PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

  • सांसदको सपथ लगत्तै सरकार र फोरमबीच संसद भवनमै वार्ता सुरु

    सांसदको सपथ लगत्तै सरकार र फोरमबीच संसद भवनमै वार्ता सुरु

    काठमाडौं: संविधान संशोधन र सरकारमा सहभागिताका विषयमा सत्तारुढ एमाले–माओवादी र संघीय समाजवादी फोरम नेपालबीच बार्ता शुरु भएको छ।  नयाँ बानेश्वर स्थित संघीय संसद भवनमा रहेको प्रधानमन्त्रीको  कार्यकक्षमा बैठक शुरु भएको हो। आज बिहान प्रधानमन्त्री निवास बालुवाटरमा बसेको बैठक विना निष्कर्ष स्थगित भएको थियो।  

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवारले चार लाखसम्म खर्च गर्न पाउने

    राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवारले चार लाखसम्म खर्च गर्न पाउने

    काठमाडौं: निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको लागि निर्वाचन खर्च सीमा निर्धारण गरेको छ। आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका उम्मेदवारले प्रचार प्रसार गर्नको लागि निर्वाचन खर्च सीमा निर्धारण गरेको हो।    राष्ट्रपति तथा उपराष्ट्रपतिको उम्मेदवारले बढीमा चार लाख सम्म खर्च गर्न पाउने छन्।  चार लाख रुपैयाँसम्म राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका उम्मेदवारले निर्वाचन प्रचार प्रसारको लागि खर्च गर्न पाउने निर्वाचन आयोगका…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रियसभाका ५५ सदस्यद्वारा शपथ, एकजना अनुपस्थित

    राष्ट्रियसभाका ५५ सदस्यद्वारा शपथ, एकजना अनुपस्थित

    काठमाडौं: राष्ट्रियसभाका ५५ जना सदस्यले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।  नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको राष्ट्रियसभा कक्षमा आज साँझ आयोजित एक कार्यक्रममा ज्येष्ठ सदस्य तारादेवी भट्टले शपथ दिलाएकी हु्न्। केही सांसदले आ–आफ्नो मातृभाषामा शपथ लिए।  शपथ कार्यक्रममा राष्ट्रियसभा सदस्य रमेशप्रसाद यादव भने उपस्थित हुनुभएन ।  मुलुकका प्रत्येक प्रदेशबाट तीन महिला, एक दलित, एक अपांगता वा अल्पसंख्यकसहित आठ जनाका…

    विस्तृतमा पढ्नुस्

  • आजै दुईपटक छलफल: स्वास्थ्य मन्त्रालयमा सहमति नजुटेपछि बिना निष्कर्ष टुंगियो सरकार - फोरम वार्ता

    आजै दुईपटक छलफल: स्वास्थ्य मन्त्रालयमा सहमति नजुटेपछि बिना निष्कर्ष टुंगियो सरकार - फोरम वार्ता

    काठमाडौं: संविधान संशोधन र सरकारमा सहभागिताका विषयमा सत्तारुढ एमाले–माओवादी र संघीय समाजवादी फोरम नेपालबीचको वार्ता बिना निस्कर्ष टुङगिएको छ।  नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा रहेको प्रधानमन्त्रीको  कार्यकक्षमा बसेको बैठक सकरात्मक रुपमा अगाडी बढे पनि विना निष्कर्ष टुङ्गिएको एमाले नेता सुवाष नेम्वाङले जानकारी दिए।  आज बिहान प्रधानमन्त्री निवास बालुवाटरमा बसेको बैठक पनि विना निष्कर्ष स्थगित भएको थियो।  स्वास्थ्य मन्त्रालयमा सहमति जुट्न…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ पाकिस्तानी प्रधान मन्त्रीको नेपाल भ्रमणको कार्यसूची, 'गार्ड अफ अनर' सैनिक मञ्च टुँडिखेलमा

    यस्तो छ पाकिस्तानी प्रधान मन्त्रीको नेपाल भ्रमणको कार्यसूची, 'गार्ड अफ अनर' सैनिक मञ्च टुँडिखेलमा

    काठमाडौं : पाकिस्तानी प्रधान मन्त्री शाहीद खाकन अब्बासी दुई दिने नेपाल भ्रमणका लागि सोमबार दिउँसो त्रिभुवन विमान स्थलमा ओर्लिँदै छन्।  उनको स्वागत नेपाल सरकारका एक जना मन्त्रीले त्रिभुवन विमानस्थलको अति विशिष्ठ कक्षमा गर्नेछन्। हालसम्म उनको स्वागतमा को मन्त्री जाने टुंगो भने नलागिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ।  मन्त्रालयले पाकिस्तानी प्रधान मन्त्री अब्बासीको नेपाल भ्रमणको तालिका पाकिस्तानी दूतावासलाई उपलब्ध गराएको छ। दूतावास…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस संसदीय दलका नेतामा देउवा र प्रकाशमानको उम्मेदवारी

    कांग्रेस संसदीय दलका नेतामा  देउवा र प्रकाशमानको उम्मेदवारी

    काठमाडौं: नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहले उम्मेदवारी दिएका छन्। आज साँझ कांग्रेस संसद सचिवालय सिंहदरबारमा दुबै नेताले उम्मेदवारी पेश गरेका हुन्। देउवाले वारेसमार्फत संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराए। देउवाले केन्द्रीय सदस्य बालकृष्ण खाँणमार्फत उम्मेदवारी दर्ता गराएका हुन्। देउवाको प्रस्तावक विजय गच्छदार र समर्थक मानबहादुर विश्वकर्मा रहेका छन् ।  यता सिंहको…

    विस्तृतमा पढ्नुस्

  • अकूत सम्पत्ति मुद्दामा चुडामणि शर्माले बुझाए ४५ लाख धरौटी, साधारण तारेखमा रिहा

    अकूत सम्पत्ति मुद्दामा चुडामणि शर्माले बुझाए ४५ लाख धरौटी, साधारण तारेखमा रिहा

    काठमाडौं : अकूत सम्पत्तिको मुद्दामा विशेष अदालतले आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासँग ४५ लाख रुपैयाँ धरौटी मागेको छ। अदालतको माग अनुसार शर्माले आज इन्भेस्टमेन्ट बैंक ग्यारेन्टीमा धरौटी बुझाएका छन्। अकूत सम्पत्ती आर्जनसहित कर फर्छ्यौटको विषयमा शर्मालाई अख्तियारले गत जेठ महिनामा पक्राउ गरेको थियो। शर्माको यो कर फर्छ्यौटभन्दा फरक मुद्दा हो। ४ करोड २९ लाखको बिगोमा विशेष अदालतले मागेको धरौटी…

    विस्तृतमा पढ्नुस्

  • वर्ल्डकप क्वालिफायर : अफगानिस्तानमाथि स्कटल्याण्डको जित, म्यालेओडको १५७ रन

    वर्ल्डकप क्वालिफायर : अफगानिस्तानमाथि स्कटल्याण्डको जित, म्यालेओडको १५७ रन

    जिम्बावेमा आजदेखि सुरु भएको आइसीसी क्रिकेट वर्ल्डकप क्वालिफायरमा स्कटल्याण्डले विजयी सुरुवात गरेको छ। कलुम म्याकलेओडले नटआउट १५७ रन बनाएपछि स्कटल्याण्डले अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेकफ अफगानिस्तानले २ बल अगावै अलआउट हादै २५५ रन बनाएको थियो। अफगानिस्तानका लागि मोहम्मद नावीले सर्वाधिक ९१ रन बनाए। बलिङमा ब्राड ह्विएल र रिची बेरिङटनले ३-३ विकेट लिए। २५६ रनको…

    विस्तृतमा पढ्नुस्

  • वर्ल्डकप क्वालिफायर : जिम्बावेसँग नेपाल पराजित

    वर्ल्डकप क्वालिफायर : जिम्बावेसँग नेपाल पराजित

    काठमाडौं : आइसीसी क्रिकेट वर्ल्डकप क्वालिफायरको पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बावेसँग पराजित भएको छ। समूह बी अन्तर्गत क्वीन्स स्पोर्ट्स क्लब बुलावायोमा भएको खेलमा नेपाल ११६ रनले पराजित भएको हो। टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले ५० ओभरमा ६ विकेट गुमाएर ३८० रन बनाएको थियो। जिम्बावेका लागि ब्रेन्डन टेलर र सिकन्दर राजाले शतक प्रहार गरे। राजाले ६६ बल खेल्दै ७…

    विस्तृतमा पढ्नुस्

  • नेपाल vs जिम्बावे : खेलको ५ हाइलाइट्स

    नेपाल vs जिम्बावे : खेलको ५ हाइलाइट्स

    काठमाडौं : क्रिकेट वर्ल्डकप क्वालिफायर अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बावेसँग ११६ रन अन्तरले पराजित भएको छ। क्वीन्स स्पोर्ट्स क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले ५० ओभरमा ६ विकेट गुमाएर ३८० रन बनाएको थियो। जवाफमा नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २६४ रन बनायो।   उक्त खेलको ५ हाइलाइट्स राजा र टेलरको शतक जिम्बावेका लागि उच्च स्कोर…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : मेसीको निर्णायक गोलमा एट्लेटिकोमाथि बार्सिलोनाको जित

    ला लिगा : मेसीको निर्णायक गोलमा एट्लेटिकोमाथि बार्सिलोनाको जित

    लियोनल मेसीले गरेको एक मात्र निर्णायक गोल मद्तमा बार्सिलोनाले ला लिगामा एट्लेटिको मड्रिडलाई १-० ले पराजित गरेको छ। जितपछि लिगलिडर बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिकोमाथि ८ अंकको अग्रता समेत कायम गरेको छ। घरेलु मैदान नोउक्याम्पमा भएको खेलमा मेसीले खेलको २६औँ मिनेटमा गोल गरेका थिए। उक्त गोल नै बार्सिलोनालाई जित दिलाउन निर्णायक बन्यो। मेसीले करिब २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक गोलमा…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : चेल्सीलाई हराउँदै म्यानचेष्टर सिटीले बनायो १८ अंकको अग्रता, आर्सनल पराजित

    प्रिमियर लिग : चेल्सीलाई हराउँदै म्यानचेष्टर सिटीले बनायो १८ अंकको अग्रता, आर्सनल पराजित

    साविक विजेता चेल्सीलाई हराउँदै म्यानचेष्टर सिटीले यस सिजनको प्रिमियर लिग जित्ने होडलाई मजबुत बनाउदै लगेको छ। बर्नार्डो शिल्भाको एक मात्र गोल मद्दतमा चेल्सीलाई आइतवार १-० ले हराउँदै लिग लिडर सिटीले दोस्रो स्थानको लिभरपुलमाथि १८ अंकको अग्रता बनाएको छ। घरेलु मैदान एतिहाड स्टेडियममा शिल्भाले दोस्रो हाफको सुरुमै गरेको गोल निर्णायक बन्यो। २९ खेलबाट सिटीको ७८ अंक भएको छ भने समान खेलबाट…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता आज: यस्तो छ कार्यतालिका

    कांग्रेस संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता आज: यस्तो छ कार्यतालिका

    काठमाडौं: नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि भोलि निर्वाचन हुने भएको छ। दलको नेता चयनका लागि उम्मेदवारी दर्ता आज हुने संसदीय दल नेता चयन कार्यदलका संयोजक चीनकाजी श्रेष्ठले जानकारी दिए। शुक्रबार बसेको कार्यदलको बैठकले दलको नेता चयनको लागि कार्यतालिकासमेत सार्वजनिक गरेको छ। संसदीय दलमा सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ। महामन्त्री शशांक कोइरालाले सर्वसम्मत भए…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

    भक्तपुरमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

    भक्तपुर: अरनिको राजमार्गअन्तर्गत भक्तपुरको ६ लेन सडकस्थित सल्लाघारीनजिक सुवर्णचोकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा बा ९२ प ४६४ नंको मोटरसाइकल चालक भक्तपुर नगरपालिका–५ सुकुलढोका घर भई हाल सूर्यविनायक दार्जिलिङ हाइट बस्ने २४ वर्षीय प्रमोद श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए।  काठमाडौँबाट जगातीतर्फ जाँदै गरेको…

    विस्तृतमा पढ्नुस्

  • संघीय सांसदहरुको शपथ आज: तीनजनाले शपथ लिन नपाउने, ४४ जनाले मातृभाषामा शपथ लिँदै

    संघीय सांसदहरुको शपथ आज: तीनजनाले शपथ लिन नपाउने, ४४ जनाले मातृभाषामा शपथ लिँदै

    काठमाडौं: संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण अपराह्न ४ बजे र राष्ट्रियसभाका सदस्यको शपथ ग्रहण ५ बजेका लागि तय भएको छ ।  दोस्रो संविधानसभाबाट निर्मित नयाँ संविधानबमोजिम सम्पन्न प्रतिनिधिसभा र राष्ट्रिय सभा सदस्यको निर्वाचनपछि बस्न लागेको दुवै सदनको प्रथम अधिवेशनअन्तर्गत पहिलो अलग अलग बैठक यसअघि संविधानसभा बैठकस्थल रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा बस्ने गरी सम्पूर्ण तयारी गरिएको…

    विस्तृतमा पढ्नुस्

  • दिनेश कात्तिक बने कोलकता नाइटराइडर्सका नयाँ कप्तान

    दिनेश कात्तिक बने कोलकता नाइटराइडर्सका नयाँ कप्तान

    इन्डियन प्रिमियर लिग आइपीएलको ११औँ संस्करणका लागि कोलकता नाइटराइडर्सले दिनेश कात्तिकलाई नयाँ कप्तान बनाएको छ। यसअघि दुई पटक टिमलाई च्याम्पियन बनाएका गौतम गम्भिरलाई कोलकताले नयाँ सिजनका लागि रिटेन नगरेपछि साहरुख खानको टोली नयाँ कप्तानको खोजीमा थियो। कप्तानको दाबेदारीमा रहेका अर्का सिनियर खेलाडी रोविन उथापालाई उप-कप्तानमा राख्दै कातिकलाई कप्तान चयन गरिएको हो। कात्तिकले यसअघि पाँच फरक फ्रेन्चाइजबाट आइपीएल खेलिसकेका छन्। उनले…

    विस्तृतमा पढ्नुस्

  • वर्ल्डकप क्वालिफायर : जिम्बावेसँग खेल्नुअघि कप्तान पारसले के भने? (भिडियो)

    वर्ल्डकप क्वालिफायर : जिम्बावेसँग खेल्नुअघि कप्तान पारसले के भने? (भिडियो)

    काठमाडौं : आइसीसी वर्ल्डकप क्वालिफायर अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले आज घरेलु टोली जिम्बावेसँग खेल्दैछ। खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ। नेपालले टेष्ट मान्यता टोलीसँग वान डे क्रिकेट खेल्न लागेको यो पहिलो पटक हो। नेपालका कप्तान पारस खड्काले प्रि म्याच कन्फ्रेन्समा क्वालिफायर खेल्न पाउँदा उत्साहित भएको बताउँदै दबाब ठुला टिमलाई हुने बताएका थिए। यस्तै जिम्बावेका प्रशिक्षक हेथ स्ट्रीकले घरेलु…

    विस्तृतमा पढ्नुस्

  • सभामुखको निर्वाचन २६ गते: २७ गते प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने

    सभामुखको निर्वाचन २६ गते: २७ गते प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने

    काठमाडौं: संघीय संसदमा सहभागी पाँच राष्ट्रिय दलका नेताहरुबीच संसद सचिवालयले छलफल गरेको छ। आइतबार बिहान नयाँ बानेश्वरस्थित संघीय संसदको सचिवालयमा भएको छलफलमा दलहरुबीच सभामुखको निर्वाचन र प्रधानमन्त्रीको विश्वासको मतका विषयमा सहमति भएको हो। दलहरुले २६ गते सभामुखको निर्वाचन गर्ने सहमति गरेको संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालले जानकारी दिए। अर्यालका अनुसार फागुन २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त…

    विस्तृतमा पढ्नुस्

  • ‘मुखौटा’मा फिल्म लुटको प्रभाव

    ‘मुखौटा’मा फिल्म लुटको प्रभाव

    काठमाडौं: म्युजिक भिडियो निर्देशक निकेश खड्काले पछिल्लो समय कथात्मक भिडियो निर्माणलाई जोड दिएका छन्। ‘बहुला’, ‘छोरी अन्माउँदा’ लगायतका कथात्मक भिडियो बनाएका उनले नयाँ गीति भिडियो ‘मुखौटा’ निर्देशन गरेका छन्। गीतको भिडियोले बैंक लुट्नेहरुको कथा देखाउँछ। निर्देशकले आफ्नो उक्त भिडियो फिल्म 'लुट'को संस्करणहरुबाट प्रभावित रहेको बताए। बैंक लुटेर सहकर्मीको हत्या गरेपछि पैसा नक्कली भएको थाहा पाउने पात्र र त्यसपछि सिर्जना हुने…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : रोनाल्डोको दुई गोलमा रियलको जित

    ला लिगा : रोनाल्डोको दुई गोलमा रियलको जित

    क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि रियल मड्रिडले ला लिगामा गेटाफेलाई ३-१ ले पराजित गरेको छ। घरेलु मैदानमा गारेथ बेलले २४औँ मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। रोनाल्डोले दुवै हाफमा १-१ गोल गरे। ४७औँ मिनेटमाच लोइक रेमी रातो कार्ड खाँदै मैदान बाहिरिएपछि दश खेलाडीमा झरेको गेटाफेका लागि ६५औँ मिनेटमा फ्रान्सिस्को पोर्टिलोले पेनाल्टीमा एक गोल गरे।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell