काठमाडौँ : नेकपा (एमाले) ले भूकम्पले क्षति भएको पार्टी मुख्यालय ३१ लाख रुपैयाँमा भत्काउने भएको छ। कार्यालय व्यवस्थापन कार्यदलले बल्खुस्थित मुख्यालय भत्काएर सफासमेत गर्न ठेक्का दिएको हो। कार्यदलका संयोजक प्रदीप ज्ञवालीको अध्यक्षतामा बसेको बैठकले बोलपत्र छनोट गरेको थियो। यसको ठेक्का पाएका छन् राम श्रेष्ठले। उनले तीन महिनाभित्र काम सम्पन्न गर्ने गरी ठेक्का पाएका हुन्।
काठमाडौँ : नेपाली प्रशिक्षक बालगोपाल महर्जनले बंगलादेशी क्लबको प्रशिक्षण सम्हाल्ने भएका छन्। पूर्व राष्ट्रिय खेलाडी र प्रशिक्षकसमेत रहेका महर्जनलाई बंगलादेशी ए डिभिजन क्लब ब्रदर्स युनियनले आगामी एक सिजनका लागि प्रशिक्षकमा नियुक्त गरेको हो। महर्जनलाई युनियनले सुरुमा तीन महिनाको लागि सम्झौता गरेको छ। त्यसवापत उनले प्रत्येक महिना १५ सय डलर प्राप्त गर्नेछन्। ब्रदर्स युनियन महर्जनको पूर्व क्लब समेत हो, जहाँ उनले…
काठमाडौँ : पूर्व अर्थमन्त्री एवम् कांग्रेस सांसद महेश आचार्यले अर्थतन्त्रमा नन परफर्मेन्सको अजिङ्गर देखा परेको टिप्पणी गरेका छन्। बुधबार संसदमा आचार्यले बजेटको आकार बढे विकास हुने भ्रममा नेपालका अर्थमन्त्रीहरु पर्ने गरेको बताए। ‘१५ वर्षकै कम ० दशमलव ७७ प्रतिशत आर्थिक वृद्धिदर छ, उद्योग क्षेत्रमा वृद्धिदर ६ दशमलव ४ प्रतिशतले घटेको छ, मूल्य वृद्धिदर १० प्रतिशतले बढेको छ, निर्यात २५ प्रतिशतले…
काठमाडौः पाँचथर जिल्लाको निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियन चुनाव स्थगित भएको छ। निर्वाचन समितिले गरेको मतदान स्थगित भएको हो। 'निर्वाचन स्थगित भएको औपचारिक जानकारी त अझै भएको छैन तर मतपत्रमा नै प्राविधिक त्रुटी भेटिएको अपुष्ट खबर प्राप्त भएको छ' आधिकारिक ट्रेड युनियन केन्द्रीय आयोगका प्रवक्ता सन्तोषकुमार गिरीले भने, 'तर, अब आवश्यक परामर्श गरेर आगामी शनिबार पुन मतदानको मिति तोक्ने तयारी गरेका…
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले आगामी वर्ष हुने आइसीसी च्याम्पियनस ट्रफीको खेल तालिका सार्वजनिक गरेको छ। कूल ८ राष्ट्रले मात्र खेल्ने प्रतियोगितामा पहिलो पटक वेष्ट इन्डिजको टिम सहभागी हुनेछैन। आइसीसी वरियताको शीर्ष आठ स्थानमा रहने राष्ट्रले मात्र च्याम्पियन्स ट्रफी खेल्न पाउने व्यवस्था छ। त्यसैले यो पटक वेष्ट इन्डिज छनोट हुन असफल भएको हो। इंगल्याण्ड र वेल्समा आगामी वर्ष जुन १ बाट…
काठमाडौं : नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले संघीयताको प्रमुख बाधक नै वर्तमान प्रधानमन्त्री केपी ओली भएको आरोप लगाएका छन्। काठमाडौंको धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै संयोजक भट्टराईले संघीयता वैज्ञानिक नहुनुका पछाडि प्रधानमन्त्री केपी ओलीसहितका केही नेता कारकका रुपमा रहेको दाबी गरे। 'कैलालीको रौं पनि चलाउन दिन्न भन्ने देउवा, सुदूरपश्चिम अखण्ड हुनुपर्छ भन्ने भीम रावल, झापा,…
काठमाडौं : मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका उपाध्यक्ष जितेन्द्र देवले यो बजेट अहिलेसम्मकै राम्रो चुनावी घोषणापत्र भनेका छन्। संसदमा बजेटमाथि टिप्पणी गर्दै उनले अर्थमन्त्रीले स्थानीय निकायको निर्वाचनलाई मध्यनजर गरेर बजेट ल्याइएको उनले दावी गरे। 'सायद फागुन चैतमा यो मुलुकमा स्थानीय निर्वाचन हुन गइरहेको छ। त्यसलाई मध्यनजर राखेर बहुतै आकर्षक, प्रधामन्त्री र अर्थमन्त्रीको पार्टीलाई धेरै फाइदा हुने गरी धेरै आकर्षक वक्तव्य बजेटमा…
काठमाडौं : मंगलबारदेखि संसदमा सुरु भएको आर्थिक वर्ष २०७३/७४ को बजेटमाथिको छलफलमा पहिले बोल्ने पालो थियो नेपाली कांग्रेसका सांसद एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतको। अर्थमन्त्री विष्णु पौडेलले गत १५ गते संसदमा पेश गरेको बजेटबारे बोल्न २५ मिनेट समय पाएका महतले अधिकांश समय अघिल्लो वर्ष आफुले ल्याएको बजेटको बचाउमा खर्चिए। हालका अर्थमन्त्री पौडेलले बजेट पेश गरेको भोलिपल्ट बसेको कांग्रेस संसदीय…
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघका नेता कार्यकर्तालाई पार्टी नेताको आलोचना छोडेर संगठन निर्माणमा लाग्न निर्देशन दिएका छन्। नेवि संघले ११औ महाधिवेशनका लागि नीति तथा कार्यक्रम र विधानका विषयमा सुझावका लिन राखेको प्रशिक्षण कार्यक्रममा उनले नेताहरुलाई गाली गरेर केही नहुने भन्दै पहिले आफू नै बन्न सुझाव दिए। 'म पनि नेविसंघको अध्यक्ष थिएँ, तीनपटकसम्म प्रधानमन्त्री बनिसकेँ,' देउवाले भने,…
काठमाडौं : कृष्ण धाराबासीको चर्चित कथा 'झोला'मा आधारित फिल्ममा अभिनय गरेपछि चर्चामा आएकी गरिमा पन्त फेरि अर्को साहित्यिक किताबमा आधारित फिल्ममा देखिँदै छिन्। असार १७ गतेबाट प्रदर्शनमा आउन लागेको विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित उपन्यास 'तीन घुम्ती'मा उनी मुख्य पात्रको रुपमा प्रस्तुत हुँदै छिन्। निर्देशक बाबुराम ढकालका अनुसार फिल्ममा तीन घुम्ती उपन्यासको कथाबाहेक पनि मनोरञ्जन दिने थुप्रै पक्ष रहेका छन्। फिल्मलाई कर्मा…
काठमाडौं : नेपाली चलचित्र क्षेत्रमा व्यापारिक अनि समीक्षाका आधारमा पनि टर्निङ पोइन्ट ल्याएको भनिएको चलचित्र 'लुट' को सिक्वेल 'लुट-२'को टिजर आज सार्वजनिक भएको छ। फ्लोरमा जानुअघि नै फिल्म निर्माण टोलीले टिजर सार्वजनिक गरेको हो। 'टिजरले नै लुट-२ को फिल्मको 'थिम' प्रष्ट पार्छ,' निर्देशक निश्चल बस्नेतले भने, 'मेरो लागि लुटको सिक्वेल भनेको चुनौती हो। मैले लुटको लेभल र दर्शकहरुको अपेक्षा मिट…
काठमाडौँ : के तपाईँको भोलि सरकारी कार्यालयमा जाने काम छ? नजानुस्। किनभने भोलि विदा छ। त्यहाँ काम हुने छैन। सरकारले भोलि जेठ १९ गते बुधबार निजामति कर्मचारीहरुलाई मात्र सार्वजनिक विदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले आज सार्वजनिक गरेको सूचना अनुसार निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचनका लागि बुधबार सार्वजनिक विदा दिइएको हो।
काठमाडौँ : यसअघि वर्षको उत्कृष्ट खेलाडीलाई अपार्टमेन्ट दिने निर्णय गरेपनि अहिलेसम्म आफ्नो वाचा पूरा गर्न नसकेको अखिल नेपाल फुटबल संघ एन्फाले यो पटक भने वर्ष खेलाडीलाई २५ लाख नगद प्रदान गरेको छ। एन्फाले नेपाली सेनाका राजु तामाङलाई प्लेअर अफ दि इअर को सम्मानस्वरुप २५ लाख प्रदान गरेको हो। मंगलबार हलचोकमा भएको खेलाडी सम्मान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले राजु…
काठमाडौँ : विलियम सेक्सपियरको रोमियो एण्ड जुलियटमा आफ्नो प्रेमी रोमियोलाई जुलियट सोध्छिन् - नाममा के छ? के हामीले गुलाफलाई अरु नै नाम दियौँ भने त्यसको सुगन्धमा केही फरक पर्छ? सेक्सपियरले नामले पहिचानमा फरक नपार्ने तर्क उपन्यासमा गरेका छन्। तर नेपालको संसदमा मंगलबार बजेट छलफलका क्रममा नामको विषयलाई लिएर खुबै चर्चा भयो। सरकारले बजेटमा विभिन्न २२ जना नेताको नाममा स्थापित प्रतिष्ठानलाई…
काठमाडौँ : मंगलबारदेखि नेपाल विद्यार्थी संघले ११ औँ महाधिवेशनका लागि नीति तथा कार्यक्रम निर्माणमा सुझाव लिने र प्रशिक्षिण दिने कार्यक्रम सुरु गरेको छ। पहिलो उपत्यकास्तरीय कार्यक्रम मंगलबार काठमाडौको नाचघरमा मंगलबार दिउँसो एक बजेका लागि तोकिएको थियो। कार्यक्रमका प्रमुख अतिथि थिए, कांग्रेस सभापति शेरबहादुर देउवा अनि विशिष्ट अतिथि थिए वरिष्ठ नेता रामचन्द्र पौडेल। दिउँसो एक बजेका लागि राखिएको कार्यक्रममा बोलाइएका प्रमुख…
काठमाडौँ : आज साँझ परेको भीषण वर्षाका कारण अरनिको राजमार्ग अवरुद्ध भएको छ। बनेपा–५ मा पानीको बहाव बढी भएका कारण केही घर समेत डुबानमा परेको ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुकदेव खनालले राससलाई बताए। सडक अवरुद्ध हुँदा काठमाडौँबाट बनेपा आउने र धुलिखेलबाट काठमाडौँ जाने कुनै सवारी साधन मंगलबार राति यो समाचार तयार पार्दासम्म सञ्चालन भएको छैन। अरनिको राजमार्गको पुलबजार र उग्रचन्डी…
काठमाडौं : शंकर समूहले काठमाडौंमा साढे तीन अर्ब लगानीमा अत्याधुनिक पाँचतारे होटल निर्माण थालेको छ। फलामे डन्डी, सिमेन्ट र एफएमसिजी क्षेत्रमा अग्रणी शंकर समूहले विश्वकै बढी सञ्जाल भएको हिल्टनको डबल ट्रि बार्इ हिल्टन ब्रान्डमा होटेल सञ्चालन गर्न लागेको हो। समूहका प्रबन्ध निर्देशक साहिल अग्रवालका अनुसार होटल निर्माण कार्य तीब्र रुपमा अघि बढिरहेको छ। उनले होटल सन् २०१८ को अन्तिमतिर सञ्चालनमा…
काठमाडौं : बजेटको महत्वपूर्ण सूचना लिक भएको विषयमा छानबिन गर्न सत्तारुढ दल तयार भएपछि मंगलबार प्रतिपक्षी नेपाली कांग्रेसले सदन अवरोध नगर्ने भएको छ। मंगलबार बिहान संसद भवन नयाँ वानेश्वरमा बसेको प्रतिपक्षी कांग्रेसको बैठकमा प्रमुख सत्तारुढ दलहरुले बजेट लिक बारे छानबिन गर्न समिति बनाउन सहमति जनाएका हुन्। नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले सत्तारुढ दलहरु छानबिन समिति गठन गर्न तयार भएको…
इङ्ग्लिस क्रिकेट टिमका कप्तान एलेस्टर कुक टेस्ट क्रिकेटको इतिहासमा १० हजार पूरा गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन्। सोमबार श्रीलंका विरुद्ध दोस्रो टेस्टको दोस्रो इनिङमा कुकले उक्त उपलब्धी हासिल गरेका हुन्। दोस्रो टेस्ट सुरु हुनुअघि कुक उक्त उपलब्धी हासिल गर्नबाट २० रनले मात्रा टाढा थिए। तर पहिलो इनिङमा १५ रन बनाएर आउट भएपछि कुकले दोस्रो इनिङमा १० हजार रन पूरा…
महाराष्ट्र : ठूलो परिमाणमा विस्फोटक राखिएको गोदाममा आगलागी हुँदा कम्तिमा पनि दुई अधिकृतसहित १७ सुरक्षाकर्मीको मृत्यु भएको छ। अन्य १९ जना घाइते भएका छन्। महाराष्ट्रको वारदा जिल्लामा पटक पटक विस्फोट भइरहेको सुरक्षा अधिकारीले जनाएका छन्। टेलिभिजन फुटेजमा पनि व्यापक आगो लागेको देखिएको छ। बिहानैदेखि आगलागी भएको स्थानीयले बताएका छन्। प्रत्यक्षदर्शीका अनुसार बिहान १:३० यता पटक पटक विस्फोट सुनिएको छ। आगलागीमा…