काठमाडौं : राजधानीकेन्द्रित आन्दोलन गरिरहेको संघीय गठबन्धनले रिले अनसनको नयाँ संघर्ष कार्यक्रम सार्वजनिक गरेको छ। संयुक्त राष्ट्रिय आन्दोलनका कार्यक्रम भन्दै गठबन्धनले जेठ २५ गतेदेखि रिले अनसन लगायतका विरोध कार्यक्रम गर्ने भएको छ। २५ गतदेखि सुरु हुने अनसनको कार्यक्रम असार मसान्तसम्म हरेक दिन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सहिद मञ्चमा हुने जनाइएको छ। गठबन्धनका प्रत्येक घटकबाट आ–आफ्ना भ्रातृ संगठनहरूलाई…
काठमाडौँ : वीरगञ्जका उद्योगी सुरेश केडियालाई भारतीय प्रहरीले रेस्क्यु गरेको समाचार आए पनि खासमा उनलाई परिवारले १० करोड फिरौती बुझाएपछि मुक्त गरिएको नयाँ रहस्य भारतीय मिडियाले खोलेको छ। भारतीय टेलिभिजन आजतकका अनुसार केडिया परिवारले १० करोड फिरौती रकम मुम्बई पठाएपछि उनलाई मुक्त गरिएको थियो। आजतकले पारिवारिक स्रोतलाई उद्धृत गर्दै दिएको जानकारी अनुसार पाँच-पाँच करोड गरी दुई पटक हुन्डीबाट मुम्बईमा रकम…
बलिउड स्टार सलमान खानको रिलिजको क्रममा रहेको फिल्म 'सुल्तान'ले प्रदर्शन हुनु अघि नै नयाँ कीर्तिमान राखेको छ। युट्युबमा सार्वजनिक गरिएको पाँच दिनमै सुल्तानको ट्रेलर १ करोड पचासी लाख पटक पटक हेरिएको छ। बलिउडलाइफ डटकमका अनुसार यति छोटो अवधिमा नै करोड बढी दर्शकले युट्युवमा ट्रेलर हेरेको यो पहिलो रेकर्ड हो। आगामी इदमा रिलिज हुने सुल्तानको दोस्रो ट्रेलरमा अभिनेत्री अनुष्का शर्मा देखिएकी छिन्।…
काठमाडौं : सरकारले प्रस्तुत गरेको बजेट महत्वाकांक्षी र मूल्यवृद्धि बढाउने भन्दै निजी क्षेत्रले आलोचना गरेका छन्। उनीहरुले सरकारले ल्याएको बजेट मुलुकले धान्नै नसक्ने बताउँदै उनीहरुले कार्यान्वयन नहुने दावी गरे। कार्यान्वयनमै शंका छ: मुरारका नेपाल उद्योग वाणियज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले बजेट कार्यान्वयनमा शंका रहेको बताए। घोषणा कार्यक्रम ठिक भएपनि कार्यान्वनयमा चुनाैति रहेकाे बताए। निजीक्षेत्रका मागहरुलाई सरकारले केही हदसम्म सम्बाेधन गर्न…
काठमाडौं : अवैध रुपमा कोकिनको अन्तर्राष्ट्रिय कारोबार गर्ने चार जनालाई पक्राउ गरेको साता नबित्दै पुन: अर्का कारोबारी पक्राउ परेका छन्। प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले आज एक चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको हो। विषेश सूचनाको आधारमा ठमेलबाट पक्राउ परेका उनको नाम खुल्न नसकेको ब्युरोका एसपी धिरज विक्रम शाहले जानकारी दिए। पक्राउ परेका व्यक्तिको साथबाट करिब ३ केजी कोकिन बरामद गरिएको छ। चार…
काठमाडौं : अर्थमन्त्रीले संसदमा प्रस्तुत गरेको बजेटबाट आफूहरु सन्तुष्ट हुन नसकेको भन्दै ज्येष्ठ नागरिकहरु विरोधमा उत्रिएका छन्। सरकारले बजेट भाषणमार्फत सामाजिक सुरक्षा भत्तालाई बढाएर दोब्बर बनाए पनि आफूहरुको मागअनुसार सुनुवाइ नभएको उनीहरुको गुनासो छ। विरोधस्वरुप उनीहरुले आज काठमाडौंमा र्याली निकालेका छन्। आन्दोलन संयोजन गरिरहेका महाप्रसाद पराजुलीले मासिक भत्ता तीन हजार नपुर्याएसम्म आन्दोलन नरोकिने बताए। आन्दोलन झन् कडा बनाएर लैजाने…
काठमाडौं : लेखक तथा साहित्यिक पत्रकार नकुल सिलवालले आत्महत्या गरेका छन्। आज बिहान बानेश्वर भीमसेनगोलास्थित आफ्नै निवासमा झुन्डिएर आत्महत्या गरेका उनको शव अहिले सिनामंगलको केएमसी अस्पतालमा राखिएको छ। छोरालाई खाना दिई आफू भित्र कोठामा गएर डोरीमा झुन्डिएको अनुमान छ। उनको पोस्टमार्टमको तयारी भइरहेको महानगरीय प्रहरी वृत्त बानेश्वरले जानकारी दियो। गम्भीर र भद्र प्रकृतिका सिलवालले साहित्यिक पत्रिका 'बगर' प्रकाशन गर्दै आएका…
काठमाडौं : हास्यकलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) यति बेला सिन्धुपाल्चोकको गिरानचौर एकीकृत बस्ती निर्माण अभियानमा व्यस्त छन्। भूकम्पले ध्वस्त बनाएको बस्ती पुनर्निर्माणमा जुटेका यी कलाकारलाई गाउँलेको साथ त छँदै छ, देश-विदेशबाट पनि सहयोग जुटिरहेको छ। आफ्नो अभियानमा सहयोग पुर्याउन उनीहरुले म्युजिक भिडियोको सहारा लिएका छन्। पुनर्निर्माणमा जुट्न आह्वानसमेत गरेका छन्। ‘हाम्रो वास्तविकतामा आधारित रहेर नै गीतमा…
काठमाडौं : सूचना तथा सञ्चार मन्त्री शेरधन राईले सरकारले ल्याएको बजेट महत्वाकांक्षी र सस्तो लोकप्रियताका लागि नभएको दावी गरेका छन्। शनिबार सरकारले ल्याएको बजेट वितरणमुखी र प्रतिफल नदिने खालको भन्दै आलोचना सुरु भएका बेला मन्त्री राईले जनताको समृद्धितर्फको तीब्र चाहनालाई समेटेर बजेट ल्याएको दावी गरे। 'यो कुनै मनोगत आकांक्षा, लोकप्रियता, प्रचारमुखी र कार्यान्वयन हुन नसक्ने हिसाबले बजेट ल्याएको होइन' आइतबार…
काठमाडौः सरकारले स्थानीय निकाय र निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट बढाएकोमा प्रतिपक्षी नेपाली कांग्रेसले समर्थन गरेको छ। बजेटबारे छलफल गर्न आइतबार बसेको संसदीय दलको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले त्यस्तो कार्यक्रम आफ्नै सरकार हुँदा पनि ल्याउनुपर्थ्यो भन्दै संसदमा त्यसको विरोध नगर्न आग्रह गरेका छन्। 'निर्वाचन क्षेत्र विकास कार्यक्रम हामीले नै सुरु गरेका हौं, त्यो बढाउन आवश्यक थियो' बैठकमा देउवाको भनाइ उधृत…
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पेनाल्टी मिस गर्दा निजामति कर्मचारीसँगको प्रतिष्पर्धा गुमाउनु पर्यो। गणतन्त्र दिवसको दिन घोषणा भएको खेल अनुसार मुख्यसचिव ११ र प्रधानमन्त्री ११ बीचको खेलमा मुख्यसचिव नेतृत्वको टोलीले जित हात पार्यो। नीलो जर्सीको प्रधानमन्त्री ११ को टोली सेतो जर्सीको मुख्य सचिव ११ सँग ३ - २ ले पराजित भयो। दशरथ रंगशालामा भएको खेलमा प्रधानमन्त्रीले पेनाल्टी मिस…
राधेश्याम पटेल वीरगञ्ज : अपहरण भएको चौथो दिन उद्योगी सुरेश केडिया घर फर्किएका छन्। भारतीय प्रहरीको स्पेस टास्क फोर्सले सकुशल उद्दार गरेका केडियालाई रक्सौलमा ल्याएर नेपाली प्रहरीलाई हस्तान्तरण गरिएको थियो। त्यसअघि दुई देशका प्रहरीको संयुक्त पत्रकार सम्मेलनमा भारत र नेपाल दुवै प्रहरीको समन्वयमा अपरेसन गरेर केडियाको उद्दार गरिएको जानकारी दिइयो। भारतका तर्फबाट प्रहरी जितेन्द्र राना र विनयकुमारले केडियालाई रक्सौलसम्म लिएर आएका…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानपछि अबको प्राथमिकता आर्थिक विकास भएकाले त्यसका लागि संवाद र सहकार्यबाट अघि बढ्न सबैलाई आग्रह गरेका छन्। नवौं गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक असहमति वा भिन्न विचार भए वार्ता र संवादकै माध्यमबाट समाधान गर्न सकिने भन्दै संवादबाट समस्याको समाधान खोज्ने प्रयासमा संलग्न रहन आग्रह गरेका छन्। नेपाली…
काठमाडौं : आज साँझ ४ बजे संसदमा प्रस्तुत हुने बजेट भाषण छाप्नका लागि अर्थ मन्त्रालयले बिहान ९ बजे मुद्रण विभागमा पठाएको छ। कार्यक्रमका लागि छुट्टयाइएको बजेट, बजेटको स्रोत तथा करका दरका विषयमा शुक्रबार रातभर मन्त्रालयमा छलफल भएको थियो। छलफलमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, अर्थसचिव लोकदर्शन रेग्मी, राजस्व सचिव राजन खनाल, बजेट महाशाखा प्रमुख रामशरण पुडासैनी, राजस्व महाशाखा प्रमुख लक्ष्मण अर्याल, वैदेशिक…
काठमाडौं : सरकारले बजेटबाट साढे पाँच लाख सरकारी कर्मचारीलाई खुसी पार्ने गरी तलव वृद्धि गर्दैछ। स्रोतहरुले दिएको जानकारीअनुसार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तलव र भत्ता गरेर २६ प्रतिशतसम्म बढाउन बजेटमा प्रस्ताव गरेका छन्। अर्थमन्त्रालय स्रोतका अनुसार कम तहका कर्मचारीको तलव तथा भत्ता बढी प्रतिशतले बढ्नेछ भने माथिल्लो तहका कर्मचारीको तलव भत्ता कम प्रतिशतले बढ्नेछ। सरकारले यसअघि दिँदै आएको भत्तालाई…
इण्डियन प्रिमियर लिग आइपिएलको जारी सिजनमा सबैभन्दा धेरै रन बनाउने ब्याट्सम्यानको सूचीमा दोश्रो स्थानमा छन् - डेभिड वार्नर। वार्नरले नवौं आइपिएलमा अहिलेसम्म ७ सय ७९ रन बनाइसकेका छन्। वार्नर भन्दा अगाडि छन् विराट कोहली। कोहलीले ९ सय १९ रन बनाएका छन्। वार्नरको सनराइजर्स हैदरावाद र कोहलीको रोयल च्यालेन्जर्स बैंगलोर आउँदो आइतबार आइपिएलको फाइनलमा भिड्दैछन्। त्यसो त प्रतियोगितामा अहिलेसम्ममा सबैभन्दा धेरै…
काठमाडौं : बजेट भर्खरै क्याबिनेटबाट पास भएको छ। बजेटको आकार १० खर्ब ५१ अर्ब रुपैयाँ रहेको बैठकपछि एक मन्त्रीले जानकारी दिए। आज संसदमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षका लागि बजेट पेश गर्दैछन्।
काठमाडौं: सिन्धुपाल्चोक केन्द्रविन्दु भएर शनिबार दिउँसो भूकम्प गएको छ। शनिबार दिउँसो ३ बजेर २४ मिनेटमा ४.६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार यो गत वर्षको गोरखा भूकम्पकै परकम्प हो। भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको छ। यो भूकम्प डेढ महिनायताकै सबैभन्दा ठूलो हो। यसअघि अप्रिल महिनाको ४ तारेखमा दोलखा केन्द्रविन्दु भएर ४.७ रेक्टर स्केलको परकम्प…
काठमाडौं : करिब १ महिनाअघि घरको भर्याङमा लडेर घाइते भएका रामशरण महत आगामी आर्थिक वर्षको बजेट भाषण सुन्न वैशाखी टेकेरै संसद भवन पुगेका छन्। लडेर कुर्कुच्चोमा चोट लागेको उनी लामो समयदेखि रेस्टमै छन्। महतको कुर्कुच्चाको हड्डी फुटेको थियो। पूर्व अर्थमन्त्री महतले ६ पटक बजेट प्रस्तुत गरिसकेका छन्।
काठमाडौं : अर्थमन्त्री विष्णु पौडेलले शनिबार संसदमा आर्थिक वर्ष २०७३/ ७४ को बजेट प्रस्तुत गरेका छन्। शनिबार दिउँसो ४ बजेपछि उनले संसदमा बजेट वक्तव्य प्रस्तुत गरेका छन्। त्यसअघि उनी वजेटको ब्रिफकेस बोकेर संसद प्रवेश गरेको फोटो हेर्नुस्