काठमाडौँ : आश्वासन बाँडिरहने प्रधानमन्त्री केपी ओलीलाई चुनौति दिँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू प्रधानमन्त्री भए भूकम्पपीडितलाई ५ लाख अनुदान दिने बताएका छन्। चरिकोटमा आयोजित नेकपा (माओवादी केन्द्र) दोलखा जिल्ला एकताको चौथो सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘बाइ दि वे प्रधानमन्त्री भएँ भने पहिलो काम निर्ब्याजी ऋण भनिएको ३ लाखलाई अनुदानमा परिणत गर्छु।‘ ‘कांग्रेसको कुरा ठीक’ प्रचण्डले…
काठमाडौं: जेठ २८बाट प्रदर्शनमा आउन लागेको चलचित्र 'गाजलु'को नयाँ गीत सार्वजनिक भएको छ। होलीको रंगीन माहोल गीतको भिडियोको केन्द्रमा रहेको छ। गीतमा अनमोल केसी, सृष्टि श्रेष्ठ, गौरव पहारी, सलोन बस्नेत, मेनका प्रधान ऋतिक शाही लगायत सबै मुख्य पात्रहरुलाई प्रस्तुत गरिएको छ। जैन जेको शब्द संगीत रहेको गीतमा सिवानी मोक्तानले स्वर दिएकी छिन्। रोहित अधिकारीको निर्माण र हेमराज बिसीको निर्देशनमा बनेको फिल्मको…
काठमाडौं : सर्लाहीको हरिवन बजारमा गएराति बसको ठक्करबाट स्वाभिमान अस्पतालका सेक्युरिटी गार्ड गोपाल थापा मगरको मृत्यु भएको छ। राति १० बजे ना ५ ख ५८३३ नम्बरको बसको ठक्करबाट हरिवन बजारमा रहेको सो अस्पतालमा कार्यरत हरिवन-९ का ४० वर्षीय मगरको ज्यान गएको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ। ठक्करबाट घाइते उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। ठक्कर दिने बस…
काठमाडौं : मधेसकेन्द्रित दलहरुले आज पनि व्यवस्थापिका संसद बैठक बहिस्कार गरेका छन्। संसदको आजको बैठक सुरु हुनासाथ मोर्चामा आबद्ध दलका सांसदले विरोध गरेका थिए। आफ्नो मागप्रति सरकार गैरजिम्मेवार तरिकाले प्रस्तुत भएको भन्दै उनीहरुले असन्तुष्टि राखेका थिए। नेपाल सद्भावना पार्टीकी सांसद डिम्पलकुमारी झाले आन्दोलनमा रहेका दलहरुको मागलाई सरकारले हास्यव्यङ्गको रुपमा लिएको र यस वर्षको बजेट पपुलिस्ट बनाउने काममात्र भएको बताइन्। आन्दोलनरत…
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले बजेटबाट समग्र जनता खुसी हुन नसकेको बताएका छन्। व्यवस्थापिका संसद बैठकमा बोल्दै नेता महतले तलब भत्ता बढाउनु नै बजेटको मापदण्ड हो भने बजेटलाई सफल मान्न सकिने भन्दै व्यंग्य गरे। ‘सांसदहरु गाउँमा पैसा बाँड्न पाउने भनेर खुसी हौँला। सचिवहरु गाउँमा बजेट पुगेको भनेर खुसी होलान्,’ उनले भने, ‘तर समग्र जनता खुसी छैनन्। एउटा…
काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाले ८ महिनाअघि आफैँले निलम्बन गरेको तीन उपाध्यक्ष र एक सदस्यलाई पुनर्बहाली गरेको छ। अदालतमा मुद्दा चल्दासम्म आनाकानी गर्दै आएको एन्फाले फिफाको निर्देशन भने लत्याउन सकेन र चार पदाधिकारीलाई पुनर्बहाली गर्न बाध्य भएको हो। लगातार तीन बैठकमा अनुपस्थित भएका तत्कालीन एन्फा अध्यक्ष गणेश थापाले आर्थिक अनियमितता गरेको र संस्था एकलौटी ढंगले चलाएको भन्दै ती…
काठमाडौं : ब्लड क्यान्सरबाट पीडित नेपाल पत्रकार महासंघ सल्यान शाखाका अध्यक्ष शालिकराम शर्माको उपचारमा क्रममा आज बिहान निधन भएको छ। भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका उनको बिहान ४ बजे निधन भएको हो। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। त्यसअघि पशुपति आर्यघाटमा महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले महासंघको झण्डा ओढाएर शर्माप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। सल्यान क्षेत्र नं २…
विश्वकप पछिको ठूलो फुटबल प्रतियोगिता युरो कप सुरु हुन अब ७ दिन मात्र बाँकी छ। २४ देशका ५५२ खेलाडी उपाधि जित्नका लागि प्रतिस्पर्धा गर्दैछन्। सहभागी सबै राष्ट्रले अन्तिम टोलीको घोषणा गरिसकेका छन् तर केही स्टार खेलाडीहरु भने अन्तिम टोलीमा पर्न असफल रहे। यी हुन् घरैमा बसेर युरो कप हेर्ने स्टार खेलाडीहरु मारियो बालाटेली, इटली सन् २०१२ को युरोमा इटलीलाई…
ग्लोबल सिटिज् बिजनेस अलाइन्सले हालै सार्वजनिक गरेको रिपोर्ट अनुसार बेइजिङ सबैभन्दा भाडा महँगो भएको सहरमा परेको छ। लन्डनमा रहेको मुनाफारहित संस्था विश्वका महत्वपूर्ण व्यवसायी सहरहरुको अनुसन्धान गर्दा यस्तो परिणाम देखिएको हो। सन् २०१५ को आम्दानीलाई आधार मानेर घर भाडा दरको तुलना गरिएको छ अध्ययनमा। चीनको बेइजिङमा भाडमा बस्नेले प्रति महिना औसतमा ७ सय ८७ अमेरिकी डलर बुझाउँछन्। यो रकम…
धनगढी : प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले एकल स्वामित्वका मिडिया गृहलाई मर्ज गरेर सामूहिक बनाउँदा सजिलो हुने बताएका छन्। 'धेरै सञ्चार गृह भएरमात्रै उपलब्धि हासिल हुँदैन,' पब्लिक मिडिया फाउण्डेशनको बिहीबार धनगढीमा उद्घाटन गर्दै अध्यक्ष कार्कीले भने। सञ्चार क्षेत्र देश, समाज र जनसमुदायको आँखा भएकोले संयमित र संवेदनशील भएर अगाडि बढ्नसमेत उनले सुझाव दिए। मिडियाले विषयगतभन्दा पनि समग्रतामा निरन्तरता दिनुपपर्ने भन्दै उनले…
काठमाडौँ : नेकपा माओवादी केन्द्रले अर्को कीर्तिमान राखेको छ। आज बसेको पोलिटब्युरो बैठकले १ हजार ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको छ। त्यसमा एक सय जनाको स्थान भने रिक्त राखिएको प्रवक्ता पम्फा भुसालले बताइन्। त्यस्तै माओवादीले २५५ सदस्यीय पोलिटब्युरो कमिटी र ८५ जनाको सचिवालय समिति बनाएको छ। बुधबार बसेको केन्द्रीय कार्यालयको बैठकले स्थायी समिति ७५ सदस्यीय बनाउने निर्णय गरेको थियो । …
युरो मिनी विश्वकप हो भने कोपा अमेरिका विश्वकै पुरानो फुटबल प्रतियोगिता। युरो कप सुरु हुन ७ दिन बाँकी छ भने कोपा अमेरिका कप भोलिदेखि नै सुरु हुँदैछ। तर अहिले चर्चा कोपा अमेरिकाको भन्दा बढी युरोको छ। विश्व चर्चित लियोनल मेसी, लुइस सुवारेज, एलेक्सिस सान्चेज, जेम्स रोड्रिग्वेज जस्ता खेलाडीहरुले कोपा अमेरिकामा सहभागिता जनाउँदैछन्। यति हुँदाहुँदै पनि यसलाई युरोले छायाँमा पारेको छ।…
काठमाडौँ : राजस्वको लक्ष्यभन्दा चालु खर्च बढी रहेको बजेटको नेपाली कांग्रेससहित सत्तारुढ दलले आलोचना गरिरहँदा एमाले सचिवसमेत रहेका सांसद गोकर्ण बिष्ट बिहीबार बजेटको कडा प्रतिरक्षामा उत्रिए। तथ्यांकसहित संसदको रोस्टममा उक्लिएका बिष्टले भने, '६९/७० भन्दा ७०/७१ मा २१ प्रतिशतले राजस्व वृद्धि भएको थियो। अहिले २२ प्रतिशत वृद्धि हुने अपेक्षा गर्नु कसरी जायज होइन?' अर्थमन्त्री विष्णु पौडेलले संसदमा पेश गरेको बजेटमा…
यी रोए पनि दुःख लाग्छ, यिनले सम्झे कि आमा भनी। यी हाँसे पनि सुख छैन, यिनले बिर्से कि आमा भनी। राष्ट्रकवि माधव घिमिरेद्वारा रचित गौरी शोककाव्यबाट साभार गरी माथिको अंश क्याप्सनसहितको राजधानी दैनिकमा छापिएको एउटा फोटो २०५९ सालमा निकै चर्चित भयो। राजधानीका तत्कालीन कार्यकारी सम्पादक जीवेन्द्र सिम्खडाका अनुसार गोरखशमशेर राणा आफ्ना दुई छोरीहरुको हात समात्दै नारायणहिटी दरबारतर्फ लाग्दै गरेको यो…
काठमाडौं : १५ औं संस्करणको युरो कप फुटबल भोलिबाट फ्रान्समा सुरु हुँदै छ। छनोट भएका सबै २४ टीम फ्रान्समा पुगिसकेका छन्। उपाधि दाबेदार टीमबारे चर्चा-परिचर्चा सुरु भइसकेको छ। उपाधि दाबेदारसँगै सर्वाधिक गोल कसले गर्ला? कसले गोल्डेन बुट अवार्ड हात पार्ला भनेर अड्कलबाजी सुरु भएको छ। गत वर्ष ६ खेलाडीले सर्वाधिक ३ गोल गरेका थिए र युइएफएले खेल खेलेको समय, गोल र…
काठमाडौं : आइसिसी विश्व क्रिकेट लिग (डब्लुसिएल) अन्तर्गत तेस्रो चरणको अन्तिम खेलमा पपुवा न्युगिनीले केन्यालाई हराएपछि नेपाल अंक तालिकामा छैटौं स्थानमा झरेको छ। घरेलु मैदानमा भएको दुवै खेल जितेपछि पपुवा न्युगिनी तेस्रो स्थानमा उक्लिँदा नेपाल एक स्थान तल झरेको हो। यसअघि नेपाल र पपुवा न्युगिनीको समान ४/४ अंक थियो र रनरेटको आधारमा नेपाल पाँचौ स्थानमा थियो। गत अप्रिलमा नेपालमै भएको…
काठमाडौैं : काठमाडौंको कुलेश्वरमा बिहान देखा परेको चितुवालाई करिब ५ घण्टापछि प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं महानगरपालिका- १४ स्थित गणेश मन्दिर नजिक क्षेत्रबहादुर श्रेष्ठको घर कम्पाउन्डमा देखा परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। बिहान करिब ७ बजेतिर देखिएको चितुवालाई वन विभाग, सदर चिडियाखाना र प्रहरी टोलीले नियन्त्रणमा लिएको कालिमाटी प्रहरी वृतले जानकारी दिएको छ। चितुवालाई नियन्त्रणमा लिन वन विभागका कर्मचारीले…
काठमाडौं : महानगरीय प्रहरी परिसर ललितपुरले गुण्डागर्दी गर्ने २१ जनालाई पक्राउ गरेको छ। प्रहरीले सातबाटोमा ग्याङ फाइट गर्न लागेको अवस्थामा मंगलबार उनीहरु पक्राउ परेका हुन्। यसरी पक्राउ पर्नेहरुमा राम लामा, उमेश श्रेष्ठ, शान्ता शाही, हरिहर थापा, लक्ष्मण लामा, रविन तामाङ, भनी बहादुर तामाङ, अनिल शाही लगायत रहेका छन्। उनीहरुले महालक्ष्मी नगरपालिका साना गाउँस्थित जग्गा प्लटिङको नाममा गुण्डागर्दी गर्ने गरेको ललितपुर…
१५ औं संस्करणको युरो कप फुटबल आगामी १० जुन अर्थात् जेठ २८ गते शुक्रबार बाट फ्रान्समा सुरु हुँदैछ। पहिलो पटक २४ राष्ट्र सहभागी हुन लागेको यस पटकको युरो कपमा ५ राष्ट्रले डेब्यु गर्दैछन् भने खेलमा ४ पूर्व विजेता देश मात्रै छानिएका छन्। ३ पूर्व विजेता डेनमार्क, नेदरल्याण्ड र ग्रीस भने यो पटक छनोट हुन असफल रहे। समूह ए जेठ…
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगको जनसम्पर्क तथा सञ्चार विज्ञमा लेखक तथा पत्रकार शरद अधिकारीलाई नियुक्त गरेको छ। राष्ट्रिय सुरक्षा, नेपाली डायस्पोरा तथा सुशासन लगायत मानवीय अभिरुचीका विषयमा उनले दुई दशकदेखि कलम चलाउँदै आएका छन्। विभिन्न मिडियामा संलग्न रहिसकेका उनी राष्ट्रिय प्रकृति संरक्षण कोषमा जनसम्पर्क अधिकृतका रुपमासमेत कार्यरत थिए। भ्रष्टाचारका विषयमा खोजी पत्रकारिता अभिवृद्ध गर्न स्वर्गीय वारवरा एडम्सले स्थापना…