वीरगञ्ज : बारा प्रहरीले वीरगञ्जका उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न रहेको आरोपमा आज नेपाल विद्यार्थी संघका वर्तमान केन्द्रीय सदस्यसहित ५ जनालाई सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय बारामा गरिएको पत्रकार सम्मेलनमा सार्वजनिक गरिएका पाँच जना हुन्- नेविसंघका केन्द्रीय सदस्य महागढीमाई नगरपालिका–२ घर भएका ४२ वर्षीय वीरेन्द्र यादव सोही स्थानका २८ वर्षीय जियालाल यादव सोही नगरपालिका – १ बस्ने ४० वर्षीय…
काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’को चीन भ्रमण जेठ २८ गतेदेखि हुने भएको छ। बुधबारको मन्त्रिपरिषद बैठकले चीन भ्रमणबारे निर्णय गरेको हो। जेठ २८ गतेदेखि असार २ गतेसम्म उपराष्ट्रपति पुनले चीनको औपचारिक भ्रमण गर्नेछन्। उपराष्ट्रपति भएपछि पुनको यो पहिलो विदेश भ्रमण हो। यस्तै आजकै बैठकले दोस्रो जनआन्दोलनमा घाइते सिन्धु उप्रेतीलाई उपचारका लागि आर्थिक सहयोग गर्ने पनि निर्णय गरेको छ।…
काठमाडौं : गायक लोकबहादुर क्षेत्रीले ४० वर्षअघि गाएको ‘यो माया तिम्रै हो’ बोलको गीतलाई रिमेकमार्फत कमलमान सिंहले बजारमा ल्याएका छन्। लोकभाकामा गाइएको यो गीत अहिले बजारमा आइरहेका अन्य गीतको तुलनामा पृथक् भएकी गायकको दाबी छ। ७ दर्जनभन्दा बढी गीत गाइसकेका कमलमानले रिमेकसँगै यसको म्युजिक भिडियो पनि ल्याएका छन्। माधव त्रिपाठी र सम्पदा बनियाँले मोडलिङ गरेको भिडियोलाई मोहन अधिकारीले निर्देशन गरेका…
काठमाडौं : रुपन्देहीको बुटवलस्थित गोलपार्कमा पार्किङ गरी राखिएको तीन वटा बसमा आगजनी भएको छ। पार्किङ गरिराखेको लु १ ख ६९२६, लु १ ख ३९९६ र लु १ ख ६८७९ नम्बरको बसमा गएराति आगो लागेको हो। सो घटनाबारे अनुसन्धान भइरहेकाले कसले किन आगो लगायो भन्नेबारे खुलिनसकेको डिएसपी महेन्द्र खड्काले जानकारी दिए।
काठमाडौं : कास्कीको लेखनाथ नगरपालिका–१७ बहुमाराका राजेन्द्र गौतम नदीमा हाम्फालेर बेपत्ता भएका छन्। ३५ वर्षीय गौतम स्थानीय मधुरेघाटस्थित सेती नदीमा बुधबार हामफालेको प्रहरीले जनाएको छ। घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी टोली खटिए पनि उनी पत्ता लाग्न सकेका छैनन्। गौतम मालपोत कार्यालयमा काम गर्दै आएको बुझिएको प्रहरीले जनाएको छ।
काठमाडौं : जेठ ३० गते काठमाडौंको दशरथ रंगशालामा पार्टी घोषणा गर्न लागेको नयाँ शक्ति नेपालले २५ देशका राजदूत सहभागी हुने जनाएको छ। पार्टी स्थापना तथा घोषणासभामा विभिन्न २५ देशका राजदूत तथा कुटनीतिक नियोगलाई निम्ता पठाइएको र देशका सबै पार्टीका प्रमुख नेता र सांसदलाई समेत निमन्त्रणा गरिएको प्रवक्ता तथा एवं प्रचार–प्रसार उपसमितिका संयोजक खिमलाल देवकोटाले जानकारी दिए। देशका ७५ जिल्ला र विदेशका…
१५ औं संस्करणको युरो कप सुरु हुनु अघि फ्यानको भोटिङको आधारमा युरोकप खेल्ने अहिलेसम्म सर्वकालीन उत्कृष्ट टीम सार्वजनिक गरिएको छ। युरो २०१६ डट कम र एटयुइएफएयुरोमा ३५ लाखले गरेको भोटिङको आधारमा फ्रान्सको पेरिस सिटी हलमा उत्कृष्ट खेलाडीको सुचि सार्वजनिक गरिएको हो। सर्वकालिन उत्कृष्ट टीममा एक गोलरक्षक, चार डिफेन्डर, तीन मिडफिल्डर तीन फरवार्ड समावेश छन्। यस्तै उक्त टीममा सबैभन्दा बढी…
काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरु आज प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरे। सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा उनीहरु बालुवाटार पुगेका थिए। सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका शीर्ष नेताबीच लामो समयको अन्तरालपछि यसरी अरु दल संलग्न नभई वार्ता भएको हो। सत्ता गठबन्धनमै सरकारको नेतृत्व…
काठमाडौँ : नेपाली राष्ट्रिय गानका संगीतकार तथा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति अम्वर गुरुङको ७९ बर्षको उमेरमा मंगलबार निधन भएको छ। ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका पब्लिक रिलेसन म्यानेजर विनोद अधिकारीले सघन उपचार कक्ष (आइसियू) मा उपचाररत गुरुङको राति दुई बजेर ३७ मिनेटमा निधन भएको पुष्टि गरे। सम्बन्धित समाचार : अबिच्युरी - अमर रहनेछन् अम्बर : राष्ट्रिय गान र कम्पोज गरेका हजार…
एन्जल डि मारियाले उत्कृष्ट प्रदर्शन गरेपछि लियोनल मेसी बिना नै अर्जेन्टिनाले चिलीलाई हराउँदै कोपा अमेरिका सेन्टेनारियोमा विजयी सुरुवात गरेको छ। समुह डी अन्तर्गत मंगलबार बिहान भएको खेलमा अर्जेन्टिनाले चिलीलाई २–१ ले पराजित गरेको हो। क्यालिफोर्नियास्थित लेभिस स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा तीन गोल भएको थियो। ५१ औं मिनेटमा डि मारियाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए।…
काठमाडौं : कांग्रेस भातृ संगठन नेपाल विद्यार्थी संघको अधिवेशनको मिति आज तय हुने भएको छ। कांग्रेस पार्टी केन्द्रीय कार्यालयमा आज बस्ने नेविसंघको केन्द्रीय समितिको बैठकले मिति र समय तय गर्न लागेको हो। नेविसंघका अध्यक्ष रञ्जित कर्णले असार मसान्त भित्रै अधिवेशन गर्न मिति र स्थानको बैठकमा प्रस्ताव गर्नेछन्। काठमाडौं, पोखरा, चितवन र विराटनगर मध्ये कुनै एक ठाउँमा अधिवेशन गर्ने तयारी नेविसंघको…
काठमाडौँ : नेपाली राष्ट्रिय गानका संगीतकार तथा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति अम्वर गुरुङको ७९ बर्षको उमेरमा मंगलबार निधन भएपछि उनको परिवार शोकमा डुबेको छ। देशभरबाट श्रद्धाञ्जली व्यक्त भइरहँदा उनको परिवार भने ग्रान्डी अस्पतालमा शोकाकुल भयो। ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत गुरुङको राति दुई बजेर ३७ मिनेटमा निधन भएको थियो। सम्बन्धित समाचार : अबिच्युरी - अमर रहनेछन् अम्बर : राष्ट्रिय गान र…
गत शुक्रबार निधन भएका विश्व बक्सिङका लेजेण्ड मुहम्मद अलीको अन्त्येष्टिमा विश्वका विभिन्न नेता तथा उच्च स्तरका व्यक्तिहरु सहभागी हुने भएका छन्। टर्कीका राष्ट्रपति रेसेप टायिप इर्डोगान र जोर्डनका राज अब्दुल्लाह अलीको अन्त्येष्टि कार्यक्रममा आफ्नो भनाई राख्ने पारिवारिक प्रवक्ताले जनाएको बिबिसीले उल्लेख गरेको छ। यस्तै पूर्व अमेरिकी राष्ट्रपति विल क्लिन्टन र अभिनेता बिल्ली क्रिस्टलले पनि आफ्नो भनाई राख्नेछन्। अलीको होमटाउन केन्चुकीस्थित…
१) अम्बर गुरुङको जन्म वि.सं. १९९४ मा दार्जिलिङको लालढिकीमा भएको थियो। पुर्ख्यौली घर भने गोरखा जिल्लाको रिसिङ हो। उनका बाबु उजीरसिंह गुरुङ र आमा श्रीमती रेणुका गुरुङ हुन्। २) उनका तीन छोरा किशोर, राजु तथा शरदमणि र एक मात्र छोरी अलका छन्। ३) संगीतज्ञ गुरुङको औपचारिक अध्ययन भने आईएसम्म हो। ४) उनको गायन तथा संगीत सुरुवात वि.सं. २०१६ मा भएको…
काठमाडौँ : ६२ वर्षसम्म साथ दिएका जीवनसाथीले एकाएक छाडेर गएपछि बिना गुरुङलाई सम्हाल्नै मुस्किल थियो। त्यसो त उनी पनि प्यारालाइसिसबाट केही समयअघिदेखि नै थलिएकी थिइन्। २०११ सालमा आफू जन्मिएको ठाउँ दार्जिलिङमै अमरले भेट्टाएका थिए आफ्नो प्रेम। पछि यो जोडीले लभ म्यारिज गर्यो। त्यो समयमा पनि अन्तरजातीय विवाहको आँट गरेर उनीहरुले जोखिम मोलेका थिए। अन्तिम दर्शनका निम्ति नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा राखिएका गुरुङलाई…
काठमाडौं : संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले आफुहरु सरकार बनाउने र भत्काउने खेलमा नलाग्ने बताएका छन्। संघीय गठबन्धनले मंगलबारदेखि सुरु गरेको रिले अनसनमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै उनले सरकार बनाउने र गिराउने खेलको जिम्मा एमाले, माओवादी केन्द्र र कांग्रेसले मात्र लिएको दावी गरे। 'सरकार बनाउने र भत्काउने खेलमा मधेसी मोर्चा र संघीय गठबन्धन लाग्दैन त्यो जिम्मा एमाले माओवादी र कांग्रेसले…
काठमाडौं : प्रस्तावित रसुवागढी-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्न चीनको चाइना रेलवे कन्स्ट्रक्सन कर्पोरेशन लिमिटेड (सिआरसिसी)ले प्रस्ताव पेश गरेको छ। चीनसँगको रेलवे नेटवर्क जोडिने यो रेलमार्गको सम्भाव्यता अध्ययन गर्न यो कम्पनीले प्रस्ताव गरेको नेपालको रेलवे विभागले सोमबार चिनियाँ समाचार एजेन्सी सिन्ह्वालाई जानकारी दिएको छ। रेलवे विभागका महानिर्देशक अनन्त आचार्यले दुई साताअघि सिआरसिसीले रेलमार्गको सम्भाव्यता अध्ययन गर्न आवेदन गरेको जानकारी दिए। चीनसँगको…
कोपा अमेरिका सेन्टेनारिया अन्तर्गत समूह सीको खेलमा उरुग्वेलाई मेक्सिकोले ३–१ ले पराजित गरेको छ। अमेरिकाको अरिजोनास्थित फोएनिक्स स्टेडियममा भएको खेलमा मेक्सिकोले अन्तिम ५ मिनेटमा दुई गोल गरेर खेल आफ्नो पक्षमा पार्यो। खेलको चौथो मिनेटमा उरुग्वेका अल्भारो परेइराले आत्मघाती गोल गरेपछि मेक्सिकोले अग्रता लिएको थियो। पहिलो हाफको अन्त्यतिर उरुग्वेलाई अर्को झड्का लाग्यो। माटिएस भेसिनो दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिएपछि उरुग्वे…
काठमाडौं : नयाँ शक्ति नेपालले आफ्ना सप्तरी जिल्ला संयोजक अरुण साह पक्राउ गरेकोमा विरोध जनाएको छ। सशस्त्र द्न्वद्न्वमा भएको घटनामा दोषी रहेको आरोपमा उनलाई आइतबार पक्राउ गरिएको भन्दै नयाँ शक्ति नेपालले विरोध जनाएको छ। सशस्त्र द्वन्द्वको बेला भएको घटनाहरुको छानविनका लागि सत्य निरुपण तथा मेलमिलाप आयोग गठन भइ काम थालनी गरिसकेको अवस्थामा राज्यको यस्तो ब्यबहारले शान्ति प्रक्रिया तार्किक निष्कर्षमा नपुग्ने…
काठमाडौँ : प्रथम वीरगणेशमान सिंह स्मृति राष्ट्रिय ह्याण्डबल प्रतियोगीताको पुरुष तथा महिला दुवै तर्फको उपाधी सशस्त्र प्रहरी बलको एपिएफ क्लबले जितेको छ। सदावहार खेलकुद समाजले कपनको बाटुलेचौरमा आयोजन गरेको प्रतियोगिताको पुरुष तर्फको फाइनलमा एपिएफले हिमालयन क्लबलाई २७ – २५ ले हरायो। त्यस्तै महिला तर्फको फाइनलमा एपिएफकै महिला टोलीले त्रिभुवन आर्मी क्लबलाइ पराजित गर्यो। एपिएफले त्रिभुवन आर्मी क्लबको महिला टोलीलाई २३…