काठमाडौं: फिल्म 'शत्रु गते'को ट्रेलर रिलिज भएको छ। फिल्मले युवापुस्ता केन्द्रित सामाजिक कथाको थिम बोल्ने ट्रेलरले प्रष्ट पार्छ। फिल्ममा चर्चामा रहेका हास्यकलाकारहरुको भिड रहेको छ। शीर्ष भूमिकामा रहेका पल शाह र आँचल शर्मा बाहेक अन्य स्थापित कलाकारहरु देखिएका छन्। प्रदिप भट्टराईले फिल्म शत्रु गतेलाई निर्देशन गरेका हुन्। उनी महासंचारका लागि टेलिश्रृङ्खला एवं फिल्ममा निर्देशकको रुपमा काम गर्दै आएका छन्। फिल्मलाई रमिला आचार्य, यशोदा सुवेदी,…
सुर्खेत: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलिसम्म सरकारले पूर्णता पाउने बताएका छन्। सुर्खेतको विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, “संघीय समाजवादी फोरमसहितको सरकार गठनका लागि छलफल चलिरहेकाले भोलिसम्म सरकारले पूर्णता पाउने छ ।” पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले चैतको पहिलो हप्तामा एमाले र माओवादी केन्द्रबीच एकता हुने बताए।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनालाई तत्काल काम सुरु गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा नेपालका लागि अमेरिकी राजदुत अनाइना बि.टेप्लिजसँगको भेटमा प्रधानमन्त्री ओलीले काम सुरु गर्न आग्रह गरेका हुन्। अमेरीकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) परियोजनाले नेपालको उर्जा र यातायात सुदृढिकरका लागि ६३० मिलेनियम अमेरिकी डलर लगानी गर्ने जनाएको थियो। राजदुत टेप्लिजले नेपालको विकास,…
काठमाडौं: पार्टी एकता गर्न बनेको नेकपा एमाले नेकपा माओवादी केन्द्रको कार्यदलले पार्टी एकताको प्राराम्भिक खाका तयार पार्ने काम भइरहेको जनाएको छ। दलहरुका प्रतिवेदन, दस्तावेज लगायतका कागजातहरुको अध्यायनसँगै पार्टी एकताको खाका तयार पर्ने काममा कार्यदल जुटेको जनायो। फागुन ७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकताको लागि गृहकार्य गर्न दुई कार्यदल गठन गरेको थियो। एमाले नेता…
काठमाडौं : क्वीक्स होम एण्ड अवे बास्केटबल लिगमा कीर्तिपुर बास्केटबल टिमले जेभिएर इन्टरनेशनल कलेजमाथि २ अंकको रोमाञ्चक जित हासिल गरेको छ। लिग अन्तर्गत शुक्रवार भएको एक मात्र खेलमा कीर्तिपुरले जेभिएरलाई ८५-८३ को स्कोरले पराजित गरेको हो। खेलको चार क्वाटरपछि दुवै टोलीले समान ७४-७४ अंक स्कोर गरेपछि थप गरिएको ५ मिनेटमा ११-९ ले अगाडी रहदै कीर्तिपुरले जित हात पारेको हो। घरेलु…
काठमाडौँः संविधान संशोधन र सरकारमा सहभागिता लगायतका विषयमा वाम गठबन्धन र संघीय समाजवादी फोरमबीच भइरहेको छलफल सकरात्मक भनिए पनि परिणाम निस्कन सकेको छैन। बुधबार गठबन्धन र फोरमबीच लिखित सहमतिको तयारी भए पनि छलफल निश्कर्षमा पुग्न सकेन। बुधबार साँझ भएको गठबन्धन र फोरमबीचको बैठक सकरात्मक भनिए पनि बैठक निश्कर्षविहीन भयो। पढ्नुस्ः– केमा बिग्रियो कुरा? फोरम र वाम गठबन्धनबीच भएन लिखित सहमति तर, नेताहरुले…
खोटाङः खोटाङका दुई स्थानीय तहको नाम परिवर्तन भएको छ। रुपाकोट मझुवागढी नगरपालिका र दिप्रुङ गाउँपालिकाको नाम परिवर्तन भएको हो। रुपाकोट मझुवागढी नगरपालिकाको अगाडि ‘दिक्तेल’ र दिप्रुङ गाउँपालिकाको पछाडि ‘चुइचुम्मा’ थपिएको छ। नगरपालिका र गाउँपालिकाले यसअघि नगरसभा र गाउँसभाको पूर्ण बैठकले नाम परिवर्तनका लागि सिफारिस गरेका थिए। नगरसभा र गाउँसभाले सिफारिस गरेबमोजिम संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बुधबार राजपत्रमा प्रकाशित…
काठमाडौँः संघीय संसद् सचिवालयले आसन्न प्रतिनिधिसभा तथा राष्ट्रियसभाका अधिवेशन सञ्चालनका लागि कर्मचारी विभाजन गरेको छ। यसअघि एउटामात्र सदन भएको अवस्थामा कायम रहेका जनशक्तिलाई नै प्रतिनिधि तथा राष्ट्रियसभा सचिवालयमा काम गर्नेगरी कार्यक्षेत्र तोकिएको हो। सचिवालयले कार्यव्यवस्था परामर्श महाशाखामा रहने दुई सहसचिव तोकेको छ। कार्यव्यवस्थाले नै औपचारिक रुपमा बैठक एजेण्डा तय गर्ने प्रचलन छ। महाशाखा अन्तर्गतको सचिवालयले बैठकका एजेण्डा तथा बैठक सञ्चालनको…
अर्घाखाँचीः पूर्वउपप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्र का नेता टोपबहादुर रायमाझीलाई पितृशोक परेको छ। रायमाझीका बुबा बिनबहादुर रायमाझीको ८१ वर्षको उमेरमा गएराति निवास सन्धिखर्क–९, अर्घाको खाडमा निधन भएको हो। स्वर्गीय रायमाझीका श्रीमती, दुई छोरा र दुई छोरी छन्। रासस
बाँकेः जिल्लाका धार्मिक गुरूहरूले होली पर्व मर्यादित र शान्तिपूर्णरुपमा मनाउन अपिल गरेका छन्। बाँके जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बुधबार भएको छलफलपछि हिन्दू धर्म गुरु चन्द्रनाथ योगी, मुस्लिम धर्मगुरु मौलाना मन्सुर मन्जरी र मौलाना अब्दुल जव्बार र सिख धर्मगुरु राजेन्द्रसिंह सरदारले यस्तो अपिल गरेका हुन्। आज र भोलि दुई दिन जिल्लामा मनाइने होली पर्वलाई दृष्टिगत गरी धार्मिक गुरुहरुसँग छलफल गरिएको थियो।…
वासिङ्टनः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एकपछि अर्को गर्दै आफ्ना सहयोगीबाट एक्लिँदै गएका छन्। पछिल्लो समय २०१६ को राष्ट्रपति ट्रम्पको सञ्चार निर्देशकको रुपमा रहेर काम गरिरहेकी होप हाइकसले पनि ट्रम्पको साथ छाड्ने घोषणा गरेकी छिन्। उनी लामो समयसम्म राष्ट्रपति ट्रम्पसँग काम गरेकी सल्लाहकार मध्ये एक हुन्। २९ वर्षे मोडल सन् २०१६ मो राष्ट्रपतिय निर्वाचनमा विना कुनै राजनीतिक अनुभव पनि ट्रम्पको चुनावी…
रसुवाः बाहिरी जिल्लाबाट बसाइँ सरिआएका व्यक्तिलाई चीनको केरुङ जान रोक लगाउने यहाँका जनप्रतिनिधिले निर्णय गरेका छन्। बाहिरी जिल्लादेखि बसाइँ सरी अध्यागमन कार्यालयबाट नेपाल-चीन सीमा क्षेत्रका बासिन्दाले केरुङबाट गैरकानुनी सामान आयात गर्न थाले पछि यस्तो निर्णय गरिएको प्रदेशसभा ३ नं अन्तर्गत रसुवाको ‘ख’ क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद प्रेमबहादुर तमाङले बताए। रसुवाको प्रतिष्ठा उच्च पार्न नवप्रवेशीको बसाइँ सराइ प्रमाण रोकी विगतमा वितरण…
काठमाडौः संविधान संशोधन र सरकारमा सहभागिताका विषयमा वाम गठबन्धन र संघीय समाजवादी फोरमबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक विना निष्कर्ष टुङगिएको छ। बैठकमा सहभागी संघिय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार वार्ता सकरात्मक भएपनि कुनै निर्णय हुन् सकेन्। पहिलोपोस्टसँगको कुराकानीमा नेता श्रेष्ठले भने ' केही सैद्धान्तिक विषयमा सहमति जुट्न सकेन। फेरी पनि अर्को चरणमा वार्ता हुने छ।' सहमति…
काठमाडौं : आइसीसी क्रिकेट वर्ल्ड कप क्वालिफायर अन्तर्गत दोस्रो तथा अन्तिम वार्म अप म्याचमा नेपालले आज हङकङसँग खेल्दैछ। खेल जिम्वावेको क्वेक्वे स्पोर्ट्स क्लबमा नेपाली समयअनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ। नेपालले पहिलो वार्म अफ म्याचमा युएईलाई ५ विकेटले हराएको थियो भने हङकङ नेदरल्याण्ड्ससँग हारेको थियो। क्वालिफायरमा नेपाल र हङकङ एउटै समूहमा रहेका कारण आजको खेलले केही महत्व राख्नेछ। कुनै पनि…
काठमाडौँः होलीको बहनामा ट्राफिक नियम विपरित सवारी साधन चलाएका २ सय ६४ सवारी साधानलार्इ ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले उपत्यका भित्रका तीन जिल्लामध्ये सबैभन्दा बढी काठमाडौंबाट सवारी साधान नियन्त्रणमा लिएको महाशाखाका एसएसपी उमेश रंजितकारले जानकारी दिए। प्रहरीले नियन्त्रणमा लिएका मध्ये ११ वटा कागजपत्र नबोकी सवारी चलाएको, १८ वटा हेल्मेट नलगाई सवारी चलाएको, २ वटा मापसे…
फर्नान्डो लोरेन्टेले १२ मिनेटको अन्तरमा ह्याट्रिक गरेपछि टोटनहम हट्सपरले रोचडालेलाई ६-१ ले पराजित गर्दै एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। यसअघि भएको खेल बराबरीमा सकिएपछि यी दुई क्लबबीच रिप्ले म्याच खेलाइएको हो। जसमा फर्नान्डो लोरेन्टेले दोस्रो हाफमा १२ मिनेटभित्र ह्याट्रिक पुरा गरे। उनले ४७ औँ मिनेटमा पहिलो, ५३औँ मिनेटमा दोस्रो तथा ५९ औँ मिनेटमा तेस्रो गोल गरे। यसैगरी होन मन…
एन्टोनी ग्रीजमन एक्लैले चार गोल गरेपछि ला लिगामा दोस्रो स्थानको एट्लेटिको मड्रिडले लेगानेसलाई ४-० ले पराजित गरेको छ। जितपछि एट्लेटिकोले शीर्ष स्थानको बार्सिलोनासँग अंकदूरी समेत ४ मा झारेको छ। तर बार्साले एक खेल कम खेलेको छ। घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोलाई शानदार जित दिलाउन ग्रीजमनले २६औँ, ३५औँ, ५६औँ र ६७औँ मिनेटमा गोल गरे। यस्तै चौथो स्थानको भ्यालेन्सिया एथ्लेटिक विल्वाओसँग १-१…
काठमाडौः फागु पूर्णिमा (होली)मा अर्काको इच्छा विपरित जबर्जस्ती रङ दल्ने, प्लास्टिकको लोला हान्ने, फोहर छ्याप्ने र मादक पदार्थ सेवन गरी होहल्ला गर्ने २२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले कालिमाटी क्षेत्रबाट २० जना र गोंगबुबाट २ जनालाई नियन्त्रणमा लिएको परिसर काठमाडौंका प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए। होलीलाई मर्यादित र सुरक्षित बनाउन राजधानीमा १ सय…
काठमाडौं : त्रिभुवन आर्मीका होमलाल श्रेष्ठले लगातार दोस्रो पटक लुम्बिनी पिस म्याराथनको उपाधि जितेका छन्। बिहीवार लुम्बिनीमा भएको चौथो संस्करणको उपाधि जित्ने क्रममा होमलाल आर्मीकै हरीकुमार रिमाललाई १ मिनेट ४० सेकेण्डले पछि पारे। होमलालले निर्धारित दूरी २ घण्टा ५३ मिनेट १३ सेकेण्डमा पुरा गरे। यस्तै दोस्रो भएका हरी कुमार रिमालले २ घण्टा ५४ मिनेट ५३ सेकेन्डमा दौड पुरा गरे। तेस्रो…
ढाकाः नोबेल शान्ति पुरस्कार विजेता तीन अभियन्ताहरूले म्यानमारकी नेतृ अाङ साङ सूची र त्यहाँको सरकारलार्इ रोहिंगा मुस्लिमहरूको नरसंहार रोक्न अाग्रह गरेका छन्। उनीहरूले अन्यथा महाअभियोजनका लागि तयार रहन समेत चेतावनी दिएका रोयटर्सले जनाएको छ। संयुक्त राष्ट्र संघको मानवअधिकार संगठनले म्यानमारको सैनिक विरूद्ध त्यहाँका रोहिंगा समुदायका मानिसहरूको हत्या, महिलाहरूमाथि बलात्कारलगायतका घटनाको तथ्य तथा प्रमाण संकलन गरेको छ। यहाँका करिब सात लाख…