PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

  • भाइवमा 'डान्स वर्क्ससप' हुँदै

    भाइवमा 'डान्स वर्क्ससप' हुँदै

    काठमाडौँः नयाँ बजारमा रहेको भाइव इन्टरनेसनल डान्स स्कुलमा 'डान्स वर्क्ससप' सुरु भएको छ। वर्क्ससपमा अमेरेकी नृत्य प्रसिक्षक ब्रिटिनि अगुइलरले डान्स सिकउँदैछिन्। ८ दिनसम्म चल्ने उक्त वर्कशपमा अन्य दुइ जना विदेशी प्रसिक्षकको पनि सहभागिता रहने स्कुलका संचालक इजिकेल परियारले बताए। नृत्यका विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय लेभलको नृत्य सिकाउन वर्कसप भइरहेको परियारले बताए।  

    विस्तृतमा पढ्नुस्

  • 'मन्नत' बाहिर दर्शक भेला

    'मन्नत' बाहिर दर्शक भेला

    बलिउड अभिनेता शाहरुख खानको घर 'मन्नत'मा बुधबार दर्शकको ओइरो नै थियो। हुन त 'मन्नत'को गेटमा शारुखका फ्यान फोटो खिच्नका लागि हरेकदिन पुग्ने गर्छन्। शारुखलाई भेट्न नपाए पनि मन्नतको गेटमा फोटो खिच्ने दर्शकको क्रेज छुट्टै छ। दर्शकको बाक्लो उपस्थिति त्यहाँ शारुखलाई बकर इदको शुभकामना दिन पुगेका थिए। आफ्ना छोरा अब्राहमलाई काँधमा बोकेर फ्यान माझ शारुख देखा परेका थिए। भारतीय मिडियाका अनुसार…

    विस्तृतमा पढ्नुस्

  • प्याराग्लाइडिङ पुरुष र महिला एक्कुरेसीतर्फ पनि नेपालले पदक जित्न सकेन, क्रस कन्ट्रीमा भोलीबाट प्रतिस्पर्धा हुने

    प्याराग्लाइडिङ पुरुष र महिला एक्कुरेसीतर्फ पनि नेपालले पदक जित्न सकेन, क्रस कन्ट्रीमा भोलीबाट प्रतिस्पर्धा हुने

    इन्डोनेसियामा भइरहेको १८औँ एसियाड अन्तर्गत प्याराग्लाइडिङको एक्कुरेसीतर्फ पनि नेपालले पदक जित्न सकेन। महिला र पुरुषको एक्कुरेसीतर्फ बिहीवार सम्पन्न अन्तिम चरणको खेलपछि पुरुषमा नेपालमा विजय गौतमले आठौँ स्थान हात पारे भने सुशील गुरुङ २४औँ स्थानमा रहे। यस विधामा कूल ३३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। जसमा आयोजक इन्डोनेसियाका जाफ्रो मेगावान्तोले स्वर्ण, थाइल्याण्डका जिरासेक विटथामले रजत तथा दक्षिण कोरियाका चुल्सो लुले कास्य जिते। यस्तै…

    विस्तृतमा पढ्नुस्

  • एसियाड : स्पोर्ट्स क्लाइम्बिङमा नेपालका दुवै खेलाडी अन्तिममा

    एसियाड : स्पोर्ट्स क्लाइम्बिङमा नेपालका दुवै खेलाडी अन्तिममा

    इन्डोनेसियामा भइरहेको १८औँ एसियाड अन्तर्गत स्पोर्ट्स क्लाइम्बिङमा नेपालका दुवै खेलाडी अन्तिम भएका छन्। जेएससी स्पोर्ट्स क्लाइम्बिङ हलमा मेन्स स्पिडमा प्रतिस्पर्धा गरेका नेपालका पेम्बा शेर्पा र प्रनिलमान श्रेष्ठ २६ र २७ औँ स्थानमा रहे। कूल २७ खाडीले प्रतिस्पर्धा गरेको य सस्पर्धामा नेपालका दुई खेलाडी अन्तिम दुई स्थानमा रहेका हुन्। अन्तिममा रहेपछि नेपालका दुवै खेलाडी क्वाटरफाइनलबाट बाहिरिए।

    विस्तृतमा पढ्नुस्

  • निर्मला पन्त हत्या प्रकरणः कञ्चनपुर तनावग्रस्त, थप प्रहरी मगाइयो

    निर्मला पन्त हत्या प्रकरणः कञ्चनपुर तनावग्रस्त, थप प्रहरी मगाइयो

    काठमाडौँ: बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको हत्याबारे प्रहरीले वास्तविकता बाहिर ल्याउन नसकेको भन्दै स्थानीयवासी र प्रहरीबीच झडप हुँदा कञ्चनपुर थप तनावग्रस्त बन्दै गएको छ। स्थिति नियन्त्रण लिन कञ्चनपुरमा कैलालीबाट थप प्रहरी समेत मगाइएको छ। सय जनाभन्दा बढीको सङख्यामा प्रहरी कैलालीबाट कञ्चनपुर पुगेका छन्। आज बिहानैदेखि स्थानीयवासी, व्यापारी, विभिन्न संघ-संस्थाका व्यक्तिहरु, विद्यार्थीहरू हत्याको सत्थतथ्य छानबिन गर्न माग गर्दै प्रदर्शनमा…

    विस्तृतमा पढ्नुस्

  • एसियाड : पेनकेक सिलातमा नेपालका विवेक पहिलो खेलमै पराजित

    एसियाड : पेनकेक सिलातमा नेपालका विवेक पहिलो खेलमै पराजित

    इन्डोनेसियामा भइरहेको १८औँ एसियाडमा नेपालका विवेक कुमार विक पेनकेक सिलातको पहिलो खेलमै पराजित भएका छन्। ६०-६५ केजी समूह अन्तर्गत बिहीवार भएको अन्तिम १६ को खेलमा नेपालका विवेक इरानमा मोहम्मद रहिमिबालाडेजाईसँग ५-० ले पराजित भए।

    विस्तृतमा पढ्नुस्

  • एसियाड : तेक्वान्दोमा नेपालको चुनौती समाप्त, ज्ञानेन्द्र र अस्मिता अन्तिम १६ मा पराजित

    एसियाड : तेक्वान्दोमा नेपालको चुनौती समाप्त, ज्ञानेन्द्र र अस्मिता अन्तिम १६ मा पराजित

    इन्डोनेसियामा भइरहेको १८औँ एसियाडमा तेक्वान्दवतर्फ नेपालको चुनौती समाप्त भएको छ। पदक जित्ने खेलको रुपमा हेरिएपनि नेपालका कुनै पनि खेलाडी पदकको छेउसमेत पुग्न सकेनन्। बिहीवार नेपालका दुई खेलाडी अन्तिम १६ मा पराजित भए। पुरुष ६८ केजीमुनी तौल समूहमा नेपालका ज्ञानेन्द्र हमालले अन्तिम ३२ मा भुटानका जिग्मे वाङचुकलाई ३९-१७ ले हराएपछि अन्तिम १६ मा भने मलेसियाका रोजाइमी रोजालीसँग ३०-२ ले हारे। महिला…

    विस्तृतमा पढ्नुस्

  • निजी विद्यालयसँग सरकार पुनः निरीह, 'निःशुल्क शिक्षाको कोटा घटाइयो'

    निजी विद्यालयसँग सरकार पुनः निरीह, 'निःशुल्क शिक्षाको कोटा घटाइयो'

    काठमाडौँः शिक्षा ऐन आठौँ संशोधनमार्फत नयाँ विद्यालय खोल्न बन्देज लगाउन सफल भएका निजी शैक्षिक व्यवसायी पुनः एकपटक सरकारमाथि हाबी भएका छन्। अनिवार्य र निःशुल्क शिक्षामा निजी विद्यालयको दायित्वलाई २५ प्रतिशतबाट १० प्रतिशतमा सीमित गर्न उनीहरू सफल भएका हुन्। सरकारले प्रारम्भिक रूपमा तयार पारेको अनिवार्य र निःशुल्क शिक्षासम्बन्धी विधेयकमा निजी विद्यालयले हरेक कक्षामा २५ प्रतिशत विद्यार्थी प्रतिस्पर्धाबाट छनोट गरी निःशुल्क रूपमा…

    विस्तृतमा पढ्नुस्

  • नुवाकोटमा करेन्ट लागेर एकको मृत्यु, दुई जना घाइते

    नुवाकोटमा करेन्ट लागेर एकको मृत्यु, दुई जना घाइते

    नुवाकोटः जिल्लाको लिखु गाउँपालिका–१ शान्तिबजारमा करेन्ट लागेर एकको मृत्यु भएको छ। सो घटनामा अन्य दुई घाइते भएका छन्। आज बिहान साढे ६ बजे विजुलीको पोल ढल्केर लत्रिएको तारमुनिबाट हिँड्ने क्रममा करेन्ट लागेर बेहोस हुनुभएकी लिखु–१ शान्ति बजारकी २३ वर्षीया तुलसा अधिकारीलाई उपचारका लागि विदुर ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सोही करेन्टमा परेर लिखु–१ शान्ति बजारकै…

    विस्तृतमा पढ्नुस्

  • संवैधानिक परिषद बैठक बस्दै, होला प्रधानन्यायाधीश सिफारिस?

    संवैधानिक परिषद बैठक बस्दै, होला प्रधानन्यायाधीश सिफारिस?

    काठमाडौँः संवैधानिक परिषदको बैठक आज बस्दैछ। संसदीय सुनुवाइ समितिबाट प्रस्तावित प्रधानन्यायाधीश अस्वीकृत भएपछि पहिलोपटक परिषद बैठक बोलाइएको हो। अघिल्लो बुधबार नै परिषद बैठक बोलाइए पनि प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि विदेश गएपछि बैठक स्थगित भएको थियो। परिषद बैठक बिहीबार साँझ ४ बजेका लागि तोकिएको छ। बैठकमा प्रधानन्यायाधीश सिफारिस तथा अख्तियारमा रिक्त प्रमुख आयुक्त सिफारिस लगायतका विषयमा…

    विस्तृतमा पढ्नुस्

  • त्रिविमा आर्थिक अनियमितता भएको नेविसंघको आरोप, छानबिन गर्न माग

    त्रिविमा आर्थिक अनियमितता भएको नेविसंघको आरोप, छानबिन गर्न माग

    काठमाडौँः नेपाल विद्यार्थी सङ्घले त्रिभुवन विश्वविद्यालयमा आर्थिक घोटाला तथा नीतिगत भ्रष्टाचार भएको भन्दै छानबिन गर्न माग गरेको छ। नेविसङ्घ त्रिभुवन विश्वविद्यालय समितिले युएसएआइडीमार्फत मानवशास्त्र सङ्कायका आएको रकम प्राध्यापकहरुले आर्थिक तथा नीतिगत भ्रष्टाचार गरेको भन्दै छानबिन गर्न माग गरेको हो। उक्त समितिका सभापति हरि आचार्यले बुधबार आयोजित पत्रकारसम्मेलनमा विदेशी अनुदानबाट आएको करोडौँ रुपैयाँ अनुसन्धानमा खर्च नगरेर त्रिविका कर्मचारीले अनियमितता गरेकफ आरोप…

    विस्तृतमा पढ्नुस्

  • एसियाडमा बुधवार नेपालको प्रदर्शन : कमलद्वारा राष्ट्रिय कीर्तिमान सुधार, प्याराग्लाइडिङमा पदक आएन

    एसियाडमा बुधवार नेपालको प्रदर्शन : कमलद्वारा राष्ट्रिय कीर्तिमान सुधार, प्याराग्लाइडिङमा पदक आएन

    १८औं एसियाडअन्तर्गत बुधवार भारोत्तोलनमा नेपालका कमलबहादुर अधिकारीले कीर्तिमान बनाएका छन्। उनले पुरुष ६९ केजीको स्न्याच, क्लिन एन्ड र कुलमा गरी आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेका हुन्। कमलले स्न्याचमा ११९ केजी र क्लिन एन्ड जर्कमा १६० गरी कुल २७९ केजी भार वहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे। स्न्याचमा कमलकै नाममा ११८ केजीको कीर्तिमान थियो जुन उनले २०७१ सालमा ललितपुरमा…

    विस्तृतमा पढ्नुस्

  • ३२ वर्षपछि एसियाड खेलेको नेपाल भलिबलमा किन हार्‍यो? यस्तो छ प्रशिक्षक कपिल श्रेष्ठको विश्लेषण

    ३२ वर्षपछि एसियाड खेलेको नेपाल भलिबलमा किन हार्‍यो? यस्तो छ प्रशिक्षक कपिल श्रेष्ठको विश्लेषण

    नेपालको पुरुष भलिबल टोलीले ३२ वर्षपछि १८औँ एसियन गेम्स (एसियाड) खेल्यो। इन्डोनेसियामा भइरहेको एसियाडमा नेपाल दुई बलिया टिम दक्षिण कोरिया र चाइनिज ताइपेई रहेको समूहमा छ। ताइपेईसँग बुधवार भएको पहिलो खेलमा नेपाल ३-० ले सहजै पराजित भयो। पहिलो सेटमा २३ अंक जोडेको नेपालले दोस्रो र तेस्रो सेटमा १९ र १५ अंक मात्र जोड्न सक्यो। एसियाड खेल्नुअघि नेपालले कुनै पनि मैत्रीपूर्ण…

    विस्तृतमा पढ्नुस्

  • नेपाल टुर इन श्रीलंका : पहिलो अभ्यास खेलमा आरिफ र बलरले जिताए नेपाललाई

    नेपाल टुर इन श्रीलंका : पहिलो अभ्यास खेलमा आरिफ र बलरले जिताए नेपाललाई

    काठमाडौँ : मलेसियामा अगष्ट २९ बाट हुने एसिया कप छनोटको तयारीका लागि हाल श्रीलंकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेल जितेको छ। कप्तान पारसलाई आराम दिइएको खेलमा नेपालले श्रीलंकाको आर्मी क्रिकेट क्लबलाई ६७ रनले हरायो। नेपालको जितमा आरिफ शेखले ब्याटिङमा ८९ रन बनाए। यस्तै १९४ रन डिफेण्ड गर्ने क्रममा सोमपाल कामी र बसन्त रेग्मीले ३-३ र दीपेन्द्र सिंह ऐरीले…

    विस्तृतमा पढ्नुस्

  • गाउँपालिकाले ल्यायो शैक्षिक गुणस्तर वृद्धि गर्न ‘टकिङ् टिचर्स’ प्रविधि

    गाउँपालिकाले ल्यायो शैक्षिक गुणस्तर वृद्धि गर्न ‘टकिङ् टिचर्स’ प्रविधि

    सुर्खेत : प्राइमरी टकिङ् टिचर्स (बोल्ने कलम) प्रविधि सिम्ता गाउँपालिकाको विद्यालयमा हस्तान्तरण गरिएको छ। गाउँपालिका प्रत्येक वडाका एक आधारभूत विद्यालय र एक प्रावि गरी ९ वटा विद्यालयमा प्रविधि हस्तान्तरण गरेको हो। शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले गाउँपालिकाले यो प्रविधि विद्यालयमा हस्तान्तरण गरेको गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले जानकारी दिए। विद्यालयहरुमा आधारभुत विद्यालय झ्यामा, प्रावि खान्मा, आधारभुत विद्यालय पानी खोला, प्रावि डोव्का, प्रावि…

    विस्तृतमा पढ्नुस्

  • मधेश आन्दोलनपछि वितरित नागरिकताको छानविन गर्न माग

    मधेश आन्दोलनपछि वितरित नागरिकताको छानविन गर्न माग

    काठमाडौं : पहिलो मधेश आन्दोलनपछि वितरण भएको नागरिकताको छानविन गर्न माग गरिएको छ। मधेश आन्दोलनको माग अनुसार २०६३ मा नागरिकता टोलीले विभिन्न जिल्लामा नागरिकता वितरण गरेको थियो। उक्त समयमा विदेशीहरुले गलत ढंगले नागरिकता लिएको भन्दै ‘उच्चस्तरीय न्यायिक, अधिकारसम्पन्न नागरिकता छानविन आयोग’ गठनको माग गरिएको छ। नयाँ संविधानअनुसार सरकारले तयार पारेको ‘नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५’ संसदमा…

    विस्तृतमा पढ्नुस्

  • सलमानको फिल्म छोडेर प्रियंकाले गर्ने भइन् 'क्रिस'को चौथो संस्करण

    सलमानको फिल्म छोडेर प्रियंकाले गर्ने भइन् 'क्रिस'को चौथो संस्करण

    हालै हलिउड गायक निक जोनससँग इन्गेजमेन्ट गरेकी अभिनेत्री प्रियंका चोपडाले ऋतिक रोशनसँग फिल्म गर्ने भएकी छिन्। उनी 'क्रिस ४'मा अनुबन्धित भएकी हुन्। उनले पछिल्लो समय सलमान खानसँगको फिल्म 'भारत' नगर्ने निर्णय गरेकी थिइन्। जुन विषय बलिउड मिडियाको हट केक बन्यो। इन्गेजमेन्टको समय र फिल्मको छायाँकन एउटै समयमा जुधेपछि उनले 'भारत' छोडेको दाबी गरेकी थिइन्। लामो समयदेखी भारतीय दर्शकमाझ नदेखिएकी प्रियंकाको लागि 'भारत'…

    विस्तृतमा पढ्नुस्

  • अनुप र सन्नीको स्क्रिन रोमान्स

    अनुप र सन्नीको स्क्रिन रोमान्स

    काठमाडौँः अभिनेत्री अनुप बिक्रम शाहीले बलिउड अभिनेत्री सन्नी लियोनीसँग स्क्रिन सेयर गर्ने भएका छन्। १५ मिनेट जतिको छोटो दृश्यमा लियोनीसँग अनुपले स्क्रिन सेयर गर्ने भएका हुन्। नेपाली फिल्म गर्न सन्नी पनि तयार भएको निर्माण टिमले जनाएको छ। अमित बस्नेत र हिरल जोशीको निर्माणमा बन्ने फिल्म 'पासवर्ड'मा सन्नी र अनुप एकसाथ देखिने भएका हुन्। फिल्मको छायाँकन लण्डनमा हुने भएको छ। हुन…

    विस्तृतमा पढ्नुस्

  • ट्याक्सी चालकलाई आजदेखि पहेँलो ज्याकेट अनिवार्य

    ट्याक्सी चालकलाई आजदेखि पहेँलो ज्याकेट अनिवार्य

    काठमाडौँः काठमाडौँमा ट्याक्सी चलाउने चालकले अनिवार्य रूपमा पहेँलो ज्याकेट लगाउनु पर्ने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबारदेखि चालकले ज्याकेट (फ्लोरेसेन्ट) लगाउनु पर्ने नियम लागू गरेको हो। चालकको पहिचान, रातिको समयमा चम्किलो देखिने र  चालकको बारेमा सेवाग्राहीलाई केही गुनासो भए उजुरी गर्न समेत सजिलो हुने महाशाखाका एसएसपी वसन्त पन्तले बताए। एसएसपी पन्तले भने, 'एकरुपता ल्याउन र उनीहरुको पहिचानको लागि यो…

    विस्तृतमा पढ्नुस्

  • 'जय श्री दाम'को पोस्टरमा खोई त जेबिका ?

    'जय श्री दाम'को पोस्टरमा खोई त जेबिका ?

    काठमाडौँः 'जय श्री दाम' टिमले फिल्मको प्रचार सुरु गरेको छ। टिमले फिल्मको पोस्टर र रिलिज मिति सार्वजनिक गरेको छ। पोस्टरमा फिल्मका मुख्य कलाकार अमृत ढुङ्गाना, विनोद न्यौपाने र राजन खवितडा फिचर्ड छन्। अभिनेत्री जेबिका कार्कीलाई भने पोस्टरमा स्थान दिइएको छैन। कमेडी जनारामा बनेको फिल्मलाई विप्लप उप्रेतीले निर्देशन गरेका हुन्। मङ्की टेम्पल प्रोडक्सन, क्रेजी ह्याण्डस् प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनको संयुक्त ब्यानरमा बनेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell