करिब बेन्जामाले दुई गोल गरेपछि रियल मड्रिडले स्पानिस ला लिगामा रियल भाल्लाडोलिड विरुद्ध पुनरागमन जित हात पारेको छ। गएराती भएको खेलमा दश खेलाडीमा झरेको रियलले भाल्लाडोलिडलाई ४-२ ले पराजित गरेको हो। २९औँ मिनेटमा अनुअरले गोल गर्दै घरेलु मैदानमा भाल्लाडोलिडलाई पहिले अग्रता दिलाएका थिए। तर त्यसको पाँच मिनेटपछिनै राफेल भरानले रियलका लागि बराबरी गोल फर्काए। पहिलो हाफ बराबरीमा सकिएपनि रियले दोस्रो…
दुल्लुः दैलेखको नौमूले गाउँपालिका–७ पैतिका ५४ वर्षीय दलबहादुर बस्नेतलाई जिल्ला अदालतले जन्मकैद फैसला सुनाएको छ। श्रीमतीको हत्या गरेको अभियोगमा बस्नेतलाई जन्मकैदको फैसला गरिएको दैलेख जिल्ला अदालतका प्रवक्ता विनोद आचार्यले जानकारी दिए। जिल्ला न्यायाधीश सनतचन्द्र लवटको एकल इजलासले उक्त फैसला गरेको हो। विसं २०७४ साउन २ गते कान्छी श्रीमती हरिकला बस्नेतलाई कुटपिट गरेर हत्या गरी बार्दलीमा झुण्ड्याइएको थियो। अदालतले सो घटनामा दलबहादुरकी…
प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा आर्सनलले म्यानचेष्टर युनाइटेडलाई २-० ले पराजित गरेको छ। जितपछि आर्सनल युनाइटेडलाई नै पछि पार्दै अंकतालिकामा चौथो स्थानमा उक्लेको छ। घरेलु मैदान एमिरेट्समा १२औँ मिनेटमा ग्रान्ट जाकाले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। ६९औँ मिनेटमा पिएरे एमरिक ओवामेयाङले पेनाल्टीबाट गोल गरेपछि आर्सनलले लिगमा युनाइटेडको १२ खेलको अपराजित यात्रा समेत टुङ्यायो। कार्यवाहक व्यवस्थापक ओले गनरले डिसेम्वरमा…
जमुनावर्षा शर्मा- चिप्लेढुङ्गाः “म जहाँ जाँदा पनि उहाँलाई शुभयात्रा भनेर बिदाइ गर्थेँ, त्यही दिनमात्र मलाई शुभयात्रा भन्ने अवसर मिलेन, आज पनि त्यही पश्चात्ताप छ।” तत्कालीन मन्त्री तथा नेकपाका नेता रवीन्द्रप्रसाद अधिकारीकी पत्नी विद्या भट्टराईले १२औँ दिनमा अधिकारीलाई सम्झँदै भनिन्। “जत्ति हतार नै भए पनि जाने बेला जानकारी गराएर जानुहुन्थ्यो। मैले त्यही दिन शुभयात्रा भन्न पाइन। घटना त्यही दिन भयो, आज पनि…
काठमाडौँ : इथियोपियाको राजधानी अडिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको इथियोपियन एयरलाइन्सको बोइङ ७३७-८ म्याक्स विमान दुर्घटना हुँदा मृत्यु हुने १ सय ५७ जनामध्ये एक नेपालीको परिचय खुलेको छ। उनी गोरखा घर भई इथियोपियाको विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) मा कार्यरत एकता अधिकारी रहेको भनी जानकारी आएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। अधिकारीको परिवारका निकट सदस्यले पनि यसको पुष्टि गरेका छन्। इथियोपियन…
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू)को ६३औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार साँझ अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गरेकी छिन्। राष्ट्र सङ्घको प्रधान कार्यालयमा यही फागुन २७ देखि आगामी चैत ८ गतेसम्म आयोजना हुने उक्त अधिवेशनका क्रममा उनले फागुन २८ गते हुने ‘शक्तिमा नारी’ विषयको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्नेछिन् । नारी नेत्रीले ‘विश्वलाई कसरी परिवर्तन गर्छन्’…
काठमाडौँ : इथियोपियाको राजधानी अडिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको इथियोपियन एयरलाइन्सको बोइङ ७३७-८ म्याक्स विमान दुर्घटना हुँदा मृत्यु हुने १ सय ५७ जनामा एक नेपाली पनि रहेको खुलेको छ। मृत्यु हुनेमा एक जना नेपाली समेत रहेको केन्याको केटीएन केन्या टिभीले जनाएको छ। मृतकको नाम भने खुलाइएको छैन। ट्वीट गर्दै केटीएन केन्याले विमानमा सवार यात्रुहरुको देशको नाम सार्वजनिक गरेको हो।…
लिभरपुलले प्रिमियर लिगमा बर्नली विरुद्ध पुनरागमन जित हात पार्दै शीर्ष स्थानको म्यानचेष्टर सिटीसँग अंकदूरी १ मा झारेको छ। खेलको छैटौँ मिनेटमै पछि परेको लिभरपुललाई जित दिलाउन रोवर्टो फिर्मिनो र साडियो मानेले २-२ गोल गरे। लिभरपुलको घरेलु मैदान एनफिल्डमा छैटौँ मिनेटमै एस्टन वेष्टहुडले गोल गर्दै बर्नलीलाई अग्रता दिलाएका थिए। तर त्यो अग्रता लामो समय भने टिकेन। १९औँ मिनेटमा फिर्मिनो र २९औँ…
दुई महिनायता शाहिद कपूर नयाँ फिल्मको छायांकनमा व्यस्त छन्। उनले फिल्म 'कबिर सिंह'मा बाइकरको भूमिका निर्वाह गर्दै छन्। फिल्म तेलेगु फिल्म 'अर्जुन रेडी'को हिन्दी रिमेक हो। फिल्मको तेलेगु संस्करण २०१७ मा सार्वजनिक भएको थियो। फिल्ममा शाहिद असफल मेडिकल विद्यार्थीको रुपमा देखिने छन्। जो बाइकर बन्छन्। रिल बाहेक रियलमा पनि उनलाई बाइकमा निकै रुची छ र महङ्गा बाइकहरु चड्छन्। उनले हालै अठार…
काठमाडौँ : शेरवहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा संचालन हुने राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई केएनपी जापानले मुख्य प्रायोजन गरेको छ। आइतबार केएनपी जापानका नेपाल प्रमुख मनोजकुमार मिश्र र प्रतिष्ठानकी संरक्षक आमा गमली खड्काबीच सम्झौता–पत्र आदान–प्रदान भएको हो। सम्झौतापछि प्रतियोगिताको नाम पाँचौ केएनपी राष्ट्रिय महिला भलिबल हुनेछ। जापानको नम्वर वान पेन्ट बहुराष्ट्रिय कम्पनी केएनपी जापानका नेपाल प्रमुख मिश्रले सम्भौता पछि समाजलाई एकतामा…
काठमाडौँ : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पाेलिटब्युराे सदस्य मोहन कार्की 'जीवन्त'लाई जिल्ला अदालत काठमाडौँले ५ दिनकाे म्याद थप गरेकाे छ। चैत १ गतेदेखि लागू हुने गरी जीवन्तलाई ५ दिनकाे म्याद थप गरिएकाे हाे। प्रहरीले उनलाई राज्यविरुद्धको कसुर अन्तर्गत अनुसन्धान गरिरहेको छ। त्यस्तै अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका संयाेजक राजु कार्कीलाई थप ४ दिन म्याद थप गरिएकाे छ भने युवा…
काठमाडौँ : गृह मन्त्रालयले ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ताका लागि प्रकृया अगाडि बढाएको छ। सडकमा खटिने ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ताका लागि तयार पारिएको प्रस्ताव अर्थ मन्त्रालयमा पठाइएको हो। आज बसेको गृह मन्त्रीस्तरीय निर्णयले प्रोत्साहन भत्ताका लागि प्रस्ताव पठाएको हो। ट्राफिक प्रहरीको जोखिम तथा कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता सम्बन्धि निर्देशका २०७५ अनुसार काठमाडौं उपत्यकामा कार्यरत प्रहरी उपरीक्षक भन्दा तलको पदका ट्राफिक प्रहरीले २० प्रतिशत…
काठमाडौं: कानुन मन्त्री भानुभक्त ढकालले संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउन गठन भएका दुई आयोगहरुका सदस्य छनोट गर्न पाँच सदस्यीय समिति गठन हुने बताएका छन्। द्वन्द्व पीडित साझा चौतारीले निर्माण गरेको वृत्तचित्र 'चह्राइरहेको घाउ' सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन्। 'विगतमा आयोग बनाइयो। काम गरेका छन्। पदाधिकारीको म्याद सकिएपछी आयोगको म्याद रहेन। त्यसबीच थप केही गरेर यसलाई टुग्याउनेछौँ',' उनले भने, 'संविधानको लक्ष्मण रेखाका कारण तपाईंहरुको…
काठमाडौँ : नेपाल साइक्लिङ संघको आयोजनामा आगामी शुक्रबार र शनिबार माउन्टेन बाइक राष्ट्रिय च्याम्पियन हुने भएको छ। दुई दिन हुने च्याम्पियनसिपमा माउन्टेन बाइकतर्फका दुई विधा क्रस कन्ट्री र डाउन हिल तर्फ प्रतिस्पर्धा हुनेछ। नेपाल साइक्लिङ संघले आइतबार राजधानीमा पत्रकार सम्मेन गर्दै १७औं राष्ट्रिय एमटिबि क्रस कन्ट्री र ९औँ राष्ट्रिय एमटिबि डाउन हिल च्यम्पियसिप हुने जानकारी दिएको हो। क्रस कन्ट्रीतर्फ इलिट पुरुष…
काठमाडौँ : नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र सबैलाई एकता गराउने माध्यमको रुपमा रहेको नेपालको खेलकुद क्षेत्रमा भने समस्यै समस्या देखिएको छ। नेपाली खेलकुदकै ठूलो निकायको रुपमा रहेको राष्ट्रिय खेलकुद परिषद (राखेप)मै सबैभन्दा धेरै समस्या रहेको प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको युवा तथा खेलकुद उप-समितिले तयार पारेको प्रतिवेदनमा उल्लेख छ। राखेपकै पूर्व सदस्यसचिव रहेका सांसद तथा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम…
काठमाडौँ : कञ्चनपुरमा निर्मला पन्तको बलात्कार र हत्याको घटनामा स्थलगत अनुगमन गरेको गैर सरकारी संस्था नेपाल मानवअधिकार संगठन (ह्युरोन) ले आफ्नो स्थलगत अनुगमनको प्रतिवेदनका तथ्यहरुमाथि प्रश्न उठाउँदै आलोचना भएपछि गुपचुप सच्याएर पुरानै मिति राखी आफ्नो वेबसाइटमा अपलोड गरेको भेटिएको छ। ह्युरोनले गत असोज १० गतेको मिति राखी संगठनको स्थलगत अनुगमनको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको थियो। उक्त प्रतिवेदनको बूँदा नम्बर २…
काठमाडौं : नेपाल सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादलले सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच भएको ११ बुँदे सहमतिका विषयमा संसदलाई जानकारी गराएका छन्। आजको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल, राजपा र सत्तारुढ दलकै सांसदले उठाएका प्रश्नको जवाफ गृहमन्त्री थापाले दिएका छन्। गृहमन्त्री थापाले यो सहमतिमा कसैले आत्मसमर्पण नगरेको बताएका छन्। ‘दुई किसिमको कुरा उठ्दैछ। एकपक्षले सरकारले विखण्डनकारी समक्ष आत्मसमर्पण गरेको भन्ने…
नेपाली र नेपाल भाषाका शब्द सेमेटिएर बनेको गीत 'ओ मैचा' युट्युब ट्रेन्डिङमा नम्बर १ मा परेको छ। नेवार समुदायको एक युवा र युवती बीचको प्रेम सम्बन्धको कथामाथि गीतको भिडियो बनेको छ। नेवारी फ्लेवरमा बनेको भिडियोमा प्रेमका लागि घर परिवारसँग गरेको संघर्षलाई रोमान्टिक कमेडी शैलीमा प्रस्तुत गरिएको छ। 'ओ मैचा छंगु मिखा गुलि बाला, ओ दाइचा छिगु ख्वा तस्कं वाला' (ओ नानी…
संयुक्त अरब इमिरेट्सको प्रमुख सहर दुबईमा नेपथ्य फेरि प्रस्तुत हुने भएको छ। आउँदो मार्च १५ तारिख, शुक्रबार अल नासर लेजर ल्याण्डमा कन्सर्ट आयोजना हुन लागेको हो। ब्याण्ड दुबईमा दोश्रोपटक गुञ्जन लागेको हो। यसअघि सन् २०१५ को मे महिनमा ‘राष्ट्रिय सन्तापको संगीत’का रुपमा प्रस्तुत भएको थियो। उक्त कन्सर्टबाट उठेको रकम ब्याण्डले प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा जम्मा गरेको थियो। ‘आइस स्केटिङ खेलिने…
फिल्म ‘पुरानो बुलेट’को च्यारिटी शो आयोजना गरियो। पथरीको कञ्चन चलचित्र मन्दिरमा गरिब तथा असहाय विद्यार्थीहरुको सहयोगार्थ उक्त शो भएको हो। पाँच सय दर्शकले फिल्म हेरे। शोपछिको अन्तरक्रियात्मक कार्यक्रममा फिल्ममा मुख्य कलाकार, निर्देशक र निर्माताले दर्शक प्रतिक्रिया तथा सुझाव लिए। फिल्म चैत १ गतेबाट सार्वजनिक हुँदैछ। क्रेजी इन्टरटेनमेन्टको ब्यानरमा निर्मित फिल्मले पूर्वेली जनजीवनलाई दर्शाउँछ। सञ्चारकर्मी भीषण राईको डेब्यू निर्देशन रहेको फिल्म…