काठमाडौं: निजी, सहकारी तथा सरकारी सबै अस्पतालले बिरामीको उपचार गर्दा लाग्ने शुल्क दर वेब साइटमा राख्नुपर्ने भएको छ। स्वास्थ्य मन्त्रालयमा शुक्रबार बसेको उपचार शुल्क निर्धारण उपसमितिको बैठकले यस्तो निर्णय गरेको हो। बिरामी पक्षलाई कतिपय निजी अस्पतालले आफूखुसी शुल्क तोकेर तिर्न बाध्य गराएको भन्दै उजुरी बढेको थियो। गत महिना स्वास्थ्य सचिव पुष्पा चौधरीको अध्यक्षतामा शुल्क निर्धारण समितिको बैठक बसेको थियो। त्यतिबेलाको…
चितवन: नेपाली कांग्रेसका नेता गगन थापाले अहिलेको परिवेशमा पार्टी सभापति र संसदीय दलको नेता एउटै व्यक्ति हुनु उपयुक्त नभएको बताएका छन्। थापाले आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टीलाई पूर्ववत् अवस्थामा फर्काउनुपर्ने महत्वपूर्ण जिम्मेवारी रहेको भन्दै उनले दुई तिहाई बहुमत पुर्याउन लागेको कम्युनिष्ट सरकारसँग संसद्मा भिड्नुपर्ने भएकाले एकै व्यक्तिले दुई मोर्चामा रहेर काम गर्न नसक्ने विचार व्यक्त गरे। फरक प्रशंगमा उनले…
काठमाडौं : घरेलु टोली जिम्बावेसँग आइतवार खेल्दै नेपालले आइसीसी क्रिकेट वर्ल्ड कप क्वालिफायर को यात्रा सुरु गर्दैछ। कूल १० टोलीको सहभागिता रहेको क्वालिफायरमा नेपाल र जिम्बाबेसँगै अफगानिस्तान, स्कटल्याण्ड र हङकङ समूह बी मा छन्। नेपालले टेष्ट मान्यता प्राप्त राष्टसँग ५० ओभरको क्रिकेट म्याच खेल्न लागेको यो पहिलो पटक हो। नेपालले र जिम्वावे सिनियर लेभलमा भिड्न लागेको समेत यो पहिलो पटक हो।…
भक्तपुर: जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले वातावरण प्रदूषण गर्ने अब जो कोहीलाई कारबाही गरिने बताएका छन्। भक्तपुर मध्यपुरथिमि नगरपालिका– ३ कौशल्टार र सूर्यविनायक नगरपालिका–२ बालकोटको सिमानामा पर्ने हनुमन्ते खोला सरसफाइ अभियानको आज उद्घाटन गर्दै पण्डितले वातावरण प्रदूषण गर्नेलाई कारबाही गर्ने दृढता व्यक्त गरे। मन्त्री पण्डितले आगामी वैशाख १ गतेदेखि महानगर तथा उपमहानगरमा हरियो स्टिकर नहुने सवारी साधनलाई प्रतिबन्द लगाउने बताउँदै…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता समालेको दुई साता बितेसँगै ओलीलाई शुभकामना दिन पाकिस्तानी समकक्षी नेपाल आउँदै छन्। सन् २०१४ पछि पाकिस्तानबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो। नेपालको परराष्ट्र मन्त्रालयले यस बारेमा आधिकारिक धारणा सार्वजनिक नगरे पनि तयारीलाई भने तिब्रता दिएको छ। काठमाडौँका मुख्य चोकमा नेपाल र पाकिस्तानका झण्डा पहराईएका छन्। सन् २०१४ मा काठमाडौँमा सम्पन्न १८ औं…
नयाँदिल्ली: चर्चित एक महिला पत्रकारको हत्यामा संलग्न भएको अभियोगमा भारतीय प्रहरीले एक राजनितीज्ञलाई पक्राउ गरेको छ। उनको हत्यारालाई कारबाही गर्न माग गर्दै गत बर्ष केहीदिन देशैभरी विरोध प्रदर्शन भएको थियो। भारतीय महिला पत्रकार ५५ बर्षीया गौरी लंकेश भारतको हिन्दु राष्ट्रवादको चर्को आलोचक थिइन्। सन् २०१७ को सेम्टेम्बर ५ तारिखका दिन उनलाई कर्नाटक राज्यको राजधानी बेङगालुरुस्थित आफ्नै घर बाहिर गोली हानी…
काठमाडौं: मेडिकल शिक्षा र स्वास्थ्य सुधारको माग गर्दै आएका डा गोविन्द केसीले दुइ सुत्रीय माग प्रस्तुत गर्दै उक्ता माग पुरा नभएमा पुन अनशन बस्ने चेतावनी दिएका छन्। आज एक विज्ञप्ति जारी गर्दै डा केसीले फागुन २९ बाट अनशन बस्ने चेतावनी दिएका हुन्। विज्ञप्तिमा भनिएको छ, 'तत्काल गोपाल पराजुलीको भ्रष्टाचार र दुष्कर्मका कारण देशको न्यायालय नै बन्धक बनिरहेको र पराजुलीले पदमा…
काठमाडौं: आज वाम गठबन्धनका सांसदहरुको सयुक्त प्रशिक्षण कार्यक्रम नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सम्पन्न भयो। उक्त कार्यक्रममा एमाले शीर्ष नेताद्वय झलनाथ खनाल र माधव नेपाल भने उपस्थिति भएनन्। एकताको सँघारमा रहेका दुई दलमध्ये प्रमुख दलका शीर्ष नेताहरु कार्यक्रममा सहभागी नभएपछि दुई नेता किन सहभागी भएनन् भनी प्रश्न गर्न थालेका छन्। किन सहभागी भएनन् प्रशिक्षणमा? वरिष्ठ नेता माधव नेपाल हिजो नै…
काठमाडौं : आयोजक कुमारी फुटसलको प्रथम कुमारी महिला फुटसल प्रतियोगिताको उपाधि जितेको छ। पक्नाजोलस्थित कुमारी फुटसलमा शनिबार भएको एकदिने प्रतियोगिताको फाइनलमा आयोजक कुमारी फुटसलले लेडी लायन्सलाई ३–२ ले पराजित गर्दै उपाधि जितेको हो। कुमारी फुटसलको जितमा मनिषा थापामगरले दुई तथा प्रिति राईले एक गोल गरिन्। लेडी लायन्सका बिमला चौधरी र इन्दिरा राईले गोल गरिन्। कुमारीले २–० ले पछि परेको स्थिति…
काठमाडौं : त्रिभुवन आर्मीले क्वीक्स होम एण्ड अवे बासकेटबल लिगमा लगातार छैटौँ जित हासिल गरेको छ। लिग अन्तर्गत शनिवार घरेलु कोर्टमा भएको खेलमा आर्मीले जेभिएर इन्टरनेशनल कलेजलाई ९२-५९ को स्कोरमा हरायो। आर्मीको जितमा सर्वाधिक ३३ अंक स्कोर गरेका रविन खत्री म्यान अफ दि म्याच भए। लिगमा अपराजित रहदै ६ खेलबाट १८ अंक जोडेको आर्मी शीर्ष स्थानमा आसिन छ। शनिवारै भएको…
काठमाडौं: फिल्म निर्देशक दयाराम दाहालले कविता संग्रह प्रकाशित गरेका छन्। फिल्ममा कथा र गीत लेखनमा सक्रिय रहेपनि पहिलो किताब स्वरुप कवितासंग्रह ‘शब्द-संग्राम’ बजारमा ल्याएका हुन्। रक्षामन्त्री इश्वर पोखरेलको प्रमूख आतिथ्यमा संस्कृतिविद तथा शताब्दी पुरुष सत्यमोहन जोशी, साहित्यकार रोचक घिमिरे, अभिनेता निखिल उप्रेतीले पुस्तक लोकार्पण गरेका हुन्। डिकुरा पब्लिकेशनद्धारा प्रकाशित ‘शब्द-संग्राम’ मा निर्देशक तथा लेखक दाहालले नेपाली फिल्म क्षेत्रमा आउँदाको सुरुवाती…
काठमाडौं : आइसीसी वान डे वर्ल्ड कप क्वालिफायरमा नेपालले आइतवार घरेलु टोली जिम्बावेसँग पहिलो खेल खेल्दैछ। नेपालले सिनियर क्रिकेटमा जिम्बावेसँग खेल्न लागेको यो पहिलो पटक हो। तर नेपालका कप्तान पारस खड्काले भने खेल हुनु एक दिन अघि क्वालिफायर खेल्न उत्साहित रहेको र प्रेसर ठूला टिमलाई हुने बताएका छन्। 'हामी यहाँ क्वालिफायर खेल्न पाउँदा उत्साहित छौँ। डिभिजन टू सबै टिमका लागि…
काठमाडौं: शनिबार साँझ राजधानीको सोल्टी होटलमा आयोजित मिस तामाङ २०१८ को ग्रान्ड फिनालेमा २७ प्रतिस्पर्धीलाई पछि पार्दै पर्सा ठोरी गाउँपालिका ४ की सिमरन स्याङ्बोले मिस तामाङको ताज पहिरिन सफल भइन्। बिजेता घोषणा लगत्तै उनलाई मिस तामाङ २०१७ पिंकी घिसिङले ताज पहिरिदिइन् । मिस नेपाल सिमरनले एक लाख नगद पुरस्कार पाउने भएकी छिन्। एघारौं संस्करणको मिस तामाङ नेपाल तामाङ कला–संस्कृति केन्द्र…
युवा बलर सन्दीप लामिछानेले क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्ने भएका छन्। इन्डियन क्रिकेट लिग –आइपीएल) मा अनुवन्धन भएको केही समयपछि नै सन्दीपले अर्को महत्वपूर्ण प्लेटफर्म पाएका हुन्। पाँच हजार अमेरिकी डलरमा सेन्ट किट्स एण्ड नेभिस पेट्रियर्सले सन्दीपलाई अनुवन्धन गरेको हो। टिमको कप्तानमा वेष्ट इन्डिजका क्रिस गेल छन्। टिममा बेन कटिङ, टोम कोपर लगायतका खेलाडी छन्। सीपीएल अगष्ट ८ देखि सेप्टेम्बर १६…
राजविराजः राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा डाक्टरको लापरबाहीले गर्भवती महिलाको मृत्यु भएको भन्दै आक्रोशित स्थानीयले तोडफोड गरेपछि अस्पताल तनावग्रस्त भएको छ। राजविराज–भारदह सडकखण्डअन्तर्गत अस्पताल गेटमा टायर बालेर यातायात अवरुद्ध पारेपछि अवस्था झन तनावग्रस्त भएको प्रहरीले जनाएको छ। सुत्केरी व्यथाले च्यापेपछि जिल्लाको विष्णुपुर गाउँपालिका–१ पिप्राहीकी २५ वर्षीया अनिता यादवलाई दुई दिनअघि अस्पताल भर्ना गरिएको थियो। सुरुदेखि नै चेकजाँच गर्दै आएका डाक्टर…
उर्लाबारीः मोरङको धनपालथान गाँउपालिकास्थित रंगेली–विराटनगर सडकखण्डमा मोटरसाइकलको ठक्करबाट गएराति पैदलयात्रीको मृत्यु भएको छ। को २३ प ६१६७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा धनपालथान गाउँपालिका–६ का ४५ वर्षीय विहारी रायको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। रायलाई राति ११ः३० बजेतिर धनपालथान गाउँपालिका–६ स्थित दादरबैरिया चोकमा ठक्कर दिएको थियो। ठक्कर दिने मोटरसाइकलका चालक मोरङ, कटहरी गाउँपालिका–५ बस्ने सरोज उराउ समेत…
भीमदत्तनगरः भारतीय नम्बरको जिपको ठक्करबाट बिहीबार राति कञ्चनपुरको भीमदत्तनगरपालिका–६ का ४५ वर्षीय मोहन चन्दको मृत्यु भएको छ। गड्डाचौकीबाट भीमदत्तनगरतर्फ आइरहेको युके ०३७१०१ नम्बरको भारतीय जिपको ठक्करले पूर्व–पश्चिम राजमार्गमा हिँडिरहेका चन्दको घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जिप चालकको खोजी भइरहेको जनाएको छ। मृतकका आफन्तले चालकलाई नियन्त्रणमा लिएर कारबाहीको माग गर्दै शव दुर्घटनास्थलबाट उठाउन दिएका छैनन्। रासस
इलामः नेपाल विद्युत् प्राधिकरण इलामले लामो समयदेखि विद्युत् महशुल नबुझाउने सरकारी कार्यालयको लाइन धमाधम काट्न थालेका छन्। तीन महिनाभन्दा लामो समयसम्म विद्युत् महशुल नतिर्ने मालपोत कार्यालय, आदर्श मावि, घरेलु तथा साना उद्योग विकास समिति, शीतभण्डारको लाइन काटिएको प्राधिकरणका इलेक्ट्रिक सुपरभाइजर तारा एक्तेनले जानकारी दिए। सबैभन्दा बढी इलाम नगरपालिकाको शीतभण्डारले रु सात लाख २८ हजार बक्यौता तिरेको छैन। त्यसैगरी मालपोत कार्यालयको…
काठमाडौं: यो साता फ्राइडे रिलिज अन्तर्गत तीन नेपाली फिल्म एकसाथ प्रदर्शनमा आएका छन्। फिल्म ‘नाका’, ‘ब्लाइन्ड रक्स’ र ‘तिम्रै छोरी तरुनी हामीलाई के को दोष’ सार्वजनिक भएका हुन्। मोटिभेसनल स्पिकर एवं सामाजिक अभियन्ता सृष्टि केसीको जीवनमाथि बनेको बायोपिक ब्लाइन्ड रक्स बेनिशा हमालले सृष्टिको भूमिका निर्वाह गरेकी छिन्। फिल्ममा अर्पण थापा, अनिल केशरी शाह, गौरी मल्ल लगायतको मुख्य भूमिका रहेको छ।…
न्यूयोर्कः संघीय अनुसन्धान व्यूरो (एफवीअार्इ)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्पलार्इ अनुसन्धानको दायरामा राखेको छ। एफवीअार्इले उनको अन्तर्राष्ट्रिय व्यपारिक सम्झौताको बारेमा अनुसन्धान थालेको हो। एफवीअार्इका अनुसन्धान अधिकारीहरूले इभान्काको अन्तर्राष्ट्रिय व्यापारिक सम्झौताको अनुसन्धान सुरू गरेको सीएनएनले जनाएको छ। ट्रम्पको क्यानाडाको भ्यानकुवरमा रहेको होटल र टावरमा भएको वार्ता र वित्तिय सहयोगका विषयमा एफवीअार्इले अध्ययन गरिरहेको अमेरिकी उच्च अधिकारीले जानकारी दिएको समाचारमा…