काठमाडौँ : मलेसियामा अगष्ट २९ बाट सुरु हुने एसिया कप छनोटको तयारीका लागि श्रीलंकामा रहेको नेपालले आज दोस्रो अभ्यास खेल खेलिरहेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले दीपेन्द्र सिंह ऐरीको शतक मद्दतमा ५० ओभर खेल्दै ८ विकेट गुमाएर ३२४ रन बनाएको छ। दीपेन्द्रले ९६ बल खेल्दै सर्वाधिक १२१ रन बनाए। उनले ९ चौका र ५ छक्का प्रहार गरे। यस्तै सागर…
काठमाडौं: भरत सिटौलाको शब्द, संगीत तथा स्वरमा नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। 'द फोटो सङ' बोलको गीतमा अराज केशवले र्याप गाएका छन्। नितिन चन्दको निर्देशनमा बनेको गीतक भिडियोमा कलाकार एलिसा राई र राजु ग्याबक फिचर्ड छन्। गीतको भिडियोमा दीपेन बस्न्यातको सम्पादन र विकेश मगरको भिएफएक्स रहेको छ। गीतले सामाजिक सञ्जालमा प्रयोग फोटो र यथार्थको फरकलाई व्यङ्ग्य गरेको छ। गीतको…
काठमाडौं: यो साता शुक्रबार प्रदर्शन अन्तर्गत दुई नेपाली फिल्म छन्। 'नाईं नभन्नु ल ५' र 'रेनी' प्रदर्शनमा आएका फिल्महरु हुन्। बिकास राज आचार्यको निर्देशनमा बनेको फिल्म 'नाईं नभन्नु ल ५'मा स्वस्तिमा खड्का, निरुता सिंह, दिलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी, अभिषेक नेपाल लागयतको अभिनय रहेको छ। फिल्ममा बालकलाकार अनुभव रेग्मी र सेड्रिना शर्माको अभिनय छ। फिल्ममा पुरुषोत्तम प्रधानको छायाँकन, बसन्त सापकोटाको संगीत,…
काठमाडौँः चीन सरकारको सहयोगमा कलंकी चोकमा निर्माण भएको जस्तै ‘अण्डरपास वे’उपत्यकाका अन्य दुर्इ स्थानमा बनाइने भएको छ।वानेश्वर र कोटेश्वरमा अण्डरपास वे बनाउने प्रक्रिया अघि बढेको छ। विभागले अण्डरपासको डिजाइन बनाउन ग्लोबल टेण्डर आव्हान गरिसकेको छ। डिजाइनका लागि आवेदन दिएका परामर्शदाता कम्पनीहरुको मूल्याङकन भइरहेको सडक विभाग पुल महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए। उनका अनुसार छनौट भएको कम्पनीले छ महिनामा अण्डरपासको डिजाइन…
काठमाडौं : कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय निर्मला पन्तको न्यायका लागि भन्दै सामाजिक सञ्जालमा ‘जस्टिस फर निर्मला’अभियान सञ्चालन गरिएको छ। निर्मलाको हत्यामा संलग्नलाई पहिचान गरी कारबाही गर्न दवाव दिने उद्देश्ले अभियान सुरु गरिएको हो। ह्यास्ट्याग जस्टिस फर निर्मला अभियान सञ्चालन सामाजिक सञ्जाल प्रयोगकर्ताले गरेका हुन्। साउन ११ गते हत्या गरिएको अवस्थामा निर्मलाको शव फेला परेको थियो। पोस्टमार्टम रिपोर्टपछि निर्मलाको बलात्कारपछि…
काठमाडौँः नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। पार्टी कार्यालय सानेपामा बिहान ११ बजे बैठक बोलाइएको छ। बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। बैठकमा महासमिति बैठक तयारी, विधान परिमार्जन, मुलुकी संहिता जारीपछिको अवस्था, पछिल्लो समयमा स्थानीय तहहरुले लगाइरहेको कर लगायतका विषयमा छलफल हुने शर्माले बताए। केन्द्रीय समितिको वैशाख १६ गतेको बैठकले महासमिति बैठक भदौमा डाक्ने…
लहानः सप्तरीको छुट्टाछुटै स्थानमा भएको घटनामा दुई जनाको मृत्यु भएको छ। तिरहुत गाउँपालिका–४ स्थित कमलदह पोखरीमा नुहाउने क्रममा डुबेर स्थानीय देवनारायण यादवको घरमा बस्दै आएका ७५ वर्षीय इन्द्रमणी राईको मृत्यु भएको थियो। बिहीबार पोखरीमा डुबेर बेपत्ता भएको राईको खोजतलास गर्ने क्रममा साँझ मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ। यस्तै सदरमुकाम राजविराज नगरपालिका–८ स्थित विश्वेश्वरप्रसाद साहको घरमा डेरा गरी बस्ने एक…
इन्डोनेसियामा भइरहेको १८औँ एसियाड अन्तर्गत शुक्रबार पौडीमा प्रतिस्पर्धा गरेका तीन नेपाली खेलाडी हिट चरणबाटै बाहिरिएका छन्। जिबिके एक्वाइटिक सेन्टरमा भएको महिला ५० मिटर फ्रिस्टायलमा ओलम्पियन गौरिका सिंह र टिशा शाक्य हिट चरणबाट बाहिरिए। दुबै खेलाडीले हिट ३ मा प्रतिस्पर्धा गरेका थिए। जहाँ गौरिका सातौँ र टिशा आठौँ भए। गौरिकाले २८.५० तथा टिशाले २९.६१ सेकेण्डमा दुरी पूरा गरे। समग्रमा ३२ खेलाडीले प्रतिस्पर्धा गरेको…
अमेरिकामा गरिएको एक अध्ययनले 'प्यासिभ स्मोकर'हरुको फोक्सोमा समस्या हुने रिपोर्ट सार्वजनिक गरेको छ। अझ बाल्यकालमा धूमपान गर्ने अभिभावकबीच हुर्केका बच्चाहरूको फोक्सोमा संक्रमण हुन सक्ने धेरै खतरा रहेको उक्त अध्ययनको निष्कर्ष छ। उक्त अनुसन्धानले धूम्रपान नगर्ने एक लाख युवाहरूमध्ये ७ जना 'प्यासिभ स्मोकर'हरुको मृत्यु हुने देखाएको छ। धूम्रपान नगर्ने तर धूम्रपान गर्दै गरेका व्यक्तिहरू बीच धेरै समय बिताउने व्यक्तिहरुलार्इ 'प्यासिभ स्मोकर'…
विराटनगरः ३३ किलो सुन प्रकरणमा बिहीबार उच्च अदालत विराटनगरमा बहस हुनुपर्ने थियो। तर, अदालत र कानुन व्यवसायीको विवादका कारण सुनुवाइ भएन। यसअघि सामूहिक रूपमा गरिँदै आएको सुनुवाइलाई अदालतले मुद्दा विभाजन गरेपछि कानुन व्यवसायी रुष्ट बनेका हुन्। जसकारण चारवटा इजलासमा सुन प्रकरणका मुद्दाको पेसी तोकिए पनि बहस हुन नसकेको हो। तत्कालीन मुलुकी ऐनको अदालती बन्दोबस्त महलको १७ नम्बर अनुसार जिल्ला अदालत…
नवलपरासीः पश्चिम नवलपरासीबाट विगत एक महिनादेखि सम्पर्कबिहीन बनेका एक बालक फेला परेका छन्। गत साउन ३ गतेदेखि सम्पर्कबिहीन बनेका पश्चिम नवलपरासी प्रतापपुर ७ सूर्यपुरा बस्ने भोला चौधरीका १४ वर्षीय छोरा हेमनारायण चौधरी भारतको सिसवामा फेला परेका हुन्। घरबाट बजार जान्छु भनी सम्पर्कबिहीन रहेका बालक चौधरी भारतको सिसवामा फेला परेको बालकका बुवाका साथी बृजराज कुशुहवाले जानकारी दिए। बालक हराएकोबारे फेसबुकलगायतका सामाजिक सञ्जालमा…
ट्रम्पको प्रतिक्रिया अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू माथि महाभियोग लगाउने हल्लाका बारे प्रतिक्रिया दिएका छन्। उनले भने 'यदि म माथि कहिल्यै महाभियोग लगाइए अर्थतन्त्र डुुब्ने छ। ' अमेरिकी अदालतले सन् २०१६ को निर्वाचन अभियानमा वित्तीय नियमको उल्लङ्घन गरेको आरोपमा ट्रम्पका दुईजना नजिकका सहियोगी माथि हिजो जेल सजाय सुनाएको थियो। राष्ट्रपति ट्रम्पकै आदेशमा चुनावी रकम गैरकानुनी भुक्तानी भएको उनका पूर्व सहयोगी…
इन्डोनेसियमा जारी १८ औं एसियाली खेलकुदअन्तर्गत ब्याडमिन्टनको महिला सिंगल्समा नेपालकी नङशल तामाङ बिहीबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेकी छन्। जीबीके इस्तोरामा भएको खेलमा नङशलले माल्दिभ्सकी खेलाडीलाई २१–१९ र २१–१५ को सोझो सेटमा पराजित गरिन्। महिला सिंगल्सको अर्को खेलमा जेशिका गुरुङ थाइल्यान्डकी खेलाडीसंग २१–७ र २१–५ ले पछि परिन्। पुरुष डबल्समा पनि नेपालका विकास श्रेष्ठ र नवीन श्रेष्ठको जोडीले मंगोलियाका खेलाडीलाई २१–१२ र…
काठमाडौं : तेस्रो मधेश–थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा घटना भएको तीन वर्ष पुगेको छ। उक्त अवसरमा काठमाडौं आयोजित एक कार्यक्रमका सहभागीहरुले टीकापुर घटनाको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। थारु पत्रकार संघले आयोजना गरेको अन्तर्क्रियामा वक्ताहरुले टीकापुर घटनाका सन्दर्भमा तयार पारिएको आधा दर्जन प्रतिवेदनहरु सार्वजनिक गर्न माग गरेका हुन्। टीकापुर घटनासहित तेस्रो मधेश आन्दोलनका समग्र विषयमा छानविन गरी तयार…
काठमाडौं: करिव ७ बर्ष अगाडिको रोजी महर्जन हत्याकाण्डमा आधारित भनेर छायाँकन सुरु गरेको फिल्म 'रोजी'को नाम परिवर्तन भएर 'रोज' बन्यो। रोजीका परिवारले फिल्मको विषय र नाममा आपत्ति जनाएका हुन्। पछि निर्माण टिम र रोजीको परिवार अनि ज्यापू समुदायबीच त्रिपक्षीय वार्तापछि फिल्म युनिटले रिलिजको एक महिना पनि बाँकी नहुँदै नाम परिवर्तनको कदम उठायो। 'कसैको भावनामा चोट नपुगोस् भनेर हामीले नाम फेर्यौं', फिल्म…
काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुर घटनालाई लिएर उच्चस्तरीय छानविन समिति गठन गर्ने बताएका छन्। बिहीवार प्रदेश नम्बर सातका नेताहरुले घटनाको छानविन गर्न माग गर्दै दिएको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले घटनाबारे सरकार गम्भीर भएको बताएका हुन्। गृहमन्त्रीले सरकार घटना बारे गम्भीर रहेको बताएका थिए। सरकारले अनुसन्धानका लागि समिति गठन गर्ने तयारी गरेको छ। बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको…
आज कलाकार तथा निर्देशक दीपाश्री निरौलाको जन्मदिन हो। उनी ४४ वर्षकी भइन्। २०३२ साल भदौ ७ गते विराटनगरमा जन्मिएकी उनी कलाकारिता गर्दै काठमाडौंमा रहँदै आएकी छिन्। रेडियो नाटकबाट सुरु भएको उनको कलाकारिता यात्रा केही फिल्म, टेलिश्रृङ्खलामा अभिनय हुँदै फिल्म निर्माण निर्देशनसम्म पुगिसकेको छ। टेलिश्रृङ्खला अग्निपथबाट अभिनय थालेकी उनको २०६० साल भदौबाट प्रशारण सुरु भएको हास्य टेलिश्रृङ्खला 'तितोसत्य'बाट चर्चा चुलियो। हाल…
इन्डोनेसियामा भइरहेको १८औँ एसियाड अन्तर्गत ब्याड्मिन्टतर्फ वुमन्स सिंगल्समा नेपालकी नङ्शल प्रिक्वाटरफाइनलमा प्रवेश गरेकी छिन्। राउण्ड अफ १६ को खेलमा नङ्गशलले माल्दिभ्सकी फतिमाथ नबाहा अब्दुल रज्जाकलाई २-० ले हराइन्। नङ्गशलले रज्जाकलाई २१-१९, २१-१५ ले हराइन्। नेपालकी जेसिका गुरुङ भने थाइल्याण्डका रातचानोकसँग २१-७, २१-४ ले पराजित भइन्।
इन्डोनेसियामा भइरहेको १८औँ एसियाड अन्तर्गत ब्याड्मिन्टनको मेन्स डबल्समा नेपालको विकास र नवीन श्रेष्ठको जोडी प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन्। विकास र नवीनको जोडीले मंगोलियाका सुमियासुरेन एनखबाट र तेमुलेन गोम्बुडोजको जोडीलाई राउण्ड अफ ३२ को खेलमा २१-१२, २१-७ ले पराजित गरे। मिक्स डबल्समा भने नेपालको दुवै जोडी पराजित भएका छन्। नङ्शल र रत्नजित तामाङको जोडी इन्डोनेसियाको जोडीसँग २१-१३, २१-७ ले पराजित भए।…
काठमाडौँः फिल्म 'पासवर्ड' बन्ने अफिसियल घोषणा भएको छ। एबी इन्टरनेशनको ब्यानरमा फिल्म बन्ने भएको हो। फिल्मको ९८ प्रतिशत छायाँकन बेलायत र नेपालमा हुने निर्माण टिमले जनाएको छ। फिल्मले ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षणका लागि हुने संघर्षको कथा समेट्ने छ। 'ह्याप्पी डेज'मार्फत अभिनयमा डेब्यू गरेका विक्की जोशी, परी राना, लिसा सुनार, छुल्ठिम गुरुङ, अनुप बिक्रम शाही, रविन्द्र झा, बुद्धि तामाङ फिल्मका मुख्य…