एउटा इन्जिनमा आगो लागेपछि जापानको हेनेडा विमानस्थलमा कोरियन एयरको बोइङ ७७७ बाट करिब ३ सय प्यासेन्जर र चालक दलका सदस्यलाई सकुसल निकालिएको छ। विमानस्थलबाट खिचिएको टेलिभिजन फुटेजमा दमकलहरुले घेरिएको विमान देखिन्छ। विमान दक्षिण कोरियाको जिम्पो इन्टरनेसनका लागि उड्दै थियो। यसको बायाँ पखेटामुनि इन्जिनमा आगो देखिएको थियो। लगत्तै विमानबाट आपतकालीन उद्दार गरिएको हो। 'फ्लाइटको इन्जिन नम्बर १ मा आगो देखियो,' कोरियन…
सानो र पानीभित्रसमेत सुट गर्न मिल्ने गोप्रो क्यामरा धेरैका लागि अझै नयाँ नै हो। हाइ क्वालिटी स्टिल र भिडियोग्राफीका लागि प्रयोग हुने गोप्रो एड्भेन्चरमा रुची हुनेका लागि त पहिलो रोजाइ नै हुने गर्छ। नेपालमा आधिकारिक रुपमा गोप्रोको बिक्री हुँदैन तर यसका प्रयोग गर्नेको संख्या उल्लेख्य छ। चीनको मोबाइल उत्पादक कम्पनी सियोमीले गोप्रो हिरो क्यामराजस्तै क्यामरा ल्याएको छ - सियोमी यी…
काठमाडौं : उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले इजरायली लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्। शुक्रबार इजरायलको जेरुसेलममा इजरायली उद्योगी व्यवसायीहरुसँगको छलफलमा उनले नेपाल उदारवादी अर्थतन्त्र भएको मुलुक रहेको र अर्थतन्त्रमा सरकार सहजकर्तामात्र रहेको भन्दै लगानी र व्यापारका लागि उपयुक्त क्षेत्र भएको बताए। 'नेपाल उदार अर्थव्यवस्था भएको मुलुक हो, जहाँ सरकारले सहजकर्ताको भूमिका मात्र निर्वाह गर्छ भने मुख्य भूमिकामा…
काठमाडौं : भूकम्पबाट क्षति भएका निजी आवास पुनर्निर्माण अनुदान रकम वितरणबारे राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र नेपाल बैंकर्स एसोसियसन, डेभलपमेन्ट बैंकर्स एसोसियसन तथा फाइनान्सियल इन्स्टिच्यूसन एसोसियसनबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। सिंहदरबारस्थित प्राधिकरणको कार्यालयमा समझदारी पत्रमा हस्ताक्षर भएको हो। समझदारी अनुसार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले भूकम्प प्रभावित क्षेत्रहरुमा अनुदान पाउन छनोट सूचीमा परेका घरधनीहरुलाई…
काठमाडौं : शंकास्पद मृत्युपछि पोस्टमार्टमका लागि काठमाडौं ल्याइएकी मनिषा घर्ती मगरको ‘पोस्टमार्टम रिपोर्ट’ दुई दिनपछि सार्वजनिक गरिने भएको छ। नवलपरासीको बर्दघाट नगरपालिका-८ स्थित घरमै बुधबार मृत अवस्थामा फेला परेकी मनिषा राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीकी बहिनी हुन्। उनको शव परीक्षणका लागि गएराति काठमाडौं ल्याइएको थियो। बहिनीको रहस्यमय मृत्युको खबर पाएपछि विमल आजै बिहान बेल्जियमबाट काठमाडौं आइपुगेका छन्। प्रहरीको प्रारम्भिक…
काठमाडौं : आजको व्यवस्थापिक संसद बैठकमा बोल्ने अधिकांश सांसदले मनिषा घर्ती मगरको शंकास्पद मृत्युबारे आवाज उठाएका छन्। नवलपरासीको बर्दघाट नगरपालिका-८ स्थित घरमै बुधबार मृत अवस्थामा फेला परेकी मनिषा राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीकी बहिनी हुन्। प्रहरीको प्रारम्भिक अनुसन्धानले उनको हत्या गरिएको बताए पनि थप अनुसन्धान भइरहेकाले पुष्टि हुन सकेको छैन। संसदमा बोल्दै विक्रम खनालले घटनामा मनिषाको प्रेमीमात्र नभई आपराधिक…
काठमाडौं : फुटबलर विमल घर्ती मगरकी बहिनी मनिषाको रहस्यमय मृत्युको कारणबारे सामाजिक न्याय तथा मानवअधिकार समितिले अनुगमन गर्ने भएको छ। आज त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेर मनिषाको शव परीक्षणबारे बुझ्दै समितिका सभापति सुशीलकुमार श्रेष्ठले घटनास्थलमै पुगेर अनुगमन गरिने बताए। ‘यो शंकास्पद घटनाले शान्ति सुरक्षामाथि नै चुनौती थपिएको छ,’ उनले भने, ‘शव परीक्षणको प्रतिवेदन आएपछि त्यसकै आधारमा हामी घटनास्थल पुगेर…
काठमाडौं : ‘मोडल हन्ट नेपाल’को दोस्रो सिजन जेठ २९ गतेबाट सुरु हुने भएको छ। मोडलिङ पेसालाई व्यावसायिक बनाउन र नयाँ पुस्तालाई आधुनिक ज्ञान प्रदान गर्न भन्दै 'नेक्स्ट मोडल्स'ले गर्न लागेको प्रतियोगिता राजधानीबाट सुरु हुने भएको हो। प्रतियोगिताको पहिलो अडिसन राजधानीबाट सुरु भई पोखरा, नारायणघाट, बुटवल, धरान, बिर्तामोड हुँदै पुन: राजधानीमै आएर सकिनेछ। ‘मोडल हन्ट नेपाल २०१६’नामक प्रतियोगिताका लागि आवेदन खुल्ला भएको…
काठमाडौं : श्यामबहादुर मगरको हत्यामा संलग्न २८ वर्षीय कामी लामा तामाङलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ। ४८ वर्षीय मगरको हत्यामा संलग्न रहेको अभियोगमा नुवाकोट साल्मे–५ का तामाङलाई प्रहरीले पक्राउ गरेको हो। काठमाडौं तार्केश्वर नगरपालिका–९ पृथ्वीटोलस्थित कमेरे खोला किनारमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा वैशाख १० गते मगरको शव फेला परेको थियो। तामाङसमेत संलग्न भएको अनुसन्धानबाट पत्ता लागेकाले…
काठमाडौं : सिंहदरबारको पश्चिमी गेटको भित्तामा रातो रङ छ्यापेपछि पक्राउ परेका इशान अधिकारी रिहा भएको चौबीस घण्टा बित्न नपाउँदै पुन: पक्राउ परेका छन्। इशानलाई प्रहरीले पुन: सिंहदरबारको भित्ता रङ्गाउन लाग्दा पक्रेको हो। प्रहरीले अहिले इशानलाई सिहदरबार प्रहरी बृत्तको कारागारमा राखेको छ। प्रहरीले माफी मागेर हिजो मात्र रिहा भएको बताए पनि उनले भने माफी नमागेको दावी गरेका थिए। उनले फेरि 'त्यही…
काठमाडौं : संघीय गठबन्धनले शुक्रबार भक्तपुरको मध्यपुर थिमीमा विरोध सभा आयोजना गर्यो। संघीय गठबन्धनका संयोजक एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा शंखधर साख्वा चोकमा र्यालीसहित सरकार विरुद्व नाराबाजी र प्रदर्शन भयो। थिमी पुगेर विरोध सभामा परिणत भएको थियो। विरोध सभालाई गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गरे। संविधान पुनर्लेखनका लागि १४ दिनेदेखि राजधानी केन्द्रित आन्दोलनमा होमिएको संघीय गठबन्धनले हिजो…
राधेश्याम पटेल वीरगन्ज : बाराबाट अपहरित वीरगन्जका खाद्यान्न उद्योगी सुरेश केडिया अपहरण भएको २४ घण्टा नाघिसक्दा पनि उनको अवस्था अज्ञातै छ। उनको अपहरणबारे सुरक्षा अधिकारीहरुले विभिन्न अनुमान गरिरहेका छन् तर ठोस जानकारी हात लागेको छैन। वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका सुरेश केडियाका भाइ प्रदीप केडियाले भने, 'प्रहरीले खोजतलास र उद्धारको प्रयास जारी राखे पनि दाजुको अवस्थाबारे केही जानकारी…
काठमाडौं : प्रहरीले काठमाडौं महानगरपालिका–४ चण्डोलस्थित खाली जग्गाबाट प्लास्टिकको बट्टामा राखिएका केही विष्फोटक पदार्थ बरामद गरेको छ। बरामद विष्फोटक पदार्थमा हर्नेटको ५ बटा गोली, त्यसको म्यागजिन १ थान, पेस्तोलको गोली १ राउन्ड र एसएलआरको ४० राउन्ड गोली रहेका छन्। ती सामग्री कसले राखेको हो भने खुल्न सकेको छैन। यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।
काठमाडौं : ट्राफिक नियम उल्लङ्घन गर्दा लाग्ने जरिवाना शुल्क बढाएको विरोधमा यातायात व्यवसायीले गरेको चक्काजामले काठमाडौँ उपत्यकाको जनजीवन प्रभावित भएको छ। यातायात व्यवसायीहरुले सार्वजनिक गाडी नचलाउँदा काठमाडौंका सडकमा गाडीको संख्या निकै कम छ। निजी गाडी र मोटरसाइकल भने गुडेका छन्। बुधबार बिहान हलचोक, लगनखेल, कोटेश्वर, बालाजु, माछापोखरी, एकान्तकुना, कमलविनायक लगायतका ठाउँमा बन्दकर्ताले सवारी साधन तेर्स्याएर निजी गाडी चल्न पनि अवरोध…
काठमाडौं : मधेसकेन्द्रित दलले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत हुने संसद बैठक बिहीबार बहिस्कार गरेका छन्। संसद बैठकको सुरुमा नै बोल्दै तराई मधेस लोकतान्त्रिक पार्टीका सांसद जंगीलाल रायले आफुहरु संविधानको पहिलो मस्यौदा बन्दादेखि नै आन्दोलनमा रहेपनि सत्तापक्षले पेलेर अगाडि बढेको बताए। बिहीबारको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गर्दैछन्।
नवलपरासी : दुम्किवास–५ ज्यामिरेमा माटोको ढिस्कोले पुरिएर एक युवाको ज्यान गएको छ। लु ३ त १२७५ नम्बरको ट्रयाक्टरमा माटो लोड गर्ने क्रममा ढिस्को खस्दा नवलपरासी दुम्कीवास– २ का २२ वर्षीय वीरे विकको मृत्यु भएको हो। तामाङटोलमा भएको सो दुर्घटनापछि उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएकोमा उपचार क्रममा नै मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै, बैतडी कुलाउ–४ डुङग्रीमा घर…
काठमाडौं : संरक्षित वन्यजन्तुको आखेटोपहार कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। धादिङको निलकण्ठ इलाकामा संरक्षित वन्यजन्तुहरुको आखेटोपहार ओसारपसार तथा खरिद-बिक्री भइरहेको सूचना पाएपछि गएको केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। सालकको खपटा पक्राउ पर्नेहरुमा धादिङ मैडी-४ की २९ वर्षीया मीनमाया तामाङ र ललितपुर बालकुमारीका ३२ वर्षीय विजय महर्जन रहेका छन्। उनीहरुलाई धादिङको निलकण्ठ नगरपालिका- ८…
काठमाडौँ : मृत्युको तीन महिनापछि अर्थ मन्त्रालयले पूर्व प्रधानमन्त्री सुशील कोइरालाको उपचार खर्च वापत तीन लाख रुपैयाँ निकासा गरेको छ। कोइरालाको निधन गएको वर्ष माघको अन्तिम साता भएको हो। अर्थ मन्त्रालयले भने वैशाख महिनामा बजेट उपशीर्षक नम्बर ६०२०१५३ मा ३ लाख ३ हजार ७ सय २९ रुपैयाँ निकासा परराष्ट्र मन्त्रालयको नाममा गरेको हो। तत्कालीन मन्त्रिपरिषद्ले उनको उपचारको सम्पूर्ण खर्च व्यहोर्ने निर्णय…
काठमाडौं : बेलायती राजकुमार ह्यारी नेपाल घुम्नमात्र आएनन्, भूकम्प प्रभावित क्षेत्रमा पुगेर श्रमदानमै जुटे। तोकेको अवधिभन्दा धेरै समय 'गोप्य ठाउँ'मा श्रमदान गरेका थिए उनले। बेलायती राजकुमारको नेपाल यात्रामा बेलायत सरकारको कति खर्च भयो त्यो सार्वजनिक नभए पनि नेपाल सरकारले भने १९ लाख रुपैयाँभन्दा बढी खर्चिएको अर्थ मन्त्रालयले जनाएको छ। २०७२ चैत १ गते बसेको मन्त्रिपरिषदले ह्यारीको सत्कारका लागि कुनै कसर…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो विदेश भ्रमण दक्षिणी छिमेकी भारतबाट सुरु गरे। भारतको विशिष्ट सत्कार पाएका उनलाई सम्मानपूर्वक राष्ट्रपति भवनमा राखियो। त्यसपछि दोस्रो विदेश भ्रमण उत्तरी छिमेकी चीनमा भयो। त्यहाँ पनि उनलाई चीनको सरकारी गेष्ट हाउस तिआओयुथाइमा राजकीय सम्मानका साथ राखियो। प्रधानमन्त्री ओलीले भारतसँग चिसिएको सम्बन्ध सुधार भयो भनेर दिल्लीमै उद्घोष गरे भने चीनसँग पारवहनजस्ता महत्वपूर्ण सम्झौता भयो।…