युरोपेली संघ (इयू) बाट बाहिरिने सम्बन्धी प्रस्ताव (बेक्जिट) बेलायती संसदले दोस्रो पटक अस्वीकृत गरेको छ। प्रधानमन्त्री थेरेशा मे’ले संसद्मा प्रस्तुत गरेको संशोधित प्रस्ताव पनि अस्वीकृत भएको हो। गत जनवरीमा पनि प्रस्तावलाई बेलायती संसदले अस्वीकृत गरेको थियो। संशोधित प्रस्ताव पनि भारी मतान्तरले अस्वीकृत भएपछि प्रधानमन्त्री मे अप्ठ्यारोमा परेकी छन्। मार्च २९ सम्म बेक्जिटबारे निर्णय लिनुपर्ने भए पनि ठोस परिणाम आउन सकेको छैन।…
काठमाडौँः नेपाल कम्युनिस्ट पार्टीका गतिविधि आपराधिक भएको निश्कर्ष निकाल्दै सरकारले नियन्त्रण गर्ने निर्णय गरेको छ। सरकारले गरेको निर्णयबारे राजनीतिक तहबाट कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन। सत्तापक्ष र विपक्षी दलका कुनै शीर्ष नेताहरुले घटनाबारे कुनै टिप्पणी गरेका छैनन्। पछिल्लो समयमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको आपराधिक गतिविधि बढेको सरकारको निष्कर्ष छ। सोही निष्कर्षका आधारमा उक्त गतिविधि नियन्त्रणमा लिने सरकारले निर्णय गरेको हो।…
चितवनः भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गएराति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ। विस्फोट राति करिब १२ः३० बजे गराइएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेको र विस्फोटपछिको आगजनीबाट कागजपत्र जलेर नष्ट भएको बताए। जिल्लामा व्यापकरूपमा प्रहरी परिचालन भएकै समयमा विस्फोट भएको थियो। विस्फोट गराएको आशङ्कामा प्रहरीले राति नै ६ जनालाई नियन्त्रणमा…
एक वर्षअघि १२ मार्चका दिन काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको बंगलादेशको युएस बांग्ला एयरलाइन्सको विमान दुर्घटना हुँदा ५२ यात्रुको ज्यान गएको थियो। दुर्घटनामा १९ जनाको जीवित उद्दार गरिएको थियो। बंगलादेशमा मेडिकल शिक्षाका लागि गएका नेपाली विद्यार्थी र चिकित्सकहरुसहित ३३ जना नेपाली विमानमा थिए। विमान दुर्घटनामा ज्यान गुमाउनेहरुलाई सम्झँदै श्रद्धाञ्जलिस्वरुप आज माइतीघर मण्डलामा दीप प्रज्ज्वलन गरियो। हेर्नुस्…
काठमाडौँ : एक महिना भन्दा बढी समय विदेशमा क्रिकेट खेलेपछि नेपाली युवा लेग स्पीनर सन्दीप लामिछाने आज नेपाल फर्किएका छन्। पछिल्लो पटक पाकिस्तान सुपर लिग पिएसएल खेलेर उनी पाकिस्तानबाट मंगलवार नेपाल आएका हुन्। ६ टोली सहभागि पिएसएलमा लाहोरले १० मध्ये ३ खेल मात्र जितेपछि अन्तिम स्थान लिग सकाएको थियो। सुरुको तीन खेल खेल्न नपाएका सन्दीपले पिएसएलमा कलन्दर्सका लागि ७ खेल…
काठमाडौँ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधि आपराधिक भएको निश्कर्षसहित उसका गतिविधि नियन्त्रण गर्नुपर्ने प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा प्रस्तुत गरेलगत्तै गृहमन्त्री रामबहादुर थापा 'बादल' ले विदा लिए। गृहमन्त्री लागू औषध तथा अपराध नियन्त्रणसम्बन्धी संयुक्त राष्ट्र संघको कार्यक्रममा सहभागी हुन अस्ट्रिया जाँदैछन्। उनको आजैको फ्लाइट छ। प्रधानमन्त्रीले साँझ मन्त्रिपरिषद्को बैठक डाके पनि गृहमन्त्री दिउँसो ४ बजेदेखि साँझ ६ बजेसम्म…
काठमाडौँ : सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधि आपराधिक भएको निश्कर्ष निकाल्दै नियन्त्रण गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले पुष्टि गरेका छन्। सरकारी समाचार एजेन्सी राससले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई उद्धृत गर्दै लेखेको छ, “उहाँहरु (विप्लव नेतृत्वको पार्टी) ले राजनीतिक चरित्र गुमाउँदै गएकाले त्यसलाई नियन्त्रण गर्नु राज्यको…
काठमाडौंः राष्ट्रपति विद्या देवी भण्डारीले नेपालमा नेतृत्वमा महिला सहभागिता विश्वकै लागि नमुना भएको बताएकी छन्। राष्ट्र संघको महासभाकी अध्यक्षले आयोजना गरेको शक्तिमा महिला शीर्षकको उच्चस्तरीय कार्यक्रमको पहिलो राउण्ड टेबल ‘कसरी महिला नेतृत्वले विश्वमा परिवर्तन ल्याउन सक्छन्’ मा सहभागी हुँदै उनले यस्तो बताएकी हुन्। राष्ट्रपति भण्डारीले नेपालमा हालै भएको निर्वाचनहरुबाट ४० प्रतिशत महिला निर्वाचित भएको भन्दै नेपालमा राजनीति क्षेत्रमा महिला नेतृत्वको सहभागी बढेको…
काठमाडौं: चर्चित हास्य टेलिश्रृङ्खला 'भद्रगोल'मा कलाकार अर्जुन घिमिरेले निभाउँदै आएको 'पाँडे' पात्रलाई लिएर नेपाल पाण्डे समाजले आपत्ति जनाएको छ। प्रेस विज्ञप्ति जारी गर्दै उक्त 'पाँडे'को भूमिकाले मुलुकभर रहेका पाण्डे समुदायलाई चोट पुर्याएको समाजले आरोप लगाएको छ। 'पाण्डे समुदायले मुलुकको विभिन्न स्थान र योग्यताबाट पुर्याएको योगदानलाई ढालेर हास्य पात्रको रुपमा चित्रण गर्दा जो सुकैको मन दुख्नु स्वभाविक हो' समाजका महासचिव सागर पाण्डेले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख…
काठमाडौं: गायक विशाल निरौलाले फिल्म 'शुभ लभ'को एक गीत गाउँदै पार्श्व गायन थालेका छन्। यसअघि गीतहरुको एरेन्ज गर्न व्यस्त रहने विशालले फिल्मको 'टुक्रियो एउटा सपना'बोलको गीतमा स्वर दिएका छन्। गीतमा विशालकै शब्द र संगीत छ। गीतको भिडियोमा भने कलाकार हरिहर अधिकारी र क्रिस्टिन पौडेल फिचर्ड छन्। बनिष शाह र भुपेन्द्र अधिकारीले सम्पादन गरेको 'शुभ लभ'लाई सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन्। चैत…
काठमाडौं: इजिप्टमा हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता 'मिस इको इन्टरनेसनल २०१९'मा नेपालबाट मुना गौचन सहभागी हुने भएकी छिन्। ६० देशका इको सुन्दरीहरुबीच हुने सहभागिताका लागि उनी मंगलबार इजिप्ट उडेकी हुन्। ग्रीन आर्ट मिडियाले उनलाई केही समयअघि 'मिस इको इन्टरनेशनल नेपाल २०१९'को ताज लगाउँदै प्रतिनिधि चयन गरेको थियो। यसअघिका प्रतियोगितामा प्रिन्शा श्रेष्ठ, नग्मा श्रेष्ठ, रोनाली अमात्य र गतबर्ष मौनता लामाले भाग लिएका थिए। मुनाले यसअघि फिल्म…
विराटनगर : घरेलु टोली नेपालले पाँचौ साफ महिला च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। पहिलो पटक काठमाडौँ बाहिर भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले भुटानलाई पराजित गर्यो। विराटनगरस्थित शहीद रंगशालमा मंगलवार भएको समूह ए को खेलमा नेपालले भुटानलाई ३-० ले हराउदै ३ अंक जोडेको हो। नेपालको जितमा मन्जली योन्जन, सावित्रा भण्डारी र कप्तान निरु थापाले गोल गरिन्। नेपालले गोल गर्ने अरु अवसर पाएपनि…
काठमाडौँ : दक्षिण कोरियामा आयोजना हुने २८औं एशियन अल्पाईन चिल्ड्रेन च्याम्पियनसिपमा चार नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। एसियन अल्पाईन चिल्ड्रेन प्रतियोगितामा नेपालबाट चार खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । कोरियाको ग्वानवन प्रान्तस्थित अल्पेनसिया स्की रिसोर्टमा यही मार्च १६ देखि १७ सम्म आयोजना हुने प्रतियोगितामा नेपालबाट दुई महिला र दुई पुरुक्ष खेलाडीले सहभागिता जनाउनेछन्। एसियन स्की फेडेरेसनको आयोजनामा कोरियन स्की…
काठमाडौं: फिल्म 'कागजपत्र' प्रदर्शनको संघारमा छ। निर्माण टिमले अहिले फिल्मको प्रचार पनि थालेको छ। फिल्मलाई अपिल विष्टले निर्देशन गरेका हुन्। 'झुम्की' निर्देशक अपिल फिल्मले अष्ट्रेलिया जान चाहने एक युवतीको संघर्षलाई समेटेको बताउँछन्। उनले भने 'आर्थिक अवस्था कमजोर भएकी एक युवतीलाई जसरी पनि अष्ट्रेलिया जाने मन हुन्छ। आफूभन्दा धेरै उमेरका एकजनासँग डिपेन्डेन्टमा विदेश जाने कुरा आउँछ। त्यसपछि त्यहाँ कागजपत्र बनाउने काम…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी आज संयुक्तराष्ट्र संघको महासभा अन्तर्गत 'शक्तिमा महिला' विषयक सत्रमा सहभागी हुँदै छिन्। राष्ट्रसंघको ७३ औँ महासभाकी अध्यक्ष मारिया फर्नान्डा इस्पिनोसा ग्रेससले आयोजना गरेको ६३ औँ महिलाहरुको अवस्था सम्बन्धी कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ। कार्यक्रम अन्तर्गत आयोजना हुने तीन सत्र मध्ये एक सत्रमा राष्ट्रपति भण्डारी प्यानलिष्टको रुपमा राउण्ड टेबलमा सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले…
काठमाडौँ: मकवानपुरको कान्ति लोकमार्गमा पर्ने गढी गाँउपालिकामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जन्ती बोकेर भक्तपुरबाट हेटौडा जाँदै गरेको बा ४ ख २२१७ नम्बरको बस दुर्घटना भएको हो। बसमा सवारमध्ये दुई जनाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिए। मृत्यु हुनेहरूमा नुवाकोट घर भएका अन्दाजी २० वर्षीय विकास धमला र भक्तपुर घर भएका…
काठमाडौँ : पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप आजदेखि विराटनगरमा सुरु हुँदैछ। च्याम्पियनसिपको उद्घाटन खेलमा घरेलु टोली नेपाल र भुटान भिड्दैछन्। पहिलो पटक नेपालमा आयोजक भएको यस प्रतियोगितामा नेपालले उपाधि जित्ने लक्ष्य राखेको छ त्यसैले भुटान विरुद्धको खेल सहजै जित्ने अपेक्षा छ। नेपाली टिमका प्रशिक्षक हरि खड्काले अपोनेन्ट जस्तो भएपनि अपोनेन्टलाई सम्मान गरेर खेल्ने बताएका छन्। साफ च्याम्पियनसिपको इतिहासमै सबैभन्दा कमजोर मानिएको…
काठमाडौं: गायिका सरु गौतम 'प्रेम प्रस्ताव' लिएर दर्शकमाझ आएकी छिन्। उनले 'मेरो प्रेम प्रस्ताव' बोलको नयाँ गीत सार्वजनिक गरेकी छिन्। गीतमा ध्रुव बिस्कोको स्वर छ। कुमार कटुवालको शब्द तथा दीपक शर्माको संगीत रहेको गीतको भिडियोमा अभिनेत्री शिल्पा पोखरेल र अभिनेता दिक्पाल कार्की फिचर्ड छन्। देवेन्द्र पाण्डेको निर्देशन र कोरियोग्राफीमा बनेको गीतलाई साहिल खानले सम्पादन गरेका हुन्। भिडियोलाई उत्सव दाहालले छायाँकन गरेका हुन। …
काठमाडौं: जेनिथ ईन्टरटेनमेन्टले 'मिस हेरिटेज नेपाल २०१९' आयोजना गर्ने भएको छ। प्रतियोगिताका लागि आवेदन पनि खुल्ला गरिएको छ। विद्यालयमा अध्ययनरत छात्राबीच यो प्रतियोगिता हुने आयोजकले जनाएको छ। प्रतियोगितामा सिनियर तथा जुनियरटिमबाट दुईजना विजेता छानिने छन्। 'जुनियर लिटल मिस हेरिटेज'का लागि ८ देखि १३ र 'सिनियर लिटल मिस हेरिटेज'का लागि १३ देखि १७ बर्षसम्मका छात्राहरुले आवेदन भर्न सक्ने बताइएको छ। प्रतियोगिताको पहिलो अडिसन…
सल्यानः सल्यानमा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु भएको छ। शारदा नगरपालिका–२ श्रीनगरबाट लानीतबजार जाँदै गरेको रा१त ११५१ नंको ट्याक्टर सोमबार राति दुर्घटना भएको हो। दुर्घटनामा परी चालक शारदा नगरपालिका–१२ चिसापानीका २४ वर्षीय कृष्ण डाँगी र शारदा नगरपालिका–१ चैबाङज्यूला निवासी १३ वर्षीय अमर बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। दुर्घटनामा परी गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि जिल्ला अस्पताल…