काठमाण्डौं : फिल्म 'चि मुसी चि'को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। सुरेश अधिकारीको शब्द/संगीत तथा अलमोडा उप्रेतीको स्वरमा 'आउ आज माया'को बोलको गीतको भिडियो सार्वजनिक भएको हो। गीतको भिडियोमा कलाकार सुनिल क्षेत्री र अलिशा शर्मा फिचर्ड छन्। फिल्म भने साउन ११ गते प्रदर्शन हुनेछ। फिल्ममा सुनिल र अलिशासँगै सुशान्त कार्की, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा लागयतको अभिनय रहको छ।…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रसियाले २०१६ चुनावमा हस्तक्षेप गरेको गुप्तचर विभागको आरोप सही भएको बताएका छन्। एक दिनअघि मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने आरोपको बचाउ गरेका थिए। फिनल्यान्डमा रसियाका राष्ट्रपति भ्लादमिर पुटिनसँगको शिखर वार्ताका क्रममा ट्रम्पले अमेरिकी गुप्तचर एजेन्सीले रसिया माथि लगाएको आरोप विपरीत रुसले अमेरिकी चुनावमा हस्तक्षेप गर्ने कुनै…
काठमाडौँः केही दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले पर्वतको जलजला गाउँपालिकामा पाँचवटा घर बगाएको छ। पहिरोको कारणले एक जनाको मृत्यु समेत भएको छ। जलजला गाउँपालिका ८ लस्तीका बमबहादुर परियारका छोरा १७ वर्षीय विकास परियारको मृत्यु भएको प्रहरीले जनाएको छ। १० जनाभन्दा बढी घाइते भएका छन्। बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएका…
काठमाडौँः विपी राजमार्ग अन्तर्गतको बनेपा–खुर्कोट–बर्दिवास सडकखण्डमा ३२ सिटसम्म क्षमताका सवारीसाधन सञ्चालन नगर्न सर्वोच्च अदालतले यसअघि जारी गरेको अन्तरिम आदेश खारेज गरिदिएको छ। आदेश खारेजसँगै अब उक्त राजमार्गमा ३२ सिट क्षमता भएका बस सञ्चालन गर्न पाइनेछ। सर्वोच्चले सोमबार यसअघिको आदेश खारेज गरेको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जेठ १३ गते १६ टन र ३२ सिट क्षमता भएका बसलाई रुट…
काठमाडौँः नेपाल राष्ट्र बैंकले मुद्रा तथा धारक विनिमय पत्रको सीमा निर्धारण गरेको छ। केन्द्रीय बैंकले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २९ को (क) अनुसार कुनै पनि व्यक्तिले आफ्नो साथमा वा कार्गो, कुरियर, हुलाकमार्फत रु पाँच हजार नेपाली वा अमेरिकी डलर पाँच हजारसम्म बोक्न पाउने सीमा निर्धारण गरेको हो। मंगलबारदेखि लागू हुने सो नीतिअनुरुप नेपाली रुपैयाँ पाँच हजारसम्म वा…
फलेवासः पर्वतमा खोलाले बगाउँदा मंगलबार साँझ एकजनाको मृत्यु भएको छ। पर्वतको कुश्मा नगरपालिका–११ स्थित जहरे खोलाले बगाउँदा सोही ठाउँका ६० वर्षीय मनिराम विकको मृत्यु भएको हो। कुस्मा नगरपालिका वडा नं ११ र १४ को बीचमा पर्ने गंगटेमा साँझ ७ बजेको समयमा विकलाई खोलाले बगाएको हो। खेतमा काम सकेर घर फर्कँदै गर्दा खोला तर्न पसेका विकको शव १०० मिटर तल भेटिएको…
काठमाडौँ : एमसीसी र नेदरल्याण्ड्स टुर-२०१८ को लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा भएको छ। पारस खड्काको कप्तानीमा घोषणा भएको १५ सदस्यीय टोलीमा विकेटकिपर ब्याट्सम्यान सुवास खकुरलले ३ वर्षपछि पुनरागमन गरेका छन्। यस्तै विनोद भण्डारी र प्रदिप ऐरी वैकल्पिक सूचीमा परेका छन्। आइसीसी प्रतिनिधि अनिमुल इस्लाम, राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको छनोट समितिले १५ सदस्यीय टिम…
काठमाडौं : ६ लाख सरकारी कर्मचारी र अन्य सञ्चयकर्ताको बचत र ऋणलाई प्रभावित पार्नेगरी कर्मचारी सञ्चय कोषले ब्याजदर परिवर्तन गरेको छ। मंगलबारदेखि लागू हुनेगरी सञ्चय कोषले बचत र ऋण दुवैको ब्याजदर ०.२५ प्रतिशतले बढाएको हो। मंगलबारदेखि लागू हुने गरी कोषबाट ऋण लिँदा तिर्नुपर्ने र रकम जम्मा गर्दा पाउने दुवैतर्फको ब्याजदर बढाइएको छ। नयाँ आर्थिक वर्षबाट लागू हुने गरी कोषले ब्याजदर…
काठमाडौं : चार वर्षपछि कतारमा हुने विश्वकप फुटबल प्रतियोगिताको सुरक्षाका लागि नेपाली सुरक्षाकर्मी परिचालन गर्न कतार सरकार तयार भएको छ। सोमवार गृहमन्त्री रामबहादुर थापासँगको भेटमा नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मदले सुरक्षा गार्डका रुपमा धेरै सङ्ख्यामा नेपाली लैजान कतार इच्छुक भएको बताए। राजदुत युसुफले नेपालीलाई त्यस प्रयोजनका लागि कतार लैजान कुनै प्रकारको सम्झैता गर्नुपरे त्यसका लागि तयार रहेको पनि…
काठमाडौं : प्रधानमन्त्री एवं ने क पाका अध्यक्ष केपी शर्मा ओलीले सरकारविरुद्ध विरोधीहरुले अफवाह फैलाएको भन्दै नेता तथा कार्यकर्ताहरुलाई त्यसको प्रतिवाद गर्न निर्देशन दिएका छन्। आज पार्टी कार्यालय धुम्वाराहीमा पार्टीका नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा ओलीले सरकारलाई सफल हुन नदिन विरोधीहरुले अफवाह फैलाएका आरोप लगाए। ‘सरकारले जनताका आकांक्षा पूरा गर्छ भन्ने बुझेका विरोधीहरुले सरकारका विरुद्ध अफवाह फैलाएका छन्,’ प्रधानमन्त्री ओलीले…
काठमाडौं : नेपाल विद्यार्थी संघले माइतीघर मण्डलामा प्रर्दशन गरेको छ। सरकारको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले माइतीघर देखि नयाँ बानेश्वरमा प्रर्दशन गरेको हो। नेविसंघले जुम्लामा अनशनरन डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै विरोध कार्यक्रम गरेको हो। प्रर्दशनको क्रममा प्रहरीसँग सामान्य झडप समेत भएको थियो। यसै विषयलाई लिएर माइतीघरमा नयाँ शक्तिले पनि प्रदर्शन गरेको छ।…
काठमाण्डौं : फिल्म 'मालिका'को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। नर कार्कीको शब्द, सुरेश अधिकारीको संगीत, गायिका अन्जु पन्तको स्वरमा 'हल्का माया के माया' बोलको गीतको भिडियो सार्वजनिक भएको हो। गीतमा अभिनेत्री रेखा थापासँगै गीतमा जाजरकोटकी महिलाहरु कोरसमा फिचर्ड छन्। गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। गीतले नेपाली सँस्कृति झल्काउने प्रयास गरेको छ। जाजरकोट दरबार प्राङ्गणमा गीतको छायाँकन भएको हो।…
काठमाडौं : सर्वोच्च अदालतले चलचित्र विकास बोर्डमा निकिता पौडेललाई नै कायम राख्न अन्तरिम आदेश दिएको छ। निर्वाचन आचार संहिता लागू भएपछि गरिएका सबै नियुक्ति खारेज गर्ने सरकारको निर्णयसँगै पौडेल पदविहीन भएकी थिइन्। तर, नियुक्ति लिएका अन्यले झै उनले पनि सर्वोच्चमा रिट दायर गरेकी थिइन्। सर्वोच्चको अन्तरिम आदेशसँगै आजैबाट उनी चलचित्र विकास बोर्डमा उपस्थित हुँदैछिन्। चलचित्र विकास बोर्डकी प्रथम महिला अध्यक्ष समेत रहेकी निकिताको पद…
कालिका खड्का काठमाडौँः 'यो प्रधानमन्त्रीले आज रातभरि मै देश विकास गर्न खोजेको हो कि भन्नुहोला! आजलाई तपाईँहरू घर जानुस्' - प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह सुनेपछि सहभागी मन्त्री र सचिवको हाँसोले हल गुञ्जायमान भयो । त्यसबेला रातको ९ः३० भइसकेको थियो । आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनसम्बन्धी कार्ययोजनामा गत बुधबार मन्त्रालयको पाँच घण्टा लामो प्रस्तुति सुनेपछि…
राजविराजः पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कुशाहामा ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको सोमबार साँझ मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहाको लहान नगरपालिका–८ बस्ने ५० वर्षीय रामशरण चौधरी रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए। दुर्घटनामा घाइते भएका चौधरीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ४६४० नम्बरको ट्रकले विपरीत दिशाबाट…
भक्तपुरः भक्तपुर नगरपालिकाले सोमबार गरेको बजार अनुगमनमा बजारका अधिकांश पसल गैरकानूनी रुपमा सञ्चालन भएको पाइएको छ। नगरपालिकाका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा कमल विनायक क्षेत्रमा गरिएको बजार अनुगमनमा अखाद्य, म्याद गुज्रेका सामान बिक्री गरेको, पसल दर्ता नगरी गैरकानूनीरुपमा सञ्चालन गरेको पाइएको हो। अनुगमनका क्रममा एचके खाद्य स्टोरले पसल दर्ता नगरी गैरकानूनी रुपमा सञ्चालन…
काठमाडौँः संवैधानिक व्यवस्था र स्थानीय शासन सञ्चालन कानुन अनुसार हाल जिल्लामा रहेका डेढ दर्जन कार्यालय एकैपटक खारेजीमा परेका छन्। खारेजीमा परेका अधिकांश कार्यालय जिल्लाबाट स्थानीय तह मातहतमा पुगेका छन्। संघ, प्रदेश र स्थानीय तह मातहतमा रहने कार्यालयको बर्गीकरण यसअघि नै सकिए पनि कार्यान्वयनमा आएको थिएन। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन १ –आजदेखि) लागू हुनेगरी कार्यालय हस्तान्तरण र खारेजीको…
काठमाडौँः पछिल्लो समयमा टिपरका कारण भएका सवारी दुर्घटनामा व्यक्तिको ज्यान जाने क्रम बढेपछि सरकारले आजदेखि उपत्यकामा मालवाहक सवारीमा टाइम कार्ड लागू गरेको छ। भक्तपुरको जगातीदेखि कोटेश्वरसम्म टाइम कार्ड लागू भएको हो। अब ट्रक, टिपर, भ्यानलगायतका सवारीसाधन प्रतिघण्टा ४० किलोमिटरको गतिमा गुड्नु पर्नेछ। तोकिएकोभन्दा बढी गतिमा सवारी चलाएमा कारबाही हुनेछ। ट्राफिक प्रहरी महाशाखाले आजदेखि लागू हेनगरी टाइम कार्डको व्यवस्था गरेको हो।…
काठमाडौँः सरकारी वार्ता टोली र अनशनरत डा. गोविन्द केसीका प्रतिनिधिबीच आज पुनः वार्ता हुँदैछ। वार्ता टोली गठन भएलगत्तै सोमबार भएको छलफल निश्कर्षविहीन भएपछि पुनः आज वार्तामा बस्न लागिएको हो। बिहान ९ बजे वार्ता हुनेछ। जुम्लामा अनशनरत डा. केसीले विचाराधीन चिकित्सा शिक्षा विधेयक परिमार्जनलाई मुख्य मुद्दा बनाएका छन्। यसअघि जारी अध्यादेश अनुसार विधेयक पारित हुनुपर्ने माग केसीको छ। विधेयकको सेरोफेरोमा नै…
काठमाडौं : नेपालको लागि अन्तर्राष्ट्रिय फुटबल खेलेका अहिलेसम्मको पुरुष र महिला टोलीको खेलाडीलाई समेट्दै स्मारिका विमोचन भएको छ। उपराष्ट्रपति नन्द बहादुर पुन पासाङले सोमवार भृकुटीमण्डपस्थित नेपाल पुलिस क्बलमा आयोजिक कार्यक्रममा ‘फुटबलरको समर्पण फुटबलरलाई' भन्ने स्मारिका विमोचन गरेका हुन्। फुटबलर्स मिशन टुगेरदर (एफएमटी) नामक संस्थाको स्मारिका प्रकाशन गरेको हो। स्मारिकामा नेपालका लागि अन्तर्राष्ट्रिय फुटबल खेलेका अहिलेसम्मका महिला र पुरुष खेलाडीको तस्बिरसहित…