काठमाडौं : कोरियाको दुई अन्तर्राष्ट्रिय नाटक महोत्सवमा नेपाली नाटक मञ्चन भएको छ। रङ्गकर्मी केदार श्रेष्ठले महोत्सवमा एकल नाटक 'चन्द्र, सुर्य र काग' प्रस्तुत गरेका छन्। उनले 'पुम थियटर फेस्टिभल २०१८' र ओसितेजा कोरिया इन्टरनेशनल समर थियटर फेस्टिभल थियटरमा नाटक प्रस्तुत गरेका थिए। 'मिस्टर मुन, मिस सन, एण्ड मिसेस क्रो' अङ्ग्रेजी अनुवादित नाटक हो, 'चन्द्र, सुर्य र काग' । एक महिने एसियन आर्टिस्ट…
काठमाडौँः एसिएन गेम्सको तयारीको विशेष प्रशिक्षणका लागि हंगेरी जान लागेको नेपाली जुडो टोलीको भिसा अस्वीकार भएको छ। अगस्ट २५ सम्म प्रशिक्षणका लागि आठ खेलाडीलाई पठाउन लागिए पनि भिसा अस्वीकार भएको हो। जर्मन एम्बेसीले हंगेरीमा सेसन जारी रहेको र बुकिङ सम्पन्न भइसकेको भन्दै भिसा अस्वीकार गरेको जानकारी नेपाल जुडो संघलाई दिएको हो। नेपाल जुडो संघका अध्यक्ष दीपक हर्ष बज्रचार्यले हंगेरी जाने…
भारतको दिल्ली हुँदै इराक र कुवेत लैजान लागिएका १६ नेपाली युवतीको दिल्ली महिला आयोगले उद्धार गरेको छ। मंगलबार राति दिल्लीबाट युवतीको उद्धार गरिएको दिल्ली महिला आयोग अध्यक्ष स्वाती मालिवालले ट्वीटमा उल्लेख गरेकी छन्। उनीहरुलाई दिल्ली हुँदै इराक तथा कुवेत लैजान लागिएको बताइएको छ। एउटा सानो कोठामा बन्धक बनाइ राखेको अवस्थामा दिल्ली महिला आयोगले प्रहरीको सहयोगमा उद्दार गरेको हो। उनीहरुको पासपोर्ट…
काठमाडौँः सरकार र अनशनरत डा. गोविन्द केसीका प्रतिनिधिबीच आज पनि वार्ता हुँदैछ। मंगलबार साँझ भएको वार्तालाई दुवै पक्षले सकारात्मक भनेका छन्। संसद्मा विचाराधीन विधेयक नै फिर्ता लिनुपर्ने अडानबाट केसी पक्ष पछि हटेपछि वार्ता सुरु भएको हो। विचाराधीन विधेयक परिमार्जन गरी केसीले उठाएका विषय सम्बोधन कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको छ। बुधबार बिहान ९ बजेदेखि पुनः छलफल सुरु हुँदैछ। केसीले…
भक्तपुरः भक्तपुरमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। अरनिको राजमार्गअन्तर्गत मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटो चोकमा काठमाडौँबाट तीव्र गतिमा भक्तपुरतर्फ आइरहेको बा ३ च ८३१७ नम्बरको निजी कार सडक डिभाइडरमा ठोक्किँदा कार चालक सिन्धुली घर भई हाल सूर्यविनायक बस्ने ४७ वर्षीय रमेशराज राउतको मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका राउतको उपचारका क्रममा…
काठमाडौँः आफ्नो अभिव्यक्ति विवादस्पद बनेपछि कानुनमन्त्री शेरबहादुर तामाङले मंगलबार मन्त्री पदबाट राजीनामा दिएका छन्। तामाङले राजीनामा दिएसँगै अब नयाँ कानुनमन्त्री को बन्ला भन्ने चर्चा सुरु भएको छ। राजनीतिक वृत्तमा पनि विभिन्न समीकरण जोडेर विश्लेषण थालिएको छ। मन्त्रीका छनोटका लागि नेकपाले औपचारिक प्रक्रिया अघि नबढाए पनि तामाङको राजीनामासँगै अनौपचारिक छलफल भने गरेको छ। यसअघि तत्कालीन एमालेबाट मन्त्रीको पहिलो सूचीमा रहेका भानुभक्त…
दुनैः हिमाली जिल्ला डोल्पामा सरकारले दिने अनुदानको चामल महँगो भएपछि जनताले किन्न छोडेका छन्। दुर्गम तथा हिमाली जिल्लामा सरकारले अनुदानमा नेपाल खाद्यान्नको चामल वितरण गर्ने गरे पनि महँगो हुने भएपछि जनताले किन्न छोडेका छन्। जापान सरकारले अनुदानमा दिने गरेको जापानी चामलको मूल्य बजारको चामलभन्दा पनि महँगो भएपछि जनताले खाद्यान्नको जापानी चामल किन्न नमानेका हुन्। प्रतिकेजी रु ६५ मा बिक्री गर्न…
काठमाडौँः कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिएपछि उक्त मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइएको छ। मन्त्री तामाङले मंगलबार राजीनामा दिएका थिए। मन्त्रीले राजीनामा दिएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई नै मन्त्रालयको जिम्मेजारी तोकेकी हुन्। राष्ट्रपति कार्यालयबाट मंगलबार साँझ जारी विज्ञप्तिमा भनिएको छ ‘आज मिति २०७५ साल साउन ८ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्का माननीय…
काठमाडौं : आगामी सेप्टेम्वरमा युएईमा हुने एसिया कप २०१८ को खेल तालिका सार्वजनिक भएको छ। सेप्टेम्वर १५ देखि २८ सम्म हुने प्रतियोगितामा एसियाका टेष्ट खेल्ने पाँच राष्ट्र र छनोट भएर जाने एक गरी कूल ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। नेपाल, हङकङ, युएई, सिंगापुर, ओमान र मलेसिया बीच हुने छनोट प्रतियोगिताबाट विजेता हुने देशले भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसँगै एसिया कप…
फिफा दी बेस्ट मेन्स प्लेअरका लागि १० खेलाडीको मनोनयन सार्वजनिक भएको छ। रसियामा सम्पन्न विश्वकप विजेता फ्रान्सका तीन खेलाडी सहित साविक विजेता क्रिस्टियानो रोनाल्डोलाई समावेश गर्दै फिफाले मंगलवार १० खेलाडीको नाम सार्वजनिक गरेको छ। जुलाई ३ २०१७ देखि १५ जुलाई २०१८ सम्म गरेको प्रदर्शनको आधारमा १० खेलाडी छनोट गरिएको फिफाले जनाएको छ। यसअघि दुई पटक बेस्ट अवार्ड जितिसकेका पोर्चुगलका क्रिस्टियानो…
स्पानिस ला लिगाको नयाँ सिजन लिग २०१८-१९ को खेल तालिका सार्वजनिक भएको छ। रोएल स्पानिस फुटबल फेडेरेसनले मंगलवार जारी गरेको खेल तालिका अनुसार नयाँ सिजन अगस्ट १८ बाट सुरु हुनेछ। स्पानिस ला लिगा अन्तर्ग हुने एल क्लासिको अर्थात बार्सिलोना र रियल मड्रिडबीच हुने खेल अक्टोवर र अर्को वर्ष मार्चमा हुनेछ। पहिलो खेल अक्टोवर २८ मा बार्सिलोनाको मैदान नोउक्याम्पमा हुनेछ भने…
काठमाडौं : आज एकै दिन दुई पटक भूकम्प महसुस भएको छ। बिहान ८:३० बजे धादिङ केन्द्र बनाइ भूकम्प गएको थियो भने साँझ ५:४४ बजे सिन्धुपाल्चोक केन्द्रविन्दु बनाइ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार साँझ ४.३ म्याग्नेच्युड क्षमताको भूकम्प गएको हो। बिहान भने ४.८ म्याग्नेच्युड क्षमताको भूकम्प गएको हो। यी दुवै गोर्खा केन्द्रविन्दु बनाइ २०७२ वैशाख १२ गते गएको भूकम्पको परकम्प हो।…
इस्लामावाद : पाकिस्तानमा बुधवार संसदीय निर्वाचन हुँदैछ। आतंककारी आक्रमण र सेनाको प्रत्यक्ष हस्तक्षेपले निर्वाचनमा असर पर्न सक्ने आकलन भइरहँदा पाकिस्तानी जनताले नयाँ प्रधानमन्त्री चयनका लागि मतदान गर्दै छन्। पाकिस्तानको इतिहासमा हालसम्म निर्वाचित भएको प्रधानमन्त्रीले पाँच वर्षे कार्यकाल पुरा गर्न पाएका छैनन्। नवाज शरिफको सरकारसमेत कार्यकाल सक्दै निर्वाचन गराउनबाट वञ्चित भयो। कार्यकालको उत्तरार्धमा २०१७ जुलार्इमा पाकिस्तानको सर्वोच्च अदालतले शरिफलार्इ भ्रष्टाचारको अभियोगमा…
काठमाडौं: सिक्किमका नेपाली कलाकार रोबिन जी गुरुङले दक्षिण भारतीय फिल्म इण्डस्ट्रीका सुपरस्टार रजनिकांतको फिल्ममा काम गर्ने अवसर पाएका छन्। केहि दिन अघि फिल्म छायाँकनका लागि दार्जलिङ पुगेका रजनिकांतले उनलाई फिल्ममा असिस्टेन्ट लाइन आर्टिस्ट कोअर्डिनेटरको जिम्मेवारी दिएका थिए। लाइन प्रोड्युसर राज सिटौलाको माध्यमद्वारा यस फिल्ममा रोबिनले काम गर्ने अवसर पाएका हुन्। उनले रजनिकांतको फिल्ममा नेपाली कलाकारलाई अवसर दिने प्रयास गर्ने बताएका छन्।…
काठमाडौं : फिल्म 'नाईं नभन्नु ल ५'को नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। दिनेश थपलियाको शब्द तथा बसन्त सापकोटाको संगीत रहेको गीतमा मेलिना राईको स्वर रहेको छ। 'तिम्रो आँखामा आँखा जुधाई' बोलको गीतको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का अभिषेक नेपाल फचर्ड छन्। भदौ ८ मा प्रदर्शन हुने फिल्ममा स्वस्तिमा र अभिषेकसँगै निरुता सिंह, दिलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी लगायको अभिनय रहनेछ।…
काठमाडौं : नेपाली कामदारहरूलाई मलेसिया पठाउन क्रममा भएको भ्रष्टाचारको अभियोगमा मलेसियाको एन्टि करप्सन कमिसन (एमएसीसी)को अनुसन्धानको सामना गर्न तयार रहेको त्यहाँका पूर्व उपप्रधानमन्त्री डा. अहमद जाहिद हमिदीले बताएका छन्। नेपाली कामदारहरू मलेसिया लैजाने क्रममा त्यहाँको सरकारले संस्थागत रूपमा भ्रष्टाचार गरेको भन्दै उनी र उनको परिवारमाथि अभियोग लागेको छ। ‘आफूमाथि लागेको आरोपलाई झुटो साबित गर्न वा यस घटनामा मैले कुनै पनि…
काठमाडौंः कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले पदबाट राजिनामा दिएका छन्। मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन मार्फत उनले राजिनामा दिएका हुन्। विदेशमा चिकित्सा शिक्षा अध्ययनका लागि जाने गरेका नेपाली महिलाहरु माथि यौन दुव्र्यवहार हुने भन्दै अभिव्यक्ति दिए पछि विवादमा तानिए पछि उनले नैतिकताका आधारमा राजिनामा दिएको बताएका हुन्। सिंगो सरकारलाई असफल पार्न खोजेको भन्दै त्यसलाई असफल पार्नका लागि राजिनामा…
एसियाली क्षेत्रको सबैभन्दा ठुलो खेलकुद मेलाको रुपमा रहेको एसियन गेम्सको १८औँ संस्करण आगामी अगस्ट १८ देखि सेप्टेम्वर २ सम्म इन्डवनेसियाको जाकार्ता पालेमबाङमा हुँदैछ। दुई साता लामो खेल मेलामा एसियाका ४५ देशका खेलाडीले प्रतिस्पर्धा गर्दैछन् यस पटक ४० खेलका कूल ४६५ इभेन्ट समावेश छन्। झण्डै सात दशक लामो एसियन गेम्सको इतिहासमा चीन र जापानले पदक तालिकामा दबदबा कायम राख्दै आएको छ।…
काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले डाक्टर गोविन्द केसीले उठाएका मेडिकल शिक्षा र सेवा सुधारको विषयमा पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रस्तुत गरेको अध्यादेश हुबहु संसदमा प्रस्तुत नगरेसम्म आन्दोलन नरोकिने बताएका छन्। एक साता लामो युरोप भ्रमणपछि फर्केका कांग्रेस उपसभापति निधिले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भने, ‘छिटोभन्दा छिटो सरकारले हुबहु पारित नगरेसम्म हाम्रो आन्दोन जारी…
काठमाडौं : चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राखेर २५ दिनदेखि आमरण अनशन बसेका डाक्टर गोविन्द केसीको माग पूरा गर्न भन्दै रेजिडेन्ट डाक्टरहरुले अनशन थालेका छन्। उनीहरुले हातमा कालोपट्टी बाँधेर अनशन बसेका हुन्। केसीको माग पूरा गराउन दबाब दिँदै उनीहरुले आफू कार्यरत स्वास्थ्य संस्थामा नियमित ओपिडी टिकट, रसिद, बिल बहिस्कार गर्ने घोषणा गरेका छन्। करिब सयभन्दा बढी रेजिडेन्ट डाक्टरहरुले अनशन बस्ने घोषणा गरेका…