PahiloPost

Jul 17, 2025 | २ साउन २०८२

  • किस्ताकिस्तामा अवार्ड वितरण!

    किस्ताकिस्तामा अवार्ड वितरण!

    गएको जनवरी ५ तारिखमा अमेरिका, कोलोराडोस्थित डेनभर शहरमा 'ग्लोबल नेपाली फिल्म अवार्ड' सम्पन्न भएको थियो। अवार्ड समारोहमा अभिनेत्री नीता ढुङ्गानाले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन्। दुई महिनाअघि नै उनले अवार्डसहितको फोटो फेसबुकमा राखेकी थिइन्। तर, उक्त अवार्ड कार्यक्रम भने अझै समापन भएको छैन। कार्यक्रम आयोजकले ग्लोबल नेपाली फिल्म अवार्डको तेस्रो संस्करण आउँदो चैत दुई गते समापन गरिने जानकारी दिएको हो। विज्ञप्ती…

    विस्तृतमा पढ्नुस्

  • नक्कली पेस्तोल देखाएर प्रहरी हुँ भन्दै ठगी गर्ने पक्राउ

    नक्कली पेस्तोल देखाएर प्रहरी हुँ भन्दै ठगी गर्ने पक्राउ

    काठमाडौँ: ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस डुडेझारीबाट खटिएको टोलीले शुक्रबार कैलालीको लम्कीचुहा नगरपालिका १ थपलीपुरबाट जुम्लाको हिमा गाउँपालिकाका २२ वर्षीय रोशन रोक्कालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। रोक्काले नेपाल प्रहरीको केन्द्रबाट खटिई आएको हुँ भन्दै स्थानीय तथा प्रहरीलाई झुक्याई रकम असुली गर्दै आएको अनुसन्धानमा खुलेको छ। रोक्काका साथबाट दुई थान…

    विस्तृतमा पढ्नुस्

  • पूर्वराजा शाहको मधेश यात्रा बुधबारदेखि

    पूर्वराजा शाहको मधेश यात्रा बुधबारदेखि

    काठमाडौँ पूर्वराजा ज्ञानेन्द्र शाहको मधेश यात्रा बुधबारदेखि सुरु हुने भएको छ। यसअघि तय भएको मधेश यात्रा मुमा बडामहारानी (पूर्व) रत्नराज्य लक्ष्मी शाह विरामी परेपछि स्थगित भएको थियो। झापाबाट जनकपुर जाने क्रममै पूर्वराजा शाह काठमाडौं फर्किएका थिए। पूर्वघोषित योजना अनुसार नै शाह चार दिन जनकपुरधाम बस्नेछन्। भ्रमणको पूर्ण कार्यतालिका भने सार्वजनिक भएको छैन।

    विस्तृतमा पढ्नुस्

  • अस्पतालमा भर्ना भएका ११ नवजात शिशुको मृत्युपछि ट्युनिसियाका स्वास्थ्यमन्त्रीले दिए राजीनामा

    अस्पतालमा भर्ना भएका ११ नवजात शिशुको मृत्युपछि ट्युनिसियाका स्वास्थ्यमन्त्रीले दिए राजीनामा

    अस्पतालमा भर्ना भएका ११ नवजात शिशुको मृत्यु भएपछि ट्युनिसियाका स्वास्थ्यमन्त्री एबडरोफ चेरिफले राजीनामा दिएका छन्। राजधानी ट्युनिसको एक अस्पतालमा ‘सेप्टिक सक’ का कारण शिशुहरूको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मार्च ७-८ को अवधिमा शिशुहरुको मृत्यु भएको जनाइएको छ।  प्रधानमन्त्री युसुफ छेडले राज्यद्वारा सञ्चालित अस्पतालको सेवा, स्वच्छता लगायतका विषयमा केन्द्रित रहेर अनुसन्धान सुरु गरिएको जनाएका छन्। मन्त्री चेरिफले भने नियुक्तिको चार…

    विस्तृतमा पढ्नुस्

  • साउनपछि सरकारले बेरोजगारलाई कम्तीमा १०० दिन काम दिनेः सूचीकृत हुन आह्वान, चैतभित्र निवेदन दिनुपर्ने

    साउनपछि सरकारले बेरोजगारलाई कम्तीमा १०० दिन काम दिनेः सूचीकृत हुन आह्वान, चैतभित्र निवेदन दिनुपर्ने

    काठमाडौँः प्रधानमन्त्री रोजगार कार्यक्रमले बेरोजगार नागरिकलाई न्यूनतम रोजगार दिनका लागि निवेदन माग गरेको छ। पहिलोपटकको हकमा चैत महिनासम्म निवेदन दिने समयसीमा तोकिएको छ। बेरोजगार व्यक्तिले आफू स्थायी बसोबास गरेको स्थानीय तहको वडा कार्यालयमा निवेदन दिन सक्ने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। आगमी आर्थिक वर्ष २०७६/०७७ का लागि न्यूनतम एक सय दिन रोजगार दिने उदेश्यले सरकारले निवेदन माग गरेको…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति आज न्युयोर्क जाँदै, 'शक्तिमा नारी' विषयको बैठकमा सम्बोधन गर्ने

    राष्ट्रपति आज न्युयोर्क जाँदै, 'शक्तिमा नारी' विषयको बैठकमा सम्बोधन गर्ने

    काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारी आज न्युयोर्क प्रस्थान गर्दैछिन्।  महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यु) को ६३औँ बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भण्डारी न्युयोर्क जान लागेकी हुन्। लैङ्गिक समानता तथा महिला सशक्तीकरण प्रवर्द्धनमा केन्द्रित अन्तर्राष्ट्रियस्तरको प्रमुख अन्तरसरकारी उक्त निकायको ‘शक्तिमा नारी’ विषयक उच्चस्तरीय बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम छ। राष्ट्रपति राष्ट्रसंघस्थित नेपालको स्थायी नियोगमा पनि जाने कार्यक्रम छ। प्रतिनिधिमण्डलमा महिला,…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : बार्सिलोना र एट्लेटिको विजयी

    ला लिगा : बार्सिलोना र एट्लेटिको विजयी

    लिग लिडर बार्सिलोनाले स्पानिस ला लिगामा एक गोलले पछि परेको अवस्था हराउँदै रायो भालेकानोलाई ३-१ ले पराजित गरेको छ। जितपछि बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिको मड्रिडमाथि ७ अंकको अग्रता कायमै राखेको छ। त्यसअघि एट्लेटिकोले लेगानेसमाथि १-० को साँघुरो जित हात पारेको थियो। घरेलु मैदान नोउ क्याम्पमा २४औँ मिनेटमा राउल डे टोमसले गोल गर्दै रायोलाई पहिले अग्रता दिलाएको थियो। तर ३८औँ मिनटमा…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : रहिम स्टर्लिङको ह्याट्रिकमा सिटीको सहज जित, अग्रता जोगाउन नसक्दा टोटनहम साउथह्याम्पटनसँग पराजित

    प्रिमियर लिग : रहिम स्टर्लिङको ह्याट्रिकमा सिटीको सहज जित, अग्रता जोगाउन नसक्दा टोटनहम साउथह्याम्पटनसँग पराजित

    रहिम स्टर्लिङले शानदार ह्याट्रिक गरेपछि म्यानचेष्टर सिटीले प्रिमियर लिगमा वाटफोर्डमाथि सहज जित हात पारेको छ। स्टर्लिङले १४ मिनेट अन्तरमा ह्याट्रिक पूरा गर्दा सिटीले वाटफोर्डलाई ३-१ ले पराजित गर्दै शीर्ष स्थानमा ४ अंकको अग्रता कायम गरेको छ। घरेलु मैदान एतिहासड स्टेडियममा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर दोस्रो हाफको पहिलो मिनेटमै गोल गरेका स्टर्लिङले ५०औँ र ५९औँ मिनेटमा…

    विस्तृतमा पढ्नुस्

  • बसुन्धारा बम विस्फोटको जिम्मा विप्लवको युवा संगठनले लियो

    बसुन्धारा बम विस्फोटको जिम्मा विप्लवको युवा संगठनले लियो

    काठमाडौँ : वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको काठमाडौँको बसुन्धारास्थित घरमा शुक्रबार राति भएको बम विस्फोटको जिम्मा नेत्रविक्रम चन्द विप्लव समूहको युवा संगठनले लिएको छ।  युवा संगठन नेपाल मध्य केन्द्रीय कमाण्डका केन्द्रीय सचिव शिशिरले शनिबार विज्ञप्ति जारी गर्दै आफ्नो कमाण्डले कारबाही गरेको जिम्मा लिँदै अझ बढी सशस्त्र कारबाही गर्न सक्ने चेतावनी पनि दिएको छ।  शुक्रबार गुरुङको घरमा विस्फोट लगत्तै आगो…

    विस्तृतमा पढ्नुस्

  • पिएसएल : सन्दीपको एकै ओभर विपक्षीले हिर्काए ४ छक्का, चार ओभरमा खर्चिए ४६ रन, लिए १ विकेट

    पिएसएल : सन्दीपको एकै ओभर विपक्षीले हिर्काए ४ छक्का, चार ओभरमा खर्चिए ४६ रन, लिए १ विकेट

    काठमाडौँ : नेपाली क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल)मा पुन: महँगा सावित भएका छन्। लाहोर कलन्दर्सबाट खेलिरहेका सन्दीपले शनिवार इस्लामावाद युनाइटेड विरुद्ध चार ओभरमा ४६ रन खर्चिए। उनले १ विकेट मात्र लिन सके। सुरुको तीन ओभरमा २० रन मात्र खर्चेर १ विकेट लिएका सन्दीपले आफ्नो अन्तिम ओभरमा चार छक्कासहित २६ रन खर्चिए। पाकिस्तानको कराचीमा भइरहेको खेलको तेस्रो ओभरमै बलिङ…

    विस्तृतमा पढ्नुस्

  • नेपाल र मलेसियाबीच तय भएको मैत्रीपूर्ण फुटबल खेल स्थगित

    नेपाल र मलेसियाबीच तय भएको मैत्रीपूर्ण फुटबल खेल स्थगित

    काठमाडौं : नेपाल र मलेसियाको राष्ट्रिय पुरुष फुटबल टिमबीच तय भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित भएको छ। फिफाले यस खेलको लागि मलेसियालाई अनुमति नदिएपछि खेल स्थगित गर्नुपरेको हो। यसबारे मलेसियन फुटबल संघले अखिल नेपाल फुटबल संघ एन्फालाई पत्र लेख्दै खेल स्थगित गरिएको जानकारी दिएको छ। नेपाल र मलेसियाबीच यही मार्च २६ मा मलेसियामा खेल हुने तय भएको थियो। मलेसियाले मार्च…

    विस्तृतमा पढ्नुस्

  • स्टुडियोमा गएर कोही बन्न सकेका छैनन् करोडपति, तर घर बसेरै लखपति बने यी १० जना

    स्टुडियोमा गएर कोही बन्न सकेका छैनन् करोडपति, तर घर बसेरै लखपति बने यी १० जना

    हु वान्टस टु बी मिलिनेयरको फ्रेन्चाइज शोका रुपमा राजेश हमाल होस्ट गरिरहेको को बन्छ करोडपतिको पहिलो सिजनका हालसम्म प्रसारण भएका कार्यक्रममा कसैले पनि एक करोड जित्न सकेका छैनन्।  कार्यक्रममा सहभागी हुन पहिले एसएमएस रजिष्ट्रेसन, त्यसपछि अडिसन पार गरेर स्टुडियोमा फास्टेस्ट फिंगरपछि बल्ल हट सिटसम्म बस्न पाइन्छ।  त्यसैले सबै चाहेर पनि यसमा सहभागी हुने मौका पाँउदैनन्। त्यसका लागि घरमै बसेर एक जना लखपति हुने अवसर…

