इण्डियन प्रिमियर लिग आइपिएल सुरु भएको ९ वर्ष बितिसकेको छ। तर रोयल च्यालेन्जर्स बैंगलोरले अहिलेसम्म उपाधि जित्न सकेको छैन। सन् २००९ र सन् २०११ मा फाइनलमा पुगे पनि दुवैपटक बैंगलोर पराजित हुन पुग्यो। गत वर्ष सन् २०१५ मा पनि बैंगलोर क्वालिफायर राउण्डसम्म पुगे पनि अगाडि बढ्न सकेन। यसपटकको आइपिएलमा पनि बैंगलोर फाइनल प्रवेश गरिसकेको छ र उ उपाधी हात पार्न…
इण्डियन प्रिमियर लिग (आइपिएल)को फाइनल प्रवेशका लागि सनराइजर्स हैदरावादले गुजरात लायन्सको सामना गर्ने भएको छ। बुधबार भएको खेलमा कोलकोता नाइट राइडर्सलाई २२ रनले हराउँदै हैदरावादले फाइनल प्रवेशको सम्भावनालाई जीवितै राखेको हो। सनराइजर्स हैदरावाद र गुजरात लायन्सबीच हुने दोश्रो क्वालिफायर म्याचको विजेता टिमले फाइनलमा रोयल च्यालेन्जर्स बैंगलोरको सामना गर्नेछ। दिल्लीस्थित फिरोज शाह कोटला मैदानमा भएको खेलमा सनराइजर्स हैदरावादले दिएको १…
काठमाडौं : राप्रपा नेपाल समानान्तरका नेतृत्व पंक्तिले ‘राष्ट्र र राष्ट्रियता सुदृढ गर्न नेपालमा राजसंस्थाको आवश्यकता रहेको’ बताएका छन्। पार्टीद्वारा आयोजित ‘राष्ट्र, राष्ट्रियता र राप्रपा नेपाल समानान्तर’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनीहरुले जनताको चाहना पनि राजसंस्था नै रहेको दाबी गरे। ‘नेपालको वस्तुस्थिति, सामाजिक, राजनीतिक, सांस्कृतिक परिवेश र भूराजनीतिको आधारमा पनि राजसंस्था आवश्यक छ,’ राप्रपा नेपाल समानान्तरका कार्यवाहक अध्यक्ष…
काठमाडौं : वन्यजन्तु आखेटोपहार ओसारपसारमा संलग्न ४१ वर्षीय तेन्जिङ शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सिन्धुपाल्चोक घर भई काठमाडौं महानगरपालिका–६ बौद्ध टुसाल बस्दै आएका उनलाई गोप्य सूचनाका आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले टुसालबाटै मंगलबार पक्राउ गरेको हो। २०६९ पुस २८ गते काठमाडौं महानगरपालिका–६ स्थित अटो क्लिनिक नामक ग्यारेजमा पार्किङ गरी राखेको उनकै बा२च ८२०० नम्बरको टोयोटा गाडीको डिक्कीभित्र…
पोखरा : विभिन्न प्रलोभनमा पार्दै नशालु पदार्थ सेवन गराई लुटपाट गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी कार्यालय कास्कीले विषेश सूचनाको आधारमा स्याङ्जा स्वरेक ७ बस्ने ४९ वर्षीय विकास भन्ने डिलबहादुर सेन ठकुरी, ४५ वर्षीय लालेबहादुर दमै, नवलपरासी अरुणखोला ८ बस्ने ३७ वर्षीय प्रकाश सुनार, पर्वत हसौनी ६ का ४९ वर्षीय राम गुरुङ र कास्कीमै बस्दै आएका ४५ वर्षका…
काठमाडौं : अवैध रुपमा भित्र्याइएको साढे तीन किलो सुनसहित भारतीय मुलका एक व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। सिंगापुरका नागरिक मारुगाइयन सेल्भकलाई विमानस्थलको भन्सारले नियन्त्रणमा लिएको छ। उनी मालिन्दो एयरको ओडी ८०४ लाइटबाट मंगलबार राति करिब साढे ८ बजे विमानस्थल झरेका थिए। सेल्भकले ल्याएको माइक्रोवेभमा ३७ पिस सुन लुकाई राखेको अवस्थामा भन्सारले बरामद गरेको छ। अवैध रुपमा सुन भित्र्याएका उनलाई अहिले अनुसन्धानको…
ललितपुर : ललितपुरस्थित यातायात कार्यालय परिसरबाट सेवाग्रहीलाई दु:ख दिने र बिचौलियाको काम गर्ने २६ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुले 'काम चाँडै गरिदिने' भन्दै सेवाग्राहीबाट ५ सयदेखि ५ हजार रुपैयाँसम्म उठाउने गरेका थिए। पक्राउ पर्नेहरुमा १९ महिला र ७ जना पुरुष रहेका छन्। केही महिनाअघि महानगरीय प्रहरी परिसर ललितपुरले पनि बागमती यातायात व्यवस्था कार्यलयबाट सेवाग्रहीलाई दु:ख दिँदै बढी रकम असुल्ने ४० जनालाई पक्राउ…
काठमाडौं : लामो समयदेखि नाटक मञ्चनमा सक्रिय सर्वनाम थिएटरले मंगलबारदेखि चित्रकला प्रदर्शनीको नियमित कार्यक्रम थालेको छ। ‘कलायान’नाम दिइएको सो प्रदर्शनी नाटकघरमै रहेको सर्वनाम आर्ट ग्यालरीमा सञ्चालन गरिनेछ। प्रदर्शनीको उद्घाटन गर्दै शिक्षाविद् केदारभक्त माथेमाले सरकारी तवरबाट हुनुपर्ने काम निजी स्तरबाट भएकोमा प्रशंसा व्यक्त गरे। सर्वनामका निर्देशक अशेष मल्लले कलाका सबै विधा समेटिएको भवन बनाउने सपना पूरा भए पनि कलाको अभाव खट्किएकाले यो…
पर्सा : दुई नाबालक छोरीको हत्या गरेको अभियोगमा बारा कलैया बस्ने २२ वर्षीया सविता देवीलाई प्रहरीले पक्राउ गरेको छ। सविताले मंगलबार वीरगन्ज उपमहानगरपालिका–१८ भेडियाइस्थित खोलामा आफ्नी छोरीहरु ४ वर्षीया काजल र ३ वर्षीया अनितालाई पानीमा डुबाई हत्या गरेकी थिइन्। छोरीहरुको हत्यापछि आफूले समेत आत्महत्या गर्न खोजेको अवस्थामा स्थानीयवासीले देखेका थिए। प्रहरीको सहयोगमा पक्राउ गरिएकी उनीबारे अनुसन्धान भइरहेको छ।
काठमाडौं : ट्राफिक प्रहरीले वृद्धि गरेको जरिवाना फिर्ताको माग गर्दै जेठ १३ गते चक्काजाम घोषणा गरेका यातायात व्यवसायीले निजी सवारी साधन चल्न दिने भएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवार्इमा बुधबार बसेको बैठकले भाडाका सवारी साधनलार्इ पूर्ण रुपमा रोक लगाउने तर निजी सवारी साधनलार्इ कुनै अवरोध नगर्ने निर्णय गरेको हो। महासंघका महासचिव सरोज सिटौलाले निजी सवारी साधनलार्इ समेत…
यात्रा गर्दा सबैभन्दा धेरै तनाव हुने विषय हो ट्राफिक जाम। महत्वपूर्ण समयलाई यसैले किल गरिरहेको हुन्छ। चीनको राजधानी बेइजिङमा आयोजित १९ औं इन्टरनेसनल हाइ-टेक एक्पोमा यस्तो बसको डिजाइन सार्वजनिक भयो कि त्यसले ट्राफिक जाम नै बेहोर्न पर्दैन। बिद्युतीय यो बसलाई ओभरल्याप बस पनि भनिएको छ। वाइड आकारको यो बसमा एकैपटक १४ सय प्यासेन्जर यात्रा गर्न सक्छन् भने सडकमा यो बस…
काठमाडौँ : ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा तोडफोड भएको छ। सवारी चालक अनुमतिपत्र बागमतीको सो कार्यालयमा तोडफोड हुँदा भवन नं १ को सबै सिसा फुटेका छन्। कार्यालय प्रमुख उमेश बस्नेतका अनुसार करिब डेढ लाखको क्षति पुगेको छ। मंगलबार दिउँसो सेवाग्राहीको फाइल बोकेर राजस्वबाहेक अतिरिक्त पैसा लिई काम गर्ने २६ जना बिचौलियालाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको थियो।…
काठमाडौं : फिल्मको पटकथा लेखनमा लामो समयदेखि लागिरहेका अभिमन्यु निरवी पहिलो आख्यान कृतिका साथ आउने भएका छन्। उनको नयाँ कथा संग्रह ‘साउने झरी’ जेठमै आउने भएको हो। समाजका स-साना विषयलाई टिपेर सुन्दर ढंगले कथा बुन्न सिपालु निरवीका फुटकर कथा दैनिक पत्रिका तथा अनलाइनहरुमा प्रकाशित छन्। विविध समसामयिक विषयमा तयार पारेका २० वटा कथाहरुको संकलन ‘साउने झरी’ जेठ २२ गतेदेखि बजारमा…
काठमाडौं : नेपाललाई ट्रान्जिट बनाएर कोकिनको अन्तर्राष्ट्रिय कारोबार गर्ने ४ जनालाई लागूऔषध नियन्त्रण ब्युरोको टोलीले राजधानीको विभिन्न स्थानबाट पक्राउ गरेको छ। ब्युरोले २ किलो ६ सय ८३ किलोग्राम कोकिन र करिब १३ लाख रुपैयाँ सहित उनीहरुलाई नियन्त्रणमा लिएको हो। आज पत्रकार सम्मलेन गरी सार्वजनिक गरिएकाहरुमा नेपाली नागरिकसहित भारतीय, नाइजेरियन र भेनेजुएलाका नागरिक पनि छन्। पक्राउ पर्नेहरुमा तनहुँ धर्मपानी ९ घर भई काठमाडौंमा बस्दै…
काठमाडौं : गायक श्याम कार्कीको डेब्यू एल्बम ‘ट्वेन्टी सिक्सटिन’ काठमाडौंमा सार्वजनिक भएको छ। मोडलिङमा समेत सक्रिय गायक कार्कीको यो एल्बममा आधुनिक तथा पप शैलीका गीत–संगीत समावेश छन्। एल्बममा समावेश ६ वटा गीतमा विराट कडरिया, अर्जुन पोखरेल, राजन तिमिल्सिना, राम सिटौला तथा रवि मल्लले संगीत भरेका छन्। गीतहरुमा रवि मल्ल, सुशीला पौडेल, रुपा पाण्डे, राजन तिमिल्सिना, विमल गौतम तथा राम…
काठमाडौँ : राष्ट्रिय गानका सङ्गीतकार अम्बर गुरुङ नसा र पाचन प्रणालीमा समस्याका कारण थलिएका छन्। केहि महिनाअघि भारतको नयाँदिल्ली नजिकैको मेदान्त अस्पतालमा उपचार गराएर फर्किए पनि उनको स्वास्थ्य स्थिति पूरै ठिक हुन सकेको छैन। २०७२ फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले उनको उपचार खर्च बेहोर्ने निर्णय गरेको थियो। गुरुङका छोरा राजुका अनुसार सरकारले आफ्नो प्रतिबद्धता पूरा पनि गर्यो। त्यसयता…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका विषयमा माग राखी आन्दोलन गरिरहेको विषयमा छलफल गर्न सरकारमा रहेका दल, प्रमुख प्रतिपक्षी कांग्रेस र आन्दोलनरत मधेस केन्द्रित दललाई आमन्त्रण गरेका छन्। सर्वदलीय बैठक मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहान साढे १० बजे बस्नेछ। छलफलमा संसद्मा रहेका सबै दललाई बोलाइएको उहाँका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिएका छन्।
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा मधेसी मोर्चाका नेताहरु अनुपस्थित भएका छन्। सिंहदरबारमा भरखरै सुरु भएको बैठकमा विभिन्न दलका नेताहरु पुगे पनि आन्दोलनरत मोर्चाका कुनै नेता गएनन्। आफू सार्थक वार्ताको पक्षमा रहेको भन्दै प्रधानमन्त्री ओलीले हिजो आन्दोलनरत संयुक्त मधेसी मोर्चाले दिएको पछिल्लो पत्रको प्रत्युत्तर पठाउँदै वार्ताको आह्वान गरेका थिए। बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, रामबहादुर थापा बादल, नारायणकाजी…
काठमाडौं : विद्यार्थी संगठनहरुले शैक्षिक क्षेत्रमा देखिएको माफियाकरण रोक्न बिहीबार शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई भेटेर तीन दिनको अल्टिमेटम दिने भएका छन्। नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यालय धोबिधारामा आज बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले यस्तो निर्णय गरेको हो। नेविसंघका प्रवक्ता युपी लामिछानेले विगतका सहमतिसँगै एक महिनाअघि वर्तमान शिक्षामन्त्रीसँग गरिएको सहमति पालना नभएपछि अल्टिमेटम दिएर आन्दोलनको तयारीमा लागेको बताए। 'शैक्षिक क्षेत्रमा देखिएका विकृति…
काठमाडौं : उदारवादी अर्थतन्त्र र स्वतन्त्र मिडियाको औचित्यलाई नै संकुचित गराउँदै मिडिया व्यवसायीले सरकारसँग बजेट मागेका छन्। सरकारले सञ्चालन गरेको गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनलाई जसरी पैसा दिइन्छ आफूहरुले पनि त्यसैगरी रकम पाउनुपर्ने माग निजी क्षेत्रका मिडिया सञ्चालकहरुले गरेका हुन्। मिडिया सञ्चालकहरुको संस्था नेपाल मिडिया सोसाइटीले सञ्चारमन्त्री शेरधन राईलाई भेटी सरकारले तोकेको न्युनतम पारिश्रमिक तिर्ने हो भने सरकारबाट रकम…