PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

  • 'ठगी गर्न खोज्दा प्रहरी फन्दामा परे हुन्डी कारोबारी'

    'ठगी गर्न खोज्दा प्रहरी फन्दामा परे हुन्डी कारोबारी'

    काठमाडौंः प्रहरीले अवैध हुन्डी कारोबार गर्ने तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा जयदुर्गा ट्रेड इन्टरनेशनल नामक कस्मेटिक होलसेल पसलका म्यानेजर कृष्णगोपाल अग्रवाल, मुस्कान तामाङ र कुरियरको काम गर्ने जयराम कार्की रहेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट प्रहरी १५ लाख ९२ हजार रुपैयाँ समेत बरामद गरेको छ।   पक्राउ परे हुन्डी कारोबारी पवि क्षेत्री…

    विस्तृतमा पढ्नुस्

  • रेडकर्नर नोटिसमा रहेका डिमेलाई भारतबाट पक्राउ गरी नेपाल ल्याइयो

    रेडकर्नर नोटिसमा रहेका डिमेलाई भारतबाट पक्राउ गरी नेपाल ल्याइयो

    काठमाडौं:  फरार सूचीमा रहेका एक युवकलाई प्रहरीले भारतको दिल्लीबाट पक्राउ गरी नेपाल ल्याएको छ।  नेपाल प्रहरीको इन्टरपोल शाखाले लोडु डिमेलाई सोमबार बिहान एयर इन्डियाको फ्लाइटबाट नेपाल ल्याइएको नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले बताए। डिमेलाई अवैध रुपमा वन्यजन्तुको छाला ओसारपसार तथा बिक्रीवितरण मुद्दामा पुनराबेदन अदालत पाटनले २०७१ फागुन १२ गते पाँच बर्ष कैद फैसला सुनाएको थियो। इन्टपोल शाखाले डिमेलाई गत माघ…

    विस्तृतमा पढ्नुस्

  • शिलास्मा बनिन् 'ब्युटिसियन नेपाल २०१८'

    शिलास्मा बनिन् 'ब्युटिसियन नेपाल २०१८'

    काठमाडौं: 'ब्युटिसियन नेपाल २०१८'को उपाधी शिलास्मा मल्लले हात पारेकी छिन्। प्रतियोगिताको यो चौथो संस्करणमा अन्य १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनी शीर्ष विजेता बनेकी हुन्।   सौन्दर्य प्रतियोगिताको फस्ट रनर्सअपमा सविना चित्रकार घोषित भइन् भने सेकेन्ड रनर्सअप बिना श्रेष्ठ भइन्।  अमेजन इन्टरटेन्मेन्टको आयोजनामा सम्पन्न प्रतियोगितामा अनलाइन भोटिङमार्फत मिसेस पब्लिक च्वाइस अवार्ड र बेस्ट ट्यालेन्ट विजेता शिलास्मा मल्लले नै हात पारिन्।…

    विस्तृतमा पढ्नुस्

  • ४४ मत पाउँदै कांग्रेस संसदीय दलको नेतामा सभापति देउवा निर्वाचित

    ४४ मत पाउँदै कांग्रेस संसदीय दलको नेतामा सभापति देउवा निर्वाचित

    काठमाडौं: नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन्। देउवाले ४४ मत पाए भने प्रकाशमान सिंहले १९ मत पाएका छन्। देउवा संसदमा प्रमुख प्रतिपक्षी दलका नेता बन्ने भएका छन्। नेपाली कांग्रेस संसदीय दलको नेता छान्नका लागि आज भएको मतदान भएको थियो।  कूल २७५ सदस्यीय प्रतिनिधिसभामा काँग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन।…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चको प्रदर्शन अनुमतिसँगै 'गाँजा बाजा' युनिट मोफसल प्रचारमा

    सर्वोच्चको प्रदर्शन अनुमतिसँगै 'गाँजा बाजा' युनिट मोफसल प्रचारमा

    काठमाडौं: फिल्म 'गाँजा बाजा' युनिटलाई सर्वोच्च अदातलले प्रदर्शन अनुमति दिएसँगै फिल्मले गीत, ट्रेलर, पोस्टर लगायत प्रचार सामाग्री सार्वजनिक गर्‍यो। फागुन २५ लाई रिलिज टार्गेट तय गरेपछि फिल्म युनिटले प्रचारप्रसारलाई तिव्र बनाइयो। यतिखेर फिल्म युनिट मोफसल यात्रामा छ। नाम दर्ता प्रक्रियाका कारण एक वर्ष कानुनी झमेलामा परेको फिल्म 'गाँजाबाजा' युनिटले फिल्म सामाजिक संदेश नै प्रवाह गर्ने दाबी गर्दै आएको छ। चलचित्र…

    विस्तृतमा पढ्नुस्

  • 'अस्कर २०१८' सम्पन्न, द सेप अफ वाटरलाई सर्वाधिक चार अवार्ड

    'अस्कर २०१८' सम्पन्न, द सेप अफ वाटरलाई सर्वाधिक चार अवार्ड

    अस्कर अवार्ड २०१८ सम्पन्न भयो। अवार्ड कार्यक्रममा फिल्म 'द सेप अफ वाटर' उत्कृष्ट घोषित भयो। अवार्डमा फिल्मले सर्वाधिक अवार्ड हात पार्‍यो। उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट पार्श्व संगीत र उत्कृष्ट प्रोडक्सन डिजाइन गरी चार अवार्ड फिल्म युनिटले जित्यो। ९० ‌औं अस्कर अवार्डको पहिलो चरण सन् २०१७ को ११ सेप्टेम्बरमा सुरु भएको थियो। मार्च ४ मा क्लारिफोनियाको डोल्बी हलमा अवार्ड वितरण…

    विस्तृतमा पढ्नुस्

  • भ्लादिमिर पुटिनले भने: हामी आफ्ना नागरिकलाई अमेरिकासमक्ष सुपुर्दगी गर्दैनौ

    भ्लादिमिर पुटिनले भने: हामी आफ्ना नागरिकलाई अमेरिकासमक्ष सुपुर्दगी गर्दैनौ

    मस्को: रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपतीय निर्वाचन २०१६ मा निर्वाचनमा हस्तक्षेप गरेको भनी आरोप लागेका आफ्ना १३ नागरिकलाई अमेरिकासमक्ष सुपुर्दगी नगर्ने रसियाले जनाएको छ।  तास नामक राज्य सञ्चालित रसियाली समाचार संस्थाले राष्ट्रपति पुटिनसँग हालै अमेरिकी एनबीसी टेलिभिजनलाई दिइएको एक अन्तर्वार्तामा उनको भनाई उद्धृत गर्दै भनेको छ, “विवादित रबर्ट मुलरको विशेष अनुसन्धानले रसियाको पक्षमा कुनै पनि हालतमा फैसला दिन्छ भन्ने…

    विस्तृतमा पढ्नुस्

  • असला माछा मारे तीस हजार जरिवाना

    असला माछा मारे तीस हजार जरिवाना

    खोटाङ: दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी र वडा नं १० पाथेकाका स्थानीय समुदायले स्थानीय खोलामा पाइने माछा मार्न रोक लगाएका छन्।  पछिल्लो समय स्थानीय खोलामा करेन्ट तथा विष लगाएर माछा मार्नेक्रम बढेसँगै संसारकै दुर्लभ मानिने असला माछा लोप हुने अवस्थामा पुगेपछि समुदायले यस्तो कदम चालेको हो।  रुपाकोट शिर भएर बग्ने देखुमखोला, कालुपातेखोला, आइतबारेखोला र बगरेभञ्ज्याङ शिर भएर बग्ने भुत्याखोलामा माछा…

    विस्तृतमा पढ्नुस्

  • चीनको सैन्य बजेट भारतकोभन्दा तीन गुना ठूलो, सुरक्षामा ८.१ प्रतिशत बजेट वृद्धि

    चीनको सैन्य बजेट भारतकोभन्दा तीन गुना ठूलो, सुरक्षामा ८.१ प्रतिशत बजेट वृद्धि

    बेइजिङ : चीनले आज सार्वजनिक गरेको बजेटमा सैन्य खर्च ८.१ प्रतिशतले वृद्धि गरिएको छ। वृद्धिसँगै यस वर्ष चीनले सुरक्षामा चीनले १ सय ७५ अर्ब अमेरिकी डलर खर्च गर्नेछ। चीनको सैन्य बजेट भारतीय रक्षा बजेटभन्दा तीन गुना बढी हो। चीनले सैन्यशक्तिलाई आधुनिक बनाउने भन्दै बजेट बढाएको हो। चीनले गत वर्ष अघिल्लो वर्षको तुलनामा ७ प्रतिशतमात्रै सैन्य बजेट बढाएको थियो। यसपाला पोहरभन्दा…

    विस्तृतमा पढ्नुस्

  • छैठौं मानवअधिकार अन्तराष्ट्रिय चलचित्र महोत्सव हुँदै

    छैठौं मानवअधिकार अन्तराष्ट्रिय चलचित्र महोत्सव हुँदै

    काठमाडौं: मानवअधिकार अन्तराष्ट्रिय चलचित्र महोत्सव २०१८ हुने भएको छ। महोत्सवको छैठौं संस्करण यहि फागुन २३ गतेदेखि २६ गतेसम्म नेपाल पर्यटन बोर्ड भृकुटी मण्डप काठमाडौंमा हुने भएको हो। सामाजिक न्याय र मानवअधिकारलाई प्रश्रय गर्ने उद्देश्यले आयोजना हुने भनिएको महोत्सवको उद्घाटन बुधबार २३ गते लाइभ सांगीतिक कार्यक्रमबाट सुरु हुने  बताइएको छ। राष्ट्रिय मानव अधिकार आयोगका माननीय अध्यक्ष अनुपराज शर्माको अध्यक्षतामा हुने महोत्सवको…

    विस्तृतमा पढ्नुस्

  • एमाले मुसा होइन, तपाईँको साँचोमा पर्न : केपी ओली

    एमाले मुसा होइन, तपाईँको साँचोमा पर्न : केपी ओली

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवम् प्रधान मन्त्री केपी शर्मा ओलीले देश समृद्ध बनाउने अभियान सुरु भएको बताएका छन्। झापा विद्रोहका शहीदहरुको ४५ स्मृति दिवशमा आयोजित कार्यक्रममा ओलीले समृद्धिको विषय सुन्न तयार भएर बस्न आग्रह गरे। ‘देशलाई समृद्ध बनाउने कुरा सुन्नसक्ने बानी गर्नुहोस्। सुन्ने बानी पार्नुहोस्,' प्रधान मन्त्री ओलीले भने, 'माइन्ड मेकअप गर्नुहोस्।’ बहुमत प्राप्त वाम गठबन्धन देश विकास र…

    विस्तृतमा पढ्नुस्

  • महिला टी-२० क्रिकेट लिग हुने, भारतीय टिमको पनि सहभागिता हुने

    महिला टी-२० क्रिकेट लिग हुने, भारतीय टिमको पनि सहभागिता हुने

    काठमाडौं : राइजिङ क्रिकेट फर वुमन (आरसिडब्लु)को आयोजनामा महिला टी-२० क्रिकेट लिग हुने भएको छ। आयोजकले सोमवार पत्रकार सम्मेलन गर्दै यही बुधवारदेखि शनिवारसम्म चितवनको रत्नगर स्टेडियममा लिग हुने जानकारी गराएको हो। चार दिने प्रतियोगितामा आयोजक आरसिडब्लु, विभागीय टोली एपीएफ, मिलन क्रिकेट एकेडेमी र अल इन्डिया वुमन्स टी-२० क्रिकेट एसोसिएसनले राउण्ड रोविन लिगमा प्रतिस्पर्धा गर्ने आरसिडब्लुका अध्यक्ष आरती बिडारीले बताइन्। राउण्ड…

    विस्तृतमा पढ्नुस्

  • संसद बैठक : सुवालले नियमापत्ति जनाएपछि ठाकुरले भने: कुनै नियम बनेको छैन, केको नियमापत्ति?

    संसद बैठक : सुवालले नियमापत्ति जनाएपछि ठाकुरले भने: कुनै नियम बनेको छैन, केको नियमापत्ति?

    काठमाडौं : प्रतिनिधि सभाले ‘प्रतिनिधि सभाको अन्तरिम कार्यविधि, २०७४’ सर्वसम्मतिले पारित गरेको छ।  संघीय संसद्को तल्लो सदन प्रतिनिधि सभाको आज बसेको पहिलो बैठकले सो कार्यविधि पारित गरेको हो। बैठकको अध्यक्षता गरेका प्रतिनिधि सभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले उक्त कार्यविधि पारित गर्नका लागि प्रस्ताव गरेका थिए। उक्त प्रस्ताव गरेलगत्तै सांसद प्रेम सुवालले आसनबाट उठेर नियमापत्ति जनाए। त्यसपछि ज्येष्ठ सदस्य ठाकुरले 'कुनै…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रियसभामा अध्यक्षको अनुपस्थितिमा अध्यक्षता गर्न गुरुङ, अधिकारी र मल्ल मनोनित

    राष्ट्रियसभामा अध्यक्षको अनुपस्थितिमा अध्यक्षता गर्न गुरुङ, अधिकारी र मल्ल मनोनित

    काठमाडौं: संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि राष्ट्रियसभाको पहिलो अभ्यास आजदेखि शुरु भएको छ।  नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा ज्येष्ठ सदस्य तारादेवी भट्टको अध्यक्षतामा राष्ट्रियसभाको पहिलो बैठकले राष्ट्रियसभा सञ्चालनसम्बन्धी अन्तरिम कार्यविधिलाई सर्वसम्मतरुपमा पारित गर्‍यो।  बैठकले राष्ट्रियसभाको अध्यक्षको अनुपस्थितिमा वैठकको अध्यक्षता गर्न परशुराम मेघी गुरुङ, राधेश्याम अधिकारी र कालीबहादुर मल्ललाई मनोनयन गरेको छ।  अपराह्न ४. २३ बजे शुरु भएको उक्त…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस संसदीय दलको उपनेतामा विजयकुमार गच्छदार

    कांग्रेस संसदीय दलको उपनेतामा विजयकुमार गच्छदार

    काठमाडौं: नेपाली कांग्रेसको संसदीय दलको उपनेतामा विजयकुमार गच्छदार चयन भएका छन्। कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले गच्छदारलाई दलको नेतामा चयन गरेका हुन्। देउवा आजैमात्र दलको नेतामा निर्वाचित भएका हुन्। दलको नेताले विधानअनुसार गच्छदारलाई उपनेतामा चयन गरेको सांसद तथा कांग्रेस नेता बालकृष्ण खाँणले जानकारी दिए। गच्छदार निर्वाचन अघि पार्टीसहित नेपाली कांग्रेसमा प्रवेश गरेका थिए।

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानी प्रधानमन्त्रीलाई १९ तोपको सलामी

    पाकिस्तानी प्रधानमन्त्रीलाई १९ तोपको सलामी

    काठमाडौं: नेपालको दुईदिने भ्रमणमा आइपुगेका पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीको सम्मानमा १९ तोपको सलामी प्रदान गरिएको छ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना समकक्षीलाई सैनिक मञ्च टुँडिखेलको अतिविशिष्ट कक्षमा स्वागत गर्नुभएसँगै अब्बासीको सम्मानमा सम्मान गारद प्रदान गरिएको हो। उक्त अवसरमा पाकिस्तानी प्रधानमन्त्रीले सम्मान गारद निरीक्षण गरेका थिए। समारोहमा दुवै देशका राष्ट्रिय धुन बजाइएको थियो।  समारोहमा पाकिस्तानी प्रधानमन्त्रीले मन्त्रीगण, संवैधानिक निकायका प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओली र पाकिस्तानी समकक्षी अब्बासीबीच भेटवार्ता: ओलीलाई अब्बासीले दिए बधाई

    प्रधानमन्त्री ओली र पाकिस्तानी समकक्षी अब्बासीबीच भेटवार्ता: ओलीलाई अब्बासीले दिए बधाई

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली र पाकिस्तानी समकक्षी शाहीद खाकन अब्बासीबीच भेटवार्ता सुरु भएको छ। सोमबार दिउँसो पाकिस्तानी सेनाको ‘पाकिस्तान एयर फोर्स’ दिउसो चार बजे काठमाडौँ ओर्लिएका अब्बासी यतिबेला दरबारमार्गमा रहेको याक एण्ड यतिमा प्रधानमन्त्री ओलीसँग भेटवार्तामा छन्।  भेटको सुरुवातमै पाकिस्तानी प्रधानमन्त्री अब्बासीले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई ज्ञापन गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसै भेटवार्तामा सार्कलाई गति दिने…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीलाई समकक्षी अब्बासीले दिए पाकिस्तान भ्रमणको निम्तो 

    प्रधानमन्त्री ओलीलाई समकक्षी अब्बासीले दिए पाकिस्तान भ्रमणको निम्तो 

    काठमाडौं: पाकिस्तानले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाकिस्तान भ्रमणको निम्तो दिएको छ। सोमबार नेपाल आइपुगेका पाकिस्तानी प्रधानमन्त्री शाहीद खाकन अब्बासीले प्रधानमन्त्री ओलीलाई पाकिस्तान भ्रमणको निम्तो दिएका हुन्।  आज साँझ होटेल याक एण्ड यतिमा भएको भेटवार्ताका क्रममा पाकिस्तानी प्रधानमन्त्री अब्बासीले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त भएको भन्दै बधाईँ दिँदै पाकिस्तान भ्रमणको निम्तो दिएको पाकिस्तानी दुतावासको प्रेस हेर्ने अधिकारीले जानकारी दिएका छन्।  त्यस्तै पाकिस्तानी प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • नर्वेका अन्तर्राष्ट्रिय विकास मन्त्री निकोलाई नेपाल आउँदै

    नर्वेका अन्तर्राष्ट्रिय विकास मन्त्री निकोलाई नेपाल आउँदै

    काठमाडौं: नर्वेका अन्तर्राष्ट्रिय विकास मन्त्रालयका मन्त्री निकोलाई अस्ट्रप मंगलबार नेपाल आउने भएका छन्। दुई दिने भ्रमणका क्रममा उनी नेपाल आउन लागेको काठमाडौँ स्थित नर्वेजियन दुतावासले जनाएको छ।  भ्रमणका क्रममा मन्त्री निकोलाईले नेपालका उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको दुतावासको प्रेस हेर्ने अधिकारीले जानकारी गराएका छन्।  नेपाल बसाईका क्रममा नर्वेजियन मन्त्रीले दोलखाको विगु गाउँपालिकामा नर्वेजियन दुतावासको सहयोगमा निर्मित विद्यालयको…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानी प्रधानमन्त्री अब्बासीले भोलि प्रचण्डसँग भेट्ने: देउवासँग नभेट्ने!

    पाकिस्तानी प्रधानमन्त्री अब्बासीले भोलि प्रचण्डसँग भेट्ने: देउवासँग नभेट्ने!

    काठमाडौं: सोमबार काठमाडौं आइपुगेका पाकिस्तानी प्रधानमन्त्री शाहीद खाकन अब्बासीले भोलि बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट्ने भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटभन्दा अगाडि माओवादी अध्यक्ष प्रचण्डसँग भेट तय भएको काठमाडौंस्थित पाकिस्तानी राजदुतावासले जनाएको छ। आज प्रधानमन्त्री एवं एमालेका अध्यक्ष अोलीसँग भेटेका प्रधानमन्त्री अब्बासीको पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेट गर्ने कार्यक्रम छ कि? जवाफमा भेट…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell