काठमाडौं : इन्डोनेसियामा हुने १८औं एसियाली खेलकुदको तयारी गर्न नेपाली फेन्सिङ टोली वैदशिक प्रशिक्षणका लागि बिहिवार दक्षिण कोरियाको सोल प्रस्थान गर्दैछ। समान ४ पुरुष र महिला खेलाडी तथा २ प्रशिक्षकसहित १० सदस्यीय टोली कोरिया जान लागेको हो। पुरुष खेलाडीमा राजनराज खड्का, शेरसिंह ऐरी, सन्जिप लामा र महेशप्रसाद भट्ट तथा महिलामा कमला श्रेष्ठ, रविना थापा, मीनादेवी पौडेल र अस्मिता बस्नेत छन्।…
काठमाडौं : नयाँबानेश्वरको काव्य स्कुलका खेलाडीले लगातार दोस्रो पटक नर्वेमा फुटबल खेल्दैछन्। आगामी शनिबारदेखि नर्वेको राजधानी ओस्लोमा आयोजना हुने नर्वे कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा भाग लिन काव्य स्कुलका खेलाडी शुक्रवार त्यसतर्फ प्रस्थान गर्दैछन्। काव्य स्कुलबाट नर्वे कप अन्तर्राष्ट्रिय फुटवल प्रतियोगिता भाग लिएको यो दोस्रो पटक हो। यसअघि गतवर्ष पनि काव्य स्कुल टोली नर्वे गएको थियो। नर्वे सरकारको आयोजनामा हुन लागेको…
काठमाडौं : युके टुरमा रहेको नेपाली क्रिकेट टोलीले आफ्नो तेस्रो अभ्यास खेलमा आज इस्ट लण्डन-११ सँग खेलिरहेको छ। खेलमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३३८ रन बनाएको छ। नेपालको लागि ओपनर अनिल कुमार शाहले शतक प्रहार गरे भने शरद भेषावकर शतकबाट २ रनले चुके। ५८ रन हुँदा ३ विकेट गुमाएको नेपालको लागि अनिल र शरदले…
राजविराज : राजविराज–भारदह सडक खण्ड अन्तर्गत सप्तरीको देउरी भरुवामा आज बस र माइक्रोबस ठोक्किँदा राजविराज नगरपालिका – ६ बस्ने ४५ वर्षीय पत्रकार रामप्रसाद खतिवडाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। विराटनगरबाट राजविराज आउँदै गरेको को १ ज २१४९ नम्बरको माइक्रोबस विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख ६१० नम्बरको बससँग ठोक्किँदा सो दुर्घटना भएको प्रहरी उपरीक्षक…
काठमाडौँ : साबित्रा भण्डारी र अनिता केसीले ह्याट्रिक गरेपछि एपीएफले उपराष्ट्रपति महिला राष्ट्रिय लिगमा काठमाडौँ जिल्ला फुटबल एसोसिएसनलाई १०-० ले पराजित गरेको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधवार भएको खेलमा एपीएफका लागि साबित्रा एक्लैले १० गोल गरिन्। उनले खेलको ३२औँ, ५१औँ, ८४औँ र ८५औँ मिनेटमा गोल गरिन्। यस्तै अनिता केसीले दोस्रो, २०औँ र ३०औँ मिनेटमा गोल गरिन्। अनु लामा र अनिता…
काठमाडौं: फिल्म ’सुश्री सम्पति’ को पहिलो गीतको भिडियो सार्वजनिक भयो। प्रचार सामाग्री स्वरुप सार्वजनिक भिडियोमा दरबारमा हुने भारदार प्रस्तुति देखाइएको छ। भिडियोमा प्रयोग पोशाक र प्रप्सले त्यस्तै संकेत गर्छ। भारदार प्रस्तुति र त्यसैको लागि तयार पारिएको सामाग्रीहरु कथाको माग हो की गीतको शब्दहरुसँग मिलाउन मात्र खोजिएको हो? गीतको भिडियो बारे निर्देशक सुब्रत आचार्य भन्छन्,'गीत कथा सुहाउँदो छ। त्यसैले सोही अनुरुप काम गरेका हौं। पोशाक…
काठमाडौं : कलाकार सरोज खनाल पछिल्लो समय अधिकांश फिल्ममा देखिने कलाकार हुन्। भदौ ८ मा प्रदर्शन हुने फिल्म 'रेनी'मा पनि उनी देखिने भएका छन्। अन्य कलाकारसँगै फिल्मका पोस्टरमा उनी फिचर्ड छन्। फिल्म मेकर उनलाई स्टारकास्टका रुपमा लिंदै आएका छन्। तर, दु:खद उनी अभिनित प्राय फिल्म एक साता पनि हलमा टिकेका छैनन्। पञ्चायत, ब्वाइफ्रेन्ड, बाबु कान्छा, हैरान आदि उदाहरण हुन्। सरोजलाई पछिल्लो समय जस्तोसुकै प्रोजेक्टमा…
काठमाडौ : ३३ किलो सुन तस्करी छानिविन प्रकरणका संयोजक सह सचिव ईश्वरीराज पौडेलको सरुवा भएको छ। गृह मन्त्रालयमा रहेका सहसचिव पौडेलेको बुधवार भएको सहसचिवहरुको सरुवामा अध्यागमन विभाग पठाइएको हो। सरकारले गत चैत ३० गते गठन गरेको उच्चस्तरीय छानविन टोलीको पौडेलले नेतृत्व गरेका थिए। उनले नै विमानस्थलबाट ३ हजार ८ सय किलो सुन तस्करी भएर भित्रिएको तथ्य बाहिर ल्याएका थिए। सय दिन लामो अनुसन्धानमा…
काठमाडौं : इन्डोनेसियामा आगामी अगस्ट १८ देखि सेप्टेम्वर २ सम्म आयोजना हुने १८औँ एसियन गेम्स अन्तर्गत पुरुष फुटबलको नयाँ खेल तालिका सार्वजनिक भएको छ। यसअघि नै फुटबलको खेल तालिका सार्वजनिक भएपनि युएई र प्यालेष्ठाइन थपिएपछि पुन: नयाँ खेल तालिका जारी गरिएको हो। तर पुरानो तालिकामा कुनै परिवर्तन नगरी यी दुई टोलीलाई दुई समूहमा थप गरिएको हो। समूह ए मा प्यालेष्ठाइन…
काठमाडौं : गीतकार विजय सिवाकोटीको शब्दमा सन् २००० मा रेकर्ड भएको 'जिन्दगीले जता लान्छ' बोलको गीतमा भिडियो तयार भएको छ। राजु सिंहको संगीत रहेको गीत वरिष्ठ गायक प्रेमध्वज प्रधानले गाएका हुन्। ह्यारी महर्जनको सम्पादन तथा छायाँकनमा तयार भएको भिडियोमा विजयसहित गायक र संगतीकार पनि फिचर्ड छन्। भिडियोलाई राजेश श्रेष्ठले निर्देशन गरेका हुन्। गीत रेकर्ड भएको १७ वर्षपछि भिडियो बनेको सिवाकोटीले जानकारी दिए। यूट्युब…
काठमाडौं: गृह मन्त्रालयले एकै पटक ठूलो सङ्ख्यामा प्रमुख जिल्ला अधिकारीहरु सरुवा गरेको छ। बुधवार देशभरका अधिकांश प्रमुख जिल्ला अधिकारीलाई सरुवा गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयमा रामप्रसाद आचार्य आएका छन्। ललितपुर सिडिओ कार्यालयमा प्रेमराज जोशीलाई सरुवा गरिएको हो। त्यसैगरी सिन्धुपाल्चोकका सिडिओ अासमान तामाङ मकवानपुरमा सरुवा भएका छन्।
मिन्स्क, बेलारुस : बेलारुसको राजधानी मिन्स्कमा मङ्गलवारदेखि हेलिकोप्टर प्रतियोगिता शुरु भएको छ। उक्त प्रतियोगितामा विश्वका विभिन्न देशबाट ३७ जना हेलिकोप्टर पाइलटको सहभागिता रहेको छ। मिन्स्कस्थित लिप्की एयरफिल्डमा स्थापना गरिएको सुरक्षा र सुविधा सम्पन्न एरो क्लबमा शुरु भएको यस हेलिकोप्टर प्रतियोगिता १६औँ हो। जहा हेलिकोप्टर उडानको सीप, कला र सुरक्षा मापदण्डको बारेमा प्रदर्शन हुने बताइएको छ। यहाँ सबैभन्दा धेरै पाइलटको समूह…
काठमाडौं: अमेरिका पढ्न गएका नेपाली विद्यार्थीको कथामा वेब सिरिज 'प्रेमादी' बनेको छ। कुबेर दंगालको निर्देशनमा बनेको सिरिजको ट्रेलर समेत सार्वजनिक भएको छ। सिरिजमा विद्यार्थीहरुको भोगाई, माया, प्रेम, नेपाली संस्कृती र जीवनशैलीलाई देखाउन खोजिएको निर्माण टिमले जनाएको छ। सिरिजमा सफल निरौला, नैना श्रेष्ठ, सुमन देबकोटा, रसिला ओझा, बिशाल थापा लगायतको अभिनय रहेकोछ। सिरिजमा आशिष खनियाको कथा र कमल पाण्डेको छायाँकन रहेको छ।…
काठमाठौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले आगामी असोज १३ गतेदेखि हुने शहिद स्मारक ए डिभिजन लिग वार्म अप जस्तो भएको बताएका छन्। राजधनीमा बुधवार एन्फा, ए, बि र सी डिभिजन क्लबका प्रतिनिधिहरुसँग भएको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष शेर्पाले यस्तो बताएका हुन्। ए डिभिजनमा रहेको सबै क्लबले लिग नखेल्ने र खेलेका पनि कुनै क्लब रेलिगेसन नहुने भएपछि…
काठमाडौं : करिब डेढ महिनादेखि बन्द रहेको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) आवेदन आइतबारबाट खुल्ला हुने भएको छ। देशैभरि साउन १३ गते आइतबारबाट आवेदन खुल्ला गर्न लागिएको यातायात व्यवस्था विभाग निर्देशक तुल्सीराम अर्यालले जानकारी दिए। विभागले गत जेठ अन्तिम सातादेखि आवेदन बन्द गरेको थियो। राजश्व संकलन, मिलान, बाँकी रहेको रिटालयको ब्याक लक सक्ने भन्दै विभागले आवेदन बन्द गराएको थियो। विभागका अनुसार…
काठमाडौं : राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले सरकारका मन्त्रीहरुलाई समयमै उपस्थित हुन रुलिङ गरेका छन्। सरकारका मन्त्रीहरु समयमै उपस्थित नहुँदा राष्ट्रियसभाको बैठकमा ढिलाइ हुन थालेपछि उनले यस्तो रुलिङ गरेका हुन्। बुधवारको बैठकमा पनि मन्त्री समयमा सहभागी नहुँदा बैठक ढिलो गरी सुरु भएको थियो। बैठकको सुरुमै सभाध्यक्ष तिमल्सिनाले समयमै उपस्थित हुन मन्त्रीहरुलाई रुलिङ गरे। आजको बैठकमा कांग्रेस सांसद बद्री पाण्डेले अनसनरत…
काठमाडौं: नाटक 'मिस्टर फक्स एण्ड दी स्कूल ब्वाइ'को मञ्चन सुरु भएको छ। मङ्थलबार टेकुस्थित कौसी थिएटरमा नाटकको पहिलो सो भयो। नाटकले बालबालिका र जनावरबीचको मनोवैज्ञानिक सम्बन्धको कथा भन्छ। चे शंकरले परिकल्पना एवं निर्देशन गरेको नाटकले जनावर संरक्षण र त्यसको महत्वको संदेश दिन्छ। नाटकललाई गार्डेन थिएटरले निर्माण गरेको हो। 'सहरीकरणले निम्त्याउने अवस्था देखाइएको छ। जहाँ स्कूल पढ्ने विद्यार्थी केन्दीय पात्र हो।'…
पाकिस्तानमा आज संसदीय निर्वाचन हुँदैछ। दोस्रोपटक निर्वाचनमार्फत् सत्ता हस्तानतरण गर्न लागेको हो। चुनावअघिका हिंसाका कारण उच्च सुरक्षा संवेदनशीलता अपनाइएको छ। ३० भन्दा बढी राजनीतिक दल निर्वाचनमा सहभागी छन्। १० करोड ६० लाखभन्दा बढी मतदाताले मतदान गर्दैछन्। मतदानका लागि करिब ८५ हजार मतदान केन्द्र स्थापना गरिएको छ। मतदाताले प्रत्येक दुर्इ सिटका लागि मतदान गर्नु पर्नेछ। एउटा राष्ट्रियसभाका लागि र अर्को प्रान्तीय…
बैतडीः पहिरोमा पुरिएर दार्चुलामा आज एकजना मजदूरको मृत्यु भएको छ। मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–२ रौतेडाका २२ वर्षीय मदन ओड रहेका इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इञ्चार्ज प्रहरी निरीक्षक दीर्घ बोगटीले जानकारी दिए। आज बिहान २ः३० बजे सुतिरहेका बेला माथिबाट आएको पहिरोमा पुरिएर ओडको घटनास्थलमै ज्यान गएको हो। मृतक ओड विगत केही दिनदेखि शैल्यशिखर–९ रुप्सालखोला बाँजका मानसिंह विकको घर निर्माणको काम गरिरहेका…
बैतडीः गएराति परेको पानीका कारण महाकाली राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ। महाकाली राजमार्गको सतबाँझ–गोकुलेश्वर सडकखण्डको डिलाशैनी–६ को बांगाबगर भन्ने ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको स्थानीय सुरेश श्रेष्ठले जानकारी दिए। बांगाबगरमा माथिबाट आएको पहिरोका कारण गएरातिदेखि नै सडक अवरुद्ध हुँदा यातायात पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए। अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको…