काठमाडौं : सोलुखुम्बुको लुबुचेमा रहेको होटलमा एक जापानी नागरिक मृत अवस्थामा भेटिएका छन्। ४० वर्षीय कोजी कवागुची सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका लोबुचे स्थित न्यु इविसी होटेलको कोठामा मृत भेटिएको प्रहरीले जनाएको छ। लेक लागेर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।
काठमाडौं: प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार मन्त्रिपरिषद् बिस्तार गर्ने तयारी गरेका छन्। मुख्यमन्त्रीको शपथ लिएको दुई हप्तापछि पौडेलले मन्त्रिपरिषद् बिस्तार गर्न लागेका हुन्। तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार भएको दुई हप्ता भइसकेको छ। अब चाँडै मन्त्रिपरिषद विस्तार गर्ने योजनामा मुख्यमन्त्री छन्। सम्भवत बुधबार मन्त्रिपरिषद विस्तार हुने एमालेका एक नेताले भने। 'आजै प्रदेश सचिवालयको बैठक बस्ने र त्यसपछि एमाले प्रदेश कमिटिको…
काठमाडौं : आइसीसी वर्ल्ड कप क्वालिफायर्स वार्म अप म्याचमा आज नेपाल संयुक्त अरब इमिरेटस्(युएइ) सँग खेलिरहेको छ। मैदान चिसो भएका कारण निर्धारित समयभन्दा ढिलो गरी सुरु भएको प्रतियोगिताको टस जित्दै युएइले ब्याटिङ गर्ने निर्णय गर्यो। बलिङमा उत्रिएको नेपालले पहिलो ओभरमै विकेट लिँदै राम्रो सुरुवात गरेको छ। ललित भण्डारीले युएइका रोहन मुस्तफालाई आउट गरेका हुन्। ४ रन बनाएर मस्तफा बाहिरिए। ५ ओभर…
काठमाडौं: कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज विश्वासको मत प्राप्त गरेका छन्। वाम गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका शाहीले प्रदेशको पाँचौ बैठकमा विश्वासको मत गरेका हुन्। उनले एमाले संसदीय दलका नेता यमलाल कँडेलले समर्थनमा विश्वासको मत पाए। मुख्यमन्त्रीले शाहीले ३२ मत पाए भने ६ मत प्रतिपक्षमा खसेको छ। राप्रपा नेपालले पनि प्रतिपक्षमा मत दियो। कर्णाली प्रदेशसभामा एमालेबाट २०, माओवादीबाट १३, कांग्रेसबाट…
काठमाडौं: राष्ट्रिय सभा र प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरुसँग संघीय संसद सचिवालयले बुधबार छलफल गर्दैछ। शपथ ग्रहण तथा पहिलो बैठक लगायतका विषयमा छलफल गर्न दलका प्रतिनिधिहरुलाई बोलाइएको संघीय संसदका प्रवक्ता डा.भरत गौतमले बताए। गौतमले आन्तरिक कार्यविधिको मस्यौदा उक्त छलफलमा राखिने जानकारी दिए। बुधबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा छलफलका लागि दलका प्रतिनिधिहरुलाई बोलाइएको छ। राष्ट्रिय एवं…
काठमाडौं : नेपालको धारिलो बलिङले पहिलो ओभरमै विकेट गुमाएको संयुक्त अरब इमिरेट (युएइ)ले १० ओभरको खेल सकिँदा ५४ रन जोडेको छ। आइसीसी वर्ल्ड कप क्वालिफायर्स वार्म अम म्याचमा आज नेपाल र युएइको खेल भइरहेको छ। मैदान चिसो भएका कारण निर्धारित समयभन्दा ढिलो गरी सुरु भएको प्रतियोगिताको टस जित्दै युएइले ब्याटिङ गर्ने निर्णय गरेको थियो। युएइका असफाक अहमदले ३१ रन…
भरत प्रधान- पोर्चुगल: कुनै बेला विदेशीको रेष्टुराँमा सामान्य कामदारका रुपमा काम गर्ने एक नेपाली युवक यतिबेला भने आफ्नो कला, सीप र सिर्जनशीलताका कारण युरोपभर चर्चित बन्न पुगेका छन्। घरमा बिहेको कुरा चलेपछि आफ्नो अध्ययनलाई बीचमै छाडेर अढाई दशक अगाडि युरोप हानिएका बाग्लुङ दमके–६, पोखरीका ४३ वर्षीय टंक सापकोटा इटालियन खाना बनाएरै युरोपमा चर्चित बनेका हुन्। इटालियन खानाका लागि सापकोटा युरोपमा…
काठमाडौं : चौधौं ओभरमा नेपाली कप्तान पारस खड्काले ३२ रन बनाउँदै क्रिजमा रहेका संयुक्त अरब इमिरेट (युएइ)का गुलाम शब्बरलाई आउट गराएका छन्। पहिलो विकेट पहिलो ओभरमा नै लिएको नेपालले दोस्रो विकेटका लागि बाँकी १३ ओभर कुर्न पर्योे। यद्यपि नेपालले बलिङमार्फत् आफ्नो दवाव कायमै राखेको छ। युएइले १४ ओभर सकिँदा ७१ रन जोडेको छ। खेल २९ ओभरको हो। आइसीसी वर्ल्ड…
काठमाडौं : ललित राजवंशीले रमिज शाहजादलाई शून्यमा आउट गर्दै नेपालका लागि तेस्रो विकेट लिएका छन्। सात बलमा शून्य रनको योगदान लिँदै शाहजाद मैदानबाट बाहिरिए। यसअघि नेपाली कप्तान पारस खड्काले ३२ रन बनाइसकेका गुलाम शब्बरलाई पेभेलियनको बाटो देखाएका थिए। १६ ओभर सकिँदा ३ विकेट गुमाउँदै युएइले ७३ रन जोडेको छ। पहिलो ओभरमै नेपालले विकेट लिँदै युएइलाई दवावमा राखेको थियो। आइसीसी वर्ल्ड कप…
काठमाडौं : दुई ललितले व्यक्तिगत खातामा दुई/दुई विकेट पारेपछि नेपालले युएइलाई थप दवावमा राख्न सफल भएको छ। १९ औं ओभरमा ललित राजवंशीले ४२ रन बनाएका असफाक अहमदलाई आउट गरे। उनी युएइका प्रारम्भिक व्याट्सम्यान हुन्। त्यस्तै २० औं ओभरमा ललित भण्डारीले साइमन अनवरलाई १६ रनमा आउट गरे। योसँगै नेपालले ५ विकेट हात पारेको छ भने युएइ दवावमा परेको छ। एक विकेट…
काठमाडौं: प्रतिनिधि सभामा संसदीय दलको नेता चयनका लागि नेपाली कांग्रेसले २१ गते निर्वाचन गर्ने भएको छ। दलको नेता चयनका लागि उम्मेदवारी दर्ता भने २० गते हुने संसदीय दल नेता चयन कार्यदलका संयोजक चीनकाजी श्रेष्ठले जानकारी दिए। कार्यदलको आज बसेको बैठकले १८ गतेको बैठकपछि निर्वाचनको अन्तिम कार्यतालिका सार्वजनिक गर्ने निर्णय गरेको श्रेष्ठले बताए। 'दलको नेता चयनका लागि निर्वाचन तालिका १८ गतेको वैठकपछि…
काठमाडौं : संयुक्त अरब इमिरेट्स(युएई)ले आइसीसी वर्ल्डकप क्वालिफायर्सको वार्म अप म्याचमा नेपाललाई १ सय ७२ रनको चुनौति पेश गरेको छ। २८.५ ओभरमा अलआउट भएको युएइले १ सय ७१* रन जोडेको हो। वर्षाका कारण २९ ओभरमा घटाइएको खेलमा टस जितेर ब्याटिङ रोजेको युएईलाई सुरुदेखि दवावमा राख्न सफल नेपाली टोली मध्यक्रममा आएका व्याट्सम्यानको विस्फोटक ब्याटिङलाई रोक्न असफल भए। अदनान मुफती र…
काठमाडौं: नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई एकताबद्ध भइ नेतृत्व गर्न सुझाव दिएका छन्। मंगलबार साँझ सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रवक्ता शर्माले एकबद्ध हुन नसके अभिभावक बन्न सुझाव दिए। उनले ट्वीटमा लेखेका छन्, 'एकताबद्ध भइ नेतृत्व गर्नोस् कि दुवै अभिभावक बन्नुस्,वैकल्पिक पंक्ति पार्टीमा तम्तयार छ!' एकताबद्ध भइ नेतृत्व गर्नोस् कि दुवै अभिभावक बन्नुस्,वैकल्पिक पंक्ति…
फिस्लिङ : छैटौँ पर्वतिय खेलकुद महोत्सवअन्तर्गत नेपाल र्याफ्टिङ तथा क्यानोइङ संघको आयोजनामा तीन दिने राष्ट्रिय र्याफ्टिङ च्याम्पियनसिपन मंगलवार सम्पन्न भएको छ। त्रिशुली नदीमा भएको च्याम्पियनसिपमा विभिन्न १२ टिमका डेढ सय खेलाडीले चार विधामा प्रतिस्पर्धा गरेका थिए। चार विधाको समग्र पूर्णाङ्क एक हजार मध्ये कूल ९१३ अंक जोड्दै प्याडल नेपाल ए टोली टिम च्याम्पियन बन्यो। यस्तै यस्तै ८९५ अंक जोडेको फिस्लिङ…
काठमाडौँः सर्वोच्च अदालतले आफ्नै आदेशका कारण बढी अवधि थुनामा बिताउन बाध्य व्यक्तिलाई दैनिक रु ३०० का दरले क्षतिपूर्ति दिन सरकारका नाममा आदेश जारी गरेको छ। प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश केदारप्रसाद चालिसेको संयुक्त इजलाशले न्यायिक इतिहासमा पहिलोपटक अदालतका कारण बढी अवधि थुनामा बिताउन बाध्य भएको व्यक्तिलाई क्षतिपूर्ति दिन आदेश गरेको सर्वोच्च अदालतका प्रेस विज्ञ किशोर पौडेलले जानकारी दिए। अदालतले पाँच वर्ष…
आर्सनललाई ३-० ले पराजित गर्दै म्यानचेष्टर सिटिले इंगलिस लिग कप अर्थात इएफएल कपको उपाधि जितेको छ। म्यानेजरको रुपमा पेप गोर्डिओलाको इंगलिस क्लबमा यो पहिलो उपाधि हो। सन् २०१६ मा जर्मन क्लब वायर्न म्युनिख छाडेर इंगल्याण्ड पुगेयता उनी उपाधिविहिन थिए। तर फाइनलमा सर्जियो अगुएरो, भिनसेन्ट कोम्पनी र डेभिड शिल्भाले बर्सनल विरुद्ध गोल गर्दै सिटीलाई च्याम्पियन बनाएपछि गोर्डिओलाले इंगल्याण्डमा पहिलो ट्रफी हात…
एन्टोनी ग्रीजमनको ह्याट्रिक मद्दतमा एट्लेटिको मड्रिडले गएराती ला लगामा सेभियालाई ५-२ ले पराजित गरेको छ। डिएगो कोस्टाले २९औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएको एट्लेटिकोका लागि ग्रीजमनले ४२औँ मिनेटमा आफ्नो पहिलो गोल गर्दै पहिलो हाफमा २-० को अग्रता दिलाए। ५१औँ मिनेटमा ग्रीजमनले व्यक्तिगत दोस्रो गोल गरे। कोकेले ६५औँ मिनेटमा एट्लेटिकोका लागि चौथो गोल गरे भने ८१औँ मिनेटमा ग्रीजमनले आफ्नो ह्याट्रिक पूरा…
सुर्खेतः नेकपा (माओवादी केन्द्र)को कर्णाली प्रदेशको संसदीय दलको मुख्य सचेतकमा सीता नेपाली चयन भएकी छन्। माओवादी केन्द्रका तर्फबाट सुर्खेतबाट निर्वाचित सांसद सीता नेपालीलाई कर्णाली प्रदेशको संसदीय दलको मुख्य सचेतकमा चयन गरिएको सांसद कृष्णा शाहले जानकारी दिए। नेपाली यसअघि संविधानसभा तथा व्यवस्थापिकामा संसदीय दलको सचेतकको भूमिकामा थिइन्। संसदीय दलका अन्य पदाधिकारी संसदीय दलको मस्यौदा नियमावली निर्माण भएपछि मात्रै चयन गरिने सांसद…
बागलुङः ‘हाम्रो बागलुङ, हाम्रो जिम्मेबारी’ नामक युवा समूहले राष्ट्रिय आविष्कार केन्द्रको लागि ७६ हजार रुपैयाँ आर्थिक सहयोग जुटाएको छ। गत असारमा शुरु भएको ‘महावीर पुनलाई हाम्रो साथ’ अभियानबाट सो रकम संकलन भएको हो। उक्त रकम आविष्कार केन्द्रमा पठाएको समूहका अध्यक्ष सोम शर्माले जानकारी दिए। अपेक्षा गरेअनुसार रकम नजुटे पनि युवाको प्रयास सार्थक बनेको उनको भनाइ छ। राष्ट्रिय आविष्कार केन्द्र राष्ट्रिय…
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्रका मन्त्रीहरु सम्मिलित गरी मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। गठबन्धनमा आवद्ध दल माओवादी केन्द्रले नामावली दिएपछि मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ। अपराह्न शपथ गर्नेगरी तयारी थालिएको छ। यसअघि प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबार मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए। मन्त्रिपरिषद् विस्तारअघि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भेटबार्ता हुँदैछ। बिहान…