PahiloPost

Sep 7, 2025 | २२ भदौ २०८२

  • मन्त्रीका अभिव्यक्तिमा विधिसम्मत् उपचार हुन्छ : प्रधानमन्त्री ओली

    मन्त्रीका अभिव्यक्तिमा विधिसम्मत् उपचार हुन्छ : प्रधानमन्त्री ओली

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना मन्त्रीहरूले दिएका अभिव्यक्तिको निगरानी गरिरहेको जनाएका छन्।  मङ्गलवार पार्टी कार्यालय आयोजित प्रशिक्षणमा ओलीले मन्त्रीहरूको अभिव्यक्तिबारे ध्यान दिएको बताएका हुन्। उनले भने, 'केही मन्त्रीहरूको अनुपयुक्त बोलाइबारे मेरो पनि ध्यान  गएको छ। यसको सम्बन्धमा विधिसम्मत उपचार हुन्छ।प्रधानमन्त्रीको हैसियतले मैले बुझ्नुपर्छ।' केही दिनअघि बङ्गलादेशमा एमबीबीएस अध्ययन गर्ने छात्राका विषयमा कानुनमन्त्री शेरबहादुर तामाङले दिएको अभिव्यक्ति आलोचित बनेको…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय सभामा प्रतिपक्षी र सत्तापक्षबीच विवाद, संसद अवरुद्ध

    राष्ट्रिय सभामा प्रतिपक्षी र सत्तापक्षबीच विवाद, संसद अवरुद्ध

    काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आजको राष्ट्रिय सभा अवरुद्ध गरेको छ। डाक्टर गोविन्द केसीको विषयमा कांग्रेसले गर्दै आएको संसद अवरुद्ध आज पनि जारी गरेको हो। आजको बैठक सुरु हुनासाथ कांग्रेसका सांसदहरु उभिएका थिए। लगत्तै सत्ता पक्षका सांसदहरुले पनि बोल्ने प्रयास गरेका थिए। कांग्रेस सांसदले अवरुद्ध गर्दागर्दै पनि राष्ट्रसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सत्तारुढ दलका सांसदलाई बोल्न मौका दिएका थिए। राष्ट्रिय सभामा…

    विस्तृतमा पढ्नुस्

  • डा केसीको माग पूरा गर्न दबाब दिन रेजिडेन्ट डाक्टर सामूहिक अनशनमा

    डा केसीको माग पूरा गर्न दबाब दिन रेजिडेन्ट डाक्टर सामूहिक अनशनमा

    काठमाडौँः चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राखेर २५ दिनदेखि आमरण अनशन बसेका डाक्टर गोविन्द केसीको माग पूरा गर्न भन्दै रेजिडेन्ट डाक्टरहरुले अनशन थालेका छन्। डाक्टर केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गए पनि सरकारले वार्ताको लागि पहल नगरेको भन्दै उनीहरुले हातमा कालोपट्टी बाँधेर अनशन बसेका हुन्। केसीको माग पूरा गराउन दबाब दिँदै उनीहरुले आफू कार्यरत स्वास्थ्य संस्थामा नियमित ओपिडी टिकट, रसिद,…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ सरकारद्वारा ६ विधेयक दर्ताका लागि अनुमति

    प्रदेश २ सरकारद्वारा ६ विधेयक दर्ताका लागि अनुमति

    वीरगंजः प्रदेश नम्बर २ को सरकारले ६ वटा विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरी प्रदेश सभामा मस्यौदा टेबल गर्न स्वीकृति दिएको छ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ती विधेयकहरूलाई प्रक्रियामा लैजान सैद्धान्तिक सहमति दिएको मुख्यमन्त्री लालबाबु राउतका स्वकीय सचिव दीपक यादवले जानकारी दिए।  मन्त्रिपरिषद्को बैठकले ‘प्रदेश लोक सेवा आयोग गठन’ सम्बन्धी विधेयक, ‘प्रादेशिक प्रशासनका लागि आवश्यक कर्मचारी भर्ना सम्बन्धी विधेयक’, ‘गाउँसभा र…

    विस्तृतमा पढ्नुस्

  • धादिङमा ४.८ रेक्टरको परकम्प

    धादिङमा ४.८ रेक्टरको परकम्प

    काठमाडौँः धादिङको गजुरी आसपास केन्द्रबिन्दु भएर आज गोरखा भूकम्पको परकम्प गएको छ। बिहान ८ बजेर ३० मिनेट जाँदा ४.८ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो। गजुरी आसपास क्षेत्रलाई केन्द्रबिन्दु बनाई परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए। यसअघि गत असार २१ गते धादिङको झार्लाङ आसपास केन्द्रबिन्दु भएर ४.१ रिक्टर स्केलको परकम्प गएको   थियो। त्यस्तै गत…

    विस्तृतमा पढ्नुस्

  • ‘राजीनामा दिँदै कानुनमन्त्री तामाङ, मन्त्री भन्छन् २ बजेसम्म कुर्नुस्'

    ‘राजीनामा दिँदै कानुनमन्त्री तामाङ, मन्त्री भन्छन् २ बजेसम्म कुर्नुस्'

    काठमाडौँः विवादस्पद अभिव्यक्तिको आलोचना भएपछि कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिने तयारी गरेका छन्। पार्टीको निर्देशनमा मन्त्री तामाङले राजीनामाको तयारी गरेका हुन्। उनले २ बजे पत्रकार सम्मेलनमार्फत आफूले सबै कुरा सुनाउने प्रतिक्रिया दिए। पहिलोपोस्टसँगको कुराकानीमा तामाङले भने, 'दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर सम्पूर्ण जानकारी दिन्छु।' पार्टीको निर्णय हो कि तपाईँ स्वयंमको भन्ने प्रश्नमा मन्त्री तामाङले सम्पूर्ण कुरा पत्रकार सम्मेलनमा नै जानकारी…

    विस्तृतमा पढ्नुस्

  • प्रस्तावित प्रधानन्यायाधीश जोशीमाथि आरोप ‘बेञ्चमै निदाउनेदेखि, छोराको विवाहमा ९० लाख खर्च गरेकोसम्म’ 

    प्रस्तावित प्रधानन्यायाधीश जोशीमाथि आरोप ‘बेञ्चमै निदाउनेदेखि, छोराको विवाहमा ९० लाख खर्च गरेकोसम्म’ 

    काठमाडौँः संसदीय सुनुवाइ विशेष समितिमा प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीविरुद्ध पाँच उजुरी दर्ता भएका छन्। उजुरीमध्ये केही कार्यसम्पादनसँग जोडिएका छन्। कतिपय विषयवस्तु उनले गरेको आदेशसँग जोडिएका छन्।  नितान्त व्यक्तिगत विषयसमेत समेटिएका दुई उजुरी छन्।  उजुरी १ उजुरकर्ताले प्रधानमन्त्री, प्रधानन्यायाधीश निवास बालुवाटारसँगै जोडिएको सार्वजनिक जग्गा व्यक्तिका नाममा हुनेगरि आदेश गर्नेमध्येका एक न्यायाधीश जोशी भएको आरोप लगाएका छन्। मुआब्जा समेत वितरण भइसकेको अवस्थामा…

    विस्तृतमा पढ्नुस्

  • प्रशिक्षक माउरिजियो सार्‍रीको डेब्यु खेलमा चेल्सी विजयी

    प्रशिक्षक माउरिजियो सार्‍रीको डेब्यु खेलमा चेल्सी विजयी

    मायरिजियो सार्‍रीले प्रशिक्षण सम्हालेपछि पहिलो मैत्रीपूर्ण खेल खेलेको इंग्लस क्लब चेल्सीले जित हात पारेको छ। प्रि सिजन टुर अन्तर्गत अष्ट्रेलिया पुगेको चेलसीले पर्थ ग्लोरीलाई १-० ले पराजित गर्दै नयाँ प्रशिक्षकलाई सुखद सुरुवात दिलाएको हो। लण्डन क्लबका लागि खेलको पाँचौ मिनेटमै पेड्रो रोड्रिगेजले गरेको ल निर्णायब नेको थियो। अष्ट्रेलिया पुगेका कारण इन्टरनेशनल च्याम्पियन्स कपमा चेल्सी सेभियाबचीको खेल भने क्यान्सिल भएको छ।…

    विस्तृतमा पढ्नुस्

  • टी-२० अभ्यास खेलमा नेपाल सेन्ट क्रससँग १९ रनले पराजित

    टी-२० अभ्यास खेलमा नेपाल सेन्ट क्रससँग १९ रनले पराजित

    काठमाडौं : युरोप टुरमा रहेको नेपाली क्रिकेट टोली दोस्रो अभ्यास खेलमा सेन्ट क्रससँग पराजित भएको छ। टी-२० फर्म्याटमा भएको उक्त खेमा नेपाल सेन्ट क्रससँग १९ रनले पराजित भएको हो। नियमित कप्तान पारस खड्कालाई आराम दिइएको खेलमा नेपालको नेतृत्व ज्ञानेन्द्र मल्लले गरेका थिए। खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सेन्ट क्रसले जिम्मी एडम्सको अर्धशतक मद्दतम २० ओभरमा ६ विकेट गुमाएर १६८…

    विस्तृतमा पढ्नुस्

  • रोकिएन सुन तस्करीः तीन किलो सुनसहित विमानस्थलबाट पक्राउ परे भारतीय नागरिक

    रोकिएन सुन तस्करीः तीन किलो सुनसहित विमानस्थलबाट पक्राउ परे भारतीय नागरिक

    काठमाडौँ:  त्रिभुवन विमानस्थलबाट दिनहुँजसो सुन तस्करहरू पक्राउ परिरहेका छन्। मंगलबार पनि विमानस्थल प्रहरीले ३ किलो अवैध सुनसहित पाँच जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । थाई एयरलयान्सको  फ्लाइट नम्बर टिजी ३२० विमानबाट आएका पाँच जनालाई ३ किलो ३६ ग्राम सुन सहित नियन्त्रणमा लिएको विमानस्थल प्रहरी प्रवक्ता एसपी  दिनेशराज मैनालीले बताए। पक्राउ पर्नेहरुमा भारतीय नागरिक अमृत पल सिंह,ईश्वर दास,अवतार सिंह, हरमिन्द्र…

    विस्तृतमा पढ्नुस्

  • नेपालसँगको टी-२० र ओडिआईका लागि नेदरल्याण्ड्सले घोषणा गर्‍यो छुट्टा-छुट्टै दुई टोली

    नेपालसँगको टी-२० र ओडिआईका लागि नेदरल्याण्ड्सले घोषणा गर्‍यो छुट्टा-छुट्टै दुई टोली

    काठमाडौं : जुलाई २९ मा लर्ड्मा हुने टी-२० ट्राई सिरिज र अगस्ट पहिलो साता नेपालसँग हुने वान डे इन्टरनेशनल (ओडिआई) म्याचका लागि नेदरल्याण्ड्सले टोली घोषणा गरेको छ। नेदरल्याण्ड्सले लर्ड्समा एमसीसी र नेपाल सम्मिलित ट्राई सिरिज र घरेलु मैदानमा हुने ओडिआई सिरिजका लागि दुई छुट्टै टोली घोषणा गरेको छ। दुवै टोलीको कप्तानी पिटर सिलरले गर्नेछन् र टोलीमा समान १३ खेलाडी छन्।…

    विस्तृतमा पढ्नुस्

  • महिला लिग फुटबल : विभागिय भिडन्तमा आर्मीले पुलिसलाई हरायो, शर्मिलाको निर्णायक गोल

    महिला लिग फुटबल : विभागिय भिडन्तमा आर्मीले पुलिसलाई हरायो, शर्मिलाको निर्णायक गोल

    काठमाडौं : त्रिभुवन आर्मीले उपराष्ट्रपति महिला राष्ट्रिय लिगमा विजयी सुरुवात गरेको छ। सोमवार भएको लिगको उद्घाटन खेलमा आर्मीले नेपाल पुलिसलाई १-० ले पराजित गरेको हो। एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको विभागीय भिडन्तमा आर्मीलाई जित दिलाउन खेलको ८२औँ मिनेटमा शर्मिला थापाले निर्णायक गोल गरिन्। पहिलो हाफमा आर्मीले गोल गर्ने अवसर बनाएपनि दुई प्रहार गोलपोष्टमा लागेर फर्केको थियो। खेलको वुमन अफ दी म्याच…

    विस्तृतमा पढ्नुस्

  • हिमेश रेशमियाको ४५ औं जन्मदिन

    हिमेश रेशमियाको ४५ औं जन्मदिन

    बलिउड गायक हिमेश रेशमियाको आज जन्मदिन परेको छ। उनको यो ४५ औं जन्मदिन हो। जापानमा लाइभ कन्सर्ट दिंदै त्याहाँका दर्शकसँग उनले जन्मदिन मनाउनेछन्। बलिउडमा उनले हिट गीतहरु गाइसकेका छन्। 'हुक्का बार' र 'खिलाडी ७८६' जापानमा उनले गाउने गीतहरु हुन्। आफ्नो दोश्रो पत्नी सोनिया कपुरसँग पनि उनले जन्मदिन मनाउन पाएनन्। उनी जापानका लागि शनिबार नै घरबाट निस्केको भारतीय मिडियामा उल्लेख छन्।…

    विस्तृतमा पढ्नुस्

  • 'धड्क'को कमाइमा करण जौहर खुशी

    'धड्क'को कमाइमा करण जौहर खुशी

    शसांक खेतानको निर्देशनमा बनेको फिल्म 'धड्क' डेब्यू कलाकार जान्वी कपुर र ईशान खत्तरका लागि शुभ सावित भयो। डेब्यू कलाकारले फिल्मको यस किसिमको हाइप नै अपेक्षा गरेका हुन्छन्। मराठी ब्लकबस्टर फिल्म शैरतको रिमेक हो 'धड्क'। डेब्यू कलाकारका लागि फिल्मको सुरवात ब्यापार नै सुखद रह्यो। करण जौहरको ब्यानर धर्म प्रोडक्सनबाट निर्मित फिल्मले पहिलो दिन ८ करोड माथिको ब्यापार गर्यो। भारतीय मिडियाका अनुसार यसै…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ 'कथा काठमाण्डौं'को नयाँ गीत

    यस्तो छ 'कथा काठमाण्डौं'को नयाँ गीत

    काठमाडौं :  फिल्म 'कथा काठमाण्डौं'को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। प्रदीप बास्तोलाको शब्द तथा संगीतमा फिल्मको  ईन्दिरा 'रातको कुरा सार्वजनिक' बोलको  गीतको भिडियो सार्वजनिक भएको हो। जोशीको स्वर रहेको गीतको भिडियोमा प्रमोद अग्रहरी र प्रियंका कार्की फिचर्ड छन्। असोज १२ मा रिलिज हुने फिल्मले काठमाडौं रहेका भिन्नभिन्न पात्रको कथालाई समेटेको छ। फिल्ममा प्रियंका र प्रमोदसँगै आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या…

    विस्तृतमा पढ्नुस्

  • करेन्ट लागेर पर्सामा एकको मृत्यु   

    करेन्ट लागेर पर्सामा एकको मृत्यु   

    वीरगंजः पर्साको पर्सागढी नगरपालिकामा करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ। पर्सागढी नगरपालिका वडा नम्बर ३ बडनिहार बजारमा करेन्ट लागेर एक युवकको मृत्यु भएको हो। मृत्यु हुनेमा बडनिहार बजार निवासी ३२ वार्षीय जुमादिन अन्सारी रहेको छन्। अन्सारीलाई  गएराति खाना खाएर आफ्नै घरमा टिभी खोल्ने क्रममा करेन्ट लागेको अस्थायी प्रहरी पोस्ट बडनिहारले जनाएको छ। शवलाई पोष्टमार्टमका लागि वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा…

    विस्तृतमा पढ्नुस्

  • डा केसीको अनशनमा नयाँ रेकर्ड: स्वास्थ्य अवस्था गम्भीर, वार्ता हुन सकेन

    डा केसीको अनशनमा नयाँ रेकर्ड: स्वास्थ्य अवस्था गम्भीर, वार्ता हुन सकेन

    काठमाडौँः चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राखेर १५औँ पटक अनशन बसिरहेका डा गोविन्द केसीको अनशन आजदेखि २४ दिन लागेको छ। डा केसीको यो सबैभन्दा लामो अनशन हो। यसअघि ११औँ अनशन २३ दिनसम्म चलेको थियो।   डा केसीको स्वास्थ्य गम्भीर बन्दै गइरहेको छ। उनको मुटुको गति जतिबेला पनि बन्द हुन सक्ने चेतावनी चिकित्सकहरूले दिइरहेका छन्। तर, सरकार भने डाक्टर केसीले स्वतन्त्र…

    विस्तृतमा पढ्नुस्

  • पूर्वयुवराज्ञी हिमानीको पशुपति दर्शन, हेर्नुस् फोटोमा

    पूर्वयुवराज्ञी हिमानीको पशुपति दर्शन, हेर्नुस् फोटोमा

    काठमाडौँः हिन्दु धर्मालम्बी महिलाहरुले साउन महिनाको सोमबारलाई विशेष रुपमा मनाउने गर्छन। साउनको सोमबार हिन्दु महिलाहरु भगवान शिवको व्रत बस्ने गर्छन। साउन महिनाका सोमबारका दिन विशेषगरी शिवालयहरुमा महिला भक्तजनको भीड लाग्ने गर्छ। साउनको पहिलो सोमबार आज भक्तजन पशुपति लगायतका शिवालयमा पुगेका छन्। पूर्वयुवराज्ञी हिमानी शाह पनि सोमबार पशुपति पुगेकी छन्। छोराछोरीसहित पशुपति पुगेकी उनी पूजाआजापछि केही समयमा फर्किएकी छन्।   हिमानीको…

    विस्तृतमा पढ्नुस्

  • दुर्घटनाग्रस्त सिम्रिक एयरको हेलिकप्टर ग्राण्डी अस्पतालको छतबाट यसरी निकालियो, हेर्नुस् भिडियोमा

    दुर्घटनाग्रस्त सिम्रिक एयरको हेलिकप्टर ग्राण्डी अस्पतालको छतबाट यसरी निकालियो, हेर्नुस् भिडियोमा

    काठमाडौँः गत असार १५ गते ग्राण्डी अस्पतालमा मेडिकल टिम लिन आउँदा दुर्घटनाग्रस्त भएको सिम्रिक एयरको हेलिकप्टर आइतबार अस्पतालको छतबाट निकालिएको छ। अस्पतालको १४ तल्ला माथि छतमा रहेको दुर्घटनाग्रस्त हेलिकप्टर हटाउन सिम्रिक एयरको टिमलाई दुई दिन लागेको थियो।  भिडियोमा हेर्नुस्

    विस्तृतमा पढ्नुस्

  • चितवनमा दुई रात्रिबस एकापसमा ठोक्किँदा २३ जना घाइते

    चितवनमा दुई रात्रिबस एकापसमा ठोक्किँदा २३ जना घाइते

    चितवनः भरतपुर महानगरपालिका–१ रामनगरमा गएराति दुईवटा यात्रुबाहक बस एकापसमा ठक्कर खाँदा २३ जना घाइते भएका छन्। काठमाडौँबाट दाङ जान आउँदै गरेको ना ५ ख ९३९९ को बस र वीरगञ्जबाट पोखरा जाँदै गरेको ना ५ ख ५३११ नम्बरको बस राति ११ः५० बजे एकापसमा ठक्कर खाँदा २३ जना घाइते भएका हुन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell