PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

  • 'नाईं नभन्नु ल ५'को बक्स अफिस रिपोर्ट

    'नाईं नभन्नु ल ५'को बक्स अफिस रिपोर्ट

    काठमाडौं: बक्स अफिस लागू भएसँगै प्रदर्शनमा आएका फिल्महरु मध्ये 'नाईं नभन्नु ल ५' को सुरुवाती व्यापार राम्रो रह्यो। बक्स अफिस विज्ञ मनिष पण्डितले साउन १ देखी प्रदर्शनमा आएका नेपाली फिल्महरुको दाँजोमा यो फिल्मले राम्रो व्यापार गरेको बताए। साथै फिल्मले शनिबार ७० प्रतिशतको दर्शक अकुपेन्सी प्राप्त गरेको बताए। प्रदर्शनको दुईदिनमा मोफसल र काठमाडौंबाट डेढ करोड संकलन गरेको फिल्मका लेखक सामिप्यराज तिमल्सेनाले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • निखिल र सञ्चिताका छोराछोरीको रक्षाबन्धन

    निखिल र सञ्चिताका छोराछोरीको रक्षाबन्धन

    काठमाडौँ: निखिल उप्रेतीसँग बिहे गरेदेखी अभिनेत्री सञ्चिता लुईंटेल घर गृहस्थीमा व्यस्त देखिन्छन्। हुन त बिहेपछि पनि उनले फिल्महरु गरिन्। तर उनी अभिनित फिल्महरुले व्यवसायिक सफलता प्राप्त गरेन। दुई सन्तानकी आमा बनेकी सञ्चिता छोरा आर्थव र छोरी सान्वीको हेरचाह गर्न व्यस्त छिन्। जनै पुर्णिमा एवम् रक्षाबन्धनको अवसरमा आर्थव र सान्वीले रक्षा बन्धन मनाएका छन्। दुवैले एक अर्कालाई राखी बाँधेका तस्वीर सञ्चिताले…

    विस्तृतमा पढ्नुस्

  • निकको नयाँ गीतको भिडियोमा प्रियंका कि अरु ?

    निकको नयाँ गीतको भिडियोमा प्रियंका कि अरु ?

    गायक निक जोनसले नयाँ गीत सार्वजनिक गरेका छन्। हालै बलिउड अभिनत्री प्रियंका चोपडासँग इन्गेजमेन्ट गरेका निकले 'राइट नाउ' बोलको गीत सार्वजनिक गरेका हुन्। जर्मनका संगीतकार रोविनसँग मिलेर उनले गीत सार्वजनिक गरेका हुन्। निकले प्रियंकाको सम्झनामा यो गीत गाएका हुन्। गीतमा समावेश शब्दहरु प्रियंकाबाट प्रभावित छन्। निकले गीतमा 'तिमी मेरो जुन, पानी, तारा, सुर्य' जस्ता शब्द प्रयोग गरेका छन्। गीतको अफिसियल…

    विस्तृतमा पढ्नुस्

  • 'कलाका कुरा'को २६ औं शृंखला

    'कलाका कुरा'को २६ औं शृंखला

    काठमाडौं : 'कलाका कुरा'को २६ औं शृंखला सम्पन्न भएको छ। नेपाल ललितकला पत्रकार समाज (सोफाज)ले नियमित गर्दै आएको ‘कलाका कुरा’मा आलोक गरुङले नेपाली संस्कृतिलाई कलामा उतारेर देश विदेशमा पुर्‍याउनुपर्ने बताए। उनले राज्यले कलाक्षेत्रको विकासका लागि विशेष ध्यान दिनुपर्ने बताए। साथै भने, ‘कलाले देशको पहिचानलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले राज्यले कला र कलाकारको संरक्षण र प्रबर्धनमा ध्यान दिनुपर्छ।’ तनहुँमा जन्मिएका…

    विस्तृतमा पढ्नुस्

  • कमला नदीमा डुबेर बेपत्ता भएका तीनमध्ये एक बालकको शव फेला

    कमला नदीमा डुबेर बेपत्ता भएका तीनमध्ये एक बालकको शव फेला

    लहानः सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीमा डुबेर हिजो साँझबाट बेपत्ता भएका सिरहाका तीन बालकमध्ये एक जनाको शव आज बिहान फेला परेको छ। दुई जना अझै बेपत्ता छन्। सिरहाको गोलबजारस्थित शिव मन्दिरमा जल चढाउनका लागि जल लिन कमला नदीको उत्राइनी पुगेका गोलबजार नगरपालिका–४ निवासी १५ वर्षीय मञ्जय महरा, सोही ठाउँका १४ वर्षीय राहुल महरा र सिरहाकै औरही गाउँपालिका तुलसीपुर निवासी…

    विस्तृतमा पढ्नुस्

  • लालबकैया डुङ्गा दुर्घटनामा हराइरहेका दुईको शव फेला; २२ जनाको उद्दार, ३जना अझै बेपत्ता

    लालबकैया डुङ्गा दुर्घटनामा हराइरहेका दुईको शव फेला; २२ जनाको उद्दार, ३जना अझै बेपत्ता

    काठमाडौँः रौतहटको लालबकैया नदीमा डुङ्गा दुर्घटनामा हुँदा हराइरहेकामध्ये एक जनाको शव फेला परेको छ। करिब ४२ वर्षीय रुना देवी कुर्मीको र अन्य एक जनाको शव फेला परेको हो।  नेपाल भारत सीमाभन्दा १० किलोमिटर पर शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी केदार ढकालले जानकारी दिए। ढकालका अनुसार २२ जना सम्पर्कमा आएका छन्। ‘डुङ्गा चालकका अनुसार अझै ३ जना हराइरहेका अनुमान छ’ एसपी ढकालले भने। डुङ्गामा…

    विस्तृतमा पढ्नुस्

  • सुस्ताको विवादित क्षेत्रमा भारतीय पक्षद्धारा एकतर्फी सडक विस्तारको प्रयास

    सुस्ताको विवादित क्षेत्रमा भारतीय पक्षद्धारा एकतर्फी सडक विस्तारको प्रयास

    नवलपरासीः सुस्ताको विवादित भूमिमा भारतीय पक्षले सडक बिस्तार गर्न खोजेपछि पुनः विवाद सिर्जना भएको छ। विवादित भूमि मानिएको क्षेत्रमा भारतीय पक्षले सडक बिस्तार गर्न खोजेपछि नेपाली पक्षले सो बाटो बिस्तारमा रोक लगाउन खोजेपछि विवाद सिर्जना भएको हो। विसं २०६४ मा नेपाल र भारतका उच्च अधिकारीबीच सुस्ताको विवादित भूमिमा दुवै पक्षबाट कुनै पनि सडक बिस्तार, खेती गर्नेलगायतका काम नगर्ने सहमति भएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • धर्म, मस्तिष्क र स्वास्थ्यको सम्बन्धः धर्मलाई विश्वास गर्दा के हुन्छ?

    धर्म, मस्तिष्क र स्वास्थ्यको सम्बन्धः धर्मलाई विश्वास गर्दा के हुन्छ?

    कुनै ईश्वरीय वा दैवी शक्ति अस्तित्वमा छ वा छैन भन्ने विषयमा धेरैका विचार हुन सक्छन्। तर धार्मिक आस्था सम्बन्धी 'न्यूरो साइकोलोजिकल' प्रभावका वैज्ञानिक तथ्यहरू सही रूपमा मापन गर्न सकिन्छ। हालै गरिएको एक अध्ययनले धर्म, मस्तिष्क र स्वास्थ्यको समबन्धको बारेमा नयाँ तथ्यहरू उजागर गरेको छ। तपार्इँ एक कट्टर नास्तिक, भगवानको अस्तित्वमाथि चुनौती दिने व्यक्ति वा आस्तिक भए पनि तपार्इँले धर्मबाट मस्तिष्कमा…

    विस्तृतमा पढ्नुस्

  • जनैपूर्णिमा र रक्षाबन्धन आज, प्रदेश २ मा सार्वजनिक बिदा

    जनैपूर्णिमा र रक्षाबन्धन आज, प्रदेश २ मा सार्वजनिक बिदा

    काठमाडौंः हिन्दु धर्मावलम्बीहरुको विशेष चाड जनैपूर्णिमा आज धुमधामका साथ मनाइँदैछ। महर्षि याज्ञवल्क्यले आजकै दिन आदित्य ब्रह्मबाट वेद प्राप्त गरेको विश्वास अनुसार वेदजयन्तीको रुपमा पनि यो दिनलाई चिनिन्छ। वैदिक सनातन वर्णाश्रम धर्म मान्ने तागाधारीहरुले अघिल्लो दिनदेखि नै शरीर शुद्ध राखी एक छाक खाने, त्यस दिन बिहानै नित्यस्नान, प्रातःसन्ध्योपासना समेत गर्ने गर्छन्। आजको दिन पुरानो जनै फेरेर नयाँ जनै लगाउने गरिएको छ। हिन्दुधर्मका…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा ८४ हजार नगदसहित १७ जुवाडे पक्राउ

    भक्तपुरमा ८४ हजार नगदसहित १७ जुवाडे पक्राउ

    भक्तपुर महानगरीय प्रहरी परिसर भक्तपुरले भक्तपुर र सूर्यविनायकको जुवाखालबाट १७ जनालाई जुवाको खालबाटै पक्राउ गरेको छ । प्रहरी परिसर भक्तपुरका अनुसार भक्तपुर नगरपालिका–९ मालपोत कार्यालय नजिकै निर्माणाधीन एकतले भवनको भुर्इँतलामा जुवा तास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा काभ्रे बनेपा नगरपालिका–१ का ५७ वर्षीय अर्जुन दुवाल, काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका–३ का ३५ वर्षीय चित्रबहादुर तामाङ, भक्तपुर चाँगुनारायण नगरपालिका–९…

    विस्तृतमा पढ्नुस्

  • कञ्चनपुरमा शुक्रबारदेखि लगाइएको कर्फ्यू पाँच घण्टाका लागि हटाइयो

    कञ्चनपुरमा शुक्रबारदेखि लगाइएको कर्फ्यू पाँच घण्टाका लागि हटाइयो

    कञ्चनपुरः कञ्चनपुरमा पाँच घण्टाका लागि कर्फ्यू हटाइएको छ । आज बिहान ५ बजे देखि १० बजे सम्मका लागि कर्फ्यू हटाइएको हो । दश बजेदेखि पुनः कर्फ्यू यथावत रहने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। भीमदत्त नगरपालिका–२ खोल्टीका निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै प्रदर्शन उग्र बनेपछि शुक्रबार साँझ ८ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको थियो। पाँच घण्टाका…

    विस्तृतमा पढ्नुस्

  • सीपीएलमा सन्दीपको महँगो बलिङ, पाँचौ खेलमा 'नो विकेट'

    सीपीएलमा सन्दीपको महँगो बलिङ, पाँचौ खेलमा 'नो विकेट'

    क्यारेवियन प्रिमियर लिग (सीपीएल) को पाँचौ खेलमा नेपाली खेलाडी सन्दीप लामिछाने महँगा सावित भए। पाँचौ खेलमा सन्दीपले कुनै विकेट लिन सकेनन्। ४ ओभर बलिङ गरेका सनदीपले ४३ रन खर्चे। सन्दीपले यसअघिका चार वटै खेलमा विकेट लिएका थिए। यद्यपी सन्दीपको टोली सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्ले बार्बाडोस ट्रिडिनेन्ट्सलाई ६ विकेटले पराजित गर्‍यो। सीपीएलमा प्याट्रिओट्सको यो तेस्रो जित हो। सन्दीपले पहिलो खेलमा…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : लिभरपुलको लगातार तेस्रो जित, सलाहको निर्णायक गोल

    प्रिमियर लिग : लिभरपुलको लगातार तेस्रो जित, सलाहको निर्णायक गोल

    लिगरपुलले प्रिमियर लिगमा लगातार तेस्रो जित हासिल गरेको छ। शनिवार भएको खेलमा लिभरपुलले ब्राइटनलाई १-० ले पराजित गरेको हो। मोहमद सलाहले २३औँ मिनेटमा गरेको गोल मद्दतमा लिभरपुलले ३ अंक जोडेको हो। पहिलो खेलमा वेष्टहमलाई ४-० र दोस्रो खेलमा क्रिस्टल प्यालेसलाई २-० ले हराएको थियो। लिभरपुलले नयाँ सिजनमा लगातार तीन खेलमा क्लिनसिट राखेको हो। लगातार ३ जितपछि ९ अंक जोडेको लिभरपुल…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : बार्सिलोना र एट्लेटिको मड्रिड  विजयी

    ला लिगा : बार्सिलोना र एट्लेटिको मड्रिड  विजयी

    साविक विजेता बार्सिलोनाले स्पानिस ला लिगामा लगातार दोस्रो जित हात पारेको छ। गएराती भएको खेलमा बार्सिलोनाले रियल भाल्लाडोलिडलाई १-० ले पराजित गरेको हो। अवे मैदानमा बार्सिलोनालाई जिताउन ओसमान डेम्बेलेले निर्णायक गोल गरे। उनले ५७औँ मिनेटमा गोल गरेका थिए। यस्तै एट्लेटिको मड्रिडले सिजनको पहिलो जित हात पार्ने क्रममा रायो भालेकानोलाई १-० ले नै हरायो। घरेलु मैदानमा एट्लेटिकाई जिताउन एन्टोनी ग्रीजमनले ६३औँ…

    विस्तृतमा पढ्नुस्

  • रोहिंग्याको एक वर्षदेखि एसियाड खेलसम्म

    रोहिंग्याको एक वर्षदेखि एसियाड खेलसम्म

    रोहिंग्याको पीडा बहुसंख्यक बौद्धमार्गी रहेको म्यान्मारका सेनाको चरम दमनपछि म्यान्मारबाट सात लाखभन्दा बढी रोहिंग्या मुस्लिम समूदायका मानिस भागेर बंगलादेश पुगेको एक वर्ष पुगेको छ। त्यसैक्रममा बंगलादेशको कुटुपालोङमा रहेको शरणार्थी शिविरमा म्यान्मारबाट विस्थापित भइ बंगलादेशमा शरण लिइरहेका रोहिंग्याहरुले न्याय पाउने पर्ने र स्वदेश फिर्तीको माग गर्दै प्रदर्शन गरेका छन्। म्यान्यमारकी विदेशमन्त्री एवम् राज्य सल्लाहकार आङ सान सूचीले  रोहिंग्याहरु प्रति गरिएको हिंसा…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : आर्सनलको पहिलो जित

    प्रिमियर लिग : आर्सनलको पहिलो जित

    नयाँ सिजनको सुरुवाती दुई खेल हारेको आर्सनलले प्रिमियर लिगमा पहिलो जित हात पारेको छ। लिगअन्तर्गत शनिवार भएको खेलमा लण्डन क्लब आर्सनलले वेष्टहम युनाइटेडलाई ३-१ ले पराजित गर्दै ३ अंक जोडेको छ। एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै आर्सनलले जित हात पार्‍यो। आर्सनलको घरेलु मैदान एमिरेट्स मैदानमा भएको खेलको २५औँ मिनेटमै मार्को अर्नाउटोभिचले गोल गर्दै वेष्टहमलाई अग्रता दिलाएका थिए। तर…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप फुटबलको ट्रफीपछि अब विश्वकप क्रिकेटको ट्रफी पनि नेपाल ल्याइने

    विश्वकप फुटबलको ट्रफीपछि अब विश्वकप क्रिकेटको ट्रफी पनि नेपाल ल्याइने

    झण्डै पाँच वर्षअघि फिफा विश्वकप फुटबलको ट्रफी विभिन्न राष्ट्रको भ्रमणका क्रममा नेपाल पनि आइपुगेको थियो। अब आइसीसी विश्वकप क्रिकेटको ट्रफी पनि नेपाल ल्याइने भएको छ। सन् २०१९ मा इंगल्याण्ड् र वेल्समा हुने वान डे विश्वकपअघि २०१८ मा ट्रफी टुर हुनेछ र त्यसअन्तर्गत २०१८ को अक्टोबर २७ देखि २९ सम्म विश्वकप क्रिकेट ट्रफी नेपाल पनि आउने आइसीसीले जनाएको छ। विश्व क्रिकेटको इतिहासमै…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरकी मनिताले जितिन् मिस टुरिजम २०१८ को उपाधी

    भक्तपुरकी मनिताले जितिन् मिस टुरिजम २०१८ को उपाधी

    काठमाडौं : भक्तपुरकी मनिता पौडेलले मिस टुरिजम-२०१८ को ताज जितेकी छन्। शनिवार राजधानीको मल्ल होटलमा भएको ग्राण्ड फिनालेमा बाँकी ११ प्रतियोगीलाई उछिन्दै पौडेलले तेस्रो संस्करणको मिस टुरिजमको ताज चुमेकी हुन्। ट्राभल एन्ड टुरिजम विषयमा स्नातक अध्ययनरत १९ वर्षीया पौडेलले ताजसँगै नगद ५० हजार हात पारिन्। पौडेलले मिस फोटेजेनिकको उपाधी समेत जितिन्। प्रमुख निर्णायक नेपाल वायुसेवा निगमका सञ्चालक निमानरु शेर्पाले सोधेको…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : म्यानचेष्टर सिटी वल्भरह्याम्पटनसँग बराबरीमा रोकियो

    प्रिमियर लिग : म्यानचेष्टर सिटी वल्भरह्याम्पटनसँग बराबरीमा रोकियो

    प्रिमियर लिगको नयाँ सिजनको सुरुवाती दुई खेलमा सहजै जित हात पारेको साविक विजेता म्यानचेष्टर सिटी तेस्रो खेलमा भने वल्भरह्याम्पटनसँग वल्डर्रससँग बराबरीमा रोकिएको छ। शनिवार भएको खेलमा सिटीले वल्भरह्याम्पटनसँग १-१ गोलको बराबरी खेल्दै १/१ अंक बाँडेको हो। वल्भरह्याम्टनले घरेलु मैदानमा सिटीलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको थियो। ५७औँ मिनेटमा विली बोलीले गोल गर्दै अग्रता दिलाए। १ गोलले पछि परेको सिटीले १२…

    विस्तृतमा पढ्नुस्

  • निर्मला हत्या प्रकरणमा ट्विस्टः पढ्न गएको घरका दिदी र बहिनी नै प्रहरीको अनुसन्धान घेरामा

    निर्मला हत्या प्रकरणमा ट्विस्टः पढ्न गएको घरका दिदी र बहिनी नै प्रहरीको अनुसन्धान घेरामा

    काठमाडौँ : निर्मला हत्या प्रकरणमा प्रहरीले दुई जनालाई आवश्यक सोधपुछको लागि पक्राउ गरेको छ। भीमदत्त नगरपालिका वडा नम्बर १८ का दुई दिदी बहिनीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कुबेरबहादुर कठायतले बताए। एसपी कठायतले पहिलोपोस्टसँग भने, 'उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भइसकेको छ।' गएको साउन १० गते १३ वर्षीया निर्मला पन्त खाना खाएर आफ्नै कक्षाकी साथी रोशनी भन्ने आँचल…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell