PahiloPost

Sep 14, 2025 | २९ भदौ २०८२

  • गाउँपालिकामै छैन मावि शिक्षकको दरबन्दी 

    गाउँपालिकामै छैन मावि शिक्षकको दरबन्दी 

    रोल्पाः शिक्षा क्षेत्रमा राज्यले ठूलो मात्रामा लगानी गरेको भए पनि रोल्पाको एक गाउँपालिकामा भने मावि शिक्षकको शून्य दरबन्दी रहेको छ।  सरकारी दरबन्दी शून्य रहँदा त्यहाँका अभिभावक चन्दा उठाएर माध्यमिक तहको पठनपाठन गर्न बाध्य भएका छन्। पूर्वी रोल्पाको सुनछहरी गाँउपालिकामा मावि शिक्षकका लागि हालसम्म कुनै दरबन्दी छैन।  पाँचवटा माध्यमिक विद्यालय रहेको गाँउपालिकामा माध्यामिक तहको शिक्षा स्थानीय बासिन्दाले चन्दा उठाएर निजि स्रोतबाट…

    विस्तृतमा पढ्नुस्

  • दिल्लीमा हुने भनिएको दलार्इ लामाको कार्यक्रम रोकियो

    दिल्लीमा हुने भनिएको दलार्इ लामाको कार्यक्रम रोकियो

    नयाँ दिल्लीः भारत सरकारले अाफ्ना उच्च अधिकारी र मन्त्रीहरूलार्इ तिब्बती धर्मगुरू दलार्इ लामाको कार्यक्रममा सहभागी नहुन निर्देशन जारी गरेसँगै दलार्इ लामाको नयाँ दिल्लीमा हुने भनिएको कार्यक्रम रोकिएको छ।  तिब्बतबाट निर्वासित धर्मगुरू दलार्इ लामाले नयाँ दिल्लीमा उच्च स्तरीय कार्यक्रम अायोजनाको तयारी गरेका थिए। तर भारत सरकारले अाफ्ना भारत चीन सम्बन्ध संवेदनशील अवस्थामा रहेको भन्दै कार्यक्रममा सहभागी नहुन र सहभागितालार्इ निरूत्साहीत पार्न…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमणः किन शंकाको दृष्टिले हेर्दै छ भारत ?

    पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमणः किन शंकाको दृष्टिले हेर्दै  छ भारत ?

    काठमाडौँः पाकिस्तानी प्रधानमन्त्री शाहीद खाकन अब्बासीको दुर्इ दिने नेपाल भ्रमणले भारत सशंकित बनेको छ।  'प्रो चाइनिज' लिडरको रूपमा अाफ्नो छवि बनाएका प्रधानमन्त्री केपी शर्मा अोलीले सोमबार पाकिस्तानी प्रधानमन्त्री अब्बासीलार्इ स्वागत गरेको घटनालार्इ भारतीय सञ्चार माध्यमहरूले भारतको चिन्ताको रूपमा समाचार प्रस्तुत गरेका छन्।  अाइतबार पाकिस्तानी परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको वक्तव्यमा भ्रमणलार्इ क्षेत्रीय देशहरूसँगको सम्बन्धलार्इ सक्रिय पार्ने कडीको रूपमा उल्लेख गरेसँगै भारतले…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानी प्रधानमन्त्री र अध्यक्ष ‘प्रचण्ड’ बीच भेटवार्ता

    पाकिस्तानी प्रधानमन्त्री र अध्यक्ष ‘प्रचण्ड’ बीच भेटवार्ता

    काठमाडौँः नेपालको दुर्इ दिने भ्रमणमा रहेका पाकिस्तानका प्रधानमन्त्री शाहीद खाकन अब्बासी र नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भएको छ।  पाकिस्तानका प्रधानमन्त्री अब्बासीलार्इ भेट्न मंगलबार विहान प्रण्डसहित माअोवादी केन्द्रका नेताहरू अब्बासी बसेको होटेल हयात पुगेका थिए।  भेटपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुई देशबीचको सम्बन्ध र आपसी चासोका विषयमा छलफल भएको बताएका छन्।  पाकिस्तानका प्रधानमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • एमाले-माअोवादी विधान मस्यौदा कार्यदलको बैठक स्थगित

    एमाले-माअोवादी विधान मस्यौदा कार्यदलको बैठक स्थगित

    काठमाडौंः आज बस्ने भनिएको एमाले–माओवादीको विधान मस्यौदा कार्यदलको बैठक स्थगित भएको छ।  आजै ११ बजे संघीय संसदको बैठक बस्ने भएपछि कार्यदलको बैठक स्थगित भएको कार्यदलका प्रवक्ता गोकर्ण बिष्टले जानकारी दिए।  आज बस्ने कार्यदलको बैठकमा पार्टी विधानको प्रारम्भीक खाका पेश गर्ने कार्यक्रम थियो। पार्टी एकता प्रतिवेदन तयार गर्न विधान मस्यौदा कार्यदलले दुई-दुई जनाको दुई उपसमिति गठन गरेको थियो।  उपसमितिले अाफ्नो तर्फबाट…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानका प्रधानमन्त्रीद्वारा राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट

    पाकिस्तानका प्रधानमन्त्रीद्वारा राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट

    काठमाडौँः नेपालको दुर्इ दिने भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री शाहीद खाकन अब्बासीले राष्ट्रपति विद्या देवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन्।  मंगलबार विहान शितल निवासमा पुगेर पाकिस्तानी अब्बासीले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेका हुन्।  भेटमा दुर्इ देशबीच रहि अाएको सम्बन्ध, अापसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरि प्रसाद दवाडीले जानकारी दिए।  भेटमा नेपालका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडा,…

    विस्तृतमा पढ्नुस्

  • सांसद चौधरीलार्इ जेलमुक्त गर्न प्रधानमन्त्रीसँग राजपाको माग

    सांसद चौधरीलार्इ जेलमुक्त गर्न प्रधानमन्त्रीसँग राजपाको माग

    काठमाडौंः कैलाली-१ बाट प्रतिनिधिसभामा निर्वाचित राजपाका नेता रेशमलाल चौधारीले जेल भित्रै अनसन थालेपछि राजपा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल थालेका छन।   सोमबार बसेको संसदको बैठकपछि राजपा अध्यक्ष मण्डलका नेताहरुले प्रधानमन्त्रीसँग छलफल गरेका हुन्। राजपा नेता चौधारीलाई शपथ ग्रहणको लागि सहज बातावरण बनाउन प्रधानमन्त्रीसँग छलफल गरिएको छ।   ‘नवाराज सिलवाललाई शपथ ग्रहण गराईयो। जनताबाट निर्वाचित रेशम चौधरीलाई पनि शपथ…

    विस्तृतमा पढ्नुस्

  • ओलीलाई बधाई दिँदै देउवाले भने-संविधान संशोधनमा सहयोग गर्छु

    ओलीलाई बधाई दिँदै देउवाले भने-संविधान संशोधनमा सहयोग गर्छु

    काठमाडौं: प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले आज संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएका छन्। नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले नयाँ सरकारलाई बधाई दिँदै यो सरकारले संविधान संशोधनमा चासो देखाएकोमा खुसी व्यक्तसमेत गरे। अाज संघीय संसदलाई सम्बोधन गर्दै देउवाले देउवाले आफ्नो पार्टीले उक्त काममा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। संविधानलाई सर्वस्वीकार्य बनाउनु अनिवार्य रहेको देउवाको…

    विस्तृतमा पढ्नुस्

  • गायिका रेखा शाहको सिल्भर जुब्ली साँझ हुँदै

    गायिका रेखा शाहको सिल्भर जुब्ली साँझ हुँदै

    काठमाडौं: गायन करियरले २५ वर्ष पुरा भएको अवसरमा गायिका रेखा शाहले एकल गायन कार्यक्रममा प्रस्तुति दिने भएकी छिन्। उनको पहिलो एकल गायन कार्यक्रम यही फागुन २४ गते विहीबार हुने भएको हो। अन्तर्राष्ट्रिय नारी दिवसका दिन दरबारमार्गस्थित होटल याक एण्ड यतीमा कार्यक्रममा सम्पन्न हुनेछ। ‘सिमसिमे पानीमा ज्यानले बेइमान गर्छ कि जिन्दगानीमा’ गीत लेखन, संगीत तथा गायनबाट आफ्नो सांगीतिक यात्रा सुरु गरेकी…

    विस्तृतमा पढ्नुस्

  • संसदमा प्रचण्डको सम्बोधन: म नेपाली राजनीतिको केन्द्रविन्दुमा छु

    संसदमा प्रचण्डको सम्बोधन: म नेपाली राजनीतिको केन्द्रविन्दुमा छु

    काठमाडौः नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले अब सत्ताको लागि गरिने चलखेल अन्त्य गर्न सङकल्प गर्नुपर्ने समय आएको बताएका छन्।  संघीय संसदको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले देश अब नयाँ मोडमा उभिएकाले सत्ताको लागि राजनीतिक चलखेल अन्त्य गरेर देश विकासमा लाग्नु पर्ने बताए।  अध्यक्ष दाहालले भने,  'आजबाट नै नयाँ नेपाल बनाउनु भनेर हामी आफैले संकल्प गर्नु…

    विस्तृतमा पढ्नुस्

  • जिग्री र पाँडे सहयोगार्थ कार्यक्रमका लागि कतार यात्रामा

    जिग्री र पाँडे सहयोगार्थ कार्यक्रमका लागि कतार यात्रामा

    हास्य कलाकार जोडी जिग्री र पाँडे सामाजिक कार्यका लागि आयोजित सांस्कृतिक कार्यक्रममा जाँदै छन्। कतारमा आयोजना हुन लागेको शिक्षा सहयोगार्थ सांगीतिक कार्यक्रममा कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’को प्रस्तुति रहने भएको हो। एफएफएलको दोस्रो वार्षिक उत्सवको अवसरमा मार्च ९ मा हुने कार्यक्रममा अन्य नेपाली कलाकार पनि सहभागी हुनेछन्। कतारको दल्ला ड्राइभिङ एकेडेमीको हलमा हुने कार्यक्रमबाट उठेको रकम आर्थिक स्थिति…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीलाई महतोले भनेः जनताने वाम गठबन्धनको बडा दल बनादिया, अपने भी दिल बडा किजिए

    प्रधानमन्त्री ओलीलाई महतोले भनेः जनताने वाम गठबन्धनको बडा दल बनादिया, अपने भी दिल बडा किजिए

    काठमाडौं: राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन ठुलो बनाएर काम गर्न सुझाव दिएका छन्। संघीय संसदलाई हिन्दीमा सम्बोधन गर्दै  महतोले भने, 'प्रधानमन्त्रीजी, जनताने वाम गठबन्धनको बडा दल बनादिय, अपने भी दिल बडा किजिए।’ महतोले अब नयाँ इतिहास रच्नका लागि पुरानो सोच र पुरानो मानसिकता त्याग्नु पर्ने बताए। त्यसैगरी उनले एकले अर्कोको मान…

    विस्तृतमा पढ्नुस्

  • नेपाल आइडल दोस्रो संस्करण घोषणा, हुँदैछन् केही परिवर्तन

    नेपाल आइडल दोस्रो संस्करण घोषणा, हुँदैछन् केही परिवर्तन

    काठमाडौं: गायन रियालिटी सो 'नेपाल आइडल'को दोस्रो संस्करणको लागि आवेदन खुला गरिएको छ। नेपाल आइडलको आधिकारिक फेसबुक पेजमार्फत अडिसन आह्वान गरिएको हो। देशका ६ मुख्य सहरबाट प्रतिस्पर्धी छानिने छन्। काठमाडौं, हेटौंडा, पोखरा, धरान, धनगढी र भैरहवामा अडिसन हुने जनाइएको छ। चैत ६ गते भैरहवाबाट सुरु हुने अडिसन चैत ११ गते धनगढी, बैशाख ३ गते हेटौंडामा, ८ गते धरानमा र १४…

    विस्तृतमा पढ्नुस्

  • चालीस वर्षअघि हराएका उमामहेश्वर र बुद्धको मूर्ति न्युयोर्कमा भेटियो

    चालीस वर्षअघि हराएका उमामहेश्वर र बुद्धको मूर्ति न्युयोर्कमा भेटियो

    वासिङ्टन: विभिन्न अवैधानिक माध्यमबाट अमेरिका ल्याइपुर्‍याइएका करीव ८०० वर्ष पुरानो मूर्ति नेपाल पठाइने भएको छ।  अमेरिकाको न्यूयोर्कस्थित मेट्रोपोलिटन म्युजियम अफ आर्टमा प्रदर्शनीका लागि राखिएका दुई थान मूर्ति उक्त संग्रहालयले नेपाललाई हस्तान्तरण गर्न तत्परता देखाएको छ। सोसम्बन्धी सम्झौतामा सोमबार संग्रहालयका तर्फबाट अध्यक्ष डानियल एच विस र नेपालका तर्फबाट न्यूयोर्कस्थित महावाणिज्यदूत मधुकुमार मरासिनीले हस्ताक्षर गरे।  सन् १९८० का दशकमा नेपालबाट मूर्ति चोरी…

    विस्तृतमा पढ्नुस्

  • दुर्इदिने भ्रमण सकेर पाकिस्तानी प्रधानमन्त्री स्वदेश प्रस्थान

    दुर्इदिने भ्रमण सकेर पाकिस्तानी प्रधानमन्त्री स्वदेश प्रस्थान

    काठमाडौँः नेपालको दुईदिने औपचारिक भ्रमण सम्पन्न गरी इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी आज अपराह्न स्वदेश प्रस्थान गरेका छन्।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलार्इ अर्थमन्त्री डा युवराज खतिवडा र परराष्ट्र सचिव शंकरदास वैरागीले बिदाइ गरे।  सोमबार दिउसो नेपाल अाइपुगेका पाकिस्तानी पाकिस्तानका प्रधानमन्त्री अब्बासीले नेपाल बसार्इका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसँग अाज विहान शिष्टाचार भेट गरेका थिए। त्यस्तै उनले सोमबार…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा हलिउडको बढ्दो व्यापार, 'ब्ल्याक प्यान्थर' पनि १ करोड क्लबमा

    नेपालमा हलिउडको बढ्दो व्यापार, 'ब्ल्याक प्यान्थर' पनि १ करोड क्लबमा

    काठमाडौं: हलिउड फिल्म 'ब्ल्याक प्यान्थर'ले पनि नेपाल बक्स अफिसमा सुखद प्रदर्शन गरेको छ। फिल्मले एक करोड क्लबमा नाम लेखायो। फिल्मले एक करोड १० लाख माथिको व्यवसाय गरेको बताइएको छ। मार्भल स्टुडियोजको प्रस्तुति ब्ल्याक प्यान्थरलाई नेपालका लागि व्याङ्कटेश फिल्मसले वितरण गरेको हो। प्रदर्शनको तेस्रो हप्तामै फिल्मले व्यवसायिक रुपमा सकारात्मक प्रस्तुति दिएको हो। र्‍यान कुग्लर निर्देशित 'ब्ल्याक प्यान्थर' उपन्यासमा आधारित फिल्म हो।…

    विस्तृतमा पढ्नुस्

  • रेशम चौधरीलार्इ संसदमा उपस्थित गराउन राजपा नेता महतोको माग

    रेशम चौधरीलार्इ संसदमा उपस्थित गराउन राजपा नेता महतोको माग

    काठमाडौँः राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सांसद रेशमलाल चौधरीलार्इ संसदमा उपस्थित गराउन माग गरेका छन्।  आज संघीय संसदलाई सम्बोधन गर्दै महतोले कैलाली १ बाट निर्वाचित नेता चौधरीलाई संसदमा उपस्थित गराउन माग गरेका हुन्।  राजपा नेता समेत रहेका कैलाली-१ बाट निर्वाचित सांसद चौधरीलार्इ टिकापुरमा सात जनाको ज्यान जाने गरी भएको घटनाको मुद्दामा जिल्ला अदालतले पूर्पक्षका लागि कारागार…

    विस्तृतमा पढ्नुस्

  • संसदमा उपेन्द्र यादवले भनेः कमिसनतन्त्र र भष्ट्रचार अन्त्य नगरेसम्म देश विकास हुदैंन

    संसदमा उपेन्द्र यादवले भनेः कमिसनतन्त्र र भष्ट्रचार अन्त्य नगरेसम्म देश विकास हुदैंन

    काठमाडौं: संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको सरकारले संविधान संशोधन गर्दै अगाडी बढ्नुपर्ने बताएका छन्।  संघीय संसद बैठकलाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने 'अहिलेको संविधानमा केही राम्रा पक्ष छन्। तर महिला अल्पसङख्य लगायतको तर्फबाट हेर्दा केही त्रुटि रहेका छन्। यसलाई सुधार गर्दै मेरो संविधान भनेर गर्व गर्ने अवस्था सम्म पुर्याउनुपर्छ।'  अध्यक्ष यादवले राष्ट्रिय सुरक्षा नीति र परारष्ट्र नीति…

    विस्तृतमा पढ्नुस्

  • जन्ती सवार ट्रक दुर्घटना ३० जनाको मृत्यु

    जन्ती सवार ट्रक दुर्घटना ३० जनाको मृत्यु

    नयाँ दिल्लीः भारतको गुजरातमा जन्ती बोकेको ट्रक दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ। गुजरातको बुधबार विहान जन्ती बोकेको ट्रक दुर्घटना हुँदा १२ जना गम्भिर घाइते भएका छन्।  ट्रकमा ७० जना सवार थिए। दुर्घटना स्थलमा नै २६ जनाको मृत्यु भएको बाँकी चार जनाको उपचारका क्रममा मृत्यु भएको भारतीय सरकारी टेलिभिजन दुरदर्शनले जनाएको छ।  दुर्घटनामा घाइतेको स्थानी अस्पतालमा उपचार भइरहेको छ। …

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीलाई सुवालको सुझाव: हावामा महल बनाउँछु भनेर आश्वासन दिनु भएन

    प्रधानमन्त्री ओलीलाई सुवालको सुझाव: हावामा महल बनाउँछु भनेर आश्वासन दिनु भएन

    काठमाडौं: नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले प्रधानमन्त्रीले कालो धनलाई सेतो बाइदिन्छु भन्दै वक्तव्य दिएकोमा आपत्ती जनाएका छन्।  संघीय संसदलाई सम्बोधन गर्दै सुवालले भने 'प्रधानमन्त्री जस्तो व्यक्तिले कालो धनलाई सेतो बनाउँछु भन्दै हिड्ने यसको जवाफ कसले दिने.' उनले प्रधानमन्त्री जस्तो व्यक्तिले जनतालाई हावामा महल बनाउँछु भन्दै झुटा आश्वासन दिने काम अशोभनीय भएको दाबी गरे। देशलाई कहिले सिंगापुर बनाउँछु भन्ने,…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell