PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

  • युद्धप्रसाद पुरस्कार शर्मालाई 

    युद्धप्रसाद पुरस्कार शर्मालाई 

    काठमाडौँः युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानले दाङका प्रगतिवादी कवि नारायण शर्मा अधिकारीलाई युद्धप्रसाद मिश्र स्मृति पुरस्कार प्रदान गरेको छ।  सोमबार राजधानीमा प्रतिष्ठानद्धारा आयोजित कार्यक्रममा पुरस्कार प्रदान गरिएको हो। पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ । कार्यक्रम प्रगतिवादी कवि वासुदेव अधिकारी पुस्कार अधिकारीलाई हस्तान्तरण गरेका थिए।  कार्यक्रममा मिश्रमाथि अनुसन्धान गरेका र उनकै विषयमा विद्यावारिधि गरेका डा. पशुपतिनाथ तिमल्सिनाले मिश्रलाई प्रथम गणतन्त्रवादी कवि…

    विस्तृतमा पढ्नुस्

  • सुरक्षा थ्रेट नभएका विशिष्ट व्यक्तिको पिएसओ खोसियोः कुन पूर्वमन्त्रीको कति सुरक्षाकर्मी?

    सुरक्षा थ्रेट नभएका विशिष्ट व्यक्तिको पिएसओ खोसियोः कुन पूर्वमन्त्रीको कति सुरक्षाकर्मी?

    काठमाडौँ: गृह मन्त्रालयले पूर्व प्रधानमन्त्री, पूर्व न्यायाधीश, पूर्वमन्त्री लगायत विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका सुरक्षा गार्ड (पिएसओ) लाई फिर्ता बोलाएको छ। सुरक्षा खतरा नभएका पूर्व विशिष्ट व्यक्तिहरूको सुरक्षाकर्मी फिर्ता बोलाइएको हो। अहिलेसम्म करीब तीन सय जना सुरक्षाकर्मी फिर्ता गरिएको हो। पूर्व मन्त्रीहरूले पनि १४ जनासम्म सुरक्षाकर्मी राखेका छन्। गृहमन्त्री रामबहादुर थापाले सार्वजनिक गरेको ८२ बुँदे गृह सुधार योजनामा गत वैसाख मसान्तसम्म अनावश्यक रूपमा…

    विस्तृतमा पढ्नुस्

  • आइसीसी वुमन्स वर्ल्ड कप क्वालिफायर : नेपालले मलेसियालाई दियो १२७ रनको लक्ष्य

    आइसीसी वुमन्स वर्ल्ड कप क्वालिफायर : नेपालले मलेसियालाई दियो १२७ रनको लक्ष्य

    काठमाडौँ : थाइल्याण्डमा भइरहेको आइसीसी वुमन्स वर्ल्ड कप क्वालिफायर एसिया मा नेपालले मेलसियलाई जितका लागि १२७ रनको लक्ष्य दिएको छ। बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १२६ रन बनाएको हो। टी २० अन्तर्राष्ट्रियमा नेपालको महिला ६िमले बनाएको यो अहिलेसम्मको उच्च स्कोर समेत हो। नेपालको लागि ओपनर सीता राना मगरले ४०…

    विस्तृतमा पढ्नुस्

  • भारत जाने नागरिकको तथ्याङ्क संकलन गर्न प्रदेश सरकारले सञ्चालनमा ल्यायो सीमा सहायता कक्ष

    भारत जाने नागरिकको तथ्याङ्क संकलन गर्न प्रदेश सरकारले सञ्चालनमा ल्यायो सीमा सहायता कक्ष

    कैलालीः कैलालीको त्रिनगर भन्सार नाकामा नागरिक सीमा साहायता कक्ष सञ्चालन भएको छ। सुदूरपश्चिम सरकारले सहायता कक्ष सञ्चालन गरेको हो। भारत जाने नेपालीहरुको तथ्याङ्क संकलनका लागि सहायता कक्ष सञ्चालन गरिएको प्रदेश सरकारले जनाएको छ। सहायता कक्षको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सोमबार उद्घाटन गरे पनि वैशाख१ गतेबाट मात्र सेवा सुरु हुने जनाइएको छ। सुदूरपश्चिमका अधिकांश नागरिक मजदुरीका लागि भारत जाने गरेका…

    विस्तृतमा पढ्नुस्

  • स्वस्थानी व्रत आजदेखि समापन हुँदै, शालीनदीमा भक्तजनको भीड

    स्वस्थानी व्रत आजदेखि समापन हुँदै, शालीनदीमा भक्तजनको भीड

    काठमाडौँः हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा आज माघ शुक्ल पूर्णिमाका दिन पूजाआजा गरी सम्पन्न गरिँदैछ। व्रत बस्ने प्रत्येक महिलाले महिनाभर नुहाई मध्याह्नमा श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पूण्य मिल्ने तथा मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ। सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाह अनुसार निराहार रहेर…

    विस्तृतमा पढ्नुस्

  • विकास र समृद्धिको नेपालीको चाहना पूरा हुन्छः प्रम

    विकास र समृद्धिको नेपालीको चाहना पूरा हुन्छः प्रम

    काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौँदेखिको विकास र समृद्धिको नेपाली चाहना अब पूरा हुने विन्दुमा आइपुगेको बताएका छन्। ६९औँ प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले मुलुक समृद्धिमा बढेको हुनाले दशकौँदेखिको विकास र समृद्धिको नेपालीको चाहना अब पूरा हुने क्रममा रहेको बताए। वर्तमान सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यका साथ आर्थिक एवं सामाजिक रुपान्तरणका लागि केन्द्रित भएको उनको शुभकामना सन्देशमा उल्लेख…

    विस्तृतमा पढ्नुस्

  • समृद्ध नेपाल निर्माण गर्न सबै अग्रसर हुनुपर्छः उपराष्ट्रपति

    समृद्ध नेपाल निर्माण गर्न सबै अग्रसर हुनुपर्छः उपराष्ट्रपति

    काठमाडौँः उपराष्ट्रपति नन्दबहादुर पुनले स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिका लागि अग्रसर हुन सबै तहका सरकार, राजनीतिक दललगायत सरोकार भएका पक्षलाई आग्रह गरेका छन्। प्रजातन्त्र दिवसका अवसरमा शुभकामना दिँदै उपराष्ट्रपति पुनले नेपाली जनताले ऐतिहासिक जनआन्दोलनबाट निरङ्कुश जहानियाँ राणाशासन ढालेर प्रजातन्त्र स्थापना गरेको फागुन ७ गौरवपूर्ण र अविस्मरणीय दिनमा प्रजातन्त्र प्राप्तिको सङ्घर्षमा आफ्नो जीवन उत्सर्ग गर्ने वीर वीराङ्गनाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै…

    विस्तृतमा पढ्नुस्

  • प्रजातन्त्रको लाभ आम नागरिकले पाउनुपर्छः तिमिल्सिना

    प्रजातन्त्रको लाभ आम नागरिकले पाउनुपर्छः तिमिल्सिना

    काठमाडौँः राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ६९औँ प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गरेका छन्। अध्यक्ष तिमिल्सिनाले दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रजातन्त्रको लाभ आम नागरिकले प्राप्त गर्नसक्ने वातावरण सृजना गर्दै प्रजातन्त्रलाई थप दरिलो, जनमुखी एवम् समावेशी गराउन सबैले आफ्नो ठाउँबाट योगदान गर्न आह्वानसमेत गरेका छन्। संविधानको मर्मअनुरुप…

    विस्तृतमा पढ्नुस्

  • एफए कप : चेल्सीलाई हराउँदै म्यानचेष्टर युनाइटेड क्वाटरफाइनलमा

    एफए कप : चेल्सीलाई हराउँदै म्यानचेष्टर युनाइटेड क्वाटरफाइनलमा

    म्यानचेष्टर नाइटेड एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। गएराती भएको अन्तिम प्रि क्वाटरफाइनल खेलमा प्रिमियर लिगकै चेल्सीलाई २- ० ले पराजित गर्दै युनाइटेडले अन्तिम आठमा स्थान बनाएको हो। चेल्सीको मैदानमा युनाइटेडलाई जित दिलाउन आन्द्रे हरेरा र पउल पोग्वाले पहिलो हाफमा गोल गरे। युनाइटेडले अब क्वाटरफाइनलमा वल्भ्ससँग खेल्नेछ। यस्तै मयानचेष्टर सिटीले स्वान्सी सिटी, क्रिस्टल प्यालेसले वाटफोर्ड तथा ब्राइटनले मिलवालसँग खेल्नेछ।…

    विस्तृतमा पढ्नुस्

  • राजस्वका पूर्वअधिकृत रिजालविरुद्ध तीन करोडको अकुत सम्पत्ति मुद्दा दायर

    राजस्वका पूर्वअधिकृत रिजालविरुद्ध तीन करोडको अकुत सम्पत्ति मुद्दा दायर

    काठमाडौँः अवकाशको करिब एक वर्षपछि राजश्व अनुसन्धान विभाग ललितपुरका तत्कालीन शाखा अधिकृत रामजी रिजालविरुद्ध अख्तियारले अकुत सम्पत्तिमा मुद्दा चलाएको छ। पदमा रहँदा गैरकानुनी रूपमा करिब तीन करोड स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । ३४ वर्षको सरकारी सेवाबाट रिजालले ०७४ वैशाखमा अवकाश पाएका थिए। अख्तियारले छानबिनका लागि लिइएको जाँच अवधिमा रिजालको पारिश्रमिक आय¸…

    विस्तृतमा पढ्नुस्

  • महान्यायाधिवक्ता कार्यालयको अख्तियारलाई रायः पाठकमाथि छानबिन गर्न मिल्छ, यस्तो छ कानुनी आधार

    महान्यायाधिवक्ता कार्यालयको अख्तियारलाई रायः पाठकमाथि छानबिन गर्न मिल्छ, यस्तो छ कानुनी आधार

    काठमाडौँः महान्यायाधिवक्ताको कार्यालयले घुस लिएको अभियोग लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकमाथि अख्तियारले छानबिन गर्न मिल्ने राय पठाएको छ। आइतबार अख्तियकारका आयुक्तहरुको परामर्शपछि आयोगले महान्यायाधिवक्ता कार्यालयसँग राय मागेको थियो। राय माग गरिएको पत्र सोमबार महान्यायाधिवक्ता कार्यालयमा प्राप्त भएको थियो।  आयोगको पत्राचार अनुसार सोमबार अपराह्न कार्यालयले आयोगलाई राय पठाएको हो।  रायमा कार्यालयले संविधानको अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८…

    विस्तृतमा पढ्नुस्

  • बार एसोसिएसनको अध्यक्षमा ९ जनाको उम्मेदवारी

    बार एसोसिएसनको अध्यक्षमा ९ जनाको उम्मेदवारी

    काठमाडौँ : कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि मनोनयन दर्ता गराएका छन्। अध्यक्ष पदको लागि ८ जनाले उम्मेद्वारी दिएका हुन्। अध्यक्षमा नेकपा निकट कानुन व्यवसायीको सङ्गठन नेपाल लयर्स एसोसिएसन (एनएलए) ले चण्डेश्वर श्रेष्ठलाई अघि सारेको छ। यस्तै, कांग्रेसस निकट कानुन व्यवसायीको सङ्गठन डेमोक्र्याटिक लयर्स एसोसिएसन (डिएलए) ले सुनील पोखरेललाई उम्मेदवार बनाएको छ। अध्यक्षका लागि अधिवक्ता विराटकुमार…

    विस्तृतमा पढ्नुस्

  • पलेँटीको नयाँ श्रृङ्खलामा ‘नेपाली संगीतमा महिलाको संलग्नता र योगदान’

    पलेँटीको नयाँ श्रृङ्खलामा ‘नेपाली संगीतमा महिलाको संलग्नता र योगदान’

    काठमाडौं: नेपालयको लघु–सांगीतिक कार्यक्रम ‘पलेँटी शृंखला’ फेब्रुअरी महिनादेखि पुन: सुरु हुने भएको छ। अंग्रेजी महिनाको अन्तिम शुक्रवार एकदिन मात्र हुने गरेको पलेँटी कार्यक्रम महिना शनिवार र आइतबारसहित तीन दिन गर्ने तयारीका लागि स्थगित भएको थियो। आउँदो शुक्रबार सुरु हुने पलेँटीको नयाँ श्रृङ्खला ‘नेपाली संगीतमा महिलाको संलग्नता र योगदान’ नारासहित महिला गायनमा केन्द्रित हुने भएको छ। त्यसैले यो पलेँटी नेपाली आधुनिक…

    विस्तृतमा पढ्नुस्

  • टेलिकमको टावर निर्माण गर्न छतमा चढेका युवकको खसेर मृत्यु

    टेलिकमको टावर निर्माण गर्न छतमा चढेका युवकको खसेर मृत्यु

    काठमाडौँः छतबाट खसेर एक जनाको मृत्यु भएको छ। भारत उत्तर प्रदेश तिलिमोत घर भएका ३३ वर्षीय बसन्तलाल राठौरको मृत्यु भएको हो। काठमाडौं महानगरपालिका ११ बबरमहलस्थित नेपाल दूरसंचार भवनको सातौ तलाको छतमा रहेको टावर मर्मत गर्ने क्रममा अचानक खसेर गम्भीर घाइते भएका राठौरको थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्‍याइएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

    विस्तृतमा पढ्नुस्

  • कर्माको 'किचकिचे माया' आना शर्मा

    कर्माको 'किचकिचे माया' आना शर्मा

    काठमाडौं : क्यूएफएक्स सिनेमाज् प्रमुख नकिम उद्दिन निर्मित नेपालमा बनेको अंग्रजी फिल्म 'द म्यान फ्रम काठमाडौं' प्रदर्शनको तयारीमा छ। प्रदर्शन नजिकिँदै जाँदा टिमले फिल्मको 'किचकिचे माया'बोलको गीत सार्वजनिक गरेको हो। सुजेन्द्र डि कार्कीको शब्द तथा संगीत रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार कर्मा र आना शर्मा फिचर्ड छन्। गीतको भिडियोमा सविन शाक्यको कोरियोग्राफी छ। पेमा धोन्डुप निर्देशित फिल्म चैत १ गतेदेखि प्रदर्शनमा आउनेछ। फिल्म…

    विस्तृतमा पढ्नुस्

  • डीपीएल : अत्तरिया प्लेअफमा

    डीपीएल : अत्तरिया प्लेअफमा

    काठमाडौँ : सिवाइसी अत्तरिया धनगढी प्रिमियर लिग (डीपीएल-३) को प्लेअफमा प्रवेश गरेको छ। दुई भारतीय खेलाडी जयकिसन कोल्सावाला र सन्नी पटेलको उत्कृष्ट ब्याटिङ अनी दिपेन्द्र ऐरी, भुवन कार्की र दिपेन्द्र रातवनको उत्कृष्ट ब्याटिङमा विराटनगर किंग्सलाई १० रनले पारजित गर्दै अत्तरियाले प्लेअफमा स्थान बनाएको हो। ४ खेलबाट ३ जितसहित ६ अंक जोडेको अत्तरियाले अब लिगको अन्तिम खेलमा मंगलवार पहिलो स्थानको काठमाडौँ गोल्डेन्ससँग…

    विस्तृतमा पढ्नुस्

  • एसईई कप क्रिकेट हुने

    एसईई कप क्रिकेट हुने

    काठमाडौँ : नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा ब्रमास्मी एसईई कप क्रिकेट २०७६ हुने भएको छ। एकेडेमीले सोमबार पत्रकार सम्मेलन गर्दै २०७५ सालमा एसईई परिक्षा दिएका विद्ययार्थीलाई मध्यनजर गर्दै प्लस टु लेभल र स्कुललाई समावेश गर्दै प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो। प्रतियोगिता ५० ओभरको हुनेछ। एकेडेमीका अध्यक्ष भरत बहादुर शाहीका अनुसार प्रतियोगिताका लागि चैत २२ गतेदिख देशका प्रमुख ११ स्थानमा ट्यालेन्ट…

    विस्तृतमा पढ्नुस्

  • बुलबुलको पोस्टर हटाउन प्रहरीको निर्देशन

    बुलबुलको पोस्टर हटाउन प्रहरीको निर्देशन

    काठमाडौँ : गत शुक्रवारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र बुलबुलको पोस्टर हटाउन प्रहरीले निर्देशन दिएको छ।  चलचित्रको लागि टाँसिएका पोस्टरमा मदिराको विज्ञापन भएकाले प्रहरीले नियम विपरीत भएको भन्दै हटाउन निर्देशन दिएको हो। चलचित्र निर्माण पक्षलाई आइतबार महानगरीय प्रहरी परिसर काठमाडौँमा बोलाएर हटाउन आग्रह गरेको परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए। फिल्मलाई विनोद पौडेलले निर्देशन गरेका हुन्। निर्माण पक्षले पोस्टर हटाउने भएको…

    विस्तृतमा पढ्नुस्

  • डीपीएल : रुपन्देही प्लेअफमा, साविक विजेता धनगढीले एक खेल पनि जित्न सकेन

    डीपीएल : रुपन्देही प्लेअफमा, साविक विजेता धनगढीले एक खेल पनि जित्न सकेन

    धनगढी : साविक विजेता धनगढी स्टार्स धनगढी प्रिमियर लिग डीपीएल ३ मा एक खेल पनि नजिती बाहिरिँदा रुपन्देही च्यालेन्जर्स प्लेअफ पुग्ने दोस्रो टिम बनेको छ। सोमबार भएको खेलमा धनगढिलाई ३९ रनले पराजित गर्दै रुपन्देहीले शीर्ष चारमा स्थान पक्का गरेको हो। उता धनगढीले खेलेको ४ वटै खेल हार्दा एक खेल भने वर्षाले रद्भ भएपछि अंक बाँडेको थियो। पाँचै खेल खेलिसकेको रुपन्देही…

    विस्तृतमा पढ्नुस्

  • 'साँझ परेपछि'मा दयाहाङ राईसँगै दुई नयाँ अनुहार

    'साँझ परेपछि'मा दयाहाङ राईसँगै दुई नयाँ अनुहार

    काठमाडौं :  फिल्म 'आप्पा'को नयाँ गीत सार्वजनिक भएको छ। दयाहाङ राई अभिनित फिल्मको 'साँझ परेपछि नि लै लै'बोलको उक्त गीतले दुई कलाकारको परिचय दिन्छ। गीतबाट सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चाको चरित्र भुमिका देखाइएको छ। निर्देशक अनमोल गुरुङको शब्द तथा संगीत रहेको गीतमा गुरुङ र स्नेहश्री थापाको स्वर छ। जेठ २४ गतेबाट रिलिज हुने फिल्मले बाबु छोराको सम्बन्धको कथा समेटेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell