PahiloPost

Sep 1, 2025 | १६ भदौ २०८२

  • १८औँ एसियन गेम्स : १८१ खेलाडी बन्द प्रशिक्षणमा, राखेप सदस्य सचिव भन्छन्, यो पटक स्वर्ण पदकको आशा छ

    १८औँ एसियन गेम्स : १८१ खेलाडी बन्द प्रशिक्षणमा, राखेप सदस्य सचिव भन्छन्, यो पटक स्वर्ण पदकको आशा छ

    ठमाडौँ : आगामी भदौ २ देखि १६ गतेसम्म इन्डोनेशियामा हुने १८औँ एसियाली खेलकूद प्रतियोगितामा सहभागी हुने १८१ खेलाडी अहिले बन्द प्रशिक्षणमा व्यस्त छन्। प्रतियोगिता शुरु हुन केही साता मात्र बाँकी रहँदा प्रतियोगिताका २८ खेलमा सहभागिता जनाउन लागेको नेपालका तर्फबाट १२५ पुरुष र ५६ महिला खेलाडी अहिले राजधानी र मोफसलका विभिन्न शहर तथा विदेशमा प्रशिक्षण लिइरहेका छन्। राष्ट्रिय खेलकूद परिषद्(राखेप)का अनुसार…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिजमा 'रोमियो एण्ड मुना', 'चिमुसिचि' र 'सुकुलगुण्डा'

    फ्राइडे रिलिजमा 'रोमियो एण्ड मुना', 'चिमुसिचि' र 'सुकुलगुण्डा'

    काठमाडौं : यो साता शुक्रबार प्रदर्शन अन्तर्गत तीन नेपाली फिल्म छन्। 'रोमियो एण्ड मुना', 'चिमुसिचि' र 'सुकुलगुण्डा' प्रदर्शनमा आएका तीन फिल्महरु हुन्। नरेश कुमार केसी निर्देशित फिल्म 'रोमियो एण्ड मुना' मा अभिनेता विनय श्रेष्ठ र सृष्टि श्रेष्ठको मुख्य अभिनय रहेको छ। लभस्टोरी विधामा बनेको यस फिल्म फिल्ममा विनय र सृष्टिसँगै सुष्मा कार्की, सुरक्षा पन्त, प्रज्जवल सुजल गिरी लगायतको अभिनय छ। भि…

    विस्तृतमा पढ्नुस्

  • डा केसीसँगको सहमतिबारे नेकपाले गर्‍यो सांसद्लाई ब्रिफिङ

    डा केसीसँगको सहमतिबारे नेकपाले गर्‍यो सांसद्लाई ब्रिफिङ

    काठमाडौँः नेपाल कम्युनिष्ट पार्टीले चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा डा गोविन्द केसीसँग भएको सहमतिबारे आफ्नो संसदीय दललाई आज जानकारी गराएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा दलका उपनेता एवं उक्त सहमतिको पहलकर्ता सुवास नेम्वाङले सो सहमतिबारे जानकारी गराएका हुन्। बैठकमा सहमतिपछिको फरक स्थितिका बारेमा छलफल भएको र सहमतिले संसदीय प्रक्रिया तथा सर्वोच्चतालाई स्वीकार गरेको उनले बताए। चिकित्सा शिक्षा विधेयकमा…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुर पोखरा सिधा बस सेवा सुरु

    भक्तपुरः आजबाट भक्तपुर–पोखरा सिधा बस सेवा सञ्चालन भएको छ। आज बिहान सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले बस सेवा शुभारम्भ गरेका हुन्। उनले यस क्षेत्रलाई नगरपालिकाले पर्यटकीय गन्तव्य क्षेत्रका रुपमा घोषणा गर्न लागेको जानकारी दिँदै सूर्यविनायक नगरपालिकामा पर्यटन विकासको मुख्य आधार बनाउने कार्यक्रम अगाडि ल्याइरहेको बेलामा पर्यटक बस सेवा सञ्चालनले पर्यटन विकासमा थप मद्दत पुग्ने बताए। भक्तपुरबाट पर्यटकलाई बन्दीपुर र पोखरा…

    विस्तृतमा पढ्नुस्

  • एन्टोनिओ एडन : डेब्यु खेलमै तीन पेनाल्टी प्रहार रोक्दै विजयी गोल गर्ने खेलाडी

    एन्टोनिओ एडन : डेब्यु खेलमै तीन पेनाल्टी प्रहार रोक्दै विजयी गोल गर्ने खेलाडी

    एन्टोनिओ एडनका लागि एट्लेटिको मड्रिडबाट डेब्यु खेल ड्रिम कम ट्रु जस्तो भएको छ। उनले इन्टरनेशनल च्याम्पियन्स कप अन्तर्गत सिंगापुरमा भएको खेलमा स्पानिस क्लबलाई आर्सनल विरुद्ध जित दिलाउन तीन पेनाल्टी रोके भने आफै विजयी गोल गरे। विश्व विजेता फ्रान्सका एन्टोनी ग्रीजमन, उरुग्वेका डिफेण्डर डिएगो गोडिन, स्पेनका डिएगो कोस्टा र कोके लगायत विश्वकप खेलेका खेलाडी बिनै मैदानमा उत्रेको एट्लेटिकोले एडनको उत्कृष्ट प्रदर्शन…

    विस्तृतमा पढ्नुस्

  • आज शताब्दीकै लामो खग्रास चन्द्रग्रहण

    आज शताब्दीकै लामो खग्रास चन्द्रग्रहण

    काठमाडौँः आषाढ शुक्ल पूर्णिमाका दिन शुक्रबार राति खग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। शुक्रबार राति १२ बजेर ९ मिनेटमा चन्द्रग्रहणले स्पर्श गर्ने समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिए। खग्रास चन्द्रग्रहणको सम्मिलन १ बजेर १५ मिनेटमा हुनेछ। खग्रास चन्द्रग्रहणको समाप्ति राति २ बजेर ५८ मिनेटमा हुनेछ । राति २ बजेर ८ मिनेटमा ग्रहणको मध्य र ४ बजेर छ मिनेटमा…

    विस्तृतमा पढ्नुस्

  • सडकको पहिरो डेढ महिनासम्म पन्छाइएन, यातायात सञ्चालन अवरुद्ध

    सडकको पहिरो डेढ महिनासम्म पन्छाइएन, यातायात सञ्चालन अवरुद्ध

    पाल्पाः वर्षाले रैनादेवी छहरा गाउँपालिकाको सुन्दरेढुंगादेखि जुठापौवासम्मको सडकमा खसेको पहिरो एक महिना बितिसक्दा पनि नझिक्दा यात्रु पैदल यात्रा गर्न बाध्य छन्। वर्षाका बेला सडकमा खसेको पहिरोका कारण स्थानीय बासिन्दालाई गाउँपालिका कार्यालयदेखि जिल्ला सदरमुकाम तानसेनसम्म आवागमनका लागि समस्या भएको हो। जुवापौवादेखि नेपानेसम्मको सडकमा पाँच÷सात स्थानमा पहिरो खस्दा यातायात सञ्चालन हुन नसकेको स्थानीय बासिन्दा सोमबहादुर रायमाझीले जानकारी दिए। सुन्दरेढुंगादेखि जुठापौवा–सालझण्डीसम्म गत आवमा…

    विस्तृतमा पढ्नुस्

  • चिकित्सा विधेयकमा के के हुँदैछ परिमार्जनः यस्तो छ मूल विधेयक, यी हुन् परिमार्जन हुने २२ दफा

    चिकित्सा विधेयकमा के के हुँदैछ परिमार्जनः यस्तो छ मूल विधेयक, यी हुन् परिमार्जन हुने २२ दफा

    काठमाडौँः सरकार र अनशनतरत डा. गोविन्द केसीबीच भएको सहमति अनुसार संसद्मा विचाराधीन चिकित्सा शिक्षा विधेयकका विभिन्न २२ दफामा संशोधन हुने भएको छ। सरकारले यसअघि जारी गरेको अध्यादेशकै रुपमा पुग्नेगरि विचाराधीन विधेयकमा संशोधन गर्न लागिएको हो। सहमति अनुसार सरकारका तर्फबाट विचाराधीन विधेयकमा संशोधन दर्ता हुनेछ। सरकारसँग पुरक विधेयक लैजाने सुविधा समेत रहनेछ। किनकी अहिलेसम्म दर्ता भएको विधेयक संसद्मा पेस भएको छैन। …

    विस्तृतमा पढ्नुस्

  • एसिया कप क्वालिफायर अगष्ट २७ देखि मलेसियामा हुने, विजेताले भारत र पाकिस्तानसँग खेल्न पाउने

    एसिया कप क्वालिफायर अगष्ट २७ देखि मलेसियामा हुने, विजेताले भारत र पाकिस्तानसँग खेल्न पाउने

    काठमाडौँ : एसिया कप क्वालिफायर क्रिकेट प्रतियोगिता आगामी अगष्ट २७ देखि हुने भएको छ। एसियन क्रिकेट काउन्सिल एसीसीका अनुसार एसिया कप अगष्ट २७ देखि सेप्टेम्वर ७ सम्म मलेसियामा आयोजना हुँदैछ। 📢 SAVE THE DATES! The ACC Asia Cup Qualifiers is all set to take place in Malaysia between 27th August and 7th September, 2018! ✅ UAE ✅Nepal ✅Hong Kong ✅Oman…

    विस्तृतमा पढ्नुस्

  • अन्तिम अभ्यास खेलमा नेपाल १३४ रनले विजयी : ज्ञानेन्द्र, पारस र दीपेन्द्रको अर्धशतक, सन्दीपको ३ विकेट

    अन्तिम अभ्यास खेलमा नेपाल १३४ रनले विजयी : ज्ञानेन्द्र, पारस र दीपेन्द्रको अर्धशतक, सन्दीपको ३ विकेट

    काठमाडौं : हाल युके टुरमा रहेको नेपाली क्रिकेट टोलीले आज खेलेको अन्तिमा अभ्यास खेलमा जित हात पारेको छ। टी-२० फर्म्याटमा भएको खेलमा नेपालले इस्ट लण्डन शार्कलाई १३४ रनको फराकिलो अन्तरले हरायो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्र सिंह ऐरीको अर्धशतक मद्दतमा २० ओभरमा ४ विकेट गुमाएर २५१ रन बनाएको थियो। नेपालका लागि…

    विस्तृतमा पढ्नुस्

  • माथेमा प्रतिवेदनकै अनुसार सरकार र केसी पक्षबीच ९ बुँदे सहमति 

    माथेमा प्रतिवेदनकै अनुसार सरकार र केसी पक्षबीच ९ बुँदे सहमति 

    काठमाडौं : सरकार र डा केसीको वार्ता टोलीबीच फेरि ९ बुँदे सहमति भएको छ। माथेमा प्रतिवेदन अनुसार सहमति गरेर बालुवाटारबाट वार्ता टोली अनशनस्थल गएको छ। केसीले भने बमोजिम भएकाले आजै अनशन तोड्ने वार्तामा सहभागी एक सदस्यले बताए। यसअघि भएको सात बुदे अनौपचारिक सहमतिमा डा केसीले विमती जनाएपछि ९ बुँदे सहमति भएको हो। डा केसीका वार्ता टोलीका सदस्यहरुले यसअघिको सहमतिका बारेमा…

    विस्तृतमा पढ्नुस्

  • सबै मन्त्री सामु ल्यापटप, प्रमका सल्लाहकारले भने : अबदेखि मन्त्रिपरिषद बैठक कागजविहीन

    सबै मन्त्री सामु ल्यापटप, प्रमका सल्लाहकारले भने : अबदेखि मन्त्रिपरिषद बैठक कागजविहीन

    काठमाडौं : आजबाट मन्त्रिपरिषद बैठक कागजविहीन भएको छ। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले फोटो ट्विट गर्दै यसको जानकारी गराएका हुन्। उनले जारी गरेको फोटोमा मन्त्रिपरिषदका सदस्यहरु सबैसामु ल्यापटप देखिएको छ। केही अघिमात्र प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री बन्नेले अनिवार्य कम्प्युटर चलाउन जान्नुपर्ने बताएका थिए। साथै सरकारले मन्त्रीहरुलाई म्याकबुक उपलब्ध गराउने जनाएको थियो। आजबाट मन्त्रिपरिषदको बैठक कागज बिहिन हुँदै - @kpsharmaoli…

    विस्तृतमा पढ्नुस्

  • दुई बुँदामा केसीको असहमति, सच्चाएर आउन वार्ता टोलीलाई निर्देशन

    दुई बुँदामा केसीको असहमति, सच्चाएर आउन वार्ता टोलीलाई निर्देशन

    काठमाडौं : सरकार र प्राध्यापक डाक्टर गोविन्द केसीका वार्ता टोलीबीच सात बुँदे अनौपचारिक सहमति भए पनि केसीले त्यसमा सहमत भएनन्। डा केसीका वार्ता टोलीका सदस्यहरुले सहमतिबारे केसीलाई ब्रिफिङ गरेका थिए। सहमतिका ७ बुँदामध्ये २ वटा बुँदामा केसीले सम्झौता गर्न चाहेनन्। केसीको अडान लगत्तै केसी पक्षको वार्ता टोली फेरि बालुवाटार गएको छ। साता बुँदे सहमतिमा विधेयक र उपत्यकामा मेडिकल कलेज खोल्न…

    विस्तृतमा पढ्नुस्

  • डा. मिर्जा बनिन् पाँच पटक सांसदमा निर्वाचित हुने एक मात्र पाकिस्तानी महिला

    डा. मिर्जा बनिन् पाँच पटक सांसदमा निर्वाचित हुने एक मात्र पाकिस्तानी महिला

    इस्लामावाद : पाकिस्तानको केन्द्रीय सांसदकी पूर्व सभामुख डा. फेमिदा मिर्जा निर्वाचित भएकी छन्। उनी पाकिस्तानको संसदमा पाँच पटक निर्वाचित हुने पहिलो महिलासमेत बनेकी छन्।  उनी निर्वाचन क्षेत्र एनए-२३० बादिनबाट लगातार रुपमा पाँच पटक विजयी भएकी हुन्। उनले ९६ हजार ८७५ मत प्राप्त गरेकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी पीपीपीका हाजी रसुलले ९६ हजार १५ मत ल्याए।  उनी पहिलो पटक सन् १९९७…

    विस्तृतमा पढ्नुस्

  • 'कायरा'को प्रचार अस्त्र आर्यन र साम्राज्ञी

    'कायरा'को प्रचार अस्त्र आर्यन र साम्राज्ञी

    काठमाडौं :  प्रदर्शनको तयारीमा रहेको फिल्म 'कायरा'को प्रचार अस्त्र गीत सार्वजनिक भएको छ। निर्माण टिमले यूट्युब मार्फत फिल्ममा समावेश नयाँ गीतको भिडियो सार्वजनिक गरेको हो। नरेश भट्टराईको शब्दमा सुगम पोख्रेल र श्रेया सोताङको स्वरमा 'यो त माया हो' बोलको गीतको भिडियो सार्वजनिक भएको हो। गीतमा फिल्मका मुख्य कलाकार आर्यन सिग्देल र साम्राज्ञी राज्य लक्ष्मी शाह फिचर्ड छन्। फिलिपिन्सका रमणीय दृश्यमा…

    विस्तृतमा पढ्नुस्

  • ३१ वटा चोरीमा संलग्न अभियुक्त सुनुवार पक्राउ

    ३१ वटा चोरीमा संलग्न अभियुक्त सुनुवार पक्राउ

    काठमाडौँः  विभिन्न समयमा ३१ वटा चोरीका घटनाका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। नुवाकोट जिल्ला साविकको थानसिंह गाविस र ९ स्थायी घर भएका ४९ वर्षीय गणेशबहादुर सुनुवार  बिहीवार केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो। सुनुवारलाई जबरजस्ती चोरी मुद्दामा जिल्ला अदालत काठमाडौँ २०७२ चैत २४ गते ३४ लाख ७२ हजार ५९१ रुपैयाँ जरिवाना तोकेको थियो।  

    विस्तृतमा पढ्नुस्

  • एसियन गेम्सअघि नेपाली फुटबल टोलीले थाइल्याण्डमा १० दिन ट्रेनिङ गर्ने

    एसियन गेम्सअघि नेपाली फुटबल टोलीले थाइल्याण्डमा १० दिन ट्रेनिङ गर्ने

    काठमाडौँ : आगामी अगष्ट र सेप्टेम्वरमा इन्डोनेसियामा हुने १८औँ गेम्सको तयारीका लागि नेपाली फुटबल टोलीले थाइल्याण्ड १० दिने ट्रेनिङ क्याम्प राख्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार मुख्य प्रशिक्षक योतुकु कोजीले १० दिने क्याम्पका लागि २९ खेलाडीको नाम समेत सार्वजनिक गरेका छन्। नेपाली टोली अगष्ट ३ तारिख (शुक्रवार) थाइल्याण्ड जानेछ। एसियन गेम्स र बंगलादेशमा हुने साफ च्याम्‍पियनसिपका लागि…

    विस्तृतमा पढ्नुस्

  • गृहकार्य सकिएपछि गोविन्द केसीको विषयमा औपचारिक वार्ता सुरु

    गृहकार्य सकिएपछि गोविन्द केसीको विषयमा औपचारिक वार्ता सुरु

    काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि विज्ञहरुसँग सुझाव लिएपछि सरकारी वार्ता टोली र डाक्टर गोविन्द केसीका वार्ता टोलीबीच औपचारिक वार्ता सुरु  भएको छ। आजको वार्ताको संयोजन सरकारी टोलीबाट नेकपाका उपनेता सुवासचन्द्र नेम्वाङले गरिरहेका छन्। उनी केही दिन यता यस विषयलाई सुल्ट्याउन सक्रिय रहँदै आएका छन्।   उपनेता नेम्वाङले प्रधानमन्त्रीको प्रतिनिधित्व गर्दै डा केसीसँग समेत कुरा गर्नेछन्। हिजो राति प्रम निवास…

    विस्तृतमा पढ्नुस्

  • ७ महिनाकी जापानी बालिका भाइरल हुँदै

    ७ महिनाकी जापानी बालिका भाइरल हुँदै

    शिशु जन्मदा खासै उनीहरुको कपाल पलाएको हुँदैन। तर, जापानमा एक जना बालिका छिन् जसको जन्म हुँदा नै टाउकोमा बाक्लो कपाल थियो। उनी हुन् २०१७ डिसेम्बर मा जन्मिएकी च्याङको।  ७ महिनाकी च्याङको अहिले आफ्नो सुन्दर र बाक्लो कपालका कारण सामाजिक संजालमा भाइरल भएकी छिन्। उनको कपालको धेरैले प्रशंसा गरेका छन्। उनको कपालको तारिफ गर्दै ह्यासट्याग हेयरगोल अहिले ट्रेन्डिङमा रहेको छ।  च्याङकोका…

    विस्तृतमा पढ्नुस्

  • आज अन्तिम अभ्यास खेल खेल्दै नेपाल, आइतवार लर्ड्समा टी-२० सिरिज खेल्ने

    आज अन्तिम अभ्यास खेल खेल्दै नेपाल, आइतवार लर्ड्समा टी-२० सिरिज खेल्ने

    काठमाडौं : युके टुरमा रहेको नेपाली क्रिकेट टोलीले आज अन्तिम अभ्यास खेल खेल्दैछ। लर्ड्समा हुने टी-२० ट्राइ सिरिज तथा नेदरल्याण्ड्समा हुने ऐतिहासिक ओडिआई सिरिजका लागि नेपालले तीन अभ्यास खेल खेलिसकेको छ भने चौथो तथा अन्तिम अभ्यास खेलमा आझ इस्ट लण्डन शार्कसँग खेल्दैछ। यो खेल टी-२० फर्म्याटमा हुँदैछ। टी-२० अन्तर्राष्ट्रिय र ओडिआई दुवै सिरिज खेल्न युरोप टुरमा रहेको नेपालले दुवै सिरिजलाड्ढ…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell