PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

  • कालीगण्डकीमा अलपत्र निर्माणाधीन पुलको काम अगाडि बढाउन सहमति

    कालीगण्डकीमा अलपत्र निर्माणाधीन पुलको काम अगाडि बढाउन सहमति

    मुस्ताङः मुस्ताङको कालीगण्डकी नदीमा अलपत्र परेको मोटरेबल पुल निर्माण कार्यलाई अघि बढाउन जनप्रतिनिधिले पहल थालेका छन्।  तिब्बतको सिमाना कोरला नाका जोड्ने बेनी-जोमसोम-कोरला सडकअन्तर्गत बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङमा निर्माणाधीन मोटरेबल पुल विगत दुई वर्षदेखि अलपत्र अवस्थामा छ। पुल निर्माणका क्रममा कालीगण्डकीको धार परिवर्तन भई बस्तीतर्फ कटान गर्न थालेपछि छुसाङका बासिन्दाले बस्ती संरक्षणबिना पुल निर्माण कार्यलाई अघि नबढाउन दबाब दिएका थिए।  …

    विस्तृतमा पढ्नुस्

  • थलीमा प्रहरीमाथि आक्रमण

    थलीमा प्रहरीमाथि आक्रमण

    काठमाडौं : बुधवार साँझ काठमाडौंको थलीमा प्रहरीमाथि आक्रमण भएको छ। थलीमा केही स्थानीय युवाले प्रहरीलाई आक्रमण गरेका हुन्। केही महिना अगाडि एक युवतीमाथि भएको जबरजस्तीकरणीका अभियुक्त सुजन ऐरी लुकेर बसेको सुचनाको आधारमा प्रहरी थली पुगेको थियो। प्रहरी आएको थाहा पाउनासाथ पदम स्याङबो लगायतको टोलीले अभियुक्त ऐरीलाई भगाएको र प्रहरीमाथि आक्रमण गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले बताए।  परिसरबाट…

    विस्तृतमा पढ्नुस्

  • होलीमा प्रहरीको निसाना : तीन युवतीसहित १ सय ४१ समातिए

    होलीमा प्रहरीको निसाना : तीन युवतीसहित १ सय ४१ समातिए

    काठमाडौं : फागु पूर्णिमा (होली)मा अर्काको इच्छा विपरित जबर्जस्ती रङ दल्ने, प्लास्टिकको लोला हान्ने, फोहर छ्याप्ने र मादक पदार्थ सेवन गरी होहल्ला गर्ने १ सय ४१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले कालिमाटी, गोंगबु, बाफल लगायतका क्षेत्रबाट नियन्त्रणमा लिएको परिसर काठमाडौंका प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।   यसरी पक्राउ पर्नेहरुमा ३ जना महिला…

    विस्तृतमा पढ्नुस्

  • पानी पर्दा नेपाल-हङ्कङको म्याच प्रभावित

    काठमाडौं : नेपाल र हङ्कङबीच आज तय भएको वार्म अप म्याच पानी परेपछि सुरु हुन सकेको छैन। आइसीसी वर्ल्ड कप क्वालिफायर्सको वार्मअपमा यसअघि नेपालले एक जित निकालेको छ। यद्यपि वार्म अप म्याच अभ्यासका लागि मात्र भएकाले जित हारको रेकर्डले कुनै अर्थ राख्दैन।

    विस्तृतमा पढ्नुस्

  • १० लाखको सेटमा ‘जय शम्भु’को एक्शन

    १० लाखको सेटमा ‘जय शम्भु’को एक्शन

    काठमाडौं: फिल्म ‘जय शम्भु’को सेट, प्रयोग गरिएको क्यामेराको यति बेला चर्चा छ। घोषणाको दिनदेखी फ्लोरमा गएको फिल्म जय शम्भुको छायाँकन चलचित्र विकास कम्पनी बालाजुमा भइरहेको छ। अबको १० दिन फिल्म युनिट विकास कम्पनीमा रहनेछ। फिल्मका मूख्य कलाकारहरु अनुप विक्रम शाही, प्रशान्त ताम्राकार र वर्षा शिवाकोटीको परिचयात्मक एक्शन सिन खिचिदै छ। उक्त सिनमा एकसाथ चार क्यामराको प्रयोग भइरहेको बताइएको छ। फिल्ममा…

    विस्तृतमा पढ्नुस्

  • भारतको कुटनीति : ओलीसँग होली खेल्न भारतीय राजदूत पुरी पत्नीसहित बालुवाटार

    भारतको कुटनीति : ओलीसँग होली खेल्न भारतीय राजदूत पुरी पत्नीसहित बालुवाटार

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधान मन्त्री बनेको दुई साता पुगेको छ। यसबीच नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरीले प्रधान मन्त्री ओलीलाई तीन पटक भेट गरिसकेका छन्।  फागु पूर्णिमा (होली)को दिन राजधानी रंगिदै गर्दा राजदूत पुरी बिहीवार प्रधान मन्त्री ओलीसँग होली खेल्न प्रधान मन्त्रीको सरकारी निवास बालुवाटार पुगे। प्रधान मन्त्री निवास बालुवाटारमा राजदूत पुरी पत्नीसहित पुगेका…

    विस्तृतमा पढ्नुस्

  • १४ वर्षपछि एकसाथ सुगम पोखरेल र अनिश भण्डारी

    १४ वर्षपछि एकसाथ सुगम पोखरेल र अनिश भण्डारी

    काठमाडौं: गायक सुगम पोखरेल र र अनिश भण्डारीले एकसाथ नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन्। 'ताली ठोकौँला' बोलको गीत भिडियोसहित सार्वजनिक भएको हो। पोखरेल र भण्डारीको १४ वर्षपछि सांगीतिक सहकार्य भएको हो। यसअघि यी दुईको 'रंगीन यो साँझ' सार्वजनिक भएको थियो। सार्वजनिक नयाँ गीतमा शब्द तथा संगीत सम्भोज मल्ल र सुगम पोखरेलको रहेको छ। 'ताली ठोकौँला' गीतको भिडियोलाई विकास सुवेदीले…

    विस्तृतमा पढ्नुस्

  • मैदान नसुक्दा नेपाल - हङ्कङबीचको खेल भएन

    मैदान नसुक्दा नेपाल - हङ्कङबीचको खेल भएन

    काठमाडौं : नेपाल र हङ्कङबीच आज तय भएको वार्म अप म्याच पानी परेका कारण रद्ध भएको छ। नेपाल र हङ्कङ आइसीसी वर्ल्ड कप क्वालिफायर्समा आमने सामने हुनुपूर्व हुन लागेको म्याचमा धेरैको नजर थियो।  पानीले मैदान चिसिएपछि पटक पटक निरीक्षण गरिएको थियो तर खेलका लागि उपयुक्त नहुने देखेपछि खेल नै रद्ध गरिएको हो। आज नेपालको दोस्रो वार्म अप म्याच थियो। वार्मअपमा…

    विस्तृतमा पढ्नुस्

  • खोलियो राष्ट्रपति निर्वाचनका लागि निर्वाचन कार्यालय

    खोलियो राष्ट्रपति निर्वाचनका लागि निर्वाचन कार्यालय

    काठमाडौँ : निर्वाचन आयोगले यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ।  आयोगले आज संघीय संसद् भवन, नयाँ बानेश्वर परिसरमा राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।  नेपालको संविधान बमोजिम नयाँ राष्ट्रपतिको निर्वाचन गर्न आयोगले पाटन उच्च अदालतका न्यायाधीशलाई निर्वाचन अधिकृत तोकिसकेको छ। आयोगबाट यसअघि नै राष्ट्रपति निर्वाचनको तालिका…

    विस्तृतमा पढ्नुस्

  • होली खेल्नेक्रममा छतबाट खस्दा एकको मृत्यु  

    पोखरा : होली खेल्नेक्रममा पोखराको बिन्ध्यवासिनीमा घरको छतबाट खस्दा एक बालक ज्यान गएकोछ।  पोखरा लेखनाथ महानगरपालिका २ विन्ध्यवासिनीका ११ वर्षीय आविस्कार रेग्मी घरको छतबाट खस्दा ज्यान गएको हो। होली खेल्ने क्रममा घरको छतबाट खसेर गम्भीर घाइते भएका रेग्मीको फिस्टेल हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिएका छन्। घाइते रेग्मीको टाउकोमा चोट…

    विस्तृतमा पढ्नुस्

  • दुवै पार्टी विघटन गरी नयाँ पार्टी घोषणा : प्रचण्ड

    दुवै पार्टी विघटन गरी नयाँ पार्टी घोषणा : प्रचण्ड

    नवलपरासी : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता प्रक्रिया छिट्टै टुङ्गिने बताएका छन्। नवलपरासीको बर्दघाटमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई गहकिलो गर्दै अध्यक्ष प्रचण्डले फागुन २५ गतेभित्र कार्यदलले प्रतिवेदन बुझाएपछि पार्टी एकताका बाँकी कार्य पूरा हुने बताए। उनले भने, ‘दुवै दलको कार्यदलको प्रतिवेदनपछि अन्य प्रक्रिया टुंग्याउने र दुवै पार्टी विघटन गरी नयाँ पार्टी घोषणा गरिनेछ।” कार्यक्रममा बोल्दै अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • एमाले र फोरमबीच लिखित सहमतिको तयारी, ओली र यादवबीच आज निर्णायक वार्ता

    एमाले र फोरमबीच लिखित सहमतिको तयारी, ओली र यादवबीच आज निर्णायक वार्ता

    काठमाडौँः सरकारमा सहभागिता तथा संविधान संशोधनका विषयमा नेकपा एमाले र संघीय समाजवादी फोरमबीच लिखित सहमतिको तयारी भएको छ। दुई दलको दोस्रो तहका नेताको कार्यदलस्तरबाट तयार पारिएको मस्यौदामा दुबै दलका अध्यक्षबीच छलफल हुनेछ। पावर सेयरिङ तथा मस्यौदाका विषयमा सहमति भएमा आजै द्धिपक्षीय हस्ताक्षर हुनेछ। फोरमलाई सरकारमा सहभागी गराउनेबारे वाम गठबन्धनबीच भने सममति भइसकेको छ। मंगलबार फोरमका तर्फबाट मस्यौदा एमाले नेताहरुलाई हस्तान्तरण भइसकेको छ।…

    विस्तृतमा पढ्नुस्

  • नवाज शरीफका भाइको हातमा पाकिस्तानी सत्ताधारी दलको नेतृत्व

    नवाज शरीफका भाइको हातमा पाकिस्तानी सत्ताधारी दलको नेतृत्व

    इस्लामाबादः पाकिस्तानको सत्तारुढ दल पाकिस्तान मुश्लिम लिग- नवाज (पिएमएल-एन) को नेतृत्व बर्खास्त प्रधानमन्त्री नवाज शरीफका भाइको हातमा आएको छ।  सर्वोच्च अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफलाई पार्टीको नेतृत्वका लागि पनि अयोग्य ठहर गरेपछि उनका भाइ शहवाज सरिफ पिएमएल-एनको अन्तरिम अध्यक्षमा चयन भएका हुन्।  गत हप्ता यहाँको अदालतले शरीफ पिएमएल-एनको अध्यक्ष हुन समेत अयोग्य रहेको फैसला सुनाएको थियो।  आँफूलार्इ पार्टीको प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • नेपालको सहमति बिना भारतले बनायो महाकालीमा पुल

    नेपालको सहमति बिना भारतले बनायो महाकालीमा पुल

    दार्चुलाः भारतीय पक्षले नेपालको सहमति बिना नै महाकाली नदीमाथि चारवटा काठे पुल लगाएको छ। केही महिना पहिले जिल्ला प्रशासन कार्यालय, दार्चुलालाई सहमतिका लागि पत्राचार गरेको भारतले नेपालले सहमति नजनाउँदै चार पुल लगाउँदै आफ्नो मिचाहा प्रवृत्ति देखाएको हो। भारतीय पक्षले त्रिदेशीय सीमा क्षेत्र नजिकै पर्ने नजांग खोला, लखनपुर, दोपाखे र बुदीको कौथलामा काठे पुल लगाएको हो। दार्चुलाको उत्तरी क्षेत्रमा पर्ने महाकाली…

    विस्तृतमा पढ्नुस्

  • पश्चिमा देशको भिसा लिन ब्राजिलको पासपोर्ट प्रयोग गर्थे उत्तर कोरियाली नेता किम जोङ उन

    पश्चिमा देशको भिसा लिन ब्राजिलको पासपोर्ट प्रयोग गर्थे उत्तर कोरियाली नेता  किम जोङ उन

    ब्लूमबर्गः उत्तर कोरियाली नेता किम जोङ उनले सन् १९९० को दशकमा ब्राजिलको पासपोर्ट लिएको खुलासा भएको छ। उनले प्रयोग गरेको ब्राजिली पासपोर्टको प्रतिलिपि समेत रोयटर्सले सार्वजनिक गरेको छ।  उन र उनका बाबु किम जोङ र्इलले प्रयोग गरेका पासपोर्ट चेक रिपव्लिकको राजधानी प्रागस्थित ब्राजिली दुतावासबाट सन् १९९६ मा जारी भएको देखिन्छ। 'उनीहरुले अवैध रुपमा ब्राजिली पासपोर्ट प्रयोग गरेको देखिन्छ, पासपोर्टमा किम जोङ…

    विस्तृतमा पढ्नुस्

  • शिशु जन्माएर फाल्ने महिलाविरुद्ध मुद्दा दर्ता

    भोजपुरः गत फागुन ४ गते सालनालसहितको शिशु फाल्ने महिलालाई पक्राउ गरी कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको छ। भोजपुरको उत्तरी षडानन्द नगरपालिका–६ केउरेनीपानीमा बेवारिसे अवस्थामा फ्यालिएको शिशु गीता मग्रातीले जन्माएर फालेको खुलेपछि मग्रातीलाई प्रहरीले नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।  बत्तीस वर्षीय मग्रातीले अनुसन्धानमा आफूले जन्माएर फ्याँकेको स्वीकार गरेपछि प्रहरीले मुद्दा चलाएको प्रहरी निरीक्षक…

    विस्तृतमा पढ्नुस्

  • ट्र्याक्टरको ठक्करबाट युवकको मृत्यु

    मोरङः जिल्लाको केराबारी गाउँपालिका–८ स्थित केराबारी-खोर्साने सडकखण्डमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको गए राति मृत्यु भएको छ।  केराबारीबाट खोर्सानेतर्फ जाँदै गरेको को १५ प १०९० नं को मोटरसाइकललाई विपरीत दिशातर्फ जाँदै गरेको को २ त २००५ नंको ट्र्याक्टरले ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकलमा सवार बेलबारी नगरपालिका-४ बस्ने २९ वर्षीय किशोर खवासको मृत्यु भएको इलाका प्रहरी कार्यालय केराबारीका प्रहरी नायब…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : इन्जुरी टाइममा गोल खादा रियल मड्रिड स्पानयोलसँग पराजित

    ला लिगा : इन्जुरी टाइममा गोल खादा रियल मड्रिड स्पानयोलसँग पराजित

    क्रिस्टियानो रोनाल्डोलाई रेस्ट लिएको ला लिगा खेलमा रियल मड्रिड स्पानयोलसँग १-० ले पराजित भएको छ। निर्धारित समयको खेल गोलरहित बराबरी रहेपनि इन्जुरी टाइमा घरेलु टोली स्पानयोलले गोल गर्दै रियलाई पराजित गरेको हो। स्पानयोलका लागि इन्जुरी टाइमको तेस्रो मिनेटमा जेरार्ड मोरेनोले गोल गरे। जितपछि २६ खेलबाट ३१ अंक जोडेको स्पानयोल १३औँ स्थानमा उक्लेको छ। उता २६ खेलबाट ५१ अंक रहेको रियल…

    विस्तृतमा पढ्नुस्

  • पूर्वाधार बिना साक्षर जिल्ला घोषणाः कार्यान्वयनमा चुनौती 

    पूर्वाधार बिना साक्षर जिल्ला घोषणाः कार्यान्वयनमा चुनौती 

    सुनसरीः जिल्लालाई नेपालको ४५औँ जिल्लाका रुपमा मंगलबार साक्षर जिल्ला घोषणा गरिएको छ। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सुनसरीलाई औपचारिक कार्यक्रममा सुनसरीलाई ४५ औँ साक्षर जिल्ला घोषणा गरे।  अहिले सुनसरीको साक्षरता प्रतिशत ९५ दशमलब ४० रहेको सरकारी तथ्यांक छ। यता बिना पूर्वाधार घोषणा कार्यक्रम गरेको भन्दै स्थानीयवासीले आपत्ति जनाएका छन्। जनतालाई ठग्ने गरी साक्षर जिल्ला घोषणा गरेको भन्दै स्थानीयवासीले…

    विस्तृतमा पढ्नुस्

  • संविधानमा हस्ताक्षर नगर्ने र दीपावली मनाउनेको एउटै भान्सा देख्दा बाबुराम दङ्ग

    संविधानमा हस्ताक्षर नगर्ने र दीपावली मनाउनेको एउटै भान्सा देख्दा बाबुराम दङ्ग

    काठमाडौं : पूर्व प्रधान मन्त्री डाक्टर बाबुराम भट्टरार्इले संविधानमा हस्ताक्षर नगर्ने र संविधान संशोधन गर्न नपर्ने भन्नेहरु मिल्न लागेकोमा खुशी व्यक्त गरेका छन्।  ट्वीट गर्दै उनले गिलास पूरै खाली छ भन्ने र गिलास पूरै भरी छ भन्नेहरुको एउटै भान्सा हुन लागेको टिप्पणी गरेका हुन्।  'गिलास पूरै खाली छ भन्दै संविधानमा हस्ताक्षर नगर्ने/ब्ल्याक आउट गर्नेहरू र गिलास पूरै भरिएको छ, कुनै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell