काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो सांसद ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको छ। व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड डिल गरेको भनिएको अडियो सार्वजनिक भएसँगै उनलाई रास्वपाले पार्टीबाट कारवाही गरेको हो। श्रेष्ठलाई पार्टीको नीति विपरित कार्य गरेको आशंकामा पार्टीका कुनै पनि तहमा नरहने गरी काहबाही गरेको रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बताए। 'पार्टीको नीति विपरित कार्य गरेको आशंकामा…
काठमाडौं : सरकारले प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)मा बढुवा गरेका चार प्रहरीले आइतवार दर्ज्यानी चिन्ह लगाएका छन्। सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङले एआईजीको दर्ज्यान्ही चिन्ह लगाएका हुन्। उनीहरुलाई प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले दर्ज्यान्ही चिन्ह लगाएका हुन्। चैत १३ गते गृह मन्त्रालयको बढुवा समितिको बैठकले उनीहरुलाई सिफारिस गरेको थियो। डीआईजी मीरा चौधरीले दर्ज्यान्ही चिन्ह…
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठले २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ। कपुरबोट मिडियाले मेडिकल व्यवसायी दुर्गा प्रसाइसँगको अडियो सार्वजनिक गरेको हो। उक्त अडियोमा श्रेष्ठले आफ्नो पार्टीको भागमा स्वास्थ्य मन्त्रालय परेको र स्वास्थ्य मन्त्री बन्न २ करोड चाहिने बताएका छन्। 'दुई/तीन जना छुट्टै छन् पार्टीलाई धेरै सहयोग गर्ने, रवि सरलाई। त्यो टिमबाट मलाई कुरा आएको हो।…
काठमाडौं : पोखरा-धौलागिरी उडान गरेको हेलि एभरेष्टको हेलिकप्टर अवतरणका क्रममा ठोक्किएको छ। कार्गो उडान रहेको हेलिकप्टरमा क्षति भएपनि चालक दल सुरक्षित रहेको नागरिक उड्डयन प्राधिकरणका एक कर्मचारीले बताए। हेलिकप्टर पाइलट प्रिया अधिकारीको कमाण्डमा थियो। अल्फा नोभेम्बर ब्राभो कलसाइनको हेलिकप्टर एक्कासी सम्पर्कविहीन भएको जानकारी कम्पनीमा आएको हो। त्यसपछि हेलि एभरेष्टले एयर डाइनेष्टीको हेलिकप्टर घटनास्थलमा परिचालन गरेको थियो। ‘हेलि एभरेष्टको हेलिकप्टर भित्तामा…
काठमाडौं : फिल्म ‘छक्का पञ्जा ४’ले २१ करोडको व्यापार गरेको छ। फागुन १९ गतेबाट प्रदर्शनमा आएको यस फिल्मले पाँच सातामा बक्सअफिसमा २१ करोड कलेक्सन गरेको वितरक मनोज राठीले जानकारी दिए। छैटौँ सातामा पुग्दा पनि फिल्मलाई दर्शकको राम्रो साथ रहेको उनले बताए। उनी भन्छन्, ‘छक्का पञ्जा ४ लाई दर्शकको राम्रै साथ छ। पाँच सातामा फिल्मले २१ करोड कमाइ गरिसकेको छ। शुक्रवार र…
चितवन : आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्बर २ का ४३ मध्ये २९ मतदान स्थललाई अतिसंवेदनशिलको सूचीमा राखिएको छ। निर्वाचन स्थललाई दुई भागमा वर्गीकरण गर्दै बाँकी १४ स्थललाई भने संवेदनशिल स्थलको सूचीमा राखिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए। उपनिर्वाचनमा सबै मतदान स्थललाई सुरक्षाका दृष्टिले बराबरी महत्वका साथ लिइएको उनको भनाइ छ। ‘सम्पूर्ण राजनीतिक दलको…
कास्की : गण्डकी प्रदेशको राजधानी सहर पोखरा र सङ्घीय राजधानी काठमाडौं जोड्ने पृथ्वीराजमार्ग विस्तार तथा स्तरोन्नतिको उपप्रधानमन्त्रीसहितको उच्चस्तरीय टोलीले निरीक्षण गरेको छ। आइतवार उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, पोखरा महानगरका प्रमुख धनराज आचार्य, चिनियाँ राजदूत चेन सोङ्ग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल लगायतको उच्चस्तरीय टोलीले…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका सचिव लेखराज भट्टसँग भेट्न उनकै घर पुगेका छन्। धनगढी गेटास्थित भट्टको निवासमा प्रधानमन्त्री प्रचण्डसँग छलफल भएको उनको सचिवालयले जनाएको छ। प्रचण्डले पारिवारिक सम्बन्धका आधारमा भट्टसँग भेटघाट भएको बताएका छन्। 'यो घर मेरो पनि हो। आएर बस्ने एउटा कोठा छ। झण्डै ४० वर्षदेखिएको सम्बन्ध छ। समसामयिक राजनीतिबारे सामान्य कुराकानी भयो ,' प्रचण्डले भने। पूर्व…
काठमाडौं : भदौ ३ गते हलमा प्रदर्शन भएको ‘प्रेमगञ्ज’ ओटीटीमा रिलिज हुने भएको छ। यो फिल्म आगामी वैशाख १ गतेबाट नेपाली ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’ रिलिज हुनेछ। हलमा छुटेका दर्शकलाई लक्षित गरि फिल्म सार्वजनिक गर्न लागेको निर्माण टिमले जनाएको छ। लभ स्टोरी जनरामा निर्माण भएको फिल्ममा परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको छ। फिल्ममा तेज गिरी र बेनिशा हमालको मुख्य भूमिका छ।…
बुटवल : रुकुम (पूर्व)को पुथा उत्तरगंगा गाउँपालिकाको रन्मा गाउँमा गत बिहीवार मृत फेला परेका दुई बालिकाको हत्या भएको खुलेको छ। बालिकाहरूले लगाएका सुनका गहना लुट्नका लागि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो। बालिकाको हत्यामा संलग्न रहेको अभियोगमा १४ र १५ वर्षका दुई किशोरीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)का सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीले…
काठमाडौं : नाबालिग बलात्कारको अभियोग लागेका राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेको मुद्दाको सुनवाईको पेशी चढेको छ। जिल्ला अदालत काठमाडौंमा न्यायाधीश शंकरराज बरालको इजलासमा पेशी तोकिएको हो। १७ वर्षीया किशोरीलाई करणी गरेको उजुरी प्रहरीमा दर्ता भएसँगै असोज २० गते विदेशबाट फर्किने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको थियो। भदौ ५ गते लामिछानेले किशोरीलाई बोलाएर होटलमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ।…
सांघाई : चिनियाँ जनमुक्ति सेना (पीएलए)को इस्टर्न थियटर कमाण्डले ताइवान टापुलाई घेर्ने गरी आफ्नै हवाई तथा नौसैनिक बललाई परिचालन गरेको छ। कमाण्डले ताइवानलाई चारै दिशाबाट घेर्ने गरी आफ्नो प्रतिरोध घेरा स्थापना गर्न सुरक्षा बल पठाएको कमाण्डले जनाएको छ। 'ज्वाइन्ट स्वोर्ड' नाम दिइएको सैन्य अभ्यासको पहिलो दिन कमाण्डले विध्वंसक, फ्रिगेट, क्षेप्यास्त्र डुङ्गा, लडाकु विमान, बमवर्षक, इलेक्ट्रोनिक वारफेयर प्लेन, रिफ्युलिङ एयरक्राफ्टका साथै…
इन्डियन प्रिमियर लिग अन्तर्गत शनिवार दुई खेल भए। पहिलो खेलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स भिडेका थिए। पहिले ब्याटिङमा उत्रेको राजस्थानलाई २० ओभरमा ४ विकेट गुमाउँदै १९५ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रेको दिल्लीले सो लक्ष्य भेटाउन सकेन। दिल्ली २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १४२ रनमा समेटियो। दिल्लीमा ५७ रनमा पराजित गर्न राजस्थानका बलरहरु सफल भए। राजस्थानका लागि…
काठमाडौं : आज बिहान देशभर स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। त्यसैले हाल देशका पहाडी भू-भागहरूमा आँशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकी भू-भागमा मौसम आंशिक बदली देखी सामान्यतया सफा रहनेछ। महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी…
विराटनगर : साहित्यकार हरिप्रसाद बरालको समालोचना कृति 'प्रतीकवाद' विमोचन भएको छ। शनिवार विराट साहित्य सङ्गमले आयोजना गरेको एक कार्यक्रममा वरिष्ठ समालोचक प्रा. डा. गोपाल भण्डारीलगायत विभिन्न अतिथिहरूले कृति विमोचन गरेका हुन्। साहित्यकार हरिप्रसाद बरालको यो चौथो कृति हो। यसअघि उनका उद्घोषभित्रका फूलहरू (लेख निबन्ध सङ्ग्रह, २०६८), पुस्तकहरूको माझैमाझ (पुस्तकसम्बद्ध संस्मरण, २०७८) र काव्यिक विम्बको फूलबारी (कवितासङ्ग्रह, २०७८) प्रकाशित भैसकेका छन्।…
काठमाडौं : सभामुख देवराज घिमिरेको पहलमा शनिवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित तीन शीर्ष नेताहरुबीच छलफल भएको छ। सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको हो। सत्ता रस्साकस्सीका बीच तीन शीर्ष नेता लामो समयपछि सँगै देखिएका हुन्। तीन पार्टीका नेताहरुबीच सदनको कामकारबाहीलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा…
बुटवलः गुल्मीको धुर्कोट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ। शनिबार धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले औपचारिक रूपमा समझदारी पत्रमा हस्ताक्षर गरी भगिनी सम्बन्ध स्थापना गरेका हुन्। दुई स्थानीय तहबीच मुख्य धार्मिक तथा पर्यटकीय स्थलहरुको महत्व र विशेषताका आधारमा प्रचारप्रसार गर्ने, दुवै पालिकामा उत्पादित मौलिक कृषि उपजलाई एक आपसमा बजारीकरण गर्न…
वीरगंज : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले वीरगंजको एक कार्यक्रममा देश पूँजिपतिहरुको हातमा गइरहेको ध्यानाकर्षण गराएका छन्। नेपाली कांग्रेस निकट नेपाल ट्रेड यूनियनसँग आबद्ध कारखाना श्रमिक संघको ७औं महाधिवेशन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। 'उद्योगपतिलाई उद्योगपति भन्न पनि लागिरहेको छ, राज्यको नीति पूँजिपतिलाई कमाउने मात्रै बनाइन्छ,जनता गरिब हुदै गए, व्यक्ति धनाढ्य र प्रभावशाली हुँदै गएको छ,' उनले भने। यस्तो…
काठमाडौं : नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गरेका छन्। शनिवार उनले एकीकृत समाजवादी छाडेको घोषणा गरेका हुन्। पत्रकार सम्मेलन गर्दै न्यौपानेले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको आलोचनासमेत गरे। 'नेतृत्व पंक्ति सांसदका लागि झगडा गर्ने र मन्त्रीका लागि झगडा गर्ने प्रवृति मौलाएको छ,' उनले भने। उनले विधि र प्रतिष्ठा नभएको भएको पार्टीको सदस्य नहुने बताए। 'आजका मितिदेखि यस…
काठमाडौं : काठमाडौंको ह्याम्स हस्पिटलमा अवतरण गर्ने क्रममा हेलिकप्टर सामान्य दुर्घटनामा परेको छ। शनिवार दिउँसो पौन २ बजेतिर चितवनको लागि चिकित्सक लिन लागि पुगेको एअर डाइनेस्टी हेलिकप्टर दुर्घटना परेको हो। अवतरण गर्ने क्रममा हेलिकप्टरको पछाडिको भागको सानो भाग खसेको थियो। हेलिकप्टरका पाइलट भने सुरक्षित नै रहेको प्रहरीले जनायो। हेलिकप्टर परीक्षणको लागि प्राविधिक टोली बोलाइएको छ।