बागलुङ : राष्ट्रिय सहमतिको सरकारको चर्चा चलिरहेको बेला नेपाली काँगेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले मात्र राष्ट्रिय सहमति कायम गराउन सक्ने बताएका छन्। हालै एमाले र हालको माओवादी केन्द्रबीच राष्ट्रिय सहमतिको सरकार बनाउन प्रयास गर्ने सहमति भएको थियो। देउवाले संविधान कार्यान्वयनको नेतृत्व पनि नेपाली काँग्रेसले गर्ने बताएका छन्। नेपाल तरुण दल बाग्लुङको तेस्रो जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै सभापति देउवाले भने,…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले हकअधिकार प्राप्तिका लागि दलित समुदायले गर्दै आएको आन्दोलन महत्त्वपूर्ण रहेको बताएका छन्। लामो कालखण्डदेखि दलितहरु ज्ञान, शिक्षा, चेतना र साधनस्रोतबाट वञ्चित हुनुका साथै हारको जिन्दगी व्यहोरेर आएको भन्दै ओलीले राजनीतिक हक–अधिकार प्राप्तिको आन्दोलनमा समेत दलित समुदायको त्याग र बलिदान महत्वपूर्ण रहेको उल्लेख गरेका छन्। जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा एक शुभकामना…
काठमाडौं : लागुऔषधको अवैध कारोबार गर्ने दुई जनालाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रोल्ला जिल्ला स्थायी घर भई हाल काठमाडौं बसुन्धरा बस्ने ३७ वर्षीय राजु रोक्का मगर र सुनसरीको धरान घर भई हाल ललितपुर खुमलटार बस्ने ३५ वर्षीय सनिम राई रहेका छन्। उनीहरुको साथबाट प्रहरीले फेरागन, नुफिन र…
काठमाडौं : प्रहरीले ३ केजी ५ सय ग्राम चरेस सहित एक जनालाई आज बिहान पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले झोलाभित्र लुकाइराखेको अवस्थामा बालाजुको बाइपासबाट नारायण खनाललाई पक्रेको हो। प्रहरीले उनलाई करिब साढे ८ बजे नियन्त्रणमा लिएको थियो। उनले मकवानपुरबाट सो परिमाणको चरेस बिक्रीका लागि काठमाडौं ल्याएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको वृत्तका डिएसपी सोमेन्द्रसिह राठौरले बताए। थप अनुसन्धान…
काठमाडौं : दिनहुँजसो व्यवस्थापिका संसद बैठक बहिस्कार गर्दै आएका मधेसकेन्द्रित दलका नेताहरु आज पनि बैठक बहिस्कार गरेर निस्किएका छन्। शुक्रबारको बैठक सुरु हुनासाथ संघीय समाजवादी फोरम नेपालका शिवजी यादवले सरकारप्रति आलोचना गर्दै आफ्नो धारणा राखेका थिए। आफूहरुले निरन्तर शान्तिपूर्ण आन्दोलन गर्दै आए पनि सरकारले अझै नसुनेको भन्दै उनले अब आन्दोलन अर्को चरणमा प्रवेश गर्ने बताए। ‘सरकार कानमा तेल हालेर…
युरो कप जेठ २८ गते देखि फ्रान्समा सुरु हुँदैछ। छनोट भएका २४ देशका हरेक खेलाडीको सपना हुन्छ, युरो कपको उपाधि जित्ने। तर सबै खेलाडी यो गौरवको हकदार हुन सक्दैनन्। कोही खेलाडी यस्ता पनि हुन्छन्, जो युरो कप अगाडि नै चर्चामा छन् र प्रतियोगितामा चम्किन सक्ने खेलाडीका रुपमा चिनिएका छन्। युरोमा चम्कन सक्ने २१ वर्ष मुनिका खेलाडी रेनाटो सान्चेज…
काठमाडौं : वरिष्ठ संगीतकार अम्बर गुरुङको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। मंगलबार राति काठमाडौंको ग्रान्डी अस्पताल भर्ना गरिएका गुरुङको श्वासप्रश्वासमा समस्या आएपछि अहिले भेन्टिलेटरमा राखिएको लेखक प्रकाश सायमीले जानकारी दिए। आन्द्रामा राखिएको स्टेन्ट फुस्किएपछि मंगलबारदेखि उनको स्वास्थ्यमा समस्या बल्झिएको थियो। चिकित्सकहरुका अनुसार गुरुङको खाने नलीको तल्लो आन्द्रामा ट्युमर देखिएको छ। भारतको हरियाणास्थित मेदान्त अस्पतालमा रहँदा रेडियो र किमोबाट त्यसलाई कम…
काठमाडौँ : व्यवस्थापिका–संसदमा जारी बजेटमाथिको सैद्धान्तिक छलफल सकिएको छ। छलफलमा उठेका प्रश्नमाथि अर्थमन्त्री विष्णु पौडेलले आजै ३ बजेपछि बस्ने बैठकमा जवाफ दिनेछन्। आजको बैठकमा भाग लिँदै नेपाली कांग्रेसका सांसद दीपक गिरीले सामाजिक सुरक्षाभत्ता वृद्धि गर्नु सकारात्मक पक्ष रहे पनि स्थानीय, प्रदेश तथा संसद्को निर्वाचनका लागि बजेट पर्याप्त नभएको धारणा राखे। एमाले सांसद सुरेन्द्र पाण्डेले आफ्नो स्रोतमा द्रूतमार्ग आफैँ…
काठमाडौं : सरकारलाई पुँजीगत लाभ कर नतिरेको भन्दै संसदको अर्थ समितिले एनसेल प्रालिको सबै व्यवसायिक योजनलाई रोक्दै पुँजी वृद्धिको प्रस्तावलाई स्वीकृति नदिन निर्देशन दिएको छ । शुक्रबार बिहान सिंहदरबारमा बसेको अर्थसमितिको बैठकले एनसेलले प्रस्ताव गरेको पुँजी वृद्धि योजना तत्काल रोक्न सञ्चार र उद्योग मन्त्रालयलाई निर्देशन दिएको हो। अहिले एनसेलको चुक्ता पुँजी १० करोड, अधिकृत पुँजी १७ अर्ब र जारी…
काठमाडौँ : संविधान घोषणासँगै पार्टीबाट अलग रही संसद सदस्यबाट समेत राजीनामा दिएका डा. बाबुराम भट्टराईले जेठ ३० गते गर्न लागेको पार्टी स्थापना घोषणा कार्यक्रमको टेलिभिजन विज्ञापन बनाएका छन्। आज सार्वजनिक गरिएको टेलिभिजन विज्ञापनमा सेतो सर्ट र खरानी रङ्गको कोटसहित भट्टराईको सुकिलो रुप देखिएको छ। सहरका धनाढ्यहरुको जस्तो देखिने घरको इन्टेरियरलाई पृष्ठभूमिमा राखिएको छ, जहाँ बाबुराम हिँड्दै आर्थिक समृद्धि गर्नुपर्ने बताउँछन्। …
व्यवस्थापिका–संसद, अर्थ समितिको जेठ २१ गतेको बैठकले गरेको निर्णय यस्तो छ - निर्णय नं. १ दूर संचार प्रदायक कम्पनी एनसेल, नेपालमा दर्ता भएको, नेपालमा लगानी गरेको र नेपालमा नेपालीहरुसँग कारोवार गरी नाफा कमाएको कम्पनी हो। सो कम्पनीले शेयर बिक्री गरी स्वामित्व हस्तान्तरण भएपछि त्यसबाट पूँजी आर्जन गरेको अर्थात् पूँजीगत लाभ प्राप्त गरेकोले तिर्नु पर्ने सम्पूर्ण पूँजीगत लाभ कर नेपाल…
काठमाडौं : बजेटको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको आकारका विषयमा चिन्ता नलिन सांसदहरुलाई आग्रह गरेका छन्। बजेट प्रणालीका आधारभूत सिद्धान्त र मूल्य मान्यताअनुरुप नै बजेट निर्माण गरिएको भन्दै मन्त्री पौडेलले कार्यान्वयन चुनौतिपूर्ण हुनेतर्फ आफू सचेत रहने बताए। ‘विगतका अनुभवलाई आगामी वर्षको बजेट कार्यान्वयनको आधार नबनाउन म आग्रह गर्दछु,’ व्यवस्थापिका संसदमा बोल्दै उनले भने,…
काठमाडौं : संसदमा सरकारले प्रस्तुत गरेको बजेटको विनियोजन विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएको छ। छलफलको अन्तिम दिन आज सांसदहरुले उठाएका प्रश्नको अर्थमन्त्री विष्णु पौडेलले जवाफ दिएका छन्। अर्थमन्त्रीको जवाफ चित्त नबुझेका सांसदहरुले पुनः स्पस्टीकरण लिएका छन्। एक मिनेटको समय पाएका सांसदहरुले यस्ता स्पस्टीकरण सोधे- राजेन्द्रप्रसाद पाण्डे : राष्ट्रिय गौरवको बुढीगण्डकी आयोजनाका लागि बजेटमा १२ अर्ब व्यवस्था गर्नुभयो, जबकि आयोजना प्रभावित…
काठमाडौँ : अर्थमन्त्री विष्णुप्रसाद पौडेल बजेटको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै थिए। एक सांसदले बजेटमा दुई वर्षभित्र लोडसेडिङ अन्त्य हुने भनिएको छ, नभएमा कसले जिम्मा लिने भनेर सोधे। जवाफ दिने क्रममा मन्त्री पौडेलले हाँस्दै भने, 'म चैँ सम्माननीय प्रधानमन्त्रीज्युको अनुहार हेरेर भन्न चाहन्छु, यो सरकारले जिम्मा लिन्छ, ढुक्क हुनुस्। दुई वर्षभित्र लोडसेडिङको अन्त्य गरिन्छ।' खासमा प्रधानमन्त्री केपी ओलीले पटक पटक एक…
काठमाडौं : सरकारले प्रस्तुत गरेको बजेटको विनियोजन विधेयकमाथिको व्यवस्थापिका संसदमा सैद्धान्तिक छलफल सकिएको छ। छलफलको अन्तिम दिन आज सांसदहरुले उठाएका प्रश्नको अर्थमन्त्री विष्णु पौडेलले जवाफ दिए। जवाफ चित्त नबुझेका सांसदहरुले स्पस्टीकरण लिएपछि पुन: अर्थमन्त्रीले निष्कर्षसहितको जवाफ दिएका छन्। उनको जवाफको सम्पादित अंश यस्तो छ- मजदुर र किसानको पेन्सनको जुन प्रश्न छ। हामीले किसान-मजदुरको जीवनयापनलाई सहज र…
काठमाडौँ : नेपाली क्रिकेट टीमका प्रशिक्षक जगत तमाटाले टेस्ट क्रिकेटका लागि नेपाल अझै तयार भइनसकेको बताएका छन्। नेपाल जस्तो एसोसिएट राष्ट्रहरुको लागि टेस्ट क्रिकेटको ढोका खुल्ने संकेत गर्दै टेस्टलाई दुई डिभिजनमा वर्गीकरण गरेर नयाँ प्रतियोगिता गराउने तयारी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले गर्दैगर्दा तमाटाले पहिलोपोस्टलाई प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्। आइसीसीको यस्तो कदमलाई उनले सकरात्मक रुपमा लिएका छन्। ‘नेपाली क्रिकेटको विवाद…
नेमार विश्व फुटबलमा चर्चित नाम हो। स्पानिस क्लब बार्सिलोनाका लागि खेल्ने नेमारको ब्राजिलियन टोली यतिखेर कोपा अमेरिका खेल्नको लागि अमेरिका छन्। तर नेमार भने गायक जस्टिन विवरसँग फुटबल खेलेर बसेका छन् भन्दा अचम्म लाग्ला। सत्य यही हो कि कोपा खेल्ने ब्राजिलियन टीममा नेमार समावेश छैनन् र आगामी अगष्टमा घरेलु भूमिमै हुने ओलम्पिकका लागि तयारी गरिरहेका छन्। ब्राजिलले अहिलेसम्म जित्न नसकेको…
सयौं वर्षगाँठको अवसर पारेर आयोजना गर्न लागिएको कोपा अमेरिका सेन्टेनारियो शुक्रबारदेखि अमेरिकामा सुरु हुँदैछ। पहिलो पटक ल्याटिन अमेरिकी राष्ट्र बाहिर हुन लागेको प्रतियोगितामा सहभागी संख्या पनि बढाएर १६ पुर्याइएको छ। उद्घाटन खेलमा समूह ए मा रहेका आयोजक अमेरिका र कोलम्बिया बीच प्रतिस्पर्धा हुँदैछ। खेल क्यालिफोर्नियास्थित लेभिज स्टेडियम सान्टा क्लारामा अमेरिकी समयअनुसार शुक्रबार बेलुका ९ः३० बजे सुरु हुँदैछ। नेपाली समय अनुसार…
मथुरा : सरकारी जग्गा कब्जा गरेकालाई हटाउने क्रममा बिहीबार २१ जनाको मृत्यु भएको छ। प्रहरीको गोली लागेर १९ जना प्रदर्शनकारीको मृत्यु भयो भने एक एसपी र एक एसएचओको मृत्यु भएको टाइम्स अफ इन्डियाले जनाएको छ। उत्तर प्रदेशका मुख्य मन्त्री अखिलेश यादवले घटनाको अनुसन्धानका लागि निर्देशन दिएका छन्। एसपी सिटी मुकुल द्विवेदी र एसएचओ फराह सन्तोष यादवसँगै अन्य १९ जनाको मृत्यु…
काठमाडौं : अङ्ग्रेजी साहित्यमा स्थापित नेपाली लेखिका एवम् महिला एक्टिभिस्ट मञ्जुश्री थापाले नेपाली नागरिकता परित्याग गर्ने प्रकृया अगाडि बढाएकी छिन्। उनले ट्विट गर्दै नेपाली नागरिकता त्यागेर क्यानेडियन नागरिक हुन लागेको जानकारी दिएकी छिन्। नेपाली महिलालाई बिहे गर्ने विदेशी पुरुषले नेपालमा नागरिकता पाउनुपर्ने अभियानमा जुटेकी उनी अन्तत: नेपाली कानुन अनुसार दोहोरो नागरिकता लिन नपाउने भएकाले क्यानेडियन हुन लागेकी हुन्। उनले क्यानेडियन…