बेत्रावतीः नुवाकोटको विदुर नगरपालिका–५ माझीटारमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु भएको छ। देवीघाटबाट घरतर्फ जाँदै गरेको समयमा मोटरसाइकल दुर्घटना हुँदा चालक विदुर नपा–९ लामाटारका १७ वर्षका विनोद थापामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले जानकारी दिए। उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका विनोदको उपचारको क्रममा जिल्ला अस्पताल त्रिशूलीमा पुर्याएको केही समयमा नै मृत्यु भएको हो।…
काठमाडौँः धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको बहुउद्देश्यीय ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि लमजुङ आमा समूह युकेले ६ लाख ५५ हजार ८५० रुपैयाँ सहयोग गरेको छ। समूहकी अध्यक्ष जुना गुरुङले सहयोग रकम फाउण्डेसनलाई हस्तान्तरण गरिन्। युकेमा गत सेप्टेम्बर ८ मा आयोजना गरिएको ‘दोस्रो रमाइलो साँझ’ बाट सङ्कलन भएको रकम आमा समूहले फाउण्डेशनलाई हस्तान्तरण गरेको हो। सहयोग…
पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिपमा नेपालले आज उद्घाटन खेलमा भुटानसँग खेल्दैछ। दक्षिण एसियाली फुटबल महासंघ साफको कार्यक्रम अनुसार अखिल नेपाल फुटबल संघ एन्फाले पहिलो पटक नेपालममा साफ महिला च्याम्पियन आयोजना गरेको हो। जसअन्तर्गत पहिलो खेलमा घरेलु टोली नेपालले भुटानसँग खेल्नेछ। समूह ए मा रहेको यी दुई टोलीबीचको खेल दिउँसो ३ बजे विराटनगरको शहिद रंगशालमा हुनेछ। तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी भुटान…
रुपन्देहीः गृहमन्त्री रामबहादुर थापाले मुलुकको शान्तिसुरक्षा र अखण्डतामा आँच आउने गरी कसैसँग सम्झौता नगरिने स्पष्ट पारेका छन्। प्रदेश नं ५ स्तरीय सुरक्षा गोष्ठीलाई भैरहवामा सम्बोधन गर्दै उनले केही शक्तिले शान्ति, सुरक्षा र देशको प्रगति हुन नदिन सुरक्षा खतरा सिर्जना गरेकाले त्यस्तालाई सरकारले निस्तेज पार्ने बताए। “केही तत्वहरुलाई आधारभूत रुपमा नियन्त्रण गरिएको छ, बाँकीलाई पनि सफलतापूर्वक नियन्त्रण गर्ने प्रक्रिया अघि बढाएका छौँ”…
राजविराजः नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले सरकार र सीके राउतबीच भएको ११ बुँदे सहमतिमा धेरै अस्पष्टता रहेको बताएका छन्। राजविराज विमानस्थलमा पत्रकारहरुसँग सङ्क्षिप्त कुरा गर्दै उनले स्वतन्त्र मधेश गठबन्धनले सरकारसँग गरेको सहमतिपश्चात् पनि जनकपुरमा गरेको गतिविधिले सहमतिप्रति शङ्का गर्ने ठाउँ रहेको बताए। उनले जनकपुरमा राउतको सङ्गठनले सहमतिपछि गरेको गतिविधिले शङ्का गर्ने ठाउँ रहेको उल्लेख गरे। संविधान अनुसार स्वाधीनता,…
जिनेदिन जिदान करिब १० महिनापछि पुन: रियल मड्रिड फर्किएका छन्। रियललाई लगातार तेस्रो पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि दिलाएपछि क्लब छाडेका जिदान फेरी रियलको प्रशिक्षककमा रुपमा स्पेन फर्केका हुन्। एक वर्ष भन्दा कम समयमै रियलको प्रशिक्षककमा रुपमा नियुक्त भएपछि फ्रेन्च लेजेण्डेले घरमा फर्कँदा धेरै खुशी लागेको बताएका छन्। जिदानले अब सान्टियागो सोलारीको स्थान लिनेछन्। युलेन लफवेटगुईलाई वर्खास्त गर्दै रियलले करिब…
विराटनगर : अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई नगदसहित सम्मान गरेको छ। विराटनगरमा पाँचौ साफ सुरु हुनुअघि एन्फाले सोमवार महिला टिमका प्रत्येक खेलाडीलाई ५०-५० हजार प्रदान गरेको हो। म्यानमारमा भएको ओलम्पिक छनोटको पहिलो चरणमा उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो चरण पुगेको र भारतमा हिरो गोल्डकपमा उपविजेता बनेको नेपाली टोलीलाई घरेलु भूमिमा साफ सुरु हुनु अघिल्लो दिन एन्फाले…
कैलालीः भीमदत्त राजमार्ग अन्तर्गत कैलालीको सहजपुरमा सोमबार दिउँसो ट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। दिउँसो करिब २ बजे बझाङबाट धनगढीतर्फ आउँदै गरेको ना ४ ख ५०७४ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको से ६ प ६७९१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका कैलाली साढेपानीका २५ वर्षीय अर्जुन नेपालीको अपराह्न…
काठमाडौँ : एक महिना भन्दा बढी समय विदेशमा क्रिकेट खेलेपछि नेपाली युवा लेग पिनर सन्दीप लामिछाने भोली नेपाल फर्कँदैछन्। पछिल्लो पटक सन्दीपले खेलेको प्रतियोगिता हो, पाकिस्तान सुपर लिग (पिएसएल)। युएई र पाकिस्तानमा भएको यो लिगमा लाहोर कलन्दर्सका लागि खेलेका सन्दीप लिग चरणका खेल सकिएपछि मंगलवार नेपाल आउन लागेका हुन्। सन्दीप दिउँसो ३ बजेर ३५ मिनेटमा कतार एयरवेजबाट त्रिभुवन विमानस्थलमा ओर्लने…
भद्रपुर : विभागीय टोली त्रिभुवन आर्मीले घरेलु टोली झापा ११ लाई पराजित गर्दै चौथो संस्करणको झापा गोल्डकपको उपाधि जितेको छ। सोमवार भएको फाइनलमा आर्मीले झापा ११ लाई ५-३ ले पराजित गर्दै तेस्रो पटक उपाधि जितेको हो। आर्मीले यसअघि पहिलो र तेस्रो संस्करणको उपाधि जितेको थियो। घरेलु टोली झापा भने लगातार चार पटक फाइनल पुगेपनि उपविजेतामै चित्त बुझाउन बाध्य भयो। च्याम्पियन…
काठमाडौँ : नेपाली क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग पिएसएलको अन्तिम खेलमा विकेटलेस बनेका छन्। लाहोर कलन्दर्सबाट यस सिजनको पिएसएल खेलेका सन्दीपले सोमबार मुल्तान सुल्तान विरुद्धको खेलमा विकेट लिन नसकेका छन्। सन्दीपले मुल्तान विरुद्ध २.३ ओभर मात्र बलिङ गरेका थिए। तर महाँ बनेका सन्दीपले २८ रन खर्चिए। १५ बल बलिङ गर्दा ५ बल डट फाले पनि २ चौका र २…
काठमाडौः हेमराज स्मृति प्रतिष्ठानले सञ्चालन गर्दै आएको यस वर्षको हेमराज पहारी स्मृति पुरस्कार लोक कवि अलि मियाँलाई प्रदान गरिएको छ। पहारीको नवौँ स्मृति दिवसको अवसरमा एक लाख राशिको सो पुरस्कार मियाँलाई मरणोपरान्त प्रदान गरिएको हो। वरिष्ठ लोक गायिका एवम प्रज्ञा सभा सदस्य हरिदेवी कोइराला र प्रतिष्ठानका अध्यक्ष रिता न्यौपाने पहारीले लोक कवि अलि मियाँका ज्येष्ठ सुपुत्र एवम लोक कवि अलि मियाँ…
काठमाडौ : अघिल्लो साता ५० रुपैयाँ दरका नयाँ नोट छाप्ने जिम्मा लगाएको नेपाल राष्ट्र बैंकले सोमबार १०० दरका नयाँ नोट छाफ्ने जिम्मा बेलायतको एक कम्पनीलाई दिएको छ। राष्ट्र बैंकले ५० रुपैयाँ दरका २३ करोड थान नयाँ नोट छाप्ने जिम्मा फ्रान्सको कम्पनीलाई गत सातामात्रै दिएको थियो। सोमबार बेलायतको डे ला रुफ इन्टरनेशनल कम्पनीलाई १०० दरका नयाँ नोट छाप्ने जिम्मा दिएको छ। १००…
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले ताप्लेजुङबाट सुरु गरेको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा चैत १ गते समापन हुने भएको छ। काठमाडौंको भृकुटीमण्डपमा कलश यात्रा र आमसभासहित यात्राको समापन गरिने राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। चैत १ गते १२:१५ बजे कलश यात्रासहित कार्यक्रम समापन हुनेछ। हिन्दु राष्ट्र हुनुपर्ने लगायतका मुद्दा उठाउँदै पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा फागुन १५…
बलिउड अभिनेता विक्की कौशल नयाँ फिल्ममा आवद्ध भएका छन्। फिल्ममा उनीसँगै अभिनेत्री भूमि पेड्नेकरको मुख्य अभिनय रहने बताइएको छ। पर्दामा पहिलोपटक यो जोडी देखिन लागेको हो। फिल्मको शीर्षक भने अझै सार्वजनिक भएको छैन। भानुप्रताप सिंहले निर्माण गर्ने फिल्म हरर कमेडी जनरामा बन्ने भएको छ। फिल्मलाई लिएर अभिनेता विक्की निकै उत्साहित छन्। उनले हालै बलिउड हंगामामा पनि आफूले हरर जेनरमा काम…
काठमाडौं: गीतकार अर्जुन रत्न भिकारीको एकल शब्द रचनामा एल्बम 'पञ्चामृत'को विमोचन गरिएको छ। एल्बममा सुनिल मास्केको संगीत छ।साहित्यकार यादव खरेल, दीप श्रेष्ठ र शम्भुजित बास्कोटाले एल्बम सार्वजनिक गरेका हुन्। एल्बममा पाँच गीत समावेश छन्। एल्बमका 'धनले होइन मनले', 'जवानीको ऐना हजुर', 'परैदेखि', 'मन मनै त हो', 'तिम्रा ति झुटा'बोलका गीतलाई सुरज थापा, मेलिना राई, सुरेश लामा, प्रमोद खरेल र स्वरूपराज आचार्यले…
काठमाडौँ : नेपालको राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले अहिलेको टिम सबैभन्दा उत्कृष्ट रहेको बताएका छन्। भोलीदेखि विराटनगरको शहिद रंगशालमा सुरु हुने पाँचौं साफ महिला च्याम्पियनसिप अघि सोमवार भएको प्रि म्याच कन्फ्रेन्समा खड्काले साफको लागि उत्कृष्ट टिम बनाएको बताए। ‘हामीले सबै खेलाडीको प्रदर्शन हेरेर टिम बनाएको छौँ। अहिलेको टिम बेस्ट अफ दि बेस्ट हो।' पुरुष टिमका पूर्व कप्तान समेत रहेका खड्काले…
काठमाडौं: अभिनेत्री नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘जाइरा’को प्रदर्शन मिति सार्वजनिक भएको छ। निर्माण टिमले २०७६ को भदौ ६ लाई फिल्मको प्रदर्शन टार्गेट राखेको हो। फिल्ममा अभिनेत्री नम्रता मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा देखिँदैछिन्। फिल्ममा नम्रतासँगै अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठ सहित नव-कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राटलगायतको अभिनय छ। नम्रताले फिल्मका लागि कपाल छोट्याउनुका साथै आफ्नो…
काठमाडौँः सरकार र डा सीके राउतबीच भएको सहमतिका विषयलाई लिएर सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रै आन्तरिक विवाद चुलिएको छ। नेकपाका शीर्ष नेताहरुबीच सहमतिका विषयमा फरक फरक व्याख्या भएका छन्। प्रधानमन्त्री र उनका निकट नेताहरू सहमतिलाई एक हिसाबले व्याख्या गरिरहेका छन्। अन्य खेमाका नेताहरू सहमति संविधान र राष्ट्रिय स्वाधीनता विपरीत भएको भन्दै आपत्ति जनाइरहेका छन्। सत्तारुढ दलभित्रको विवाद जारी रहँदा…
काठमाडौँः दुई ठूला जहाज ल्याएपछि वित्तीय रूपमा संकट झेलिरहेको नेपाल वायुसेवा निगमले आफ्नो सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डिडिए) का लागि सूचना प्रकाशित गरेको छ। निगमले डिडिएका लागि एक महिनाको समय राख्दै इच्छुक कम्पनीले टेण्डरमा सहभागी हुनसक्ने सूचना प्रकाशित गरेको हो। कात्तिक २९ गते पत्रकार सम्मेलन गर्दै नगद प्रवाह कमजोर बन्दा वित्तीय हिसाबले जोखिमपूर्ण अवस्थामा रहेको श्वेतपत्र जारी गरेपछि पर्यटन मन्त्रालयले डिडिए…