काठमाडौं : नेपाल धितोपत्र बोर्डले नेपाल लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्न निर्देशन दिएको छ। बोर्डले नेपाल स्टक एक्स्चेन्जलाई शुक्रबार पत्र पठाएर शेयर कारोबार रोक्न निर्देशन दिएको हो। फरदर पब्लिक अफरिङ (एफपिओ) जारी गर्ने विषयमा बोर्डमा आवेदन नदिई कम्पनीले सूचना जारी गरेको भन्दै शेयर कारोबार रोक्न बोर्डले निर्देशन दिएको हो। ‘बोर्डमा अहिलेसम्म निवेदन दिइएको छैन, पहिले नै सूचना प्रकाशित गर्दा…
काठमाडौं : आज उपराष्ट्रपति चीन भ्रमणमा गए भने परराष्ट्र मन्त्री भारत उडे। प्रधानमन्त्री झापा पुगे आजै। सञ्चार मन्त्री र श्रम मन्त्री पनि वैदेशिक भ्रमणपछि आज नै नेपाल फर्किएका छन्। आज एकै दिन मन्त्रीहरुको आउजाउ संयोगजस्तो बनेको छ। हेर्नुस्, उनीहरुको आगमन र प्रस्थानको फरक मूड तस्बिरमा- उपराष्ट्रपति नन्दबहादुर पुन आज चीनको साताव्यापी भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन्। ११ सदस्यीय…
भारत भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले भारतीय विदेश मन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन्। भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले भेटवार्ताको फोटो ट्विटर मार्फत सार्वजनिक गरेका हुन्। 'नेपालसँगको सम्बन्धको आबद्धताको निरन्तरता', उनले ट्विटमा लेखेका छन्। Continuing engagement with Nepal. EAM @SushmaSwaraj meets Deputy PM & FM Kamal Thapa in Delhi pic.twitter.com/InyrfifEBh — Vikas Swarup (@MEAIndia) June 10, 2016…
दुई गोलको अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा कोपा अमेरिका सेन्टेनारिया अन्तर्गत बिहीबार भएको दोस्रो खेलमा पेरु इक्वेडरसँग बराबरीमा रोकिएको छ। अरिजोनास्थित फोएनिस्क स्टेडियममा भएको खेलमा पेरु र इक्वेडरले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्। ग्राबियल एसिलिएरले दोहोरो पहेँलो कार्डको सामना गरेपछि इक्वेडरले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो। बराबरीले दुवै टीमलाई घाटा लागेको छ। पेरुले…
काठमाडौं : नेकपा माओवादी विप्लव समूहले गरेको बन्दका कारण सर्वसाधारण मारमा परेको भन्दै नेपाल प्रहरी नि:शुल्क बस सेवा सञ्चालन गरेको छ। 'नागरिक सहजताको लागि' भन्दै साँझ ५ बजे सम्मका लागि दुई रुटमा बस सञ्चालनमा ल्याइएको हो। रुट १ अन्तर्गत कलंकी-कालिमाटी-त्रिपुरेश्वर-सहिदगेट-रत्नपार्क-दरबारमार्ग-नक्साल-पुतलीसडक-माइतीघर-कुपन्डोल-पुल्चोक-जावलाखेल-एकान्तकुना-बल्खु रुटमा बस चल्नेछ। यस्तै रुट नम्बर २ अन्तर्गत नक्साल-मैतीदेवी-गौशाला-कोटेश्वर-तीनकुने-बबरमहल-माइतीघर-त्रिपुरेश्वर-सहिदगेट-लैनचौर-लाजिम्पाट-नारायणगोपाल चोक-बालुवाटार हुँदै नक्साल रुटका लागि नि:शुल्क बस सेवा सञ्चालनमा…
काठमाडौं : रौतहटमा ट्रकमाथि पेट्रोल बम प्रहार भएको छ। रौतहटको चन्द्रनिगापुरबाट ७ किलोमिटरभित्र लच्का भन्ने ठाउँमा ना ६ ख ४६१५ नम्बरको ट्रकमा पेट्रोलबम प्रहार गरिएको हो। बमको छर्रा लागेर ट्रकका सहचालक वसन्त थापा मगर गम्भीर घाइते भएका छन्। ५/६ जनाको अज्ञात समूहले बम प्रहार गरेको चालकले प्रहरीलाई जनाकारी गराएका छन्। बिहान करिब साढे ५ बजे घटना भए पनि ढिला गरी जानकारी पाएकाले…
काठमाडौं : क्रिस्टियानो रोनाल्डो विश्वकै सर्वाधिक कमाउने खेलाडी बनेका छन्। अमेरिकी म्यागजिन फोर्ब्सले सार्वजनिक गरेको एक सय खेलाडीको सूचीअनुसार रियल मड्रिड स्टार रोनाल्डोले धेरै कमाइ गर्नेमा सबैलाई पछि पारेका हुन्। गत वर्ष यस सूचीको तेस्रो स्थानमा रहेका रोनाल्डो बक्सिङका फ्लोड मेवेदर र मानी पाकियोलाई पछि पार्दै शीर्ष स्थानमा पुगेका हुन्। ८८ मिलियन अमेरिकी डलर कमाइ गरेका रोनाल्डोले इन्डोरसमेन्टबाट मात्रै…
काठमाडौं : नेकपा माओवादीको विप्लव समूहले आवह्वान गरेको बन्दका क्रममा तोडफोड तथा आगजनी गर्ने र बन्द गराउँदै हिँड्ने ६७ जना विभिन्न ठाउँबाट पक्राउ परेका छन्। काठमाडौंबाट २८ जना, ललितपुरबाट १४, भक्तपुरबाट ३, कास्कीबाट ८, चितवनबाट १, कालीकोटबाट १० र सुनसरीमा ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। काठमाडौंको तीनकुने मुनिभैरव नजिकै बन्दकर्ताले बा१ज ८२०६ नम्बरको ट्याक्सीमा आगजनी गरेका छन्।…
भूकम्पपीडितका लागि एकीकृत नमूना बस्ती बनाइरहेको धुर्मुस सुन्तली फाउन्डेसनलाई सैनिक श्रीमती संघले १४ लाख रुपैयाँ हस्तान्तरण गरेको छ। धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र कोषाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) लाई संघकी अध्यक्ष तथा प्रधानसेनापति राजेन्द्र क्षेत्रीकी पत्नी रीता क्षेत्रीसहितको टोलीले चेक हस्तान्तरण गरेको हो। संघले केही समयअघि टुँडिखेलमा भारतीय कलाकार सोनाक्षी सिन्हा र मलाइका अरोरासहित आयोजना गरेको अमरपंक्षी कार्यक्रममा…
काठमाडौं : नेपाल विद्यार्थी संघमा सामुदायिक विद्यालयबाट माध्यमिक तहसम्मको अध्ययन नि:शुल्क बनाउने प्रस्ताव कार्यान्वयन गर्दै निजी विद्यालयको ग्रेडिङ गरी शुल्क तोक्ने प्रस्ताव भएको छ। नेविसंघ केन्द्रीय सदस्य लीलाबल्लभ दाहाल काकाले गत २५ गतेदेखि जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष रञ्जित कर्णको प्रस्तावमा फरक मत राख्दै यस्तो प्रस्ताव लगेका हुन्। निजी विद्यालयहरुलाई तीन ग्रेडमा राखेर शुल्क तोक्नुपर्ने र कार्यान्वयनका लागि नेविसंघले दबाबमूलक…
काठमाडौं : नेकपा माओवादीको नेत्रविक्रम चन्द विप्लव समूहले आह्वान गरेको नेपाल बन्दका कारण बिहीबार देशभरको जनजीवन कष्टकर बनेको छ। सार्वजनिक सवारी साधन चल्न नदिएपछि टाढा गन्तव्यका लागि हिँडेका यात्रुहरु बढी सास्तीमा परेका छन्। बजार, कलकारखाना र स्कुल-कलेजमा पनि बन्दको प्रभाव परेको छ। कालोबजारी, भ्रष्टाचार, महँगीविरुद्धको आन्दोलनका क्रममा पक्राउ परेका बाबुराम राई ‘विवश’ लगायतका कार्यक्रताको रिहाइको माग गर्दै माओवादीले बन्द आह्वान…
काठमाडौं : इरानी राष्ट्रिय फुटबल टीमका गोलरक्षक आचारसंहिता विपरीत स्पोन्ज बोव ट्राउजर लगाएको भन्दै प्रतिबन्धमा परेका छन्। २९ वर्षे नम्बर वान गोलरक्षक सोशा मकानीलाई इरानले ६ महिनाको लागि प्रतिबन्ध लगाएको हो। गत सिजन इरानको फस्ट डिभिजन क्लब पर्सेपोलिसबाट खेलेका मकानीले इरानका लागि अहिलेसम्म ३ खेल खेलेका छन्। मकानीले स्पोन्ज बोव ट्राउजर लगाएर खिचाएको फोटो अहिले सामाजिक सञ्जालहरुमा भाइरल भएको छ।…
काठमाडौं : नक्कली ‘खेलाडी कार्ड’ बनाई विभिन्न देशमा खेलाडी पठाएकोमा आरोपमा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका उपाध्यक्ष चेतनराज गिरीलाई प्रहरीले पक्राउ गरेको छ। ठगी मुद्दामा गिरीविरुद्ध उजुरी परेपछि महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले बुधबार गिरीलाई काठमाडौंको त्रिपुरेश्वरबाट पक्राउ गरिएको एसपी सहकुलबहादुर थापाले बताए। गिरीले म्याग्दी जिल्ला बस्ने ५३ वर्षीय टेकप्रसाद लामगादे र दीपक सुनारलाई कोरिया पठाइदिने भन्दै क्रमश: १…
काठमाडौं : पोखराको रत्नचोक नजिकै बेहोस अवस्थामा फेला परेकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ। मंगलबार अर्धनग्न अवस्थामा फेला परेकी ती युवतीको मणिपाल अस्पालमा उपचार भइरहेको थियो। टाउकोमा चोट लागेको भेटिएपछि उनलाई उपचार गरी अनुसन्धान थालिएको प्रहरीको भनाइ छ। घटनाको अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसएसपी कृष्णभक्त कर्माचार्यले जानकारी दिए।
काठमाडौं : प्रधानमनन्त्री केपी शर्मा ओलीले नेपालको संविधान विश्वमै उत्कृष्ट रहेको बताएका छन्। दक्षिण एसियाली क्षेत्रीय संगठन सार्कका मुख्य सचिव (क्याबिनेट सेक्रेटरी) स्तरीय बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै ओलीले संविधानसभाका ९२ प्रतिशत सदस्यहरुले हस्ताक्षर गरेको संविधान अहिले कार्यान्वयनको चरणमा रहेको बताए। सात दशकदेखिको राजनीतिक प्रयासबाट प्राप्त भएको संविधानमा सबै नेपालीको चाहना समेटिएको प्रधानमन्त्रीको भनाइ छ। ‘लामो समयसम्म…
काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित घरधनीहरुलाई पहिलो किस्ताको अनुदान रकम वितरणका संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई निर्देशन दिएको छ। बैंकमार्फत १ लाख ७१ हजार ६ सय ७७ घरधनीलाई अनुदान प्रदान गर्न प्राधिकरणले निर्देशन दिएको हो। नेपाल बैंकर्स एशोसिएसन, डेभलपमेन्ट बैंकर्स एशोसिएसन र नेपाल फाइनान्सियल इन्स्टिच्युसन एशोसिएसनसँग जेठ १४ गते भएको समझदारी…
काठमाडौँ : विश्वभरका क्याथोलिक चर्चहरुको केन्द्र बिन्दुका रुपमा चिनिने स्वतन्त्र सार्वभौम हैसियत भएको होली सीका राजदूत गैरआवासीय राजदूत धर्माध्यक्ष साल्भातोर पेनासियोले आज राष्ट्रपति विद्यादेवी भण्डारीसित शिष्टाचार भेट गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा उनीहरुबीच दुई देशबीचको कूटनीतिक सम्बन्ध, सामाजिक–आर्थिक विकासमा दुई देशले खेलेको भूमिका तथा प्रबिद्धता एवम् आपसी सहयोग र सम्बन्ध लगायतमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ।…
काठमाडौं : शुक्रबारबाट फ्रान्समा सुरु हुने युरो कपअघिको फाइनल वार्मअप खेलमा साबिक विजेता स्पेन पराजित भएको छ। घरेलु मैदान मड्रिडमै भएको खेलमा स्पेनलाई जर्जियाले १–० ले स्तब्ध बनाएको हो। खेलको ३९ औं मिनेटमा टोर्निक ओक्रिएसभिलीले गोल गर्दै जर्जियालाई अग्रता दिलाएका थिए। लगातार तेस्रो पटक युरो उपाधि जित्ने तयारीमा रहेको भिसेन्ट डेल बोस्कको टोली कमजोर बरियता रहेको टोलीसँग हारेको यो पहिलो पटक…
बनेपा : जेठ १८ गते आएको वर्षा र बाढीका कारण बनेपामा करिब २ करोडभन्दा बढीको क्षति भएको कृषि सेवा केन्द्र बनेपाले जनाएको छ। धान, मकै र तरकारी बालीमा वर्षाले ठूलो क्षति पुर्याएको हो। बनेपा नगरपालिकाको २ हजार १५० रोपनी क्षेत्रफलको मकै, धान, मूला, काउली, बन्दागोभी, रायो, साग लगायतमा क्षति पुगेको सेवा केन्द्रले जनाएको छ। यस्तै उग्रचण्डी गाविसको एक…
काठमाडौं : ललितपुरको महालक्ष्मीस्थानमा आज बिहान स्कुटरको ठक्करबाट एक भारतीय नागरिक गम्भीर घाइते भएका छन्। बिहान १० बजे बा ५५ प ३७५४ नम्बरको स्कुटरले ठक्कर दिँदा साइकलयात्री ३५ वर्षीय मोहम्महद नहिद मोदिन गम्भीर घाइते भएका हुन्। भारत घर भएका उनी हाल ललितपुरको गावाहल बस्दै आएका छन्। उनलाई उपचारको लागि पाटन अस्पताल लगिएको छ। दुर्घटनामा संलग्न स्कुटर र चालकलाई महानगरीय…