PahiloPost

Sep 8, 2025 | २३ भदौ २०८२

  • भाद्र २५ मा 'तीज म्यूजिक अवार्ड'

    भाद्र २५ मा 'तीज म्यूजिक अवार्ड'

    काठमाडौं : 'छायाँछवि तीज म्यूजिक अवार्ड'को पाँचौं संस्करण आयोजना हुने भएको छ। आयोजकले अवार्डका लागी तीज गीत दर्ता आव्हान  गरेको छ। तीजका अवसरमा ८०० देखी १००० गीत सार्वजनिक हुने गर्छन्। कार्यक्रमकी संयोजक गीता अधिकारीले  तीज गीतका तिनै स्रष्टाहरुले सम्मान गर्न अवार्डको आयोजना गरेको बताइन्। ३० विधामा स्रष्टालाई पुरस्कार दिइनेछ। आगामी भाद्र २५ गते अवार्ड कार्यक्रम आयोजना हुने आयोजक टिमले जनाएको हो।

    विस्तृतमा पढ्नुस्

  • प्रिसिजन टुर : म्यानचेष्टर युनाइटेड बराबरीमा रोकियो, लिभरपुल विजयी

    प्रिसिजन टुर : म्यानचेष्टर युनाइटेड बराबरीमा रोकियो, लिभरपुल विजयी

    बराबरीबाट म्यानचेष्टर युनाइटेडले २०१८-१९ को प्रि सिजन टुर सुरुवात गरेको छ। हाल अमेरिका टुरमा रहेको प्रिमियर लिग क्लब युनाइटेडले अरिजोनामा क्लब अमेरिकासँग १-१ को बराबरी खेलेको हो। एक गोलले पछि परेको अवस्थामा युनाइटेडका लागि हुवाँ माटाले ७८औँ मिनेटमा बराबरी गोल गरेका थिए। मेक्सिकन क्लब, क्लब अमेरिकाका लागि हेनरी मार्टिनले ५९औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। बराबरीपछि युनाइटेडका व्यवस्थापक जोसे माउरिन्होले…

    विस्तृतमा पढ्नुस्

  • डा केसी पक्ष वार्ता गर्न जुनसुकै बेला तयार, सरकारी पक्ष अर्को निर्णय कुर्दै

    डा केसी पक्ष वार्ता गर्न जुनसुकै बेला तयार, सरकारी पक्ष अर्को निर्णय कुर्दै

    काठमाडौं : २१ दिनदेखि आमरण अनशनरत चिकित्सक प्राध्यापक डा गोविन्द केसी पक्ष र सरकारबीचको वार्ता अनिश्चित भएको छ। सरकारी पक्षले वार्ताको लागि नबोलाएकाले वार्ता हुने नहुने भन्नेमा अन्यौल भएको डा केसी पक्षका वार्ता टोलीका संयोजक डाक्टर अभिषेकराज सिंहले बताए। 'सरकारी टोलीले बोलाए हामी जुनबेला पनि वार्तामा बस्न तयार छौँ,' उनले भने। जुम्लामा अनशनरत डा केसीको स्वास्थ्य अवस्था खराब भएपछि जीवन…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिजमा तीन नेपाली फिल्म

    फ्राइडे रिलिजमा तीन नेपाली फिल्म

    काठमाण्डौं :  यो साता शुक्रबार प्रदर्शन अन्तर्गत तीन नेपाली फिल्म छन्। 'भैरे', 'चक्कर' र 'पण्डित बाजेको लौरी' प्रदर्शनमा आएका फिल्महरु हुन्।  'भैरे'मा अभिनेता दया हाङ राई, सुरक्षा पन्त, वर्षा सिवाकोटी र बुद्दी तामाङको मुख्य अभिनय छ। नेपालय सिनेमा इन्टरनेशनलको ब्यानरमा बनेको फिल्ममा कमेडी, एक्सन र रोमान्स समेटिएका छन्। एभरेस्ट सुर्य बोहराको लेखन तथा निर्देशन रहेको फिल्मलाई प्रेमप्रसाद पौडेल र देवीमाया अधिकारीले…

    विस्तृतमा पढ्नुस्

  • जुम्लामा झडपको क्रममा घाइते भएका प्रहरी जवानलाई थप उपचारको लागि काठमाडौं ल्याइयो

    जुम्लामा झडपको क्रममा घाइते भएका प्रहरी जवानलाई थप उपचारको लागि काठमाडौं ल्याइयो

    काठमाडौं : जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र भएको झडपमा घाइते भएका प्रहरी जवान कमल उपाध्यायलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको आइसियुमा उपचार भइरहे पनि त्यहाँ उपचार हुन नसकेपछि उनलाई शुक्रवार बिहान काठमाडौँ ल्याइएको हो। अहिले उनलाई टिचिङ अस्पतालको आइसियूमा भर्ना गरिएको छ। आज दिउँसो अपरेसन हुने तयारी रहेको टिचिङ अस्पतालले जनाएको छ। घाइते जवानको…

    विस्तृतमा पढ्नुस्

  • गुण्डामाथि प्रहरीको एक्सनः ६ महिनामा १६ पक्राउ, कोही थुनामा कोही धरौटीमा छुटे

    गुण्डामाथि प्रहरीको एक्सनः ६ महिनामा १६ पक्राउ, कोही थुनामा कोही धरौटीमा छुटे

    काठमाडौँ: पछिल्लो समय काठमाडौँमा गुण्डागर्दी तथा आतंक फैलाउँदै आएका नाइकेदेखि टोले गुण्डाहरुको लागि कालो दिन नै बन्यो। राजधानीका अधिकांश गुण्डा नाइके प्रहरीको हिरासतमा पुगे। आर्थिक वर्षेको अन्तिम ६ महिनामा मात्र चलेका गुण्डा नाइकेदेखि टोले गुण्डा गरेर १६ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौँले नियन्त्रणमा लिएको छ। राजधानीको गौशालाबाट फागुन ३० गते राति प्रहरीले गुण्डा नाइके गणेश लामा पक्राउ गरेको थियो। लामालाई…

    विस्तृतमा पढ्नुस्

  • सर्टिफिकेट धितो राखेर कहिले पाइन्छ ऋण? अर्थ मन्त्रालय भन्छ -भदौभित्र कार्यविधि बनिसक्छ

    सर्टिफिकेट धितो राखेर कहिले पाइन्छ ऋण? अर्थ मन्त्रालय भन्छ -भदौभित्र कार्यविधि बनिसक्छ

    काठमाडौँः केपी ओली सरकारले बजेटमा ल्याएको लोकप्रिय कार्यक्रम शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण चाँडोमा असोजबाट मात्रै पाइने भएको छ। अर्थ मन्त्रालयले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने व्यवस्थाका लागि कार्यविधि बनाइरहेको छ। यो कार्यविधि भदौसम्ममा बन्ने मन्त्रालयले जनाएको छ। दुई महिनामा कार्यविधि तयार गरी यी कार्यक्रम आर्थिक वर्षको तेस्रो महिनादेखि कार्यान्वयन गर्ने अर्थ मन्त्रालयको योजना छ। अबको तीन महिनामा ती कार्यक्रम…

    विस्तृतमा पढ्नुस्

  • भारतमा पूर्व अर्थमन्त्री पी चिदम्बरमलाई भ्रष्टाचारको अभियोग

    भारतमा पूर्व अर्थमन्त्री पी चिदम्बरमलाई भ्रष्टाचारको अभियोग

    नयाँदिल्लीः भारतका पूर्व अर्थमन्त्री पी चिदम्बरमलाई भ्रष्टाचारको अभियोग लागेको छ। प्रमुख प्रतिपक्षी दलका शीर्ष नेतासमेत रहनु भएका चिदम्बरमलाई अर्थमन्त्री भएका बेला राज्य शक्तिको दुरुपयोग गरेको र खर्बौको आर्थिक घोटाला प्रकरणमा संलग्न भएको अभियोग बिहीबार लगाइएको हो। उनलाई लगाइएको आरोपप्रति काँग्रेस पार्टीले खेद व्यक्त गरेको समाचारमा जनाइएको छ। विषय अदालत समक्ष पुगेकाले यसको अब त्यतैबाट निरुपण हुने सरकारी अधिकारीहरुले जनाएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • आफैँले चलाएको गोली लागेर सैनिक जवान घाइते

    आफैँले चलाएको गोली लागेर सैनिक जवान घाइते

    दुनैः डोल्पामा एकजना नेपाली सेनाका जवान आफैँले चलाएको गोली लागेर शख्त घाइते भएका छन्। बिहीबार ड्यूटीमा रहेका २२ वर्षीय ध्रुव चन्दले असावधानीवश आफैँले गोली चलाउँदा घाइते भएका हुन्। शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सुरक्षार्थ सुलिगाडमा रहेको ईश्वरी बक्स गुल्ममा कार्यरत सेनाका जवानले आफैँले गोली चलाई घाइते भएका थिए। गोलीले उनको चिउँडो, मुख, ओठ र नाक पूरै च्यातिएको जिल्ला अस्पताल डोल्पाका मेडिकल सर्जन…

    विस्तृतमा पढ्नुस्

  • रोमाबाट लिभरपुल पुगे ब्राजिलियन गोलकिपर एलिसन बेकर, बने सबैभन्दा महङ्गा गोलकिपर

    रोमाबाट लिभरपुल पुगे ब्राजिलियन गोलकिपर एलिसन बेकर, बने सबैभन्दा महङ्गा गोलकिपर

    प्रिमियर क्लब लिभरपुलले रोमाका गोलकिपर एलिसन बेकरलाई कीर्तिमानी रकममा अनुबन्ध गरेको छ। ६ वर्षका लागि एनफिल्ड क्लब लिभरपुलले अनुबन्धन गरेपछि ब्राजिलियन गोलकिपर एलिसन विश्वकै महँगा गोलकिपर बनेका छन्। लिभरपुलले कती रकममा अनुबन्ध गरेको नखुलाएपनि रोमाले ६६.६ मिलियन पाउण्डमा सम्झौता भएको जनाएको बीबीसीले उल्लेख गरेको छ। 'मेरो जीवन र करियरका लागि यस क्लबको हिस्सा हुन पाउनु मेरो लागि एकदमै ठूलो अवसर…

    विस्तृतमा पढ्नुस्

  • एसियन गेम्स अघि नेपाली फुटबल टोलीले थाइल्याण्डसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

    एसियन गेम्स अघि नेपाली फुटबल टोलीले थाइल्याण्डसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

    काठमाडौँ : इन्डोनेसियामा आयोजना हुने १८औँ एसियन गेम्स अन्तर्गत फुटबल खेलको तयारीका लागि नेपाली फुटबल टोलीले दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)को प्रवक्ता किरण राईले थाइ टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्ने पहिलोपोस्टलाई जानकारी दिए। 'अगस्ट १ देखि ४ भित्रमा हामीले दुई मैत्रीपूर्ण खेल खेल्ने छौँ।' राईले भने। तर थाइल्याण्डको कस्तो टोलीसँग खेल्ने भने निर्णय भइसकेको…

    विस्तृतमा पढ्नुस्

  • जहाज डुब्नुमा सरकारकै दोष, पीडितलाई क्षतिपूर्ति दिन कोरियाली अदालतको आदेश

    जहाज डुब्नुमा सरकारकै दोष, पीडितलाई क्षतिपूर्ति दिन कोरियाली अदालतको आदेश

    सोल: दक्षिण कोरियाको उच्च अदालतले सरकारलाई २०१४ मा पानीजहाज डुबेर मृत्यु भएका पीडितका परिवारलार्इ क्षतिपूर्ति दिन आदेश दिएको छ। सरकारसँगै जहाज कम्पनी पनि घटनामा दोषी रहेको अदालतले ठहर गरेको छ।   सिवल भनिने पानी जहाज सन् २०१४ मा डुबेको थियो जसमा ३०४ जना यात्रुको मृत्युका भएको थियो। मृत्यु हुनेमा धेरैजना विद्यार्थी थिए। पीडितका आफन्तले उक्त घटनामा सरकारलार्इ जवाफदेही बनाइनुपर्ने भन्दै…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकन एनएफएल क्लब डल्लास काउब्वाइज विश्वकै भ्यालुएबल स्पोर्ट्स टिम, दोस्रोमा म्यानचेष्टर युनाइटेड

    अमेरिकन एनएफएल क्लब डल्लास काउब्वाइज विश्वकै भ्यालुएबल स्पोर्ट्स टिम, दोस्रोमा म्यानचेष्टर युनाइटेड

    अमेरिकन फुटबल नेशनल फुट लिग (एनएफएल) खेल्ने क्लब डल्लास काउब्वाइज विश्वकै मोस्ट भ्यालुएबल स्पवर्६स टिम बनेको छ। फोर्ब्सले सार्वजनिक गरेको टप ५० मोस्ट भ्यालुएबल टिमको सूचीमा चर्चित फुटबल क्लबहरु म्यानचेष्टु युनाइटेड, बार्सिलोना र रियल मड्रिडलाई पछि पार्दै डल्लास शीर्ष स्थानमा छ। डल्लास काउब्वाइजको भ्यालु ३.६७ बिलियन पाउण्ड (४.८ बिलियन अमेरिकी डलर) रहेको छ। दोस्रो स्थानमा रहेको प्रिमियर लिग क्लब युनाइटेडको…

    विस्तृतमा पढ्नुस्

  • यस्तो बनेर आयो 'रोमियो एण्ड मुना'को नयाँ गीत

     यस्तो बनेर आयो 'रोमियो एण्ड मुना'को नयाँ गीत

    काठमाडौं :  साउन ११ प्रदर्शन हुने फिल्म 'रोमियो एण्ड मुना'को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। निर्माण टिमले यूट्युब मार्फत 'तिम्रै लागि हो' बोलको गीतको भिडियो सार्वजनिक गरेको हो। भिडियोमा फिल्मका मुख्य अभिनेता विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ फचर्ड छन्। हर्कुलस बस्नेतको शब्द तथा संगीत रहेको गीतमा गौरवको स्वरको स्वर रहेको छ। भिडियोको कोरियोग्राफी विक्रम स्वाँरले गरेका हुन्। नरेश कुमार केसी…

    विस्तृतमा पढ्नुस्

  • डाक्टर केसीलाई प्रम ओलीको प्रश्न : आफ्नो खुशीले अनशनमा बसेको कि पराधिन भएर?

    डाक्टर केसीलाई प्रम ओलीको प्रश्न : आफ्नो खुशीले अनशनमा बसेको कि पराधिन भएर?

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्राध्यापक डाक्टर गोविन्द केसीको अनशनमाथि प्रश्न उठाउँदै सोधेका छन् – 'आफ्नो खुशीले अनशनमा बसिरहनु भएको छ कि उहाँ पराधिन हुनुहुन्छ?'  आज पोखरा विश्वविद्यालयको १९ औं सिनेटलाई सम्बोधन गर्दै ओलीले केसीको अनशनमाथि प्रश्न गरेका हुन्। ‘सरकारले उनको जाँचका लागि पठाएको डाक्टरहरुलाई उहाँले छेउ पर्न दिनु भएको छैन,’ ओलीले भने, ‘राजनीतिका लागि उहाँको जीवनसँग खेलभाड गर्नुहुँदैन।’…

    विस्तृतमा पढ्नुस्

  • केसी काठमाडौं आउन तयार तर सरकारी खर्चको हेलिकप्टर नचढ्ने

    केसी काठमाडौं आउन तयार तर सरकारी खर्चको हेलिकप्टर नचढ्ने

    काठमाडौं : २० दिनदेखि जुम्लामा अनशनरत डाक्टर गोविन्द केसी काठमाडौं फर्कन तयार भएका छन्।   आज दिउँसो जुम्लामा पत्रकार सम्मेलन गर्दै डाक्टर केसीले आफू काठमाडौं जान तयार भएको बताएका हुन्। केसीलाई उद्धृत गर्दै उनका सहयोगी विशाद दाहालले भने, 'म सकारसँग डराएर होइन। आफ्ना विद्यार्थीमाथि गुन्डा शैलीमा धरपकड गरेकाले मात्रै जान तयार भएको हुँ।' जुम्लामा सुरक्षाकर्मी र केसीका समर्थकबीच झडप भएको…

    विस्तृतमा पढ्नुस्

  • क्रिकेटर सन्दीप लामिछानको पहिलो गीतको म्युजिक भिडियो सार्वजनिक

    क्रिकेटर सन्दीप लामिछानको पहिलो गीतको म्युजिक भिडियो सार्वजनिक

    काठमाडौं : युवा क्रिकेट स्टार सन्दीप लामिछानेले विपक्षीको विकेट झार्दै मैदानमा तहल्का मच्चाएको सबैलाई थाहा छ। राष्ट्रिय टिमदेखि लिएर आइपीएल, ग्लोबल टी-२० लिग क्यानडामा समेत उनले आफ्नो प्रतिभा देखाइसकेका छन्। सन्दीप स्टार क्रिकेटर मात्र होइनन् अब उनको नाममा अर्को परिचय समेत थपिएको छ। सन्दीप गायक समेत बनेका छन्। उनले राम्रो गीत गाउनेछन् भन्ने कुरा आफैले प्रमाणित गिरसकेका छन्। सन्दीपले गाएको पहिलो…

    विस्तृतमा पढ्नुस्

  • नेपथ्यको 'गाउँ गाउँबाट उठ' सार्वजनिक

    नेपथ्यको 'गाउँ गाउँबाट उठ' सार्वजनिक

    काठमाण्डौं : श्याम तमोटले लेखेको गीत 'गाउँ गाउँबाट उठ' नेपथ्य ब्याण्डको म्यूजिक भिडियोका रुपमा तयार भएको छ। राजनीतिक आन्दोलन र सामाजिक जागरणका सांगीतिक शस्त्र बन्दै आएको गीतलाई नेपथ्यले 'संकल्प गीत’ का रुपमा कन्सर्टहरुमा सुनाउँदै आएको छ। रामेश र मन्जुलले सुरु गरेको मुलुकब्यापी सांगीतिक जागरणको महत्वपूर्ण सिर्जनाका रुपमा उभिएको यो गीतलाई धेरैले धेरै भाषामा सुनाउँदै पनि आएका छन्। यो पञ्चायतकालकै परिस्थितीबाट…

    विस्तृतमा पढ्नुस्

  • अर्थमन्त्रीको आलोचित बजेटमा भविष्यका लागि लुकेको रहस्य

    अर्थमन्त्रीको आलोचित बजेटमा भविष्यका लागि लुकेको रहस्य

    काठमाडौंः सरकारले जेठ १५ गते सार्वजनिक गरेको बजेटमा प्रतिपक्ष दलले मात्रै होइन सत्तापक्षले पनि चर्को आलोचना गर्‍यो। टेक्नोक्रयाट अर्थमन्त्री डा युवराज खतिवडाले ल्याएको बजेटमा आलोचना गर्न उद्योगी व्यापारी समेत लाइनमा उभिए। सत्तारुढ दलको चुनावी घोषणापत्र अनुसार महत्वाकांक्षी बजेट नआएको भन्दै सर्वसाधारण समेत बजेटप्रति रुष्ट बने। रामेश्वर खनाल लगायतका केही टेक्नोक्रयाटबाहेक करिब करिब समाजको सबै तह र तप्का जसरी र जहाँबाट,…

    विस्तृतमा पढ्नुस्

  • सुनिल गिरीको ‘बाजेले भन्थे’ सार्वजनिक

    सुनिल गिरीको ‘बाजेले भन्थे’ सार्वजनिक

    काठमाण्डौं :  गायक सुनिल गिरी नयाँ गीत लिएर दर्शक माझ आएका छन्। हालै उनले ‘बाजेले भन्थे’ बोलको नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन्। गीतको भिडियोमा कलाकार निराजन प्रधान र मनिषा श्रेष्ठ फिचर्ड छन्। राजकुमार महर्जनले निर्माण गरेको गीतलाई अनिल के. मानन्धरले छायाँकन तथा निर्देशन गरेका हुन्।  

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell