PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

  • फोटोमा हेर्नुस्, बजेट पेश गर्नुअघि संसद भवनको माहोल

    फोटोमा हेर्नुस्, बजेट पेश गर्नुअघि संसद भवनको माहोल

    काठमाडौं  : आज जेठ १५ गते। सरकारले नयाँ संविधान २०७२ अनुसार आर्थिक वर्ष २०७३/७४ को बजेट डेढ महिना अगाडि नै ल्याएको छ। शनिबार दिउँसो ४ बजे बसेको संसद बैठकमा अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्य प्रस्तुत गरेका छन्। बजेट पेश गर्नुअघि सांसद र मन्त्रहरु संसद भवन प्रवेश गर्दाको फोटो हेर्नुस् 

    विस्तृतमा पढ्नुस्

  • ​पेट्रोल-डिजेल कम्तिमा पनि ५ रुपैयाँ बढ्ने

    ​पेट्रोल-डिजेल कम्तिमा पनि ५ रुपैयाँ बढ्ने

    काठमाडौं : जनजीवनसँग सोझै जोडिने पेट्रोलियम पदार्थको मूल्य बढ्ने भएको छ। पेट्रोल र डिजेलमा प्रति लिटर कम्तिमा ५ रुपैयाँ बढ्ने भएको हो। सरकारले बजेट सार्वजनिक गर्दै भन्सार विन्दुबाटै ५ रुपैयाँ अतिरिक्त शुल्क लिने जनाएको हो। तर, यसरी लिन लागिएको रकम नेपाल आयल निगमबाटै लिने या उपभोक्ताबाट भन्ने खुलाइएको छैन।   यसरी पेट्रोलियममा लिइएको रकम बुढीगण्डकीमा जलाशय युक्त जलविद्युत निर्माणमा खर्चिने…

    विस्तृतमा पढ्नुस्

  • स्याउको बास्केटमा आयो संसदमा बजेट किताब

    स्याउको बास्केटमा आयो संसदमा बजेट किताब

    काठमाडौं  : अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७३/७४ को बजेट संसदमा प्रस्तुत गरेका छन्। उनले आगामी आर्थिक वर्षका लागि १० खर्ब ५१ अर्ब रुपैयाँको बजेट पेश गरेका छन्। अर्थमन्त्री पौडेलले संसदमा बजेट पेश गरिरहँदा सांसदहरुलाई बजेट वक्तव्य किताब वितरण गर्न लगिएको छ। ती किताबहरु स्याउको बास्केटमा राखेर लगिएको छ। संसद सचिवालयका कर्मचारी त्यसको व्यवस्थापन र वितरणमा व्यस्त छन्।   

    विस्तृतमा पढ्नुस्

  • ​नेपाल विद्युत प्राधिकरणलाई तीन टुक्रा

    काठमाडौं : आर्थिक वर्ष २०७३/७४ देखि नेपाल विद्युत प्राधिकरण विधिवत रुपमा तीन वटा निकायमा विभाजित हुने भएको छ। उत्पादन, वितरण र ट्रान्समिसन गरी प्राधिकरणलाई तीन वटा निकायमा विभाजन गर्न लागिएको हो।   अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा साउन देखि नै तीन फरक निकायबाट विद्युतको काम हुने घोषणा गरेका हुन्। ट्रान्समिसनसम्बन्धी निकाय यस अघि नै दर्ता भइसकेको छ।   दातृ निकायहरुले…

    विस्तृतमा पढ्नुस्

  • सामूहिक जमानीमा भूकम्प पीडितलाई तीन लाख

    काठमाडौं : पुनर्निर्माणको लागि १४० अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरेको जानकारी अर्थमन्त्रीले जानकारी दिएका छन्। आगामी आर्थिक वर्षको बजेटमा यो पैसा विनियोजन गरिएको हो। पाँच वर्ष पुनर्स्थापन तथा पुनर्निर्माणको काम सक्ने जानकारी दिइएको हो।   त्यसैगरी सरकारले भूकम्प पीडितलाई सामूहिक जमानीमा थप तीन लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। यसअघि घोषणा गरिएको दुई लाख रुपैयाँमा थप तीन तीन लाख…

    विस्तृतमा पढ्नुस्

  • ​बाँझो राख्ने जग्गाधनीलाई जरिवाना

    काठमाडौं : सरकारले जग्गा बाँझो राख्ने जग्गा धनीलाई जरिवाना लगाउने भएको छ। जग्गाबाट हुने आम्दानीको २५ प्रतिशत जरिवाना लगाउने घोषणा सरकारले गरेको हो।   अर्थ मन्त्रीले आगामी आर्थिक वर्षदेखि नै यस्तो जरिवाना लगाउने घोषणा आगामी आर्थिक वर्षको बजेट मार्फत गरेका हुन्।   जरिवाना लगाउने जिम्मा सरकारले गाउँ विकास समितिलाई दिने व्यवस्था गरेको छ। जमिन बाँझो राख्ने प्रबृत्तिलाई निरुत्साहित गर्न यस्तो…

    विस्तृतमा पढ्नुस्

  • मजदुरहरुलाई प्रचण्डको सुझाव- ‘सामाजिक न्यायका लागि लडिरहनुस्’

    मजदुरहरुलाई प्रचण्डको सुझाव- ‘सामाजिक न्यायका लागि लडिरहनुस्’

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र ल्याउन मजदुरहरुको निर्णायक भूमिका रहेको भन्दै सामाजिक न्यायका लागि लडिरहन आग्रह गरेका छन्। अखिल नेपाल ट्रेड युनियन महासंघको छैटौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष प्रचण्डले मजदुर अधिकार संविधानमा मौलिक अधिकारका रुपमा उल्लेख भइसकेकाले अधिकार प्राप्तिका लागि एकताबद्ध भएर अगाडि बढ्न सुझाव दिए।   संविधानमा मजदुर, किसानहरुका कुरा समेटिए पनि कार्यान्वयन…

    विस्तृतमा पढ्नुस्

  • मेलम्चीमा याङ्ग्री र लार्के खोलाको पानी पनि मिसाइने

    मेलम्चीमा याङ्ग्री र लार्के खोलाको पानी पनि मिसाइने

    काठमाडौं : मेलम्ची खानेपानीमा याङ्ग्री र लार्के खोलाको पानी मिसाएर राजधानी ल्याइने भएको छ। मेलम्चीले मात्रै राजधानीको खानेपानीको अभाव नहट्ने भएपछि सरकारले याङ्ग्री र लार्के खोलाको पानी ल्याउन लागेको हो। सरकारले बजेटमार्फत् याङ्ग्री र लार्के खोलाको पानी मिसाउन रकम विनियोजन गरेको छ। बजेटमा अर्को वर्षदेखि यो आयोजना निमार्णको काम सुरु हुने उल्लेख छ। मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक घनश्याम भट्टरार्इका…

    विस्तृतमा पढ्नुस्

  • जङ्गली च्याउ खाएका तीनको मृत्यु

    पाँचथर : जङ्गली च्याउ खाएका यस जिल्लाका तीन व्यक्तिको आज मृत्यु भएको छ।   थर्पु–६ दारिम्बामा आज जङ्गली च्याउ खाएकी एक बालिकाको मृत्यु भएको हो। मृत्यु हुनेमा चन्द्रमाया माबोकी ११ वर्षीया छोरी एलिजा रहेकी छिन्। उनको जिल्ला अस्पताल पाँचथरमा उपचारका क्रममा दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।   यस्तै, सिकिस्त बिरामी उनका…

    विस्तृतमा पढ्नुस्

  • सांसदहरुको घरभाडा भत्ता बढ्यो

    सांसदहरुको घरभाडा भत्ता बढ्यो

    काठमाडौं : सरकारले आगामी वर्षदेखि सां‌सदले पाउने घरभाडाको रकम वृद्धि गरेको छ। शनिबार संसदमा बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सांसदहरुले पाउने घरभाडाको रकम वृद्धि गर्ने बताएका हुन्। अहिले सांसदहरुले घरभाडा बापत ६ हजार ५ सय रुपैयाँ पाउँदै आएका छन्। अर्थमन्त्रीले बढेको अंक भने खुलाएका छैनन्। बढेको घरबाडा सांसदहरुले आउँदो साउनदेखि पाउनेछन्।  यसअघि सांसदहरुको सुविधा यस्तो थियो।   

    विस्तृतमा पढ्नुस्

  • सरकारी कर्मचारीको तलबमा २५ प्रतिशतको बम्पर वृद्धि

    काठमाडौं : सरकारले सरकारी कर्मचारीको तलब एक चौथाई बढाएको छ। २५ प्रतिशतले तलब वृद्धि गरेको सरकारले यसअघि दिँदै आएको भत्तालाई भने यथावत नै राखेको छ। पछिल्ला दुई वर्षमा सरकारले तलब वृद्धि गरेको थिएन।   

    विस्तृतमा पढ्नुस्

  • अघिल्लो वर्षभन्दा २८ प्रतिशत बढी आकारको बजेट सार्वजनिक

    अघिल्लो वर्षभन्दा २८ प्रतिशत बढी आकारको बजेट सार्वजनिक

    काठमाडौँ : सरकारले आगामी आर्थिक वर्ष २०७३/७४ का लागि कुल रु १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार बजेट विनियोजन गरेको छ।   व्यवस्थापिका–सांसदको आजको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडलेले कुल विनियोजनमध्ये चालुतर्फ रु छ खर्ब १७ अर्ब १६ करोड ४१ लाख २९ हजार अर्थात् ५८.९ प्रतिशत र पुँजीगततर्फ रु तीन खर्ब ११ अर्ब ९४ करोड ६३ लाख…

    विस्तृतमा पढ्नुस्

  • २ घन्टा १० मिनेटमा अर्थमन्त्री पौडेलले पिए ९ पटक पानी, ३ पटक पुछे मुख

    २ घन्टा १० मिनेटमा अर्थमन्त्री पौडेलले पिए ९ पटक पानी, ३ पटक पुछे मुख

    काठमाडौं : शनिबार अर्थमन्त्री विष्णु पौडेलले संसदमा आर्थिक वर्ष ७३/७४ को आर्थिक बजेट सार्वजनिक गरे। बजेट सार्वजनिक गरिरहँदा 'कन्फिडियन्ट' देखिएका पौडेल धेरै अल्मलिएनन्। उनको हाउभाउलाई अनुगमन गर्दा बजेट भाषणभरि उनी यस्ता देखिएका थिए - १. अर्थमन्त्री विष्णु पौडेलले यसअघि बजेट प्रस्तुत गर्ने अर्थमन्त्रीहरु भन्दा तीब्र गतिमा बजेट भाषण गरे। उनले २ घण्टा १० मिनेटमा बजेट भाषण पूरै पढिसकेका थिए। ४…

    विस्तृतमा पढ्नुस्

  • ​मुख्य सहरमा सीसी टिभी क्यामरा जोडिने

    ​मुख्य सहरमा सीसी टिभी क्यामरा जोडिने

    काठमाडौं : सरकारले आज घोषणा गरेको बजेट भाषणमा यसैवर्ष देखि राष्ट्रिय सुरक्षा नीति लागू गर्ने घोषण गरेको छ। नेपाली सेनालाई स्रोत र साधन सम्पन्न गराउने र बङ्करमा रहेका सेनालाई व्यारेकमा ल्याउने बजेटमा भनिएको छ। देशमा शान्ति सुरक्षा कायम गर्ने मुख्य सहरहरुमा सीसी टिभी क्यामेरा जडान गर्ने पनि अर्थमन्त्री बिष्णु पौडेलले बजेट मार्फत् घोषणा गरे। नुवाकोट र बाँके जिल्लामा कैदी राख्ने…

    विस्तृतमा पढ्नुस्

  • अब 'अन्तरेपथ'मा खगेन्द्र संग्रौला

    अब 'अन्तरेपथ'मा खगेन्द्र संग्रौला

    काठमाडौं :लेखक खगेन्द्र संग्रौलको नयाँ निबन्ध संग्रह ‘उत्तरआधुनिक अन्तरेपथ’ आज सार्वजनिक भएको छ। भृकुटीमण्डपमा जारी पुस्तक प्रदर्शनीमा लेखक तथा अनुसन्धाता प्रत्युष वन्त, मञ्जुश्री थापा र युवा अभियन्ता अनुभव अजितले पुस्तकको विमोचन गरे। विमोचनपछि बोल्दै लेखक वन्तले ‘ढ्याके प्रगतिशीलहरुभन्दा भिन्न रहेको कारण खगेन्द्र संग्रौला अस्तित्वमा रहेको’ बताए। ‘यहाँ धेरै प्रगतिशील भनिनेहरु प्रश्नदेखि डराउँछन्,’ उनले भने, ‘तर खगेन्द्र दाइलाई वामपन्थीहरुले नै प्रश्न…

    विस्तृतमा पढ्नुस्

  • सिंहदरबारभित्र नयाँ डेटा सेन्टर सञ्चालन गरिने

    सिंहदरबारभित्र नयाँ डेटा सेन्टर सञ्चालन गरिने

    काठमाडौं : सरकारले सिंहदरबारभित्र सरकारी डेटा सुरक्षित राख्नका लागि उच्च प्रविधियुक्त नयाँ डेटा सेन्टर खोल्ने भएको छ। सरकारी तथ्यांकलाई एकीकृत रुपमा सुरक्षित राख्नका लागि सरकारले नयाँ डेटा सेन्टर सञ्चालन गर्न लागेको हो। डेटा सर्भर स्थापनाका लागि अर्थमन्त्रीले बजेट छुट्याएका छन्। त्यस्तै अर्थमन्त्रीले अहिले भएको राष्ट्रिय सुचना केन्द्रको पनि स्तरोन्नति गरी सेवालाई अझ चुस्त र प्रभावकारी बनाउने घोषणा गरेका छन्।  …

    विस्तृतमा पढ्नुस्

  • ​प्रधानमन्त्रीको निर्वाचन क्षेत्रलाई अर्थमन्त्रीको माया!

    ​प्रधानमन्त्रीको निर्वाचन क्षेत्रलाई अर्थमन्त्रीको माया!

    काठमाडौं : आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दा अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्रीको निर्वाचन क्षेत्र र जिल्लालाई विशेष प्राथमिकतामा राखेका छन्। आज सार्वजनिक भएको बजेट अनुसार प्रधानमन्त्रीको गृह जिल्ला झापा प्रोजेक्टहरुका लागि भाग्यमानी देखिन्छ। धेरै योजनाहरु झापा र त्यसको पनि दमकमा केन्द्रित छन्। दमक प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रसमेत हो। ओलीको निर्वाचन क्षेत्रलाई बजेटमा केके ? दमक चक्रपथलाई डेडिकेटेड डबल लेन बनाएर…

    विस्तृतमा पढ्नुस्

  • ​कला क्षेत्रलाई छोएन बजेटले

    काठमाडौं : कला क्षेत्रका व्यक्तिले यो पटकको बजेटलाई निकै महत्वका साथ लिएका थिए। तर बजेट भाषणमा कला क्षेत्रको विकास र विस्तारको कुरा कतै अटाउन सकेन। सरकारले बनाउने भनेको फिल्म सिटीबारे बजेटमा उल्लेख छैन। यसरी बजेटमा कलाक्षेत्रलाई बेवास्ता गरेकोमा कलाकारले गुनासो गरे। नेपाल चलचित्र कलाकार संघका पूर्व अध्यक्ष नवल खड्काले चलचित्र विकास बोर्डको नेतृत्वको गैरजिम्मेवारीका कारणले सरकारले बजेटमा कला क्षेत्रलाई नसमेटिएकोमा…

    विस्तृतमा पढ्नुस्

  • के सस्तो के महँगो ?

    के सस्तो के महँगो ?

    काठमाडौं : सरकारले मोबाइलमा बिक्रेतालाई दिँदै आएको भ्याट फिर्ताको स्लायव घटाएको छ। यसले मोबाइलको मूल्य केही बढ्ने सम्भावना छ। त्यसैगरी घ्यूतेलमा दिँदै आएको भ्याट फिर्ताको मात्रा पनि सरकारले घटाएको छ। यसले घ्यू तेलको पनि केही मात्रामा मूल्य बढ्ने सम्भावना छ।   मोबाइल केही महँगो हुँदै यसअघि मोबाइलको खरिद गर्दा उपभोक्ताले मूल्यमा जोडेर १३ प्रतिशत भ्याट तिर्दै आएका थिए। यसरी उपभोक्ताले…

    विस्तृतमा पढ्नुस्

  • मनिषाको शव टिचिङ अस्पतालमा, केही बेरमा पोस्टमार्टम गरिँदै

    मनिषाको शव टिचिङ अस्पतालमा, केही बेरमा पोस्टमार्टम गरिँदै

    काठमाडौं : बुधबार राति आफ्नै घरमा मृत अवस्थामा भेटिएकी मनिषा घर्तीको शवको पोस्टमार्टम केही बेरमै हुने प्रहरीले जनाएको छ। उनको शवलाई गएराति काठमाडौंको त्रिवि शिक्षण अस्पताल (टिचिङ) ल्याइएको छ।   बर्दघाट नगरपालिका-८ नवलपरासी घर भएकी १७ वर्षकी मनिषा राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगरकी बहिनी हुन्। ‘अबको केही बेरमै पोस्टमार्टम सुरु हुनेछ,’ नवलपरासी जिल्ला प्रहरी कार्यालयबाट आएका सइ प्रकाश…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell