PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

  • अर्थमन्त्रीमा पदभारपछि डा. युवराज खतिवडाले भने: अर्थतन्त्र बलियो नभइ मिडिया चल्न सक्दैन

    अर्थमन्त्रीमा पदभारपछि डा. युवराज खतिवडाले भने: अर्थतन्त्र बलियो नभइ मिडिया चल्न सक्दैन

    काठमाडौं: अर्थमन्त्रीका रुपमा डा. युवराज खतिवडाले पदभार ग्रहण गरेका छन्। राष्ट्रपतिसँग सपथ ग्रहण गरे लगत्तै उनी सिंहदरवार पुगेर कार्यभार सम्हालेका हुन्।  खतिवडाले पदभार ग्रहण गर्दै बैशाख १ गतेबाट इपेमेन्ट लागू गर्ने प्रस्ताव सदर गरेका छन्। उनले पदभार ग्रहण गरेको तस्बिर र समाचार संकलन गर्न अर्थमन्त्रालय पुगेका पत्रकारहरुसँग ठट्ट गर्दै पत्रकारको भिड निक्कै बढेको बताए। 'हुन त अर्थतन्त्र बलियो नभइ मिडिया चल्न…

    विस्तृतमा पढ्नुस्

  • सात जनाको क्याबिनेटमा राष्ट्रिय सभाबाट दुई मन्त्री

    सात जनाको क्याबिनेटमा राष्ट्रिय सभाबाट दुई मन्त्री

    काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा राष्ट्रिय सभाबाट दुई जना मन्त्री बनेका छन्। राष्ट्रिय सभा सदस्य रामबहादुर थापा ‘बादल’ र डा. युवाराज खतिवडा मन्त्री बनेका हुन्। बादलले गृह मन्त्रालय सम्हालने छन् भने खतिवडाले अर्थ।   आज ४ जनाले मन्त्री पदको सपथ लिएपछि ओली क्याबिनेटमा सदस्य संख्या सात पुगेको छ। बादल राष्ट्रिय सभा सदस्य निर्वाचन खुल्ला समुहतर्फ प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • सांसद रेशम चौधरी पूर्पक्षका लागि जेल चलान

    सांसद रेशम चौधरी पूर्पक्षका लागि जेल चलान

    काठमाडौं: राष्ट्रिय जनता पार्टीका सांसद रेशमलाल चौधरीलाई अदालतले पुर्पक्षको लागि हिरासतमा राख्ने आदेश दिएको छ। चौधरीले जिल्ला अदालत कैलालीमा सोमबार बिहान आत्मसमर्पण थिए।  टीकापुर घटनाका मुख्य आरोपी उनी लामो समयदेखि फरार रहेका थिए। सोमबार नै अदालतले चौधरीको बयान लिएको थियो। प्रहरीको फरार सूचीमा रहेका चौधरी भारी मतान्तरसहित विजयी भएका थिए। टीकापुर घटनामा प्रहरीले खोजी सूचीमा राखेपछि फरार चौधरीले वारेसमार्फत राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • श्रीदेवीको मृत्यु कार्डियक एरेस्ट हैन, बाथटबमा डुबेर-दुबइ प्रहरी

    श्रीदेवीको मृत्यु कार्डियक एरेस्ट हैन, बाथटबमा डुबेर-दुबइ प्रहरी

    काठमाडौं: बलिउड अभिनेत्री श्रीदेवीको मृत्युका बारेमा नयाँ ट्विस्ट सार्वजनिक भएको छ। कार्डियक एरेस्टको कारण मृत्यु भएको भनिएको श्रीदेवीको बाथ टबमा डुबेर मृत्यु भएको तथ्य सार्वजानिक भएको हो। संयुक्त अरब इमिरेट्सको स्वास्थ्य मन्त्रालयले जारी गरेको मृत्यु प्रमाणपत्रमा उनको मृत्युको कारण ‘डुबेर’ भनिएको छ। चर्चित अभिनेत्री श्रीदेवीको २४ फेब्रुअरीको राति दुबईमा मृत्यु भएको थियो। भतिजाको बिहेमा सहभाही हुन परिवारका साथ दुबई गएकी…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय कायाक स्लालोम च्याम्पियनसिपको उपाधि सुर्जन तामाङलाई

    राष्ट्रिय कायाक स्लालोम च्याम्पियनसिपको उपाधि सुर्जन तामाङलाई

    फिस्लिङ : पर्वतीय खेलकुद महोत्सव अन्तर्गत छैटौँ राष्ट्रिय कायाक स्लालोम च्याम्पियनसिपको उपाधि नेपाल कायाक क्लबका सुर्जन तामाङले जितेका छन्। नेपाल र्‍याफ्टिङ एण्ड क्यानोइङ संघको आयोजनामा त्रिशुली नदीमा भएको प्रतियोगिताको फाइनलमा २४.४१ अंक हासिल गर्दै तामाङ च्याम्पियन बनेका हुन्। २४.६९ अंक ल्याएका कायाक क्लबकै सुमन थापा दोस्रो भए। यसैगरी चितवन टिम फिस्लिङमा विकास गुरुङ २४.८८ अंकका साथ तेस्रो भए। शीर्ष तीन…

    विस्तृतमा पढ्नुस्

  • एन्फा चुनाव हुन नदिने षड्यन्त्र अझै कायम छ : कर्मा छिरिङ शेर्पा

    एन्फा चुनाव हुन नदिने षड्यन्त्र अझै कायम छ : कर्मा छिरिङ शेर्पा

    काठमाडौं : यदि कतैबाट बाधा अवरोध नभए चौथो पटक तोकिएको समय आगामी चैत १४ गते अर्थात अबको एक महिनापछि अखिल नेपाल फुटबल संघ (एन्फा) को चुनाव हुँदैछ। अध्यक्ष पदका लागि संस्थापन पक्षबाट मणि कुँवर र परिवर्तनको नारा लगाएका एन्फाकै पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पाले उम्मेदवारी दिइसकेका छन्। एक वर्षअघि भएको चुनावमा नरेन्द्र श्रेष्ठसँग पराजित भएको शेर्पाले यसपटक पनि अध्यक्ष पदमा उम्मेदवारी…

    विस्तृतमा पढ्नुस्

  • हेटौंडा पायक परेन, अर्को ठाउँ खोजिसकेका छौं, चार महिनामा राजधानी सर्छ: केशव स्थापित

    हेटौंडा पायक परेन, अर्को ठाउँ खोजिसकेका छौं, चार महिनामा राजधानी सर्छ: केशव स्थापित

    चितवन: प्रदेश नं ३ का भौतिक योजना तथा पूर्वाधार मन्त्री केशव स्थापितले प्रदेशको राजधानी बनाउन नयाँ ठाउँको पहिचान भई आन्तरिक गृहकार्य भइरहेको बताएका छन्।  सबै हिसाबले हेटौँडा उपयुक्त नहुने भएकाले नयाँ ठाउँको पहिचान भई तयारी भइरहेको उनले बताए। आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले त्यो ठाउँको बारेमा सार्वजनिक गर्न भने नहुने बताए।  स्थापितले भने “अहिले नै सार्वजनिक गर्यो भने समस्या…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : ह्यारी केनले खेल सकिन २ मिनेट अगाडि गोल गरेपछि टोटनहम विजयी

    प्रिमियर लिग : ह्यारी केनले खेल सकिन २ मिनेट अगाडि गोल गरेपछि टोटनहम विजयी

    ह्यारी केनले खेल सकिन दुई मिनेट अगाडी गोल गरेपछि आइतवार प्रिमियर लिगमा टोटनहमले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ। केनको एक मात्र गोल निर्णायक बन्दा टोटनहमले १-० को जित हात पार्‍यो। जितपछि २८ खेलबाट ५५ अंक जोडेको टोटनहम अंक तालिकामा चौथो स्थानमा उक्लेको छ। लिगमा अहिले म्यानचेष्टर युनाइटेड र चेल्सीबीच खेल भइरहेको छ।

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप : आर्मी र एपीएफको दोहोरो जित

    राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप : आर्मी र एपीएफको दोहोरो जित

    काठमाडौं : चौथो एनएसटी एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपमा विभागीय टिमहरु त्रिभुवन आर्मी र एपीएफले पहिलो दिन दोहोरो जित हात पारेका छन्। नेपाल भलिबल संघको आयोजनामा आइतवारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डमा भएको प्रतियोगितामा आर्मी र एपीएफको महिला र पुरुष दुवै टोलीले सफलता हात पारे। पुरुषतर्फ समूह सी मा एपीएफले बुढानिलकण्ठलाई ३-१ को सेटमा हरायो भने समूह…

    विस्तृतमा पढ्नुस्

  • एपीएफलाई महिला राष्ट्रिय क्रिकेटको उपाधि

    एपीएफलाई महिला राष्ट्रिय क्रिकेटको उपाधि

    धनगढी: सशस्त्र प्रहरी बलको एपीएफले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। आइतवार धनगढीको फाप्ला मैदान भएको फाइनलमा पूर्वाञ्चललाई ७ विकेटले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो। टस हारेर पहिले ब्याटिङ गरेको पूर्वाञ्चलले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ६० रन मात्र बनाउन सक्यो। उसका लागि काजल श्रेष्ठले सर्वाधिक १८ र रोमा थापाले १२ रन बनाउनु बाहेक अन्य…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग : म्यानचेष्टर युनाइटेडले चेल्सीलाई हरायो

    प्रिमियर लिग : म्यानचेष्टर युनाइटेडले चेल्सीलाई हरायो

    वैकल्पिक खेलाडी जेस लिनगार्डले गोल गरेपछि म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा पुनरागमन गर्दै चेल्सीमाथि जित हासिल गरेको छ। घरेलु मैदान ओल्डट्राफोर्डमा एक गोलले पछि परेको स्थिती उल्टाउँदै युनाइटेडले चेल्सीलाई २-१ ले हरायो। जितपछि युनाइटेड लिभरपुललाई पछि पार्दै पुन: दोस्रो स्थानमा फर्किएको छ। विलियनले ३२औँ मिनेटमा गोल गर्दै चेल्सीलाई पहिले अग्रता दिलाएका थिए। तर त्यो लामो समय टिक्न सकेन। ३९ औँ मिनेटमा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ : एउटै भवनमा चार मन्त्रालय स्थापना, कर्मचारी अझै कार्यक्षेत्र पुगेनन्

    प्रदेश २ : एउटै भवनमा चार मन्त्रालय स्थापना, कर्मचारी अझै कार्यक्षेत्र पुगेनन्

    महेन्द्रनगरः जनकपुर उपमहानगरपालिकास्थित जनकपुर चुरोट कारखानाको  प्रांगण भित्रको भवनमा प्रदेश २ का मन्त्रालयहरु स्थापना गरिएको छ। कारखानाको चार तल्ले अधिकृत निवास भवनमा प्रदेश २ का चारवटा मन्त्रालय स्थापना गरिएको छ। जसको पहिलो तल्लामा सामाजिक विकास, दोस्रोमा आर्थिक मामिला तथा योजना, तेस्रोमा आन्तरिक मामिला तथा कानून र चौथोमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको बोर्ड झुन्ड्याइएको छ। मन्त्रालयलाई सुविधा सम्पन्न बनाउन कर्मचारी…

    विस्तृतमा पढ्नुस्

  • बसको ठक्करबाट इनरुवामा एकको मृत्यु

    बसको ठक्करबाट इनरुवामा एकको मृत्यु

    सुनसरीः सुनसरीको इनरुवा -९ बबियामा गएराति बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ। राति करिव पौने १० बजे ना २ ख ९८४६ नम्बरको बसको ठक्करबाट इनरुवा ८ डुम्राहाका ३५ वर्षीय करमलाल उरावको मृत्यु भएको हो। बसको ठक्करबाट गम्भीर घाइते भएका उरावको उपचारका क्रममा इनरुवा अस्पतालमा राति १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। बसका चालक फरार रहेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • ला लिगा : बार्सिलोनाको शानदार जितमा सुवारेजको ह्याट्रिक, मेसीको दुई गोल

    ला लिगा : बार्सिलोनाको शानदार जितमा सुवारेजको ह्याट्रिक, मेसीको दुई गोल

    लिग लिडर बार्सिलोनाले एक गोलले पछि परेको स्थिती उल्टाउँदै ला लिगामा गिरोनालाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको छ। घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि लुइस सुवारेजले ह्याट्रिक गरे भने लियोनल मेसीले दुई तथा फिलिप काउटिन्होले एक गोल गरे। खेलको तेस्रो मिनेटमै क्रिस्टियन पोर्टुले गोल गर्दै भ्रमणकारी टोली गिरोनालाई अग्रता दिलाएका थिए। तर सुवारेजले १६औँ मिनेटमा गोल गर्दै खेल बराबरी…

    विस्तृतमा पढ्नुस्

  • सिरिया संकटः एक महिना युद्धविरामको प्रस्ताव पारित, कार्यान्वयनमा शंका 

    सिरिया संकटः एक महिना युद्धविरामको प्रस्ताव पारित, कार्यान्वयनमा शंका 

    न्यूयोर्कः राष्ट्रसंघको सुरक्षा परिषदले सिरियामा एक महिना युद्धविराम सम्बन्धी प्रस्तावलार्इ अनुमोदन गरेको छ। पछिल्लो समय सिरियामा भड्किएको हिंसापछि मानवीय संकट बढ्दै गएको भन्दै द्वन्द्वग्रस्त क्षेत्रमा माननवीय सहायता सामाग्री र स्वास्थ्य सामाग्री पुर्‍याउनका लागि युद्भविरामको प्रस्ताव पारित गरिएको हो।  यद्पि प्रस्तावले विद्रोही पक्ष तथा जेहादी समूहलार्इ भने प्रभाव पार्ने छैन। प्रस्तावमा उनीहरूको समर्थन नहुँदासम्म यसको कार्यान्वयन हुनेमा अाशंका रहेको बीबीसीले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस केन्द्रीय समितिः संसदीय दलको विधान अनुमोदन हुने

    कांग्रेस केन्द्रीय समितिः संसदीय दलको विधान अनुमोदन हुने

    काठमाडौँः नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ। बैठकमा संसदीय दलले अनुमोदन गरेको विधान पेश हुने एजेण्डा रहेको छ। कांग्रेस संसदीय दलले शनिबार परिमार्जित विधान पारित गरेको थियो। केन्द्रीय समितिले विधान अनुमोदन गरेपछि संसदीय दलको नेता चयन प्रक्रिया अघि बढ्नेछ। प्रवक्ता विश्वप्रकाश शर्माले विधान पेश र अनुमाेदनको एजेण्डा रहेको बताए।  संसदीय दलको नेतामा…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको आँखा बन्द भएको भन्दै कालो चश्मा लगाएर नेविसंघको धर्ना

    कांग्रेसको आँखा बन्द भएको भन्दै कालो चश्मा लगाएर नेविसंघको धर्ना

    काठमाडौंः नेपाल विद्यार्थी संघका असन्तुष्ट समूहले पार्टी कार्यालय सानेपामा धर्ना दिएका छन्। भातृ संगठनलाई चुस्त रुपमा विधानसम्मत सञ्चालन गर्नु पर्ने मागसहित उनीहरुले धर्ना दिएका हुन्।  धर्नामा महामन्त्री कुन्दनराज काफ्ले र सिटौला समूहका विद्यार्थी रहेका छन्। विद्यार्थीले सांकेतिक रुपमा आँखामा कालो चस्मा लगाएर विरोध जनाएका छन्। कांग्रेसको आँखा बन्द भएकोले सांकेतिक रुपमा कालो चश्मा लगाएको उनीहरुको भनाई छ। केन्द्रीय समितिको बैठक बस्नुअघि…

    विस्तृतमा पढ्नुस्

  • पूर्वका गुन्डा नाइके गुरुङ विराटनगरबाट पक्राउ

    पूर्वका गुन्डा नाइके गुरुङ विराटनगरबाट पक्राउ

    काठमाडौंः पूर्वी क्षेत्रमा गुन्डागर्दी तथा आतंक फेलाउँदै आएका गुन्डा नाइके एलिस गुरुङ पक्राउ परेका छन्। विराटनगर प्रहरीले गुरुङलाई विराटनगर महेन्द्र चोकको एक होटेलबाट शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी अरुण बिसीले जानकारी दिए। एसपी बिसीले भने 'गूरुङ पहिलेदेखि नै प्रहरीको खोजीमा थिए उनीमाथि हत्याको प्रयासदेखि रकम असुलीका उजुरी छन्।' विराटनगरका पेट्रोलपम्प सञ्चालक पशुपति भगतमाथि आक्रमण गरेपछि गुरुङ प्रहरीको…

    विस्तृतमा पढ्नुस्

  • के साँच्चै यी कलाकारले दिंदैछन् सलमानसँग प्रस्तुति?

    के साँच्चै यी कलाकारले दिंदैछन् सलमानसँग प्रस्तुति?

    काठमाडौं: फिल्म 'लिलिबिली'का दुई मुख्य कलाकार प्रदिप खड्का र जसिता गुरुङ साथै फिल्म 'मंगलम'का मुख्य कलाकार शिल्पा पोखरेल र पुष्प खड्काले  सलमान खानसँग नाच्ने खबर सार्वजनिक भयो। आउँदो फागुन २६ गते काठमाडौँको टुँडिखेलमा हुने सलमान खानको 'दब्याङ्ग द टुर नेपाल'मा यी चार नेपाली कलाकारले स्टेज सेयर गर्ने भनिएपनि खबर आधिकारिक भने होइन।  स्वस्तिमा खड्का, प्रियंका कार्की, एलिसा राई लगायतले सलमान खानको कोरस हुन…

    विस्तृतमा पढ्नुस्

  • गुर्जा गाउँलाई स्वायत्त तथा संरक्षित क्षेत्र घोषणा गर्न माग

    गुर्जा गाउँलाई स्वायत्त तथा संरक्षित क्षेत्र घोषणा गर्न माग

    म्याग्दी: धौलागिरि गाउँपालिका- १ को वडा समितिको बैठकले गुर्जा गाउँलार्इ स्वायत्त तथा संरक्षित क्षेत्र घोषणा गर्न माग गरेको छ।  वडा समितिको अाइतबार बसेको बैठकले जिल्ला र गाउँपालिकाकै सबैभन्दा दुर्गम, अल्पसंख्यक छन्त्याल जातिको सघन बसोवास वतथा प्राकृतिक स्रोत एवं साधनले भरिपूर्ण गुर्जालाई संविधानमा व्यवस्था भएबमोजिम स्वायत्त क्षेत्र घोषणा गर्न माग गर्ने निर्णय गरेको वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए।  छन्त्यालको अध्यक्षतामा बसेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell