PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

  • गृहमन्त्रीकै प्रश्न : ठूला माछा भनेर कसलाई भन्न खोज्नु भएको? 

    गृहमन्त्रीकै प्रश्न : ठूला माछा भनेर कसलाई भन्न खोज्नु भएको? 

    काठमाडौँ : बुधवार राष्ट्रिय सभामा सम्वोधन गर्दै गृहमन्त्री रामबहादुर थापाले सुन तस्करी संगठनको संजाल ध्वस्त भइसकेको दावी गरेका छन्। तर, सांसदले भने गृहमन्त्री थापाले भने झै सुन तस्करीको संजाल ध्वस्त नभएको तर्फ गरेका छन्। सांसद सरिता प्रसाईले बुधवार राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री रामबहादुर थापालाई प्रश्न गरिन् - ३३ किलो सुन पक्राउ गरेको कति भयो? कति मान्छे जेलमा छन्? कति मरिसके? अझै…

    विस्तृतमा पढ्नुस्

  • अष्ट्रेलियामा अलपत्र नेपाली विद्यार्थीको उद्धार गर्न कांग्रेसद्वारा सरकारकाे ध्यानाकर्षण

    अष्ट्रेलियामा अलपत्र नेपाली विद्यार्थीको उद्धार गर्न कांग्रेसद्वारा सरकारकाे ध्यानाकर्षण

    काठमाडाैं: प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अष्ट्रेलियामा अध्ययन गर्न जाँदा बिचल्लीमा परेका एक हजारभन्दा बढी नेपाली विद्यार्थीको उद्धार एवं उचित शैक्षिक प्रबन्धका लागि तत्काल अष्ट्रेलिया सरकारसँग आवश्यक पहल गर्न नेपाल सरकारलाई आग्रह गरेको छ।  पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बुधवार विज्ञप्तिमार्फत बिचल्लीमा परेका विद्यार्थीका साथै अष्ट्रेलियास्थित काङ्ग्रेस निकट नेपाली जनसम्पर्क समितिलाई तत्काल यसबारे थप सूचना लिन र आवश्यक समवन्य गर्न केन्द्रीय कार्यालयका तर्फबाट…

    विस्तृतमा पढ्नुस्

  • २९ वर्षपछि अष्ट्रियाबाट हुँदैछ उच्चस्तरीय भ्रमण, परराष्ट्रमन्त्री भोलि नेपाल आउँदै

    २९ वर्षपछि अष्ट्रियाबाट हुँदैछ उच्चस्तरीय भ्रमण, परराष्ट्रमन्त्री भोलि नेपाल आउँदै

    काठमाडौं : अष्ट्रियाकी युरोप, एकीकरण तथा परराष्ट्र मामिला मन्त्री नेपाल भ्रमणमा आउने भएकी छन्।  अष्ट्रियाकी मन्त्री कारिन केन्सल नेपाल आउन लागेकी हुन्। दक्षिण एसियाका ९ दिने भ्रमणमा आज निस्किएकी उनी भोलि नेपाल आइपुग्ने कार्यक्रम रहेको छ।  १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आज बुधवार बंगलादेश आइपुग्दै छिन्। उनले बंगलादेशलाई रोहिंग्या शरणार्थी व्यवस्थापन तथा प्रकोप नियन्त्रणका लागि ५ लाख युरो सहयोग घोषणा…

    विस्तृतमा पढ्नुस्

  • छिमेकी र चिनजानकै व्यक्तिबाट बलात्कार

    छिमेकी र चिनजानकै व्यक्तिबाट बलात्कार

    सिन्धुली: सिन्धुलीमा भएका बलात्कारका घटनामा छिमेकी र चिनजानकै व्यक्तिबाटै बलात्कार हुने गरेको पाइएको छ। नजिकका व्यक्तिबाट नै बलात्कारका घटना घटेको र बालिका बढी यसको सिकार बनेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्याङ्कले देखाएको हो।  सिन्धुलीमा विगत तीन वर्षको तथ्याङ्कअनुसार १६ वर्षभन्दा मुनिका बालिका बढी बलात्कारको सिकार भएको पाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए। उमेर समूहका आधारमा आर्थिक…

    विस्तृतमा पढ्नुस्

  • नेपाल प्रहरीले घटनाको अनुसन्धान गर्न थप चारवटा कुकुर ल्याउँदै

    नेपाल प्रहरीले घटनाको अनुसन्धान गर्न थप चारवटा कुकुर ल्याउँदै

    काठमाडौँ: नेपाल प्रहरीले  घटनाको अनुसन्धानमा सहयोग गर्ने थप चार वटा कुकुर ल्याउने भएको छ। अनुसन्धानमा कुकुरको माग बढेसँगै थप गर्न लागिएको केन्द्रीय कुकुर तालिम केन्द्रका प्रहरी निरीक्षक रामचन्द्र सत्यालले जानकारी दिए। निरीक्षक सत्यालले भने,’ टेन्डर आह्वान भइसकेको छ। केही समयमा नै थप चार वटा कुकुर आउँछन्। प्रहरीले बेल्जियम सेफर्ड जातको कुकुर ल्याउन लागेको हो। यो प्रजातिको कुकुरले हातहतियार तथा विस्फोटन…

    विस्तृतमा पढ्नुस्

  • सिंगल वर्षा! भन्छिन् 'कसैले प्रपोज गर्दैन'

    सिंगल वर्षा! भन्छिन् 'कसैले प्रपोज गर्दैन'

    'पशुपति प्रसाद'बाट दर्शकको नजरमा परेकी अभिनेत्री हुन् वर्षा सिवाकोटी। उनको अभिनयलाई दर्शकले रुचाएका पनि छन्। पछिल्लो समय उनी 'वीर बिक्रम २'को छायाँकनमा व्यस्त छिन्। उनी अभिनित 'पुरानो बुलेट' प्रदर्शनको तयारीमा छ। उनी र नाम  मिल्ने अर्की अभिनेत्री वर्षा राउत फिल्म क्षेत्रमा एउटै समयमा प्रवेश गरेका थिए। राउतको फागुन २ गते कलाकार संजोग कोइरालासँग विवाह भयो।  सोमबार काठमाडौं‌मा आयोजित एक कार्यक्रममा सिवाकोटीलाई एक प्रश्न…

    विस्तृतमा पढ्नुस्

  • पुलवामा आक्रमणबारे यस्तो छ पाकिस्तानी कलाकार अली जफरको धारणा

    पुलवामा आक्रमणबारे यस्तो छ पाकिस्तानी कलाकार अली जफरको धारणा

    पुलवामा आक्रमणपछि बलिउडले पाकिस्तानी कलाकार र गायकलाई काम गर्न प्रतिबन्ध गर्‍यो। यस विषयलाई बलिउडका कलाकारले समर्थन पनि गरेका छन्। यसैबीच सलमान खानले पनि आफ्नो प्रोडक्सन हाउसमा बनेको फिल्म 'नोटबुक'को एक गीतलाई रि-रेकर्डिङ गर्ने निर्णय लिए। फिल्मको गीतलाई पाकिस्तानी गायक आतिफ असलमले रेकर्ड गरिसकेका थिए। अहिले, पाकिस्तानी गायक तथा कलाकार अली जफर भने दुई राष्ट्रबीच मेलमिलाप हुनुपर्ने बताउँछन्। पछिल्लो समय पाकिस्तानी प्रधानमन्त्री इमरान खानले…

    विस्तृतमा पढ्नुस्

  • मोदीले अंगालो हालेपछि साउदी राजकुमारले भने, ‘उहाँ मेरो ठुल्दाइ!’

    मोदीले अंगालो हालेपछि साउदी राजकुमारले भने, ‘उहाँ मेरो ठुल्दाइ!’

    नयाँ दिल्लीः दुई दिवसीय भारत भ्रमणमा रहेका साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमानलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भव्य स्वागत गरेका छन्। मंगलवार राती नयाँ दिल्ली आइपुगेका मोदीलाई पालम विमानस्थल गएर राजकुमार सलमानलाई स्वागत गरेका मोदीले बुधवार विहान राष्ट्रपति कार्यालयमा अंगालो हालेर औपचारिक रुपमा स्वागत गरे। मोदीको न्यानाे स्वागतपछि राजकुमार सलमानले सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा मोदी आफ्नो ठुल्दाई भएको र आफू उनको…

    विस्तृतमा पढ्नुस्

  • एक ट्याक्सी चालक, 'जो भेटिएको साढे तीन लाखको गहना प्रहरीलाई बुझाउन पुगे'

    एक ट्याक्सी चालक, 'जो भेटिएको साढे तीन लाखको गहना प्रहरीलाई बुझाउन पुगे'

    काठमाडौँः यात्रुले ट्याक्सीमा छुटाएको सुनका गहना एक चालकले फिर्ता गरेका छन्। धरान १९ चौकीबारी घर भएका ट्याक्सी चालक सिमल राईले गहना बुझाएका हुन्। बुधबार बिहान बा २ ज २२७९ नम्बरको ट्याक्सीमा छुटेको अन्दाजी तीन लाख ५० हजार बराबरको गरगहना, नगद र लेडिज पर्स चालकले महानगरीय ट्राफिक प्रहरी महाशाखामा बुझाएका हुन्। महाशाखाका डिएसपी कृष्णदत्त भट्टले चालक आफैंले गहना बुझाउन आएको बताए। डिएसपी भट्टले भने,…

    विस्तृतमा पढ्नुस्

  • अष्ट्रियाका विदेशमन्त्री बिहीबार काठमाडाैं आउँदै

    अष्ट्रियाका विदेशमन्त्री बिहीबार काठमाडाैं आउँदै

    काठमाडाैंः अष्ट्रियाका विदेशमन्त्री करिन किनाइसल १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको तीन दिवसीय भ्रमणमा बिहीबार राजधानी काठमाडौँ आउँदै छिन्।  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेकाे परराष्ट्र मन्त्रालयले जनाएकाे छ। अष्ट्रियाबाट विदेशमन्त्रीस्तरमा यो भ्रमण ३० वर्षपछि हुन लागेको हो। भ्रमणका क्रममा नेपाल र अष्ट्रियाबीच प्रतिनिधिमण्डलस्तरीय बैठक हुनेछ। दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा हुने उक्त बैठकमा द्विपक्षीय हित र चासोका…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिमका ३२ ठाउँमा खेल मैदान निर्माण हुने

    अछाम: सुदूरपश्चिम प्रदेशका ३२ स्थानमा खेलमैदान निर्माण तथा सुधार गरिने भएको छ। प्रदेशसभा निर्वाचन क्षेत्रका ३२ वटै स्थानमा खेलमैदान निर्माण एवं सुधार कार्यक्रमअन्तर्गत निर्माण तथा सुधार गरिने भएको हो। खेलमैदान निर्माणका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षमा रु छ करोड ४० लाख विनियोजन गरेको छ। एउटा खेलमैदानका लागि रु २० लाखका दरले बजेट विनियोजन गरिएको सामाजिक विकास मन्त्रालयको…

    विस्तृतमा पढ्नुस्

  • सात सचिवको सरुवा, पर्यटन मन्त्रालयका सचिव कृष्ण देवकोटा युवामा, अरु कुन मन्त्रालयमा को पुगे?

    सात सचिवको सरुवा, पर्यटन मन्त्रालयका सचिव कृष्ण देवकोटा युवामा, अरु कुन मन्त्रालयमा को पुगे?

    काठमाडौँः सरकारले सात सचिवको सरुवा गरेको छ। अवकाशको समय नजिकै रहेका पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ। पर्यटन मन्त्रालयमा युवा तथा खेलकुद मन्त्रालयका मोहनकृष्ण सापकोटालाई ल्याएको छ। खानेपानीमन्त्री बिना मगरसँग विवाद परेपछि सचिव गजेन्द्र ठाकुरलाई नेपाल ट्रष्टको कार्यालयमा सरुवा गरिएको छ। प्रधानमन्त्री कार्यालयका दीपेन्द्रनाथ शर्मालाई खानेपानी मन्त्रालय ल्याइएको छ। रक्षा मन्त्रालयका विष्णुप्रसाद लम्साल प्रधानमन्त्री कार्यालयमा र प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश ३ को अध्यक्षमा पोखरेल सर्वसम्मत चयन

    गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश ३ को अध्यक्षमा पोखरेल सर्वसम्मत चयन

    किर्नेटारः गाउँपालिका राष्ट्रिय महासंघ प्रदेश नं ३ कमिटीको अध्यक्षमा दोलखाको तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेल सर्वसम्मत चयन भएका छन्। तामाकोशी गाउँपालिकाको किर्नेटारमा मङ्गलबार सम्पन्न बन्दसत्रले पोखरेललाई प्रदेश कमिटीको अध्यक्षमा चयन गरेको हो। अधिवेशनले रामेछापको सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामालाई उपाध्यक्ष, धादिङको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष विनोदराज तिमल्सिनालाई सचिव, सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पौडेललाई सहसचिव र धादिङको ज्वालामुखी गाउँपालिकाका उपाध्यक्ष जानुका…

    विस्तृतमा पढ्नुस्

  • पर्वतमा ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु

    पर्वतमा ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु

    पर्वतः विहादी गाउँपालिका–५ उराममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। ध १ च ३१५ नम्बरको ट्याक्टर उरामको हाडीखर्कमा मङ्गलबार दुर्घटना हुँदा स्थानीयवासी पदमबहादुर नेपाली र विक्कु केसीको मृत्यु भएको हो। नेपालीको घटनास्थलमै तथा केसीको उपचारका लागि स्याङ्जा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ट्याक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक…

    विस्तृतमा पढ्नुस्

  • लगानीकर्ता खोज्न अर्थमन्त्री खतिवडा लण्डन प्रस्थान, नेपाल विकास सम्मेलनका ‘कि नोट स्पिकर'

    लगानीकर्ता खोज्न अर्थमन्त्री खतिवडा लण्डन प्रस्थान, नेपाल विकास सम्मेलनका ‘कि नोट स्पिकर'

    काठमाडौँः प्रस्तावित लगानी सम्मेलनमा अधिकतम विदेशी लगानी भित्र्याउन अर्थमन्त्री आफैंले पहल थालेका छन्। यसका लागि अर्थमन्त्री डा युवराज खतिवडा मंगलबार लण्डन प्रस्थान गरेका छन्। लण्डन बसाइका क्रममा अर्थमन्त्री खतिवडाले नेपाली राजदूतावासले आयोजना गर्ने नेपाल विकास सम्मेलनमा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम छ। नेपाल विकास सम्मेलनमा बेलायतका लगानीकर्तालाई आमन्त्रण गरिएको छ। त्यसैगरी मन्त्री खतिवडाले बेलायतस्थित गैरआवासीय नेपालीका प्रतिनिधि तथा नेपाल–बेलायत चेम्बर अफ…

    विस्तृतमा पढ्नुस्

  • च्याम्पियन्स लिग : लिभरपुल र वायर्नले खेले गोलरहित बराबरी

    च्याम्पियन्स लिग : लिभरपुल र वायर्नले खेले गोलरहित बराबरी

    युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा लिभरपुल र वायर्नले बराबरी खेलेका छन्। लिभरपुलको घरेलु मैदानमा भएको खेल गोलरहित बराबरीमा सकिएको हो। लिभरपुलले घरेलु मैदानमा पाएको सदुपयोगमा गोल गर्न नसक्दा दोस्रो लेग कठिन बन्ने देखिएको छ। यस सिजन समूह चरणमा खेलेका तीन वटै अवे क्लब विरुद्धको खेलमा लिभरपुल पराजित भएको थियो। लिभरपुल अवे मैदानमा नेपोलीसँग १-० ले, रेड…

    विस्तृतमा पढ्नुस्

  • च्याम्पियन्स लिग : बार्सिलोना लियोनसँग बराबरीमा रोकियो, २५ सट हाने पनि गोल गर्न सकेन

    च्याम्पियन्स लिग : बार्सिलोना लियोनसँग बराबरीमा रोकियो, २५ सट हाने पनि गोल गर्न सकेन

    स्पानिस जायन्ट बार्सिलोना युरोपियन च्याम्पियन्स लिग प्रिक्वाटरफाइनलको पहिलो लेगमा फ्रेन्च क्लब लियोनसँग बराबरीमा रोकिएको छ। कूल २५ सट प्रहार गरेपनि एक गोल गर्न नसक्दा बार्सिलोनालाई लियोनले गोलरहित बराबरीमा रोकेको हो। बार्सिलोनाका स्टार खेलाडीहरु लियोनल मेसी, लुइस सुअरेज, फिलिप काउटिन्होको प्रहार लियोनका गोलकिपर एन्टोनी लोपेजले बचाएका थिए। गोलकिपरले उत्कृष्ट प्रदर्शन गरेको दिन बार्सिलोनका मार्क टेर स्टेघनले पनि केही राम्रो बचाउ गरे।…

    विस्तृतमा पढ्नुस्

  • रेल र जल यातायातलाई समेट्न राष्ट्रिय यातायात नीति संशोधन गरिँदै  

    रेल र जल यातायातलाई समेट्न राष्ट्रिय यातायात नीति संशोधन गरिँदै  

    काठमाडौँः १७ वर्ष पुरानो राष्ट्रिय यातायात नीति संशोधन हुने भएको छ। भौतिक योजना तथा यातायात मन्त्रालयले राष्ट्रिय यातायात नीति, २०५८ को संशोधनको तयारी भइरहेको जनाएको छ। नीति पुरानो र समयानुकूल नभएकाले संशोधन गर्न लागिएको मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले बताए। उनका अनुसार त्यति बेलाभन्दा अहिले यातायातका क्षेत्रमा धेरै खालका परिवर्तन आए पनि ती परिवर्तनलाई नीतिले समेटेको छैन। पहिले यातायात भन्नाले सडक यातायात…

    विस्तृतमा पढ्नुस्

  • आहा रारा गोल्डकप भोलिदेखि, विदेशीसहित १० टिम सहभागी हुने

    आहा रारा गोल्डकप भोलिदेखि, विदेशीसहित १० टिम सहभागी हुने

    कास्कीः पोखराको पुरानो र प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता ‘आहा रारा गोल्डकप’मा दुई विदेशीसहित १० टिम सहभागी हुने भएका छन्। पोखरालाई खेलकूद शहरकहा रुपमा स्थापित गराउने उद्देश्यअनुरुप यही फागुन ९ देखि १८ गतेसम्म पोखरा रङ्गशालामा १७औँ संस्करणको प्रतियोगिता हुँदैछ। शहीद स्मारक लिग विजेता मनाङ मर्स्याङ्दी, त्रिभुवन आर्मी क्लब, एपीएफ र नेपाल पुलिस क्लब सहभागी हुनेछन्। धरान फुटबल क्लब, युनाइटेड…

    विस्तृतमा पढ्नुस्

  • बागलुङ जीप दुर्घटना, मृत्यु हुनेको संख्या चार पुग्यो

    बागलुङ जीप दुर्घटना, मृत्यु हुनेको संख्या चार पुग्यो

    बलेवाः बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीमा मङ्गलबार जीप दुर्घटना हुँदा मर्ने यात्रुको सङ्ख्या चार पुगेको छ। ध १ ज ७९१ नम्बरको जीप छिस्तीको रापुङ्गभीरमा दुर्घटना हुँदा जनकल्याण माध्यमिक विद्यालयका लेखापाल तुलसी पुन, सोही विद्यालयमा अध्ययनरत छात्रा एलिना पुन, प्रियंका पुन र ज्योति पुनको मृत्यु भएको जैमिनी नगरपालिका–८ छिस्तिका वडासदस्य कर्णसिंह पुनले जानकारी दिए। दुर्घटनामा १२ जना घाइते भएका छन्। घाइते धना…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell