काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको खाका अनुसार जनशक्ति व्यवस्थापन गर्न सरकारले नयाँ शिक्षा नीति अवलम्बन गर्न लागेको बताएका छन्। त्रिभुवन विश्वविद्यालयको ५९ औं वार्षिक दिवश बैठकलाई आज कीर्तिपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै अध्ययन अनुसन्धानविना विश्वविद्यालयहरुले कलेजको सम्बन्धन दिइरहँदा देशमा बेरोजगारहरु बढेको बताए। पढेका मान्छे बेरोजगार नहुन भनेर सरकारले क्षेत्रगत रुपमा आवश्यक जनशक्तिको अध्ययन गरी त्यसै अनुसारको शिक्षा…
काठमाडौं : प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोविन्द केसीविरुद्ध अभिव्यक्ति दिँदै आन्दोलनकारीविरुद्ध प्रतिकारमा उत्रिन भने पनि नेकपाका एक युवा नेताले विद्रोह गरेका छन्। नेकपाका केन्द्रीय सदस्य* गौतम राई गोविन्द केसीको पक्षमा आयोजित आन्दोलनमा सहभागीमात्र भएनन् आफ्नै अध्यक्षद्वयको कडा निन्दामा उत्रिए। ‘दश वर्ष जनयुद्ध गर्ने प्रचण्ड कम्रेड, १५ वर्ष जेल बसेका ओली कमरेड,…
काठमाडौं : पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले प्राध्यापक डाक्टर गोविन्द केसीको माग पूरा नगरे देशमा आलो बल्ने चेतावनी दिएकी छिन्। केसीको पक्षमा सडक आन्दोलनमा उत्रिएकी पूर्व प्रधान न्यायाधीश कार्कीले सडकमा उत्रिनु वाध्यात्मक भएको बताइन्। आन्दोलनमा सम्बोधन गर्दै कार्कीले भनिन्, ‘केसीले जनताको कुरा उठाएका हुन्। उनकै चिन्ताले सडकमा आउन बाध्य बनायो।’ केसीको मुद्दालाई राजनीतिक रुपमा क्यास नगर्न समेत उनले चेतावनी दिइन्।…
काठमाडौं : डाक्टर गोविन्द केसीले उठाएको मुद्दा लिएर सरकारविरुद्ध आन्दोलनमा उत्रिएको एउटा समूह र सुरक्षाकर्मीबीच झडप भएको छ। नेपाल विद्यार्थी संघले वानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि भिडन्त भएको हो। अवस्था नियन्त्रणमा लिन प्रहरीले ८ सेल अश्रुग्यास प्रहार गरेको छ। नेविसंघका आन्दोलनकारीले ढुंगामुडा गरेका छन् भने प्रहरीले लाठी चार्ज गरेको छ। वानेश्वरको अवस्था तनावपूर्ण रहेको त्यहाँबाट पहिलोपोस्टका विधुर ढकाल र सागर…
जानवी कपुर र इशान खट्टर अभिनित फिल्म धड्कले बक्स अफिसमा नयाँ रेकर्ड बनाएको छ। फिल्म रिलिजको पहिलो दिन ८ करोड ५० लाख कलेक्सन गरेर फिल्मले 'डेब्यु फिल्म'मा भएको आम्दानीको रेकर्ड बनाएको हो। बक्सअफिस इन्डियालाई उदृत गर्दै टाइम्सअफइन्डियाले जनाएअनुसार यस फिल्मले यसअघि नयाँ कलाकारको डेब्यु फिल्म 'स्टुडेन्टस् अफ दी इयर'को रेकर्ड तोडेको हो। आलिया भट्ट, बरुण धवन र सिद्धार्थ मल्होत्राको डेब्यु…
काठमाडौं : होम अफ क्रिकेट मानिने लर्ड्समा यही जुलाई २९ मा हुने ट्राई सिरिजका लागि मेरिलेबोन क्रिकेट क्लब एमसीसीको अन्तिम टोली घोषणा भएको छ। एक दिने सिरिजमा एमसीसी, नेपाल र नेदरल्याण्ड्सले प्रतिस्पर्धा गर्नेछन्। यसअघि नै एमसीसीको कप्तानी श्रीलंकन पूर्व कप्तान माहेला जयवर्दनेले गर्ने पक्का भइसकेको छ। एमसीसीको टोलीबाट इंग्ल्याण्डका पूर्व अन्तर्राष्ट्रिय खेलाडीहरु इयान बेल र जोनाथन ट्रट पनि खेल्ने पक्का…
प्रि सिजन टुरका लागि हाल अमेरिकामा रहेको प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटी पहिलो खेलमा पराजित भएको छ। यसै ट्रान्सफर विन्डोमा लेस्टर सिटीबाट क्लब भित्र्याइएका रियाद महारेजले डेब्यु गरेको खेलमा सिटी जर्मन क्लब बोरिया डर्टमण्डसँग १-० ले पराजित भयो। इन्टरनेशनल च्याम्पियन्स कप अन्तर्गत अमेरिकाको सिकागोमा भएको खेलमा डर्टमण्डका लागि मारियो गोट्जेले एक मात्र निर्णायक गोल गरे। उनले २८औँ मिनेटमा पेनाल्टीबाट गरेको गोल…
काठमाडौं : नेपालमा हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग गेम्स) को बारेमा छलफल गर्न दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को कार्यसमिति बैठक शनिवार काठमाडौंमा सुरु भएको छ। राजधानीको होटल याक एण्ड यतीमा भइरहेको बैठककमा एसएओसीका ७ मुलुकका ओलम्पिक कमिटीका प्रतिनिधिहरु उपस्थित छन्। उक्त बैठकले १३औं साग गेम्सको केही महत्वपूर्ण निर्णयहरु गर्नेछन्। एसएओसीका अध्यक्षसमेत रहेका संघीय सांसद तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष…
विराटनगर : जिल्ला प्रशासन कार्यालय मोरङले आर्थिक वर्ष २०७४/७५ मा १५ हजार ९४१ थान नेपाली नागरिकता वितरण गरेको छ। वितरित नागरिकतामा वंशज प्रकृतिका १५ हजार ३५३ तथा वैवाहिक सम्बन्धका ५८८ थान छन्। जिप्रका नागरिकता शाखाका अनुसार वंशजतर्फ पुरुष सात हजार ४३६ र महिला सात हजार ९१७ जना छन्। सो अवधिमा दुई नागरिकता रद्द गरिएको नागरिकता शाखाका रोशन श्रेष्ठले बताए। यसैगरी…
काठमाडौँ : सरकारले अपहरण शैलीमा काठमाडौं लिएर आएको भन्दै डा. गोविन्द केसीले कुनै पनि किसिमका स्वास्थ्य जाँच र सुविधा लिन अस्वीकार गरेका छन्। डा केसीको कर्णालीमा रहँदैदेखि मुटुको चालमा गम्भीर गढबढी देखिएको थियो। तर, उनको अडानकाका कारण इसिजी गरेर मुटुको अवस्था बारे जानकारी लिन नसकिएको उपचारमा संग्लग्न चिकित्सकहरूले बताएका छन्। रगतमा घटेको पोटासियम, म्याग्नेजियम, क्याल्सियम लगायतका इलेक्ट्रोलाइट्सको अवस्थासमेत थाहा नभएको…
स्पानिस जायन्ट रियल मड्रिडले ब्राजिलका १८ वर्षीय भिनिसिउस जुनियरलाई औपचारिक रुपमा अनुबन्ध गरेको छ। एक वर्षअघि भिनिसिउसलाई बर्नाबेय भित्र्याउने पक्का गरिसकेको रियलले शनिवार उनलाई समर्थककमा माझ प्रिसेन्टेसन समे गरेको थियो। त्यसअघि भिनिसिउस र क्लबका अध्यक्ष फ्लोरेन्टिना पेरेजले सम्झौता पत्रमा हस्ताक्षर गरे। भिनिसिउसले यती सानो उमेरमै रियल जस्तो क्लबमा अनुबन्धित हुँन पाउँदा आफू सम्मिनत भएको बताए। ब्राजिलियन लेजेण्ड तथा रियलका पूर्व…
काठमाडौं : मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले चिकित्सक गोविन्द केसीलाई जुम्लाबाट ल्याउने क्रममा भएको घटनाको विरोध जनाएको छ। क्रान्तिकारी माओवादीको चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चाले शुक्रबार विज्ञप्ति जारी गर्दै चिकित्सक केसीलाई बल प्रयोग गरी काठमाडौं ल्याएको भन्दै विरोध गरेको छ। ‘नेपालमा शिक्षा र स्वास्थको सुधार सम्बन्धि मागलाई लिएर गत २० दिनदेखि अनशनमा बसेका प्राध्यापक डाक्टर गोविन्द केसीलाई उपचारका लागि…
फकर जमन वान डे इन्टरनेशनल (ओडिआई) क्रिकेट म्याचमा डबल सेन्चुरी प्रहार गर्ने पहिलो पाकिस्तानी खेलाडी बनेका छन्। जिम्बावे विरुद्धको फोर्थ वान डे मा फकरले ओपनिङ गर्दे नटआउट २१० रन बनाएका हुन्। १५६ बल खेलेका उनले २४ चौका र ५ छक्का प्रहार गरे। उनी वान डे मा डबल सेन्चुरी प्रहार गर्ने छैटौँ खेलाडी हुन् भने वान डे मा यो आठौँ डबल…
काठमाडौः यौन दुराचारको अभियोगमा प्रहरीले एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले बिहीबार स्वजरल्यान्डका ६६ वर्षीय नागरिक पिटर क्रिस्चिएन ल्गेड्रफ लाई पक्राउ गरेको हो। उनले फेसबुक मार्फत साथी बनाएर विभिन्न प्रलोभनमा परि दुराचार गर्ने गरेको महाशाखाका एसएसपी धिरजप्रताव सिंहले बताए। उनले भने,' विभिन्न प्रलोभन देखाएर राजधानीका विभिन्न होटेलमा बोलाएर दुराचार गर्ने गरेको पाइएको हो।' प्रहरी…
काठमाडौं : फिल्म 'जय शम्भु'को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। फिल्मको प्रदर्शन मिति नजिकिंदै जाँदा निर्माण टिमले 'म त परें तिम्रै भर' बोलको गीतको भिडियो सार्वजनिक गरेको हो। अम्रिता नेपालको शब्द, टंग बुडाथोकीको संगीत रहेको गीतमा अन्जु पन्त र टंकको स्वर रहेको छ। गीतको भिडियामा कलाकार अनुप विक्रम शाही र वर्षा सिवाकोटी फिचर्ड छन्। भाद्र १ देखि प्रदर्शनमा…
हास्य कलाकार सुलेमान शंकर उर्फ इकु अभिनित फिल्म 'फिर्के'को कोरियामा च्यारिटी सो हुने भएको छ। भुकम्पमा आमा बुवा गुमाएका बालबालिकाका लागि सहयोगार्थ सो हुने भएको हो। सोका लागि इकु कोरिया पुगिसकेका छन्। जुलाई २९ मा दक्षिण कोरियाको जोङ्गास्थित जोगेसा हलमा फिल्म देखाइने इकुले जनाए। च्यारिटीबाट उठेको रकम स्नेह आश्रम भवन निर्माणमा जानेछ।
रसियामा २१औँ संस्करणको विश्वकप सकिसकेको छ। क्लब फुटबल सुरु हुन अझै केही समय बाँकी छ। यती खेल युरोपका ठूला क्लबहरु लिग अघि प्रि-सिजन टुरमा छन्। इंग्लिस क्लबहरु पनि उक्त टुरमा लागि हाल अमेरिकामा छन्। युनाइटेडले प्रि-सिजन टुरको आफ्नो पहिलो खेल मेक्सिकोको क्लब, क्लब अमेरिकासँग खेल्यो। नतिजा थियो १-१ को बराबरी। रसियामा विश्वकप खेलेका कारण पहिलो रोजाईका १० मुख्य खेलाडी हाल…
बलिउड अभिनेता नसीरुद्दीन शाहको आज जन्मदिन परेको छ। अभिनयमा अब्बल मानिने शाहको यो ६८ औं जन्मदिन हो। उनले थियटर र फिल्ममा ६ दशक बिताइसकेको भारतीय मिडियामा उल्लेख छन्। उनले कयौं हिट फिल्म गरिसकेका छन्। उनले गरेका फिल्म 'स्पर्श', 'इजाजत', 'आक्रोश', 'कथा', 'इश्किया', 'डेढ इश्किया', 'निशान्त' दर्शकले रुचाएका फिल्महरु हुन्। उनका फ्यानहरु उनलाई जन्मदिनको शुभकामना दिइरहेका छन्।
काठमाडौं : नेपालका लागि अमेरिकी राजदुत एलाइना बी टेप्लिजले शुक्रवार विहान नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डसँग भेट गरेकी छन्। आफ्नो कार्यकाल सकेर बिदाइ हुन लागेकी उनले जाँदाजाँदै खुमलटार पुगेर पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डसँग भेट गरेकी हुन्। भेटका क्रममा राजदूत टेप्लिजले नेपालको शान्तिप्रक्रिया सँगै देश आर्थिक समृद्धिको दिशामा अगाडि बढेको भन्दै खुशी व्यक्त गरेकी…
काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका निमित्त निर्देशक प्रा. डा. दिपक प्रकाश महराले राजिनामा दिएका छन्। अवधि सकिएपछि निमित्त महानिर्देशकको रुपमा कार्यरत महराले पारिवारिक कारणले राजिनामा दिएको बताएका छन्। महराले पारिवारिक कारणले राजिनामा दिएको बताउँदै केसीको आन्दोलनसँग जोडेर नहेर्न आग्रह गरेका छन्। त्रिविकाे अर्को निर्देशक छान्नका लागि डीन जगदिश अग्रवालकाे अध्यक्षतामा समिति पनि गठन भइसकेको छ।