काठमाडौं: अस्थायी शिक्षकहरुले सबै खाले शिक्षकहरुलाई अस्थायी शिक्षकहरुको आन्तरिक परीक्षामा सहभागी हुन दिनु पर्ने माग गरेका छन्। अस्थायी शिक्षकहरुको पुनरुत्थानवादी समूहले राजधानीमा पत्रकार सम्मेलन गरी सबै खाले शिक्षकहरुलाई परीक्षामा बञ्चित गराउन नहुने बताएका हुन्। शिक्षक सेवा आयोगले लाईसेन्स नभएका अस्थायी शिक्षकलाई आन्तरिक परीक्षामा सहभागी हुन नदिए पछि उनीहरु आन्दोलित छन्। ‘हामीहरुले अध्यायपन गराउँदा लाईसेन्सको व्यवस्था गरिएको थिएन,’ अस्थायी शिक्षक टीकाबहादुर…
काठमाडौं: प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का अध्यक्षमण्डलका अध्यक्ष महन्थ ठाकुरले ज्येष्ठ सदस्यको हैसियतमा पद तथा गोपनीयताको शपथ गराउने भएका छन्। नागरिकताका हिसाबले प्रतिनिधिसभाका ज्येष्ठ सदस्य राजपाका नेता महेन्द्रराय यादव आजको शपथ कार्यक्रममा उपस्थित हुन नसक्ने भएपछि सांसद ठाकुरलाई यो अवसर जुरेको हो। नेता यादवले शपथमा आफू उपस्थित हुन नसक्ने भनी संघीय सचिवालयलाई जानकारी दिएपछि उहाँपछिका ज्येष्ठ सदस्य…
काठमाडौं: गायिका निता थापा मगरको नयाँ गीत सार्वजनिक भएको छ। 'बाढुल्की लाग्छ' बोलको गीत भिडियोसहित युट्युब रिलिज भएको हो। सार्वजनिक गीतमा संगीतकार राजनराज सिवाकोटीको संगीत छ भने डिपी खनालले शब्द दिएका हुन्। शान थापाको निर्देशनमा तयार भएको भिडियोमा गायिका नितासँगै अनिल थापा, जीवन भट्टराई र पुजा राना फिचरिङमा छन्। उत्सव दहालले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। भिडियोमा राजिप…
लिभरपुल प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ। शनिवार भएको खेलमा न्यूकासल युनाइटेडलाई २-० ले पराजित गर्दै लिभरपुलले अंक तालिकामा म्यानचेष्टर युनाइटेडलाई पछि पारेको हो। लिभरपुलको जितमा मोहमद सलाह र साडियो मानेले गोल गरे। जितपछि २९ खेलबाट ६० अंक जोडेको लिभरपुलले एक खेल कम खेलेको युनाइटेडलाई १ अंकले पछि पारेको हो। यस्तै होन सन मिनले दुई गोल गरेपछि टोटनहमले हडर्शफिल्ड टाउनलाई…
काठमाडौं: तालको बिचमा काव्य उत्सव सम्पन्न भयो। मकवानपुर जिल्लाको मार्खुमा 'पर्यटनका लागि साहित्य' भन्ने नारासहित मानव निर्मीत ताल इन्द्रसरोवरमा 'इन्द्रसरोवर काव्य उत्सव २०७४' सम्पन्न भएको हो। फागुन १८ र १९ गते तालको बिचमा कविहरुले डुंगामा बसेर कविता सुनाए। देश भरका करिब तीन दर्जन कविको उपस्थिती रहेको कार्यक्रममा डुंगाकै स्टेज बनाएर डुंगामै बसेर कवि तथा दर्शकले कार्यक्रम सफल बनाए। पहिलो दिन…
काठमाडौं : आइसीसी वर्ल्डकप क्वालिफायर अन्तर्गत नेपालले आज पहिलो खेलमा घरेलु टोली जिम्बावेसँग खेल्दैछ। क्वीन्स स्पोर्ट्स क्लबमा हुने खेलमा घरेलु टोली जिम्बावेले टस वितेर पहिले ब्याटिङ रोजेको छ। यता पहिलो पटक नेपालको सिनियर टोलीमा स्थान बनाएका स्पीनर ललित नारायण राजव्शीले जिम्बावे विरुद्ध डेब्यु गर्ने भएका छन्। नेपालले जिम्बावे विरुद्ध सिमर करण केसीको स्थानमा ललितलाई राख्दै ३ जना स्पीनर खेलाउन लागेको छ।…
काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्न भोलि निर्वाचन हुँदैछ। त्यसका लागि आज उम्मेदवारी दर्ता कार्यक्रम रहेको छ। साढे ४ बजे निर्वाचन समितिले मतदाता नामावाली प्रकाशन गर्ने कार्यक्रम रहेको छ। आज साँझ ७ : ३० बजेसम्ममा उम्मेदवारी दर्ता गरिसक्नु पर्नेछ। कांग्रेस सभापति शेरबहादुर देउवाले भने आफूलाई सर्वसम्मत संसदीय दलको नेता बनाउन प्रयास गरिरहेका छन्। भने पौडेल पक्षले भने…
काठमाडौं : लेफ्टआर्म स्पीनर ललित नारायण राजवंशीले नेपाली राष्ट्रिय टोलीका लागि डेब्यु टुर्नामेन्टको पहिलो खेलमै डेब्यु गरेका छन्। ललितले नेपालको यू-१९ टोलीका लागि खेलिसकेका छन्। आइसीसी क्रिकेट वर्ल्डकप क्वालिफायर अन्तर्गत जिम्बावे विरुद्धको खेलमा ललितले नेपालको सिनियर टोलीका लागि पहिलो खेल खेल्दैछन्। नेपाली टोलीका ब्याटिङ कन्सलट्यान्ट उमेश पटवालले ललितलाई डेब्यु क्याप हस्तानतरण गरे। नामिबियामा भएको डिभिजन टू खेलेका टोलीमा ललितलाई थप्दै…
काठमाडौं: संविधान संशोधन र सरकारमा सहभागिताका विषयमा सत्तारुढ एमाले–माओवादी र संघीय समाजवादी फोरम नेपालबीच आज दिउँसो पनि वार्ता भएको छ। तर समय अभावका कारण विनानिष्कर्ष बैठक स्थगित भएको छ। प्रधानमन्त्री निवास वालुवाटारमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम अध्यक्ष उपेन्द्र यादवबीच केही बेर छलफल भएको थियो। छलफल सकारात्मक भएको भन्दै थप छलफलका…
काठमाडौं: निर्वाचन सम्पन्न भएको तीन महिनापछि पहिलो पटक संघीय संसदले आफ्नो कार्यभार सम्हाल्ने जमर्को गर्दैछ। लामो समयदेखि कायम रहेको राजनीतिक संक्रमणलाई बिट मार्दै नयाँ संसदसामु एउटै कार्यदिशा छ – पिछडिएको मुलुकको अवस्थालाई फेर्नु। त्यही कार्यदिशा पूरा गर्ने जिम्मेवारी बोकेर संघीय संसदका सदस्यहरुले आज सपथ ग्रहण गर्दैछन्। यसर्थ आजको दिन नेपालको राजनीतिमा नयाँ संविधानअनुसार राजनीतिले गियर चेन्ज गर्ने दिन। बोझिलो संक्रमणकाल…
काठमाडौं : मानव तस्करीको अभियोगमा पक्राउ गरेका कलाकार राजेन्द्र खड्गीलाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ। जिल्ला अदालत काठमाडौंले खड्गीलाई शुक्रवार कारागार चलानको लागि अनुमति दिएको हो। न्यायाधीश तेजनारायण पौडेलको इजलासले मानव बेचविखन तथा ओसारपसार मुद्दामा जेल चलान गर्ने आदेश दिएको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले खड्गीलाई माघ २५ गते काठमाडौंको ठमेलबाट पक्रेको थियो। कलाकार खड्गीले ११ जनालाई दक्षिण…
काठमाडौ: राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक तथा सांसद महन्थ ठाकुर र नेपाली कांग्रेसकी सांसद तारादेवी भट्टले राष्ट्रपति विद्यादेवी भण्डारीबाट ज्येष्ठ सदस्यको शपथ लिएका छन्। ठाकुरले प्रतिनिधिसभा जेष्ठ सदस्यको रुपमा शपथ लिएका हुन भने भट्टले राष्ट्रियसभाको जेष्ठ सदस्यको रुपमा शपथ लिएका हुन्। ठाकुरले मैथिली भाषामा शपथ लिएका छन्। अब ठाकुरले प्रतिनिधिसभा सदस्यलाई चार बजे संघीय ससद भवनमा शपथ ग्रहण…
पाकिस्तान: पाकिस्तानमा हिन्दु दलित महिला कृष्णकुमारी कोल्ही सिनेटरमा विजयी भएकी छिन्। कोल्ही सिन्ध राज्यबाट सिनेटर बन्न सफल भएकी हुन्। योसँगै मुस्लिम बाहुल्य रहेको पाकिस्तानमा उनी पहिलो हिन्दु दलित महिला सिनेटर बनेकी छन्। बिलवल भुट्टो जर्दारी लेड पाकिस्तान पिपुल्स पार्टीबाट निर्वाचनमा होमिएकी उनी महिला आरक्षण सिटमा निर्वाचित भएकी हुन्।
काठमाडौं: ७ जनाको हत्या अभियोगमा मोस्ट वान्टेड सूचीमा रहेका सकिल हुसेन कतारबाट पक्राउ गरी नेपाल ल्याइएको छ। सिरियल किलरका रुपमा प्रहरीले खोजी गरिरहेको हुसेन दुई साता अगाडि कतारमा पक्राउ परेका हुन्। सप्तरीका ४२ वर्षीय सकिल हुसेनको नाम २०७२ साल असार ७ गते नेपाल प्रहरीले इन्टरपोल रेड कर्नर नोटिसमा समावेश गरेको थियो। कसकसको हत्या गरेका थिए? हुसेनले २०६९ असोज १ गते…
काठमाडौं: प्रधानन्यायाधीश गोपाल पराजुलीको प्रमाणपत्र र अन्य कागजात उपलब्ध माग गर्न डाक्टर केसी फेरि सर्वोच्च अदालत पुगेका छन्। जिल्ला प्रशाशन कार्यलय काठमाडौँ, तनहुँ र परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले प्रधानन्याधीश पराजुलीको कागजात नदिएकाले डा केसी प्रधान्याधीशको निजी सचिवालयमा निवेदन दर्ता गर्न पुगेका हुन्। कतैबाट पनि पराजुलीको प्रमाणपत्र दिन नमिल्ने जवाफ आएपछि डा केसी लिखित जवाफ लिएर अदालत पुगेका हुन। डा. केसीले…
बलिउड फिल्म 'परी' पाकिस्तान प्रदर्शनमा रोक लागेको छ। अनुष्का शर्मा निर्मित तथा अभिनित फिल्मले मुस्लिम समुदायको भावनामाथि ठेस पुर्याएको भन्दै फिल्म ब्यान भएको हो। बलिउडमा मिश्रित प्रतिक्रिया पाइरहेको हरर जनराको फिल्मलाई पाकिस्तानको फिल्म सेन्सर बोर्डले प्रदर्शनले रोक लगाएको हो। डस्ट्रिब्युटर न्यूप्लेक्स सिनेमाले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएको हो। पोस्टमा बिक्री भएको टिकेटको पैसा पुन: फिर्ता गर्ने पनि जनाइएको थियो। पाकिस्तानमा…
काठमाडौं: फिल्म‘हिरोज’ युनिटले प्रचारप्रसारका लागि एकसाथ फिल्मको ट्रेलर र चार गीत रिलिज गर्यो। फिल्ममा अभिनेत्री करिश्मा मानन्धर केन्द्रमा रहेकी छिन्। ४ वर्ष लामो प्रोडक्सन फेजमा रहेको फिल्मले हतारमा चैत २३ लाई रिलिज टार्गेट गर्यो। त्यसैले फिल्मका निर्देशक एनबी महर्जन, अभिनेता मुकेश ढकाल लगायतले प्रचारका लागि समय दिन पाएनन्। यस्तोमा करिश्मा मानन्धरले भने फिल्म युनिटलाई साथ दिएकी छिन्। अभिनेत्री पूर्णिमा लामा…
काठमाडौं : विकेट किपर ब्रेन्डल टेलर र सिकन्दर राजाले शतक प्रहार गरेपछि आइसीसी वर्ल्ड कप क्वालिफायरमा जिम्बावेले नेपाललाई ३८१ रनको लक्ष्य पेश गरेको छ। क्वीन्स स्पोर्ट्स क्लब बुलावायोमा टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले ५० ओभरमा ६ विकेट गुमाएर ३८० रन बनाएको हो। जिम्बावेले दिएको ३८१ रनको लक्ष्य नेपालका लागि अहिलेसम्मकै ठूलो हो। यसअघि सन् २०१३ मा बर्मुडामा भएको डिभिजन…
काठमाडौं: नेपाल र पाकिस्तानबीच प्रधानमन्त्री स्तरीय द्वीपक्षीय छलफल हुने भएको छ। पाकिस्तानी प्रधानमन्त्री शाहीद खाकन अब्बासीका दुई दिने नेपाल भ्रमणको आधिकारिक जानकारी गराउँदै परराष्ट्र मन्त्रालयले यस्तो जानकारी गराएको हो । यसैबीच पाकिस्तान सरकारले प्रधानमन्त्री अब्बासीको नेपाल भ्रमण क्षेत्रीय राष्ट्रहरुसँगको सम्बन्धलाई सक्रिय पार्ने कडीको रुपमा रहेको बताएको छ। ‘प्रधानमन्त्री, शाहीद खाकन अब्बासी सोमबार दुई दिने नेपाल भ्रमणमा जानुहुने छ, यो भ्रमण…
काठमाडौः राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरुको सपथ ग्रहण समारोह सम्पन्न भएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभाबाट निर्वाचिन सांसदले सपथ ग्रहण गरेका हुन्। राष्ट्रिय जनता पार्टीका नेता महन्थ ठाकुरले ज्येष्ठताको आधारमा प्रतिनिधि सभाका सांसदलाई सपथ गराएका थिए। नेपाली कांग्रेसकी सांसद तारादेवी भट्टले राष्ट्रिय सभाका सदस्यहरुलाई सपथ दिलाइन्। सपथ ग्रहण कार्यक्रमम कैलाली क्षेत्र नम्वर १ बाट निर्वाचिन सांसद रेशम चौधरी भने…