विश्व नम्वर एक सर्वियन खेलाडी नोभाक जोकोभिचले चारवटै ग्राण्डस्लामको उपाधि जित्दै क्यारियर ग्राण्डस्लाम पुरा गरेका छन्। पहिलो पटक फ्रेन्च ओपन टेनिसको उपाधि जित्दै जोकोभिचले यस्तो सफलता हात पारेका हुन्। यस्तो उपलब्धी हात पार्ने जोकोभिच आठौं खेलाडी बनेका छन्। आइतबार राती भएको फाइनल खेलमा विश्व नम्बर एक जोकोभिचले ब्रिटिस खेलाडी एण्डी मुरेलाई ३–१ को सेटमा पराजित गर्दै सन् २०१६ को दोस्रो…
काठमाडौं : सेभ द चिल्ड्रेनले नेपाली बालिकाहरुको लागि 'एभ्री लास्ट चाइल्ड' नामक विश्वव्यापी अभियान सुरु गरेको छ। यो अभियान बालिकाहरुको शिक्षा, स्वास्थ्य र संरक्षणको अधिकारको उपभोग गर्न सहयोगी बन्ने संस्थाको दावी छ। दुई वर्ष लामो यस अभियानको पहिलो चरण नेपालका सप्तरी, कपिलवस्तु, अछाम बाजुरामा केन्द्रित हुनेछ। सेभ द चिल्ड्रेनले १३ देखि १९ वर्ष उमेर समूहका बालिकाहरुलाई विद्यालयमा नियमित बनाइराख्न, गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउन र घर/समाज…
नेमार ब्राजिलको कप्तान हुन् र कोपा अमेरिकामा नेमारले खेल्छन् भन्ने फ्यानहरुलाई लागेको थियो। तर बिडम्बना कोपा अमेरिका खेल्ने ब्राजिलियन टोलीमा उनी परेनन्। नेमार पूर्ण रुपमा फिट छन् र फर्ममा पनि छन्। गत सिजन स्पेनी क्लब बार्सिलोनालाई ला लिगा र कोपा डेल रे को उपाधि जिताउन नेमारको पनि महत्वपूर्ण भूमिका रहेको थियो। तर अहिले तेही बार्सिलोनाका कारण नेमार कोपा अमेरिका खेल्न…
काठमाडौं : काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गराइरहेका संगीतकार अम्बर गुरुङलाई भारतीय राजदूतावासले श्रद्धाञ्जली दिएको छ। परिवारका सदस्य र अस्पतालले अझै उपचार भइरहेको बताए पनि काठमाडौंमा रहेको भारतीय राजदूतावासले ट्विटरमार्फत श्रद्धाञ्जली दिएको हो। सोमबार दिउँसो पौने २ बजे राखिएको ट्विटर स्टाटसमा भारतीय दूतावासले लेखेको छ ' भारतीय दूतावास प्रसिद्ध नेपाली संगीतकार श्री अम्बर गुरुङको दुखद् निधनप्रति श्रद्धाञ्जली ब्यक्त गर्दछ।' दूतावासले यो…
काठमाडौ : नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले विदेशी शक्तिले नेपाली कांग्रेससहित दलहरुलाई प्रयोग गर्न प्रयत्न गरिरहेको खुलासा गरेका छन्। नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं ४ र बुटवल नगर समितिले गरेको कार्यकर्ता भेलामा नेता कोइरालाले कांग्रेससहित हरेक पार्टीका नेता विशेषलाई भेटेर विदेशीले प्रधानमन्त्री पद बाँडिरहेको बताए। 'अहिले केही विदेशी शक्तिहरू खुलेर हरेक पार्टीका व्यक्ति विशेषलाई प्रधानमन्त्री बनाउँछौं भनेर हिड्न थालेका…
कृष्ण खनाल बुटवल : 'जहाँ इच्छा त्यहाँ उपाय' भन्ने युक्तिलाई कपिलवस्तुका एक अपाङ्ग युवकले पुष्टी गरेका छन्। जन्मजात दुवै खुट्टा टेक्न नसक्ने बिफई प्रजापति(कोहार) ले बैशाखीकै सहारामा इन्जिनियरिङ अध्ययन पूरा गरेका छन् भने व्यवसायमा पनि सफल बनेका छन्। उनले भारत गोखरपुरको एमएम इन्जिनियरिङ कलेजबाट कम्प्युटर इन्जिनियरिङमा ग्र्याजुयेट गरेका छन्। गोखरपुरमा होस्टेलमा बसेर अध्ययन पुरा गरेका कोहार अहिले कफिलवस्तुको विजुवा–८ मा…
काठमाडौं : संचारकर्मी श्याम अर्यालको प्रस्तुतीमा बन्न लागेको चलचित्र ‘मरिना’ मा प्रतिस्पर्धा मार्फत् गायक गायिका चयन हुने भएका छन्। ‘तिमी नै मेरो हर खुसी, तिमी नै मेरो जिन्दगी’ बोलको गीतका लागि नयाँ कलाकारको खोजी गर्न लागिएको हो। प्रतिस्पर्धा युट्युब मार्फत् गराइने जानकारी दिइएको छ। उक्त गीतलाई गाएर युट्युबमा अपलोड गरिएको मध्ये उत्कृष्टलाई फिल्मका लागि गीत गाउने अवसर दिने प्रस्तुतकर्ता अर्यालले बताए।…
काठमाडौं : काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गराइरहेका संगीतकार अम्बर गुरुङलाई श्रद्धाञ्जली दिएकोमा भारतीय राजदूतावासले माफी मागेको छ। गुरुङलाई श्रद्धाञ्जली भन्दै स्टाटस राखेको आधा घण्टापछि भारतीय दूतावासले अर्को ट्विट गर्दै माफी मागेको हो। दूतावासले त्यस आफ्नो अघिल्लो स्टाटसप्रति क्षमा माग्दै सञ्चार माध्यमको समाचारमा भर पर्दा गल्ती हुन गएको बताएको छ। उसले गुरुङको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ। सोमबार बिहान…
काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाली कांग्रेसको सहमति ल्याएमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउन सक्ने बताए। प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा उनले माओवादीलाई कांग्रेसले समर्थन ल्याएमा सरकार बनाउन एमाले बाधक नहुने बताए। 'तपाईंको नेतृत्वमा राष्ट्रिय सहमति हुन्छ भने नेपाली कांग्रेसको समर्थन कायम गर्नुस् नीति कार्यक्रम र बजेटपछि तपाईंकै नेतृत्वमा सरकार बन्छ भने पनि…
काठमाडौं : भूकम्पबाट क्षति भएका ८ हजार १ सय निजी आवास पुनर्निर्माणका लागि गैरसरकारी संस्थाहरुसँग सम्झौता भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उपसचिव डा. भीष्मकुमार भूसाल, सहरी विकास मन्त्रालय (केन्द्रीय आयोजना कार्यान्वयन इकाईका उप–प्रमुख परिक्षित कडरिया र पाँच वटा गैरसरकारी संस्थाका प्रतिनिधिबीच सोमबार त्रिपक्षीय सम्झौता भएको हो। सम्झौता अनुुसार नेपाल रेडक्रस सोसाइटीले ६ हजार, हेल्भेटास नेपालले १ हजार वटा, समारिटन्स पर्सले…
कोपा अमेरिका सेन्टानारियो अन्तर्गत आइतबार बिहान भएको खेलमा पेरु विजयी भएको छ। ब्राजिल र इक्वेडर तथा कोस्टारिका र पाराग्वेले बराबरी खेलेका छन्। क्यालिफोर्नियास्थित रोस बोल स्टेडियममा भएको समुह बी को खेलमा ८ पटकको विजेता ब्राजिल इक्वेडरसँग गोलरहित बराबरीमा रोकियो। गोल गर्ने केही राम्रो अवसर प्राप्त गरेपनि ब्राजिलले त्यसलाई सदुपयोग गर्न सकेन। स्टार खेलाडी नेयमार बिना नै प्रतियोगिता खेलिरहेको ब्राजिलमा डानी…
कोपा अमेरिका अन्तर्गत आइतबार बिहान भएको समुह ए को खेलमा कोस्टारिका र पाराग्वेले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। दुवै टिमले गोलका केही अवसर प्राप्त गरेपनि सदुपयोग गर्न नसक्दा बराबरीमै चित्त बुझाए। इन्जुरी समयमा केन्डल वास्टनले रातो कार्डको सामना गरेपछि कोस्टारिका अन्तिम समयमा दश खेलाडीमा सीमित भएको थियो। बराबरीपछि पनि दुवै टीमको दोस्रो चरण प्रवेश गर्ने सम्भावना कायमै छ। यसअघि…
शिक्षा ऐनको आठौँ संशोधन विधेयक संसदले शनिबार सर्वसम्मतिले पारित गरेको छ। राष्ट्रपतिले हस्ताक्षर गरेर राजपत्रमा प्रकाशित भएपछि यो ऐन लागू हुनेछ। यो ऐन लागू भएपछि केही महत्त्वपूर्ण परिवर्तन हुनेछन्। तीमध्येका १३ प्रमुख बुँदा यस्ता छन्- १) ९ देखि १२ माध्यमिक शिक्षा अब माध्यमिक शिक्षा भन्नाले कक्षा ९ देखि १२ सम्मलाई जनाउनेछ। प्राविधिक तथा व्यावसायिक शिक्षातर्फ भने कक्षा ९ देखि १३…
भक्तपुर : पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले आज भक्तपुरको छालिङमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै विभिन्न पार्टीलाई विभिन्न संज्ञा दिएका छन्। नेकपा माओवादी केन्द्र भन्ने बेलामा कम्युनिष्ट भन्ने तर काम भने काँग्रेस र एमालेभन्दा पनि खराब गर्ने, एउटा भन्ने अर्को गर्ने छट्टु प्रधानमन्त्री केपी शर्मा ओली उच्च शिक्षा हासिल गर्न नसकेकाले ज्ञान र विज्ञानको कुरा…
काठमाडौँ : प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले गत वैशाख २० गते लञ्च भएको ट्राफिक प्रहरीको एप एक महिनामै बिग्रिएको छ। महानगरीय ट्राफिक महाशाखाले 'प्राविधिक गडबडीका कारण ट्राफिकको मोबाइल एप केही समयको लागि सञ्चालनमा अवरोध भएको र मर्मत भइरहेको जानकारी' गराएको छ।
काठमाडौं : एक महिनाअघि नेकपा माओवादी केन्द्रले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने बताउँदै विज्ञप्ति नै जारी गरेपछि धर्मराएको सरकार एमालेसँगको ९ बुँदे सहमतिपछि टिकेको थियो। त्यतिबेला बाहिर देखाइएको ९ बुँदे सहमति बाहेक नीति तथा कार्यक्रम र बजेट पारित भएपछि माओवादी नेतृत्वमा सरकार गठन गर्ने लगायत ३ बुँदे 'भद्र सहमति' भएको गाइँगुँइ थियो। नीति तथा कार्यक्रम र बजेट पेश भएपछि माओवादीले…
बलिउडले भेट्रान नाट्यकर्मी तथा अभिनेतृ सुलभा देशपाण्डेलाई गुमाएको छ। लामो समयदेखि रोगले थलिएकी उनको शनिबार साँझ मृत्यु भयो। देशपाण्डेले अन्तिम सास मुम्बईस्थित आफ्नै निवासमा फेरेकी थिइन्। आज साँझ दादरमा उनको अन्त्येष्टि हुँदैछ। धेरै मराठी नाटकमा अभिनय गरेकी उनले हिन्दी नाटक तथा बलिउड फिल्महरुमा पनि अभिनय गरेकी छिन्। सन् १९७१ मा मराठी फिल्मबाट पर्दामा देखिन थालेकी उनले १९७४ बाट हिन्दी फिल्ममा…
अमेरिकामा चलिरहेको ४५ औं संस्करणको कोपा अमेरिका सेन्टेनारियो प्रतियोगितामा पहिलो पटक चौथो सब्स्टिच्युट खेलाडी पनि प्रयोग गर्न पाइने भएको छ। कोपा अमेरिका सेन्टेनारियो आयोजकले गत शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा उक्त नियम लागू गर्ने निर्णय गरेको हो। इन्टरनेशनल फुटबल एशोसिएशन बोर्डले गत साता मात्र २०१६/१७ को ल अफ गेम सार्वजनिक गरेको थियो, जसमा विभिन्न परिमार्जित नियमहरु समावेश गरिएको छ। यसै अनुसार…
काठमाडौं : समग्र सेयर बजार ओरालो लाग्दा सोल्टी होटलको सेयर मूल्यमा भने बढेर 'सर्किट ब्रेकर' लागेको छ। होटलले गरेको पुँजी बृद्धिको प्रस्ताव सार्वजनिक भएपछि सेयर मूल्य करिब दोहोरो अंकले बढेर कारोबार बन्द भएको हो। होटलको सेयर मूल्य प्रति कित्ता ३५ रुपैयाँले बढेको छ। यो ९.८ प्रतिशतको बृद्धि हो। होटलको सेयर दिनभरिमा ३६ हजार ७७६ कित्ता कारोबार भएको छ। …
कलेजबाट ग्राजुयट भएपछि राम्रो जागिर पाइहाल्न निक्कै कठिन हुने गर्छ। तर अर्कोतिर राम्रा प्रोफेसनलहरुको विश्वव्यापी माग कायमै छ। सन् २०२० सम्म करिब ४० करोड थप कलेज एजुकेटेड प्रोफेसनलहरु विश्व अर्थतन्त्रले खपत गर्ने प्रक्षेपण दी म्याकिन्सी ग्लोबल इन्स्टिच्युटले गरेको छ। भर्खरै स्नातक पूरा गरेका धेरै मानिस करिअर विदेशबाट सुरु गर्न चाहन्छन्। धेरैले अमेरिकातिर आँखा लगाउँछन्। तर, यस्ता धेरै मुलुक छन् जहाँ करिअर…