काठमाडौं : क्वीक्स होम एण्ड अवे बास्केटबल लिगमा विशाल मिलन केन्द्रले तेस्रो जित हासिल गरेको छ। लिग अन्तर्गत बुधवार भएको खेलमा विशाल मिलन केन्द्र र गोल्डेनगेट इन्टरनेशनल कलेज विजयी भएका छन्। विशाल मिलन केन्द्रको तेस्रो तथा गोल्डेनगेटको दोस्रो जित हो। विशाल मिलन केन्द्रले अवे कोर्टमा टिम बुढानिलकण्ड मुनिसिपालिटीलाई ८८-६९ ले हरायो। सुरुवाती दुई क्वाटारमा २०-८ र २७-१४ को अग्रता बनाएको…
काठमाडौंः नेकपा माओवादीबाट हालै निष्कासनमा परेका नेता गोपाल किरातीले नेपाली जनताले केही वर्षमै वाम एकताको वास्तविकता बुझ्ने दाबी गरेका छन्। बुधबार राजधानीको सोल्टीमोडस्थित प्लटिनम होटलमा आयोजित क्रान्तिकारी विद्यार्थीको पुनर्गठन कार्यक्रमको बन्दसत्रमा किरातीले वाम गठबन्धनको वास्तविकता थाहा पाएपछि नेपालीले ‘माया गर्नेको चोखो माया पनि देखियो’ बोलको लयमा गीत गाउने दाबी गरेका हुन्। किरातीले भने, ‘अहिले मेरा पूर्व अध्यक्ष प्रचण्ड वाम गठबन्धनमा…
काठमाडौं: मार्च ४ देखि जिम्बावेमा हुने आइसीसी वान डे वर्ल्डकप क्वालिफायरका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली जिम्बावे पुगिसकेको छ। क्वालिफायरको समूह बी मा रहेको नेपालले घरेलु टोली जिम्बावे, अफगानिस्तान, स्कटल्याण्ड र हङकङसँग प्रतिस्पर्धा गर्नेछ। त्यसअघि नेपालले आज युएईसँग पहिलो तथा बिहीबार हङकङसँग दोस्रो अभ्यास खेल खेल्नेछ। टेष्ट मान्यताप्रपात जिम्बावेसँग नेपालले पहिलोपटक एक दिवसीय क्रिकेटमा प्रतिस्पर्धा गर्न लागेको हो र नेपालले…
काठमाडौँः धादिङको थाक्रे गाउँपालिका १ धारापानी खोल्सामा गएराति मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। राति साढे ११ बजे बा १ ख ९८४२ नम्बरको मिनी ट्रक दुर्घटना भएको हो। मृत्यु हुनेमा चालक धादिङ थाक्रे १ का बलबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ। तामाङको घटनास्थलमै मृत्यु भएको हो। ट्रकमा सवार अन्य ३ जना घाइते भएका छन्। दुर्घटनामा घाइते भएका टीकाराम…
म्याग्दीः म्याग्दी जिल्लालार्इ हिमाली जिल्लामा सूचीकृत गर्न जिल्ला समन्वय समिति म्याग्दीले माग गरेको छ। समितिको सोमबार बेनीमा बसेको बैठकले म्याग्दीलाई हिमाली जिल्ला घोषणा गर्न प्रदेश र संघीय सरकारलाई प्रस्ताव गर्ने निर्णय गरेको हो। आधा दर्जन हिमाल अवस्थित र भौगोलिक विकटतालाई आधार मानेर म्याग्दीलाई हिमाली जिल्ला घोषणा गर्न माग गर्ने निर्णय गरेको समितिका प्रमुख देवेन्द्रबहादुर केसीले जानकारी दिए। हिमालै हिमाल भएको…
पाल्पाः पूर्वी पाल्पाका पूर्वखोला, निस्दी गाउँपालिका र रामपुर नगरपालिकाको डाँडा बस्तीमा खानेपानीको अभाव भएको छ। मुहान सुक्न थालेपछि यहाँका स्थानीय बासिन्दा खानेपानीका लागि एक-दुई घण्टा पैदल हिँडेर पानी बोक्न बाध्य छन्। पूर्वखोला गाउँपालिका–१, डिलकुमारी परियारले जमलिया पँधेराबाट सिलुवाको डाँडामा पानी डोकोमा बोक्दा बिहान बित्छ। बूढेसकालमा डोकोमा पानी बोकेर दैनिक ल्याउनुपर्ने बाध्यता टरेको छैन। उकालोमा दैनिक दुई तीन गाग्री पानी बोकेर…
सुर्खेतः कर्णाली प्रदेशका मन्त्रालयको दैनिक कार्य सञ्चालन गर्न समस्या भएको छ। संघीय सरकारको मतहतमा रहेका क्षेत्रीय निर्देशनालय तथा कर्मचारीको व्यवस्थापन हुन नसक्दा मन्त्रालयको दैनिक कार्य सञ्चालनमा समस्या देखिएको हो। कर्णाली प्रदेशका मन्त्रालय क्षेत्रीय निर्देशनालय रहेका भवनमा स्थापना गर्नुपर्ने अवस्था र क्षेत्रीय निर्देशनालयले पनि आफ्नो दैनिक कार्य सञ्चालन गर्नुपर्ने अवस्थाका कारण नयाँ संरचनाका मन्त्रालयले दैनिक कार्य सञ्चालनका लागि कठिनाइ भएको हो। पहिलो…
मस्कोः रुसका विदेशमन्त्री सर्गेइ लाभरोभले सिरियाका सबै दलहरूले सर्तहरू मान्न तयार भए मात्रै राष्ट्रसंघीय सुरक्षा परिषद्को युद्धविरामको प्रस्ताव कार्यान्वयन हुने बताएका छन्। सुरक्षा परिषद्को प्रस्ताव २४०१ कार्यान्वयन गर्न धेरै बाधाहरु आइपरेको उनले सोमबार आयोजित पत्रकार सम्मेलनमा बताए। सुरक्षा परिषद्को उक्त प्रस्तावमा सिरियाका सबै पक्षलाई कम्तीमा ३० दिने युद्धविराम गरी मानवीयता कायम राख्न आग्रह गरिएको छ। रसियाका उच्च कुटनीतिक अधिकारी लाभरोभले…
चौताराः २०७२ सालको भूकम्प र २०७३ सालको बाढीले भत्काएपछि तीन वर्षदेखि बन्द रहेको ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाको पुनःनिर्माण प्रक्रिया सुरु भएको छ। चीनको सिनो हाइड्रो कम्पनीसँग सात अर्ब रुपैयाँमा पुनःनिर्माणको ठेक्का सम्झौता भएको आयोजनाका कार्यकारी निर्देशक विक्रम स्थापितले जानकारी दिए। उनका अनुसार आयोजना पनुःनिर्माण आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निजी क्षेत्रबाट सञ्चालित…
काठमाडौं: प्रदेश सरकार गठन गर्दा आफूमाथि अन्याय भएको भन्दै राजीनामा दिएका कर्णाली प्रदेशका प्रदेशसभा सदस्य चन्द्रबहादुर शाहीले राजीनामा फिर्ता लिने भएका छन्। सरकार गठनका क्रममा केही कमजोरी भएको स्वीकार गर्दै पार्टीले राजीनामा फिर्ता लिन पत्र काटेपछि शाहीले राजीनामा फिर्ता लिने बताएका हुन्। शाहीको राजीनामाको बिषयमा पार्टी स्थायी समितिमा छलफल भएपछि एमालेले कम्जोरी भएको भन्दै राजीनामा फिर्ता लिन पत्र काटेको थियो।…
काठमाडौँः पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टरार्इले नयाँ अर्थमन्त्रीलार्इ कमाउ धन्दामा नलाग्न सुझाब दिएका छन्। उनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै सोमबार मात्र पदवहाली गरेका अर्थमन्त्री युवराज खतिवडालार्इ यस्तो सुझाव दिएका हुन्। डा. भट्टरार्इले राष्ट्रिय धन्दा बनेको पैसा खेलाएर पैसा कमाउने; जग्गा किनेर जग्गा बेच्ने; पैसाले सत्ता किन्ने, सत्ताले पैसा कमाउने; प्रवृत्तिलाई रोक्न सुझाब दिएका छन्। उनले देश बनाउन तीन नारा लागु…
काठमाडौं: संघीय समाजवादी फोरम, नेपालले सरकारमा सहभागी हुने विषयमा नेकपा एमाले र माओवादी केन्द्रसँग आजै सहमति गर्ने तयारी गरेको छ। सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम अध्यक्ष उपेन्द्र यादवबीच छलफलअनुसार आज सहमति पत्र तयार गरी हस्ताक्षर गर्ने तयारी रहेको छ। प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार तीनै दलका…
काठमाडौं: प्रदर्शनको तयारीमा रहेको फिल्म 'कोइला'को पहिलो गीत भिडियोसहित सार्वजनिक भएको छ। 'यो माया' बोलको गीतमा नायक प्रज्वल गिरी र नायिका सोनिया गिरी फिचर्ड छन्। ओम सुनुवारको संगीत र दिनेश सुवेदीको शब्द रहेको गीतमा माण्डवी त्रिपाठी र संगीतकार ओम सुनुवारले आवाज दिएका छन्। गीतको भिडियो बिनोद सापकोटाले खिचेका हुन् भने शंकर बिसीको नृत्य निर्देशन रहेको छ। गजेन्द्र रञ्जितको निर्देशनमा बनेको…
जाकार्ताः पपुवा न्युगिनीमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी ३१ जना व्यक्तिको मृत्यु भएको छ। सोमबार विहान १ः४४ बजे पपुवा न्युगिनीको दक्षिणी उच्च भूमिमा पर्ने प्रान्त मेन्दीबाट ९६ किलोमिटर दक्षिणमा केन्द्रविन्दु बनाएर ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो। सो भूकम्पबाट मङ्गलबार विनहानसम्म कम्तीमा पनि ३१ जनाको शव भेटिएको उद्धारअधिकारीहरुलार्इ उदृत गर्दै सिन्ह्वाले जनाएको छ। यस भूकम्पको विस्तृत विवरण भने अझै प्राप्त…
काठमाडौँः काठमाडौँ उपत्यकामा आर्थिक वर्ष २०७४/०७५ को छ महिनामा १०५ जनाले ज्यान गुमाएका छन्। ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्कअनुसार सबैभन्दा धेरै मोटरसाइकल दुर्घटनाबाट ५९ जनाले ज्यान गुमाएका छन्। यस्तै पैदलयात्रु ३५, ट्रक, साइकल, बस, ट्र्याक्टर र कार दुर्घटनामा क्रमशः चार, तीन, दुई, एक र एकजनाले ज्यान गुमाएका हुन्। उपत्यकामा आव २०६९/७० मा १४८, आव २०७०/७१ मा १४३, आव २०७१/७२ मा १३३,…
बाल रङ्गमञ्चको अन्तर्राष्ट्रिय छाता संगठन ‘आसितेज इन्टरनेशनल’को एसिया बैठक सम्पन्न भएको छ। जापानको टोकियोमा नाट्य महोत्सवका साथ साना बालबालिकाका लागि रङ्गमञ्चको अवधारणा ‘थिएटर फर योङ्ग पिपल’बारे विमर्श भएको हो। आसितेज एसियाको सो बैठकमा नेपालका तर्फबाट आसितेज नेपालका संस्थापक तथा अध्यक्ष दिपर्शन जंग राणा सहभागी भए। बैठकमा उनले नेपालमा बाल रङ्गमञ्च सम्बन्धी भइरहेका गतिविधिबारे जानकारी गराए। 'नेपाली बाल रङ्मञ्च सुरुवातकालिन समयमा…
म्याग्दीः जिल्लाको बेनी अस्पतालको औषधि वितरण कक्षका स्वास्थ्यकर्मीले आइरन चक्की दिनुपर्ने गर्भवती महिलालाई जुकाको औषधि (अल्वेण्डाजोल)को बट्टा दिएको खुलासा भएको छ। विसं २०७४ मंसिर ४ गते अस्पतालमा गर्भपरीक्षण गराउन पुगेकी बेनी नगरपालिका–५ सेतोढुङ्गाकी समीक्षा खत्री कुँवरलाई सोही दिन औषधि वितरण कक्षमा रहेका स्वास्थ्यकर्मीले अल्बेण्डाजोल (जुकाको औषधि)को बट्टा दिएका थिए। कुँवर र उनका परिवारले माघको २३ गतेमात्रै आफूलाई आइरन चक्की नभएर…
फिल्म सुश्री सम्पत्तिको छायाँकन सुरु भएको छ। फिल्म पत्रकार सुब्रत आचार्यको दोस्रो फिल्म मगंलबार बिहान विन्ध्यवासिनी मन्दिरमा पूजा गर्दै फ्लोरमा निस्किएको हो। कमेडी तथा प्रेम कथा रहने फिल्ममा सलोन बस्नेत, सारा सिर्पाली, विनोद न्यौपाने, प्रमोद अग्रहरि, राजाराम पौडेल, जयानन्द लामा लगायतका कलाकारहरुको मुख्य अभिनय रहने छ। अभिनेत्री प्रियंका कार्कि पनि विशेष भुमिकामा देखिंदै छिन्। फिल्मको सम्पूर्ण छायाँकन पोखरामा सम्पन्न गरिने…
काठमाडौं: एकीकृत पार्टीको विधान मस्यौदा गर्न गठित नेकपा एमाले र माओवादी केन्द्रको विधान मस्यौदा कार्यदलको बैठक दुर्इ वटा समिति गठन गर्ने निर्णय गर्दै सकिएको छ। एमाले पार्टी कार्यालय धुम्बाराहीमा संयोजक एवं गृहमन्त्री रामबहादुर थापा 'बादल'को अध्यक्षतामा बसेको बैठकले पेशागत र सामुदायिक प्रतिष्ठान एकीकरणका लागि नीति र विधान तयार पार्न गोकर्ण विष्ट र गिरिराजमणि पोखरेल रहेको समिति गठन गर्ने निर्णय गरेको…
काठमाडौं: फिल्म 'द प्रिन्स' बन्ने भएको छ। मदन घिमिरेको निर्देशनमा बन्ने फिल्ममार्फत दुई कलाकारले डेब्यु गर्दैछन्। शिबु थापा र कशिश दाहाल फिल्मको मुख्य अभिनेता तथा अभिनेत्रीको रुपमा देखिने भएका हुन्। नायक शिबु थापा मोडल तथा खेलाडी हुन्। १० वर्षदेखि मार्सलआर्ट र जिम्नास्टिक गर्दै आएका उनले केही म्युजिक भिडियोमा काम गरेका छन्। सम्राट थापाको कथा तथा संगीत रहने यस फिल्ममा द्वन्द्व…