काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओली विश्व मिर्गौला दिवसका अवसरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको र्यालीमा सहभागी भएका छन्। आयोजकसँगै पैदलयात्रा गरेका प्रधानमन्त्री ओलीले मिर्गौला सुरक्षाका लागि खानपान र शारिरीक व्यायाममा ध्यान दिन पनि सुझाव दिए। र्यालीमा सहभागी प्रधानमन्त्री। तस्विरहरुः कृष्ण पौडेल, प्रधानमन्त्रीको सचिवालय।
काठमाडौँः १३ वर्षीय निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धानमा लापरबाही गरेको अभियोग लागेका आठ प्रहरीविरुद्धको थुनछेक बहस सकिएको छ। अभियुक्तमध्ये ६ प्रहरीको बयान र थुनछेक बहस सुरु भएको थियो। बहस बुधबार सकिएको छ। जिल्ला अदालत कञ्चनपुरमा थुनछेक बहस सकिएको अदालका श्रेष्तेदार हरिकृष्ण अवस्थीले बताए। अवस्थीले भने, ’बुधबार सबैको पक्षबाट बहस सकिएको छ। सम्भव भए आज नभए भोलि आदेश आउँछ।‘ यस्तै मुद्दाको हदम्याद…
युरोपककै सबैभन्दा ठूलो र प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिग (युसिएल) मा यस सिजन इंग्ल्याण्डका चार वटा क्लब क्वाटरफाइनल पुगेका छन्। युसिएल २०१८-१९ मा प्रिमियर लिग खेल्ने म्यानचेष्टर सिटी, म्यानचेष्टर युनाइटेड, लिभरपुल र टोटनहमले अन्तिम आठमा स्थान बनाएका हुन्। क्वाटरफाइनल पुगेका ८ मध्ये ४ क्लब अर्थात ५० प्रतिशत क्लब इंग्ल्याण्डको छन्। र यस्तो भएको यो १० वर्षपछि हो र समग्रमा…
काठमाडौँः मन्त्रिपरिषदले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पाटी (नेकपा)लाई प्रतिबन्ध लगाउने निर्णय गरेसँगै विप्लवले मुखतोड जवाफ दिन तयार रहेको बताएका छन्। सरकारले प्रतिबन्ध लगाएपछि पहिलोपटक विज्ञप्ति जारी गर्दै विप्लवले यस्तो बताएका हुन्। उनले प्रतिबन्धलाई देश बेचेर खाने दाउको संज्ञासमेत दिएका छन्। क्रान्तिप्रति गद्दारी गर्दै जनतामा प्रतिक्रियावादी दलाल पूँजीवादी सत्ता लादिसकेपछि श्रमिक जनता र क्रान्तिकारीहरूमाथि फाँसीवादी दमन, सत्ता लादिन्छ र…
हिमाशु चौधरी- जनकपुरधामः समानताको पर्व होली तराई–मधेशमा आज हर्षोल्लासपूर्वक मनाइँदैछ। सद्भाव, सौन्दर्य र रशरङ्गको रङ्गीन पर्वसमेत मानिएको होली एक प्राचीन पर्व हो। भौगोलिक संरचना र मान्यता अनुरूप मधेशमा फागुन शुक्ल पूर्णिमाको भोलिपल्ट, हिमाली र पहाडी भेकमा पूर्णिमाका दिन मनाइने यो पर्वलाई हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ। पूर्णिमाका दिन होलिका दहन गरी मनाइने भएकाले यसलाई ‘होली’ भनिएको हो।…
साडियो मानेले दुई गोल गरेपछि वायर्न म्युनिखलाई उसैको मैदानमा ३-१ ले पराजित गर्दै लिभरपुल युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। घरेलु मैदानमा भएको पहिलो लेग बराबरी खेलेको लिभरपुलका लागि अघिल्लो चरण पुग्न दोस्रो लेगमा उत्कृष्ट प्रदर्शन गर्नेपर्ने दवाव थियो। वायर्नको घरेलु मैदान एलिएन्ज एरेनामा मानेले २ गोल गरेपछि लिभरपुलले शानदार जित हात पार्यो। यस्तै भर्जिल भान डाइकले एक गोल…
काठमाडौँः सरकारले रिक्त रहेको २६८ रोजगार संयोजकको पदपूर्ति गर्न पुनःआवेदन माग गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमले एक सूचना जारी गरी यही फागुन ३० देखि आगामी चैत ९ गतेसम्म आवेदन गर्न सकिने जनाएको छ। रोजगार संयोजकका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमको वेबसाइट www.pmep.gov.np बाट अनलाइन फारम भर्न सकिनेछ । रिक्त रहेका स्थानीय तहमा २४९ शाखा अधिकृत…
लियोनल मेसीले दुई गोल गरेपछि फ्रेन्च क्लब लियोनलाई दोस्रो लेगमा ५-१ ले पराजित गर्दै स्पानिस क्लब बार्सिलोना युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। लियोनको मैदानमा भएको पहिलो लेग गोलरहित बराबरीमा सकिएपछि क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले शानदार जित हात पारेको हो। मेसीले दुई गोल गर्नुका साथै दुई असिस्ट समेत गरे। १८औँ मिनेटमा मेसीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। ३१औँ…
सुर्खेतः लोपान्मुख राउटे जाती पारासामाजिक कार्यकर्ता पदमा नियुक्ति भएको एक महिना नपुग्दै बैंकमार्फत तलब बुझेका छन्। यही फागुन १२ गते राउटेका पूर्वमुखिया महिनबहादुर शाही, मुखिया सूर्यनाराण शाही, डिलबहादुर शाही, वीरबहादुर शाही र युवा प्रकाश शाही उक्त पदमा नियुक्त भएसँगै पहिलोपटक बैंकमार्फत तलब बुझेका हुन्। उनीहरूलाई सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखले आगामी एक वर्षका लागि नियुक्त गरेको हो। राउटेले मासिक पारिश्रमिक बापत…
एक नेपालीसहित १५७ जनाको मृत्यु हुने गरी इथियोपियन एयरलाइन्सको विमान यसै साता इथियोपियामा दुर्घटना भएपछि चीनले सुरु गरेको बोइङ ७३७ म्याक्सले अन्ततः अमेरिकालाई पनि छोएको छ। विश्वका लगभग सबैजस्तो देशहरुले बोइङको यो मोडलको विमानलाई आफ्नो आकाशमा उड्न नदिने गरी प्रतिबन्ध लगाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार बोइङ ७३७ म्याक्स ८ र ९ मोडलका विमान ग्राउन्डेड गर्ने आदेशमा हस्ताक्षर गरेको बताए। pic.twitter.com/2qWkPuFDL6…
जनकपुरधाम : पूर्व मुमा वडामहारानी रत्नको स्वास्थ्य बिग्रिएपछि स्थगित भएको पूर्व राजा ज्ञानेन्द्रको मधेस यात्रा आजदेखि सुरु भएको छ। दिउँसो ४ बजे ज्ञानेन्द्र जनकपुर पुग्ने भनिएपछि समर्थकहरु पूर्व राजा र रानीको स्वागतका लागि फूलमालासहित पुगेका थिए। तर ज्ञानेन्द्र एक्लै साढे तीन घण्टा ढिलामात्रै होटल सीताशरणमा पुगे। राप्रपाको अगुवाइमा डेढ सय जति कार्यकर्ताले राजालाई स्वागत गरे र राजा आऊ देश बचाऊको नारा लगाए। ज्ञानेन्द्रले भोलिदेखि जनकपुरलाई…
काठमाडौँ : सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिलाई आपराधिक ठहर गर्दै गतिविधिमाथि नियन्त्रण गर्ने निर्णय गरेको भोलिपल्ट राजधानीसहित आठ जिल्लामा कार्यकर्ताहरुले मसाल जुलुस प्रदर्शन गरेका छन्। मंगलबारको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय आधिकारिक रुपमा सार्वजनिक भइसकेको छैन। सरकारको निर्णयअघि नै विप्लव समूहले आफ्ना नेता तथा कार्यकर्ताहरुको रिहाइ माग गर्दै गरेको पूर्वघोषित आन्दोलनको कार्यक्रम अनुसार आज विभिन्न जिल्लामा मसाल…
काठमाडौँः प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराले अवकाशको अन्तिम समयमा मुद्दा हर्ने परिपाटी अन्त्य गर्न उच्च र जिल्ला अदालतका न्यायाधीशलाई निर्देशन दिएका छन्। प्रधानन्यायाधीश जबराले बुधबार मातहतका अदालतमा पत्राचार गर्दै निर्देशन दिएका हुन्। अवकाशको अन्तिम समयमा मुद्दा हेर्दा त्यसअघि गरेका आदेश तथा फैसला लेखनमा समस्या हुने गरेको तथा कतिपय अवस्थामा विवादास्पद काम भइरहेको भन्दै आलोचना समेत हुँदै आएको थियो। प्रधानन्यायाधीश जबराले विचौलिया पहिचान…
काठमाडौं: विभाजित अवस्थामा रहेका 'चलचित्र निर्माता संघ नेपाल' र 'नेपाल चलचित्र निर्माता संघ' एक भएका छन्। नेपाली चलचित्र उद्योगको छाता संगठनको रूपमा रहेका दुई संघठनबीच बुधबार नौ बुँदे सहमतिसहित एकता भएको हो। बक्स अफिस कार्यन्वयन, राष्ट्रिय चलचित्र नीति २०७१ लाई कार्यान्वयन गराउनेलयातका कामलाई अगाडि बढाउने निर्णयसहितको विज्ञप्तीसमेत सार्वजनिक भएको छ। संघका अध्यक्ष आकाश अधिकारी एकिकरणलाई लिएर खुशी छन्। उनले भने 'मेरो कार्यकालअघि नै…
काठमाडौं: कृष्ण भट्टराई र मीना निरौलाको आवाजमा 'केवल कारैमा'बोलको नयाँ गीत सार्वजनिक भएको छ। गीतको भिडियोमा भारतीय रियालिटी सो 'डान्स प्लस'मा फस्ट रनर्सअप भएका सुजन मार्पा तामाङ फिर्चड छन्। त्यस्तै 'बुगी वुगी'की बिजेता कविता नेपाली पनि भिडियोमा देखिएकी छिन्। गीतलाई राजिब समरले निर्देशन गरेका हुन्। 'केवल कारैमा'गीतमा मदन प्रधानको शब्द, विश्व अधिकारीको संगीत छ। भिडियोलाई ज्ञानेन्द्र शर्माले छायाँकन गरेका हुन्। भिडियोमा…
काठमाडौँ : नेपाली कांग्रेसले सीके राउतसँग सरकारले गरेको सहमतिको बारेमा आधिकारिक धारणा सार्वजनिक गर्दै आफ्नो नेतृत्वको सरकारले तराई मधेशमा रहेका असन्तुष्टि हल गर्न ल्याएको संविधान संशोधनको प्रस्तावको विरोध वर्तमान प्रधानमन्त्रीले गरेको स्मरण गराउँदै प्रश्न सोधेको छ- संविधान संशोधनको त्यो प्रस्ताव राष्ट्रघाती की जनमत संग्रहको यो सम्झौता राष्ट्रघाती? पाँच बुँदे प्रेस विज्ञप्तिमा कांग्रेसले सहमतिमा रहेको 'जनअभिमतमा आधारित लोकतान्त्रिक विधि' शब्दको को गहिरो नभई सामान्य…
काठमाडौं : भारतको नाकाबन्दीका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले ग्यास बुलेट नेपालीनै राख्ने निर्णय अघि बढाउन नेपाल आयल निगमलाई निर्देशन दिए। प्रम ओलीकै निर्देशनमा तात्कालीन अर्थ मन्त्री विष्णु पौडेलले नेपाली ग्यास बुलेट राख्नका लागि भन्सारमा ६६ प्रतिशत छुट दिने गरी बजेटमै व्यवस्था पनि गरे। यो निर्देशनपछि नेपाल आयल निगमले नेपाली बुलेट राख्न टेण्डर आह्वान गर्यो। निगमको टेण्डरमा ग्यास बोटलिङ प्लान्ट र…
काठमाडौं: फिल्म ‘आफ्नो मान्छे’को चर्चित गीत ‘चट्ट रुमाल क्या मालुम’को रिमेक हालै सार्वजनिक भयो। प्रदर्शनको तयारीमा रहेको फिल्म ‘यात्रा अ म्यूजिकल भ्लग’मा गीतको रिमेक समावेश छ। यतिखेर यही गीत विवादमा तानिएको छ। गीतका लेखक बाबुराम दाहालले रिमेक बनाउन निर्माण टिमले आफूसँग अनुमति नलिएको भन्दै गुनासो गरेपछि गीत विवादमा तानिएको हो। उनले उक्त गीतबाट कुनै रोयल्टिसमेत नपाएको बताएका छन्। केहीसमय अघि…
काठमाडौं : नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई सरकारले प्रतिवन्ध लगाएपछि मुलुकको राजनीतिक अवस्था के हुन्छ त? कुनै समय हिंसात्मक आन्दोलनका सहयोद्धाको नेतृत्वमा रहेको पार्टीलाई अपराधिक गतिविधि भन्दै प्रतिवन्ध लगाउँदा त्यसको प्रभाव कहाँकहाँसम्म जोडिन्छ? द्वन्द्वबाट भर्खरै शान्तिको बाटोमा हिँडिरहेको नेपाली राजनीतिसामु यी प्रश्नहरु उठ्नुले देशको पछिल्लो स्थितिलाई संशयपूर्ण अवस्थामा रहेको संकेत गर्छ। सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट…
काठमाडौं: गायक नवीन के भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ। उनको 'जान्छु म'बोलको गीत भिडियोसहित युट्युब रिलिज भएको हो। एल्बम 'एनकेबी'मा समावेश गीतमा रोशन सुवेदीको शब्द छ। गीतको संगीत संयोजन इमान बिक्रम शाहले गरेका हुन्। गीतलाई पुरानो प्रविधि टेप रेकर्डरमा रेकर्डिङ गरिएको बताइएको छ। नविन भन्छन्,'मलाई टेप रेकर्डिङ गर्न निकै रुची छ। त्यसैले आफ्नो नयाँ गीतमा यो प्रयोग गरेको हुँ।' गीतको भिडियोमा कलाकार निराजन श्रेष्ठ र…