काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसद ढाकाकुमार श्रेष्ठले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड मागेको विषयबारे प्रतिनिधिसभामा स्पष्टीकरण दिएको छ। प्रतिनिधि सभाको सोमवारको बैठकमा उक्त घटनाबारे जानकारी गराउँदै रास्वपाका सांसद सन्तोस परियारले ३ दिनभित्र छानबिन गर्ने निर्णय पार्टीले गरेको जानकारी दिए। 'यस घटनालाई गम्भीर रुपमा लिएका छौं। उक्त अडियो सार्वजनिक भए लगतै ३ दिनभित्र प्रतिवेदन दिन दिने अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र संकटमुक्त नभएको बताएका छन्। सोमबार नेपाल चेम्बर अफ कमर्शको ७२ औं साधारणसभालाई सम्बोधन गर्दै उनले अर्थतन्त्र सुधार उन्मुख भए पनि संकटपूर्ण अवस्थामा रहेको बताएका हुन्। उनले आफू अर्थतन्त्रलाई सुधार गर्न सरकार प्रतिबद्ध रहेकोसमेत बताएका छन्। 'अर्थतन्त्रलाई सुधार ल्याई सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा तीव्रताका साथ अगाडि बढ्न सरकार प्रतिबद्ध छ,' प्रचण्डले भने। अर्थतन्त्रबारे अरु…
रामपुर (पाल्पा) : पाल्पा जिल्लामै सरकारी तवरमा सबैभन्दा ठूलो अस्पताल रामपुरमा निर्माण भएको छ। निर्माण कार्य सुरु भएको करिव आठ वर्षमा ५० शय्याको रामपुर अस्पताल भवन निर्माण सकिएपछि स्थानीयलाई सहज हुने भएको छ। नयाँ भवनको संरचना तयार भएपछि विशेषज्ञसहितको सेवा पाउने आशामा स्थानीय छन्। यस अस्पताल २०७२ सालमा ५० शय्यामा स्तरोन्नति भए तापनि १५ शय्याकै पुरानो भवनबाट खुम्चिएर सेवा दिइएकोमा…
बुटवल : पाल्पाको तानसेनमा १० वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तानसेन नगरपालिका-११ बस्ने ३७ वर्षीय लिलाबहादुर बस्याल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। पीडित बालिकाका आफन्तले आरोपित बस्यालले यहि चैत २२ गते राति ९ बजे जबरजस्ती करणी गरेको भनी चैत २६ गते जिल्ला प्रहरी…
इण्डियन प्रिमियर लिग (आइपीएल)मा सोमवार रोयल च्यालेन्जर्स बेङ्ग्लोर र लखनउ सुपर जायन्ट भिड्दै छन्। बेङ्ग्लोर फाफ डु प्लेसिस र लखनउ केएल राहुलको कप्तानीमा मङ्गलम चिन्नस्वामी स्टेडियममा साँझ ७:४५ बजे मैदानमा उत्रिनेछन्। तीन खेल खेलेको लखनउ दुईमा जित र एकमा हारसहित चार अंकका साथ अंकतालिकाको तेस्रो स्थानमा छ। पहिलो खेलमा दिल्लीलाई हराएको लखनउ दोस्रो खेलमा चेन्नइसँग पराजित भएको थियो। त्यस्तै, तेस्रो…
काठमाडौं : पर्यटकीय सिजन सुरु भएसँगै हिमाल आरोहणका लागि अनुमति लिने विदेशी पर्यटकको संख्या पाँच सयभन्दा बढी पुगेको छ। कोभिड-१९ संक्रमणका कारण कम हुँदै आएको भएको पर्यटक आवगमन संख्या क्रमिक रुपमा वृद्धि हुँदै गएको हो। आवागमन संख्या सामान्य अवस्थामा नफर्किए पनि यो सिजनमा देखिएको पर्यटकको माग तीन वर्षयताकै उच्च रहेको पर्यटन विभागले जनाएको छ। विभागले तयार पारेको विवरण अनुसार सिजन सुरु भएदेखि…
काठमाडौं : आठ रात नौ दिनसम्म भव्यरुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा आज बिहानैदेखि सुरु भएको छ। तौमढीस्थित भैरवको रथमा पूजा गर्न बिहानैदेखि घुइँचो लागेको छ। बिहान ५ बजेदेखि सर्वसाधारणका लागि भैरवको रथमा पूजा खुला गरेर जात्राको शुभारम्भ भएको गुठी संस्थान कार्यालयकी प्रमुख खिमा वलीले जानकारी दिइन्। उहाँले भन्नुभयो, ‘पूजापछि भैरवको रथ तान्न सुरु…
ढोरपाटन : राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको अक्षते-घोडाबाँधे सडकको ट्रायक खुलेको साढे दुई दशक बितिसक्यो। यतिका समयसम्म पनि यस खण्डको अधिकांश सडक कालोपत्र भएको छैन। हिउँदमा धुलो र बर्खामा हिलोका कारण स्थानीय विस्थापित हुनुपरेको छ भने यात्रु आजित बनेका छन्। करिब २६ किलोमिटर लामो यस खण्डमा पछिल्लो समय उपल्लाचौर-अक्षते क्षेत्रमा भने धमाधम काम भइरहेको छ। माथिल्लो बिहुँ खण्डमा भने…
बेनी : म्याग्दीका कृषकलाई ३३ हजार माछाका भुरा वितरण गरिएको छ। भेटेरिनरी अस्पताल, पशु सेवा विज्ञ केन्द्र, बेनी नगरपालिका र धौलागिरि गाउँपालिकाले कृषकको मागअनुसार भुरा वितरण गरेका हुन्। विज्ञ केन्द्र र बेनी नगरपालिका १३/१३ हजार तथा धौलागिरि गाउँपालिकाले सात हजार भुरा कृषकलाई वितरण गरेका छन्। जिल्लाका ४५ कृषकलाई केन्द्रका प्रमुख एवं पशु चिकित्सक जीवन प्रसाद आचार्य र बेनी नगरका पशु…
काठमाडौं : शनिवार सामाजिक सञ्जालमा पोस्ट गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सिंहदरवारको फोहोर नउठाउने घोषणा गरे। सो घोषणामा उनले यसको कारणबारे खुलाएका थिएनन्। सञ्जालको सो पोस्ट उनले केन्द्र सरकारप्रति रोष व्यक्त गरेको जस्तो मात्रै देखिन्थ्यो। सोमवार भने मेयर साहले पुनः सामाजिक सञ्जालमा अर्को पोस्ट गर्दै सिंहदरवारको फोहोर नउठाउनुको कारणबारे स्पष्ट पारेका छन्। उनले त्यो लहडमा अनायासै गरिएको निर्णय नभएर…
काठमाडौं : हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही तराई भू-भागको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार सोमवार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई…
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग घुस मागेको अडिओ बाहिरिएपछि अहिले चर्चामा छन्। श्रेष्ठले आफू स्वास्थ्य मन्त्री बन्न लागेको र सभापति रवि लामिछानेको कोर टिमले रकम माग गरेको भन्दै प्रसाईंसँग दुई करोड मागेका थिए। मन्त्री भएपछि प्रसाईंको काम समेत गरिदिने भन्दै श्रेष्ठ रकम डिल गरेका थिए। अडिओ प्रकरणमा अहिले विभिन्न कोणबाट बहस भइरहेको छ।
काठमाडौंः सरकारी वार्ता टोलीले आजदेखि मिटरब्याज पीडितहरुको दोस्रो समूहसँग वार्ता सुरु गरेको छ। शान्तिबाटिकास्थित मिटरब्याजी पीडित रहेको स्थानमा पुगेर आज पहिलो चरणको वार्ता गरिएको सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए। 'आज दुवैतर्फका वार्ता टोलीबीच परिचय भयो, भोलि १० बजे गृह मन्त्रालयमा वार्ता गर्ने सहमति भएको छ, कोइरालाले भने, “दुवै पक्ष पीडितकै तर्फबाट कसरी समस्या समाधान…
काठमाडौं : आगामी जेठ ५ गतेबाट प्रदर्शन हुने नेपाली फिल्म ‘गणपति’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा मुख्य कलाकारहरु मुकुन भुसाल र मेनुका प्रधानलाई देख्न सकिन्छ। एक बालकको जन्म भएपछि भजनकिर्तन गर्दै खुसी मनाएको टिजरमा देख्न सकिन्छ। साथै ती बालकको युवावस्थाको उतारचढावलाई पनि टिजरमा समेटिएको छ। फिल्ममा लेखन पनि सबिन अधिकारीको नै रहेको छ। ‘गणपति’ नाम धार्मिक सुनिए पनि फिल्ममा कुनै…
काठमाडौं : सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पर्वतको मोदी गाउँपालिका-२ घर भएका २६ वर्षीय विश्व शर्मालाई गत बिहीवार प्रहरीले पक्राउ गरेको हो। सामाजिक सञ्जाल फेसवुकमा महिलाको नक्कली प्रोफाइल बनाई ठगी गरेका थिए। साथी बन्न सन्देश पठाएपछि कुराकानी गर्दै जाँदा माया प्रेमको कुराकानी गर्नुका साथै विभिन्न बहाना बनाई पटक-पटक रकम माग गर्ने गरेका थिए।…
वीरगंज : वीरगंजको घडिअर्वास्थित ऐतिहासिक रामजानकी मन्दिरको प्रवेशद्वार नै थुनेर अतिक्रमण गरी बनाइएका संरचनामा आज पनि डोजर लगाइएको छ। महानगरपालिकाको वडा नम्बर १० घडिअर्वा पोखरीको मूलद्वार सामुन्ने रहेको मन्दिरमा भएको अतिक्रमण हिजोबाट डोजर लगाएर हटाउन थालिएकोमा आज पूर्ण रुपमा हटाइएको हो। आफू मन्दिरको पुजारी हुँ भन्दै शम्भुनाथ तिवारीले महानगरविरुद्ध मन्दिर अतिक्रमण तथा तोडफोड गर्न नदिन माग गर्दै उच्च अदालत अस्थायी…
काठमाडौं : वैदेशिक रोजगारीका लागि विदेश गएर मृत्यु भए आफन्तले पाउने बिमा रकममा ठगी गर्ने गिरोहका थप दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा सरकारी कर्मचारी र बिमा कम्पनीका कर्मचारी रहेका छन्। काठमाडौं उपत्यका प्रहरी कार्यालयको टोलीले वैदेशिक रोजगार बोर्डमा कार्यरत नायव सुब्बा पशुपति अधिकारी र सूर्यज्योति जीवन बिमा कम्पनीमा कार्यरत जुनियर अधिकृत उमेश बुढाथोकीलाई नियन्त्रणमा लिएको हो। प्रहरीले शुक्रवार पत्रकार सम्मेलन…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न २ करोड डिल गरेको खुलेको छ। विवादित मेडिकल ब्यावसायी दुर्गा प्रसाईसँग श्रेष्ठले २ करोड मागेको अडियो कपुरबोट मिडियाले सार्वजनिक गरेको हो। पार्टीका सभापति रवि लामिछानेलाई मुछ्दै भएको संवादमा आफू मन्त्री बन्ने भन्दै श्रेष्ठले २ करोड मागेको सुनिन्छ। उक्त संवादमा प्रसाईले आफ्ना लागि काम गरिदिनुपर्ने शर्त राखेका छन्। प्रसाईको…
काठमाडौं : नाबालिग बलात्कारको अभियोग लागेका राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेको मुद्दामा पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई झिकाउन आदेश भएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश शंकरराज बरालको इजलासले स्वास्थ्य परीक्षण गराउने चिकित्सको नभई अरुको नै बकपत्र भएकाले सम्बन्धित चिकित्सकलाई झिकाउन आदेश भएको हो। १७ वर्षीया किशोरीलाई करणी गरेको उजुरी प्रहरीमा दर्ता भएसँगै असोज २० गते विदेशबाट फर्किने क्रममा प्रहरीले…
काठमाडौं : 'दुई/तीन जना छुट्टै छन्। पार्टीलाई धेरै सहयोग गर्ने, रवि सरलाई। त्यो टिमबाट मलाई कुरा आएको हो। आज नै फिक्स गर्नुपर्छ पैसा। उधारो हुँदैन भन्छन् फेरि। दुई साढे २ भन्छन्। मैले १ दिए पनि मान्छन् होला। चेक दिए पछि पनि मान्छन् होला' परम्परावादी राजनीतिक दलबाट मुलुकलाई मुक्ति दिने उद्घोषसहित संसदमा बलियो उपस्थिति जनाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एक सांसद ढाकाकुमार…