काठमाडौं : संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र श्रम समितिले नेपाल-भारतको सीमा नजिक बन्न लागेको हुलाकी राजमार्ग तीन वर्षभित्र पूर्णता दिन सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले हुलाकी राजमार्ग 'राष्ट्रिय गौरव'को आयोजना भएको भन्दै यही आर्थिक वर्षबाट आवश्यक बजेट व्यवस्था गर्न पनि मन्त्रालयलाई निर्देशन दिएको हो। 'आगामी तीन वर्षभित्र हुलाकी राजमार्गलाई अनिवार्य सम्पन्न गर्ने गरी बजेटको सुनिश्चित गर्न नेपाल…
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले संविधान कार्यान्वयनको जिम्मेवारी लिने तