाँ छन् पुष्पा? भन्दै खोजी भइरहेको र जंगलमा बाघसँगै पुष्पा भेटिएको दृश्य टिजरमा छन्। यस फिल्ममा अल्लु अर्जुनका साथै रश्मीका मन्दानाको मुख्य भूमिका छ। तर, पुष्पा ग्याङ्स्टार लुकमा देखिँदा रश्मीका भने टिजरमा अटाउन सकिनन्। ‘पुष्पा २ मा अल्लु अर्जुन…
जनकपुरधाम : धनुषामा गाँजा तस्करी गर्ने ट्रकसहित चालकलाई प्रहरीले पक्राउ गरेको छ। शुक्रवार दिउँसो करिब १ बजेको समयमा प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटेको प्रहरीको टोलीले भारी परिमाणमा गाँजा बरामद गरेको हो। खाली ट्रकभित्र जस्तापाताले घेरेर लुकाएर लाँदै गरेको अवस्थामा प्रहरीले १२४ केजी गाँजा बरामद गरेको छ। प्रहरीले विशेष सूचनाको आधारमा ट्रकसहित गाँजा र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले ढल्केवरबाट…
काठमाडौं : नेपाल नेत्रज्योति सङ्घको आयोजनामा हिमाली जिल्ला मुगुको छायाँनाथ रारा नगरपालिका र खत्याड गाउँपालिकाका एक सय १८ जनाको आँखा परीक्षण र एक सय ५४ जनाको मोतिविन्दुको निःशुल्क उपचार गरिएको छ। यही चैत १५ देखि १७ गतेसम्म छायाँनाथ रारा नगरपालिका गमगढीमा सञ्चालित शिविरमा छ सय ४७ जना बिरामीहरुको निःशुल्क आँखा जाँच गरिएको थियो। आँखा परीक्षण गराएका बिरामीमध्येमा मोतिविन्दु देखिएका ६५…
काठमाडौं : नेपाली सेनाको साइबर स्पेशमा साइबर हमला गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। नेपाल प्रहरीको साइबर व्यूरोको टोलीले स्याङजा घर भएका २१ वर्षीय सागर ढकाललाई नियन्त्रणमा लिएको हो। ढकालले पोखरामा डेरा गरि बस्ने घरधनीको इन्टरनेट प्रयोग गरि साइबर हमला गरेको देखिएको छ। उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।