    विस्तृतमा पढ्नुस्

  • सीके राउतसँग सरकारले अपारदर्शी रुपमा सम्झौता गर्‍योः प्रकाशमान सिंह

    सीके राउतसँग सरकारले अपारदर्शी रुपमा सम्झौता गर्‍योः प्रकाशमान सिंह

    काठमाडौँ: नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पृथकतावादी आन्दोलनमा लागेका सीके राउतसँग सरकारले अपारदर्शी रूपमा सम्झौता गरेको बताएका छन्। शनिवार राजधानीमा आयोजित कार्यक्रममा सञ्चारकर्मीहरू सँग कुरा गर्दै नेता सिंहले काँग्रेस नेतृत्वमा जारी भएको संविधान मान्छु भनेर राउत आउनु राम्रो भएको बताए। सम्झौताबारे संसदमा रहेका दलहरूलाई गुपचुप राखिएकोमा सिंहले असन्तुष्टि व्यक्त गरे। शुक्रवार सीके राउतसँग भएको सम्झौतालाई लिएर नेकपाभित्रै मतभेद देखिएको भन्दै नेता सिंहले…

    विस्तृतमा पढ्नुस्

  • उद्योगपति केडियाको अपहरण गर्ने मुख्य योजनाकार दुई वर्षपछि पक्राउ

    उद्योगपति केडियाको अपहरण गर्ने मुख्य योजनाकार दुई वर्षपछि पक्राउ

    काठमाडौँ: उद्योगपति सुरेश केडियाको अपहरण गर्ने मुख्य योजनाकारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले भारत बिहार, पूर्वी चम्पाकरण मोहतिहारी जिल्ला रक्सौलका ३५ वर्षीय बव्लु पासवान र राजहर्नाही ग्राम पंचायत वडा ३ बस्ने २५ वर्षीय विजय महतोलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पासवान मुख्य योजनाकार र महतो अपहरणको क्रममा गाडी चालक भएको प्रहरीको दाबी छ। २०७३…

    विस्तृतमा पढ्नुस्

  • एकतापछि आज पहिलोपटक ने क पाका अध्यक्षले आमसभा सम्बोधन गर्दै, दुई नम्बर प्रदेशमा सुरक्षा व्यवस्था कडा

    एकतापछि आज पहिलोपटक ने क पाका अध्यक्षले आमसभा सम्बोधन गर्दै, दुई नम्बर प्रदेशमा सुरक्षा व्यवस्था कडा

    रौतहट : ने क पा प्रदेश २ कमिटीको आयोजनामा आज रौतहटको गरुडामा हुने आमसभामा प्रधानमन्त्री एवं ने क पाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दैछन्। जेठ ३ गते एमाले र माओवादी केन्द्र बीच एकतापछि यो सभा पहिलो पटक हुन लागेको हो। जनसभाको तयारी लगभग सकिसकेको ने क पाका २ नं प्रदेश अध्यक्ष प्रभु साहले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • प्रारम्भिक अनुसन्धानले देखायो बसुन्धारामा बम पड्किएको

    प्रारम्भिक अनुसन्धानले देखायो बसुन्धारामा बम पड्किएको

    काठमाडौँ : वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको काठमाडौँको बसुन्धारास्थित घरमा शुक्रबार राति भएको बम विस्फोट भएको नेपाली सेनाको प्रारम्भिक अनुसन्धानले देखाएको छ। बम विस्फोट भएको हो कि सिलिन्डर ग्यास पड्किएको थाहा पाउन प्रहरीले नेपाली सेनाको विज्ञ टोली बोलाएको थियो। 'विस्फोटनको प्रकृति हेर्दा बम नै भएको देखिन्छ। थप परीक्षणको लागि ल्याबमा पठाएका छौं,' महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ राजदूत जब नेपाली गीतमा प्रियङ्का कार्की जस्तै छमछमी नाचिन्

    चिनियाँ राजदूत जब नेपाली गीतमा प्रियङ्का कार्की जस्तै छमछमी नाचिन्

    चरी जस्तै उड्न पाए, गगनको तलतिर... मेलिना राईको स्वर रहेको यो गीतको म्युजिक भिडियोमा प्रियङ्का कार्कीको नृत्य छ।  तर चिनिया राजदूतावासद्वारा १०९ औँ अन्तराष्ट्रिय नारी दिवसका अवसरमा शुक्रबार आयोजित शुभकामना आदानप्रदान तथा विशेष सांस्कृतिक कार्यक्रममा यो गीतमा नेपाली पहिरनमा नाच्दै गरेकी महिला प्रियङ्का थिइनन्। उनी थिइन् चिनिया राजदूत हउ यान्छी। रातो पहिरनमा खुलेकी चिनियाँ राजदूत छमछमी नाच्दै थिइन्, दर्शकलाई दङ पार्ने गरी। 

    विस्तृतमा पढ्नुस्

  • वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षको घरमा विस्फोट, बम हो कि हैन सेनाले अनुसन्धान गर्दै

    वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षको घरमा विस्फोट, बम हो कि हैन सेनाले अनुसन्धान गर्दै

    काठमाडौँ : वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको काठमाडौँको बसुन्धारास्थित घरमा शुक्रबार राति भएको विस्फोट बम हो कि हैन भन्ने विषयमा अनुसन्धान भइरहेको छ।  बम विस्फोट भएको हो कि सिलिन्डर ग्यास पड्किएको थाहा पाउन प्रहरीले नेपाली सेनाको विज्ञ टोली बोलाएको छ।  एसएसपी श्याम ज्ञवालीले भने, 'सेनाको टोलीले अनुसन्धान गरिरहेको छ। सिलिन्डर पड्किएको भेटिएन।' उनका अनुसार बम भएको पुष्टि हुन पनि बाँकी छ। सेनाको अनुसन्धान जारी…

    विस्तृतमा पढ्नुस्

  • वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षको घरमा विस्फोट

    वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षको घरमा विस्फोट

    काठमाडौँ : वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको काठमाडौँको बसुन्धारास्थित घरमा शुक्रबार राति विस्फोट भएको छ। प्रहरीले गुरुङको घरमा सिलिन्डर विस्फोट भएको बताएको छ। महानगरीय प्रहरी कार्यालयका एसएसपी श्याम ज्ञवालीले  सिलिन्डर विस्फोट भएको बताए। 'पहिले बम विस्फोट भन्ने जानकारी आयो। तर सिलिन्डर रहेछ', उनले भने।   विस्फोटको कारण गुरुङको पार्किङ गरेर राखिएको कार पूर्ण रुपमा क्षति भएको छ। स्थानीयबासीले भने सुरुमा ठूलो पड्किएको आवाज आएको बताएका छन्। विस्फोटसँगै…

    विस्तृतमा पढ्नुस्

  • राजनीतिक भाषण ठोक्लान् ठानेको, डाक्टर सीके राउतले त सुनाए जेलका पो कुरा!

    राजनीतिक भाषण ठोक्लान् ठानेको, डाक्टर सीके राउतले त सुनाए जेलका पो कुरा!

    काठमाडौं : शुक्रवार दिउँसो स्वतन्त्र मधेशको अभियान चलाइरहेका डाक्टर सीके राउतको सम्बोधन सबैका लागि प्रतीक्षाको विषय थियो। राउतले सम्बोधन गर्दैगर्दा स्टेजमामा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि एउटै रोमा बसेका थिए। सम्बोधनका क्रममा केही संयोजक राउतले राजनीतिक कुरा खासै उठाएनन्। बरु हँस्यौलो पारामा देशभित्र रहेका जेलको अवस्थाबारे सुनाउन भ्याए।   संयोजक राउतले ४ वर्ष…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell