बैतडीः दार्चुलाको मार्मामा स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगीको हत्या भएको छ। मार्मा गाउँपालिका–१ घोल्जर घर भई गुल्जर स्वास्थ्यचौकीमा कार्यरत ४६ वर्षीय अंगवीरसिंह ठगुन्नाको मङ्गलबार हत्या भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिए। ठगुन्नाको घरमै हत्या भएको थियो। प्रहरी टोली घटनास्थलमा पुगेको छ। ठगुन्नाको साथमा रहेको रु १० लाखसमेत हत्याराले लुटेर लगेको स्थानीयवासी दिनेश सिंहले जानकारी दिए। घरमा…
इन्डोनेसियामा भइरहेको १८औँ एसियाडमा नेपाली तेक्वान्दो खेलाडी विर बहादुर महरा अन्तिम १६ मा प्रवेश गरेका छन्। पुरुष ६३ केजी मुनी तौल समूहमा बुधवार भएको खेलमा विले अफगानि खेलाडी अहमद बस्कीलाई २४-१३ ले पराजित गर्दै प्रिक्वाटरमा स्थान बनाए। विर महराले अब अन्तिम १६ मा काज्बेक बाक्तीयाश्रलीसँग प्रतिस्पर्धा गर्नेछन्।
काठमाडौँः कुनै पनि फौजदारी कसुरको अभियोगमा पक्राउ परेका व्यक्तिलाई अभियोपत्र (मुद्दा) दायर नभएसम्म अब प्रहरीले सार्वजनिक गर्न नपाउने गरी कानुनी व्यवस्था प्रस्तावित भएको छ। अहिले प्रहरीले कुनै पनि अभियोगमा अभियुक्त पक्राउ गर्नसाथ सार्वजनिक गर्ने गरेको छ। तर, सरकारले मंगलबार संसद्मा दर्ता गरेको वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा अभियोपत्र दायर नभएसम्म सम्बन्धित अधिकारीले अभियुक्त सार्वजनिक गर्न नमिल्ने प्रस्ताव गरेको…
क्यारेवियन प्रिमियर लिग (सीपीएल) मा युवा स्पिनर सन्दीप लामिछानेले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएका छन्। बुधबार बिहान सेन्ट लुसियामाथि उनको टिमले ७ विकेटको जित हासिल गर्दा सन्दीपले २ विकेट लिए। चौथो खेलमा पनि सन्दीपले उत्कृष्ट प्रदर्शन जारी राखेका हुन्। सीपीएलको डेब्यु खेलमा उनले चार ओभर बलिङ गर्दै १२ रन खर्चेर २ विकेट लिएका थिए। उनले लुसियाका डेविड वार्नर र अहमद क्वेजको…
पोखराः मुस्लिम धर्मावलम्बीले आफ्नो प्रसिद्ध पर्व बकर–इद आज उत्साहका साथ मनाइरहेका छन्। तीन दिनसम्म मनाइने यस पर्वलाई ‘इद–उल–जुहा’ पनि भन्ने गरिन्छ। यसलाई बलिदानीको पर्वका रुपमा लिइन्छ। मुश्लिम महिना जुल हिज्जाको दशौँ दिन यो पर्व मनाउने गरिन्छ। बकर–इदका अवसरमा पोखराको इदगाहमा मुश्लिम धर्मालम्बीले पवित्रताका साथ आज बिहानैदेखि भेला भई नवाज पढेर पर्वको शुभारम्भ गरिएको अलि मियाँ बाङ्मय प्रतिष्ठान पोखराका अध्यक्ष एवं धर्मगुरु…
इन्डोनेसियामा भइरहेको १८औँ एसियाडअन्तर्गत महिला टेनिस डबल्समा नेपालका माहिका र मायांका राणाको जोडी प्रिक्वाटरफाइनलमा पराजित भएका छन्। बुधवार भएको अन्तिम १६ को खेलमा जुम्लाहा दिदीबहिनीको जोडी जापानी जोडीसँग २-० को सोझो सेटमा पराजित भए। जापनका मोयुका यचिजिमा र एरिना हायासीको जोडीले राणा दिदीबहिनीको जोडीलाई ६-०, ६-० को सेटमा हराए। राडा जोडीको हारपछि एसियाडमा टेनिसतर्फ नेपालको चुनौती समाप्त भइसकेको छ।
काठमाडौँ : मलेसियामा हुने एसिया कप छनोट क्रिकेटको तयारीका लागि हाल श्रीलंकामा रहेको नेपाली क्रिकेट टिमले आज पहिलो अभ्यास खेल खेलिरहेको छ। श्रीलंकाको आर्मी क्रिकेट क्लबसँग टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४८.४ ओभरमा १९४ रनमा अलआउट भएको छ। नेपालको लागि बरिफ शेखले सर्वाधिक ८९ रन बनाएपनि अन्य खेलाडीले राम्रो खेल्न सकेनन्। आरिफले एक छेउबाट इनिङ्स सम्हालेपनि अर्को छेबाट नेपालको…
युरोपियन फुटबलको सर्वोच्च संस्था युइएफए ले इंगलिस फुटबलर डेभिड बेकहमलाई युइएफए प्रेसिडेन्ट अवार्ड प्रदान गर्ने भएको छ। अर्को साता मोनाकोमा हुने समारोहमा युएईएले बेकहमलाई प्रेसिडेन्ट अवार्डबाट सम्मान गर्न लागेको हो। फुटबलमा पुर्याएको योगदान र उनले मानव हितमा गरेको कार्यको कदर गर्दै बेकहमलाई उक्त सम्मान दिइन लागेको युइएफले जनाएको छ। युइएफए का अध्यक्ष एलेक्जान्डर केफेरिनले म्यानचेष्टर युनाइटेड र रियल मड्रिडका पूर्व…
एसियन गेम्समा पहिलो पटक समावेश गरिएको प्याराग्लाइडिङमा आयोजक इन्डोनेसियाको टिमले पुरुष टिम एक्कुरेसीमा स्वर्ण पदक जितेको छ। १८औँ एसियाड अन्तर्गत बुधवार सम्पन्न पुरुष टिम स्पर्धामा इन्डोनेसियाले स्वर्ण जित्दा कोरियाले रज्त तथा थाइल्याण्डले कास्य जित्यो। पुरुष टिम एक्कुरेसीमा नेपाली पुरुष टोली भने १५ टोली मध्ये आठौ भयो। यस्तै महिला टिम एक्कुरेसीमा ९ टिममध्ये नेपाल सातौँ भयो। यस स्पर्धामा थाइल्याण्डले स्वर्ण जित्दा…
काठमाडौँ : इन्डोनेसियामा भइरहेको १८औँ एसियन गेम्स अन्तर्गत तेक्वान्दोका बुधवार नेपालका दुई पुरुष खेलाडी अन्तिम १६ मा पराजित भएका छन्। पुरुष ६३ केजीमुनी तौल समूहमा पहिलो खेल जितेका नेपालका विर बहादुर महरा अन्तिम १६ मा कजाखस्तानका काज्बेक बाक्तीयाश्रलीसँग ३०-१९ ले पराजित भए। यस्तै पुरुष ८० केजीमुनी सिधै अन्तिम १६ मा खेलेका नेपालका भुपेन श्रेष्ठ रमेश हुसानी २७-७ ले पराजित भए।…
इन्डोनेसियामा भइरहेको १८औँ एसियन गेम्स अन्तर्गत पुरुष भलिबलमा नेपाल पहिलो खेलमै पराजित भएको छ। ३२ वर्षपछि एसियन गेम्समा फर्केको नेपाल समूह डी को खेलमा चाइनपिज ताइपेईसँग ३-० ले पराजित भयो। प्रतिस्पर्धात्मक पहिलो सेटमा नेपालले राम्रो प्रदर्शन गरेपनि २५-२३ ले गुमाएको थियो। पहिलो सेट हारेपछि नेपाल दोस्रो र तेस्रो सेटमा भने २५-१९ र २५-१५ ले सहजै पराजित भयो। पहिलो सेटमा राम्रो…
१८ औं एसियाडअन्तर्गत भारोत्तोलनमा सञ्जु चौधरीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन्। उनले महिलाको ५३ केजी तौल समूहतर्फ स्न्याच, क्लिन एन्ड जर्क र समग्रमा गरी तीन कीर्तिमान बनाएकी हुन्। सन्जुले जकार्ताको जेआई एक्स्पो हलमा मंगलबार स्यान्चमा ७२ र क्लिन एन्ड जर्कमा ८६ केजी भार बहन गर्दै समग्रमा १५८ केजी तौल उचालिन्। तीन महिना अघि उनले काठमाडौंमा अन्तर क्लब प्रतियोगितामा स्यान्चमा ७१…
युद्धका बीच प्रार्थना मुस्लिमहरुको महान चाँड इद अल-अधाका अवसरमा विश्वभर विभिन्न कार्यक्रम आयोजना गरिएको छ। यसैक्रममा युद्धग्रस्त राष्ट्र सिरियाका राष्ट्रपति बसर असाद राजधानी दमास्कस स्थित अल-राउडा मस्जिदमा इद अल-अधाका अवसरमा प्रार्थना गर्दै। रसियन ह्याकरविरुद्ध माइक्रोसफ्टको जित रसियाले अमेरिकाका कन्सर्भेटिभ समूहमाथि लक्षित गरेको साइबर आक्रमण असफल भएको माइक्रोसफ्टले जनाएको छ। माइक्रोसफ्टका अनुसार रसियन ह्याकरहरुले अन्तर्राष्ट्रिय रिपब्लिकन केन्द्र, हडसन इन्स्टिच्युट र विभिन्न…
काठमाडौँ : अखिल नेपाल फुटबल संघ एन्फाले विभिन्न विभागको संयोजक चयन गरेको छ। मंगलवार बसेको एन्फाको बैठकलले दर्जन भन्दा बढी विभागको संयोजक र उपसंयोजक तोकेको हो। फुटबल गतिविधिलाई चुस्त बनाउनका लागि एन्फाले उक्त विभागको संयोजक तोकेको जनाएको छ। यस्तै तपेशवर राउतलाई केन्द्रिय सदस्य नियुक्त गरेको छ। एन्फाका चार उपाध्यक्षमध्ये पंकज विक्रम नेम्वाङलाई सदस्य संघ समिति, उपेन्द्र मान सिंहलाई युवा फुटबल…
काठमाडौँ : सन् २०१९ मा हुने एएफसी यू-१८ महिला च्याम्पियनको छनोट चरणको खेलतालिका सार्वजनिक भएको छ। आगामी सेप्टेम्वरमा नेपालमै आयोजना हुने छनोटको समूह ई को खेल तालिका सार्वजनकि भएको हो। नेपाल सम्मिलित समूह ई मा फिलिपिन्स, म्यानमार र मलेसिया छन्। यस समूहका खेलहरु सेप्टेम्वर १९ देखि २३ तारिखसम्म हलचोक मैदानमा हुनेछ। नेपालले सेप्टेम्वर १९ मा फिलिपिन्ससँग पहिलो खेल खेल्नेछ। दोस्रो…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्जालमा जथाभावी पोस्ट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। समाजमा भ्रम तथा नकारात्मक दृष्टिकोणमा अफवाह फैलाएकाले पक्राउ गरेको महाशाखाका एसपी नरेन्द्र उप्रेतीले जानकारी दिए। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले भक्तपुर सूर्यविनायक नगरपालिका ३ का ४१ वर्षीय होमनाथ सिग्देललाई पक्राउ गरेको हो। उनी रोशी गाउँपालिका वडा नम्बर ५ का सचिव (नायव सुब्बा) हुन्। …
काठमाडौं : इन्डोनेसिया भइरहेको १८औं एसियन गेम्सअन्तर्गत भारोत्तोलनमा नेपालकी सन्जु चौधरीले मंगलवार नया राष्ट्रिय किर्तीमान बनाएकी छिन्। सन्जुले महिला ५३ केजी तौल समूहमा तीन राष्ट्रिय किर्तीमान बनाइन्। तर एसियाका अनय खेलाडीहरुसँग भने सन्जुको प्रदर्शन राम्रो हुन सकेन। १२ खेलाडीले प्रतिस्पर्धा गरेकोमा सन्जु अन्तिम स्थानमा रहिन्। सन्जुले स्न्याचमा ७२ केजी र क्लिन एण्ड जर्कमा ८६ केजी गरी कुल १५८ केजी तौल…
नेपथ्य तेश्रोपटक बेलायतमा प्रस्तुत हुनेभएको छ। पाँच वर्षअघि विम्बले एरेनामा प्रस्तुती दिएको र त्यसैलाई पछ्याउँदै तीन वर्षअघि लण्डनकै ओ टु एकेडेमी ब्रिक्सटनमा प्रस्तुत भएको नेपथ्यले फेरि आफूलाई ओ टु एकेडेमीमै उभ्याउँदैछ। यसै सेप्टेम्बरको १ तारिख (भदौ १६ गते) का दिन बेलायतमा प्रदर्शनको तयारी ब्याण्डले सुरु गरिसकेको छ। कार्यक्रमका निम्ति ओ टु एकेडेमीले पहिलेजस्तै अनलाइन बुकिङको समेत ब्यवस्था गरेको छ। ‘हामीले…
काठमाडौं : पूर्व राजदूत केशव झाको मृत्यु शंकास्पद रहेको भन्दै प्रहरीले नियन्त्रणमा लिएका तीन जनाविरुद्ध अनुसन्धानका लागि अदालतबाट ५ दिनको म्याद लिइएको छ। काठमाडौं जिल्ला अदालतबाट म्याद म्याद लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले जानकारी दिए। सोमवार बिहान बबरमहलस्थित निवासमा झा मृत अवस्थामा फेला परेका थिए। प्रारम्भिक अनुसन्धानबाट छुरा प्रहार गरी हत्या भएको प्रहरीको अनुमान छ।…
काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपमा दिने ब्याजदर र ऋणमा लिने ब्याजदरमा धेरै अन्तर रहेकाले त्यसबारेको योजना राष्ट्र बैंकसँग माग गरिएको छ। आज बसेको अर्थ समितिको बैठकमा सांसदहरुले बैंक तथा वित्तीय संस्थाहरुले ऋणमा धेरै ब्याज लिने गरेको तर पैसा जम्मा गर्दा थोरै ब्याज दिने गरेको गुनासो गरेका थिए। सोही आधारमा समितिले राष्ट्र बैंकसँग ब्याजदर बारेको निर्देशन र भावी योजना…