काठमाडौं : वसन्त ऋतुको आगमनसँगै उपत्यका जात्रामय भएको छ। तीनै शहरको केन्द्रदेखि गाउँगाउँसम्म विभिन्न जात्राहरु भइरहेका छन्। भिन्न स्थान, भिन्न परिवेश तर सबैलाई जोडिरहेको छ यी पर्वहरुले। यसैबिच आज काठामाडौंको नर: (हाँडीगाउँ)मा तिसा: मालिगु जात्रा ( गहना खोज्ने जात्रा) हुँदैछ। लिच्छवीकालदेखि सुरु भएको भनिएको सो जात्रा अरु स्थानमा भन्दा भिन्न छ। यहाँ त्वरं: अजिमा (वैष्णवी टुंडाल देवी)को मूर्तिलाई खटमा राखेर तिसा:…
इजरायलले प्यालेस्टिनी विद्रोही समूह हमालले उत्तरी क्षेत्रमा रकेट आक्रमण गरेको आरोप लगाएको छ। दक्षिण लेबननबाट दर्जनौं रकेटहरु प्रहार गरिएको इजरायली अधिकारीहरुको दाबी छ। ३४ वटा रकेटहरुलाई आकाशमै निष्क्रृय बनाउन सफल भए पनि ६ वटा रकेट इजरायली भूमिमा खसेको बताइएको छ। सो आक्रमणबाट केही भवनहरुमा क्षति पुगेको छ भने केही व्यक्ति घाइते भएका छन्। तर, हमासले भने रकेट आक्रमणबारे आफूहरु जानकार…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा कोलकत्ता नाइटराइर्सले रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई हराएको छ। कोलकत्तास्थित इडेन गार्डेन स्टेडियममा सम्पन्न खेलमा कोलकत्ताले बेङ्ग्लोरमाथि ८१ रनको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको शाहरुख खानको टोली कोलकत्ताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०४ रन बनाएका थियो। जवाफी ब्याटिङमा उत्रिएको बेङ्ग्लोर फितलो ब्याटिङ गर्दै १२३ रनमा अलआउट हुन पुग्यो। A memorable first…
मन्थलीः रामेछापको मन्थली नगरपालिका ७ को कौछिनी (मगर गाउँ नजिक) भएको बलेरो दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। जिल्ला प्रहरी कार्यालय रामेछपका अनुसार थप मृत्यु हुनेमा मन्थली नगरपालिका ७ कौछिनी का ५० वर्षीय बलेरो चालक दलबहादुर आलेमगर रहेका छन्। बाँकी रहेका ११ घाइतेमध्ये तीन गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ। दैनिकरूपमा कौछिनीबाट मन्थलीसम्म चल्दै…
सांघाई: बेइजिङ र युरोपेली राष्ट्रबीचको सम्बन्धमा सुधारको संकेत देखा परेको छ। बिहीबार फ्रान्सेली राष्ट्रपति इमानुयल माक्रोन र चिनियाँ राष्ट्रपति बीच बेइजिङमा भेटवार्ता भएको छ। त्यस्तै बिहीबारनै चीन-फ्रान्स र युरोपियन युनियनबीच त्रिपक्षीय भेटवार्ता पनि बेइजिङमा सम्पन्न भएको छ। यतिवेला बेइजिङले युरोपेली नेताहरुलाई आथित्यता दिइरहेको छ। युरोपियन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लेयेन पनि बेइजिङमा छन्। यही क्रममा बेइजिङमा चीनका राष्ट्रपति सी…
वीरगंजः वीरगंज महानगरपालिका २१ पटेलनगरस्थित मरियम लेदर इन्ड्रस्टिज प्रालिमा आगलागी भएको छ। बिहीबार अपराह्न सवा चार बजे लागेको आगो दुई घन्टापछि नियन्त्रणमा आएको मजदूरहरूले बताएका छन्। प्रारम्भिक जानकारी अनुसार विद्युत् सर्ट भएर उद्योगमा रहेको केमिकलबाट आगलागी भएको थियो। आगलागीबाट मेसिन र तयारी छाला जलेर नष्ट भएका छन्। उद्योगका मजदुर, निम्बस दाना उद्योगका मजदुर र वीरगंज महानगरसहितका तीन वारुणयन्त्रको सहयोगले आगलागी…
वीरगंजः हनुमान जयन्ती वीरगंजमा विभिन्न कार्यक्रम गरी धुमधामका साथ मनाइएको छ। सो अवसरमा नेपाल बजरंग दलले महानगरमा शोभायात्रा निकालेको थियो। ‘जय श्रीराम, जय हनुमान’को नारासहित निकालिएको शोभायात्रामा ठूलो सख्यामा भक्तजनहरूको सहभागिता थियो। हनुमान जयन्तीको अवसरमा वीरगंजको प्रसिद्ध महावीर मन्दिरमा बिहीबार झाँकी र आरती कार्यक्रम सम्पन्न भएको छ। राम, सीता, लक्ष्मण र हनुमान बनाएर झाँकी प्रदर्शन गरिएको थियो।
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गठबन्धन सरकारको प्राथमिकता र साझा न्यूतनम कार्यक्रम सार्वजनिक गरेको छ। प्रधानमन्त्री प्रचण्डले बिहीवार सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेको हो। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले गठबन्धन सरकारका साझा न्यूनतम कार्यक्रममा सहमति जुटाएको हो। १३ पृष्ठको साझा न्यूनतम कार्यक्रममा संविधानको रक्षादेखि परराष्ट्र नीति र शान्ति प्रक्रियालाई प्राथमिकतामा राखिएको छ।
काठमाडौं : परराष्ट्र सचिव भरतराज पौड्यालले जनवादी गणतन्त्र चीनका स्टेट काउन्सिलर तथा परराष्ट्रमन्त्री चिङ काङसँग भेटवार्ता गरेका छन्। चीनको बेइजिङस्थित परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबिच दुई देशबिच लामो समयदेखि चल्दै आएको द्विपक्षीय सम्बन्ध र सहयोगलाई अझ सुदृढ बनाउने, भ्रमण आदान-प्रदान, विकास सहयोग, व्यापार, लगानी र पर्यटनलगायतका विषयमा छलफल भएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ। उक्त अवसरमा चीनका लागि नेपाली…
काठमाडौं : उडिरहेको बुद्ध एयरको जहाजमा झगडा गर्ने दुई यात्रुलाई पक्राउ गरि अनुसन्धान सुरु भएको छ। महानगरीय प्रहरी वृत्त गौशालाको प्रहरीलाई यात्रु दुर्गालाल श्रेष्ठ र विमलबाबु श्रेष्ठलाई त्रिभुवन विमानस्थल कार्यालयले प्रहरीको जिम्मा लगाएपछि अनुसन्धान सुरु भएको हो। जहाज उडानको समयमा भनाभनसँगै हातपात भएको जानकारी विमान चालकबाट आएपछि कारबाही अगाडि बढाइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए। ‘यात्रुलाई पक्राउ…
काठमाडौं : गायक प्रकाश सपुत आफ्ना आमाबुवासहित कुष्मामा स्काई क्याफे र स्काई चेयरमा मनोरञ्जन लिन पुगेका छन्। केही दिनअघि उनले आफ्नो आमा बिनाकुमारी विश्वकर्मा र बुवा बलबहादुर विश्वकर्मासहित कुश्मामा पुगेर साहसिक खेलमा सहभागी भएको द क्लिफका कार्यकारी प्रमुख ईश्वर कार्कीले जानकारी दिए। गायक सपुतले कुश्मालाई साहसिक खेलको हब बनाउने क्लिफको कामको प्रशंसा गरे। उनले भने,'क्लिफको यो प्रयासले कुश्माको मात्र नभई…
काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत बिहीवार सम्पन्न खेलमा थ्री स्टार क्लबले त्रिभुवन आर्मी फुटबल क्लबलाई हराएको छ। च्यासल स्टेडियममा सम्पन्न खेलमा थ्री स्टारले आर्मीमाथि १-० गोलको जित निकालेको हो। थ्री स्टारको जितमा मार्टिन्स अजयीले खेलको १६ औँ मिनेटमा निर्णायक गोल गरे। प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले प्रयास गरेपनि गोल गर्न भने सकेनन्। त्यस्तै बिहीवार नै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न…
काठमाडौं : गीतकार डा. हेमनाथ घिमिरेको गीतसङ्ग्रह 'रङ्गिन कालो' लोकार्पण भएको छ। सिसार साहित्य प्रतिष्ठानले राजधानीमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि प्राडा कृष्णहरि बराल, साहित्य प्रतिष्ठानका अध्यक्ष ज्ञाननिष्ठ ज्ञवाली र लेखक स्वयंमले संयुक्त रुपमा लोकार्पण गरेका हुन्। कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. बरालले गीतकार घिमिरेका कृतिहरु लोकप्रिय र सन्देशमुलक तथा सरल शब्द र शब्दावली भएकाले सबै नेपालीको मन छुने धारणा व्यक्त…
काठमाडौं: कलाकार विल्सनविक्रम राई ‘हात्तीछाप’ मा अनुबन्धित भएका छन्। बिहीवार राई र निर्माण टिमबीच लिखित सम्झौता भएको हो। यस फिल्ममा विल्सन लाहुरेको भूमिकामा देखिने बताइएको छ। विल्सनको इन्ट्रीसँगै फिल्ममा कलाकारहरुको 'लाइनअप' बलियो भएको छ। किरण नेपालीको लगानी रहेको फिल्मको छायाङ्कन वैशाखको अन्त्यबाट सुरु हुनेछ। दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म सस्पेन्स, थ्रिलर र कमेडी जनरामा बन्नेछ। सिमोस सुनुवारको निर्देशन रहने…
काठमाडौं: कलाकार पल शाह अभिनयमा फर्किएका छन्। एक वर्ष कारागर जीवन बिताएर गत फागुन १५ गते रिहा भएका पल पुन अभिनयमा फर्केका हुन्। ‘आँसु बनी नखस कैले नि’ क्याप्सनमा उनले मोडल सनिशा भट्टराईसँगको फोटो फेसबुकमा सेयर गर्दै आफू अभिनयमा पुन उत्रिएको जनाएका हुन्। केन्द्र मोसन पिक्चर्सले निर्माण थालेको म्युजिक भिडियोको सेट मुस्ताङमा तयार भएको पलले उल्लेख गरेका छन्। कारागरबाट रिहा भएपछि छायाङ्कनका हिसाबले पलको यो पहिलो…
काठमाडौं : एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगाना नभएको बच्चाको जन्मदर्ता मावलीको थरबाट हुने भएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले एक सूचना जारी गरी उक्त व्यवस्था गरिएको जनाएको हो। त्यस्ता बालबालिकाको जन्मदर्ताका विषयमा थप प्रष्ट पारिदिन स्थानीय तहबाट अनुरोध भइ आएकाले दोहोरो दर्ता नहुने गरी उक्त व्यवस्था गरिएको विभागका महानिर्देशक रुद्र पण्डितले जानकारी दिए। 'विवाहअघि जन्म भएको तर पितृत्व…
बुटवल : लुम्बिनी पिस हाफ म्याराथन प्रतियोगिताको उपाधि दीपक अधिकारी र राजपुरा पछाईले जितेका छन्। प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका अधिकारीले १ घण्टा ६ मिनेट २ सेकेन्डमा २१ किलोमिटरको दुरी पूरा गरेका थिए। उनले १ लाख ५० हजार रुपैयाँ नगद प्रमाणपत्र तथा मेडल पाए। यस्तै, महिलातर्फ नेपाल प्रहरीकी पछाईले १ घण्टा २४ मिनेट २ सेकेन्डमा २१ किलोमिटरको दुरी पूरा गरेकी…
काठमाडौं : सत्ता साझेदार दलहरूको बैठक जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बिहान सत्ता साझेदार दलहरूको बैठक बसेको हो। नयाँ गठबन्धन बनेसँगै मन्त्रिपरिषद् विस्तार भएपछि न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बैठक बसेको हो। सो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत अन्य मन्त्री तथा दलका नेताहरुको सहभागी रहेको छ।
काठमाडौं : ललितपुरको धोबिघाट ओरालोमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बुधवार राति इलाम घर भएका २७ वर्षीय धनराज लिम्बुले चलाएको प्रदेश नम्बर १-०३-००१ प १६६३ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो। मोटरसाइकलले एक पुरुषलाई ठक्कर दिँदा घाइते भएका थिए। अन्दाजी ४५ वर्षीय पुरुषलाई उपचारको लागि प्रहरी प्रभाग सानेपाबाट खटिइएको प्रहरी टोलीले अल्का अस्पताल पुर्याएको थियो। घाइतेको उपचारको क्रममा मृत्यु भयो।…
बुटवल : कारोना जोखिम बढेपछि बेलहिया नाकामा कडाइ गरिएको छ। भारतबाट स्वदेश फर्किने नागरिकमा कोराना संक्रमण देखा पर्न थालेपछि जाँचमा कडाइ गरिएको हो। भारतसँग जोडिएका सीमा नाकामा परीक्षण गर्दा स्वदेश फर्किएकामा संक्रमण देखिन थालेपछि सीमा क्षेत्रमा नियमित जाँच र निगरानी बढाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जानकारी दिए। विशेष गरी भारतमा लामो समयसम्म बसेका नेपाली नागरिक र भारतीय पर्यटकलाई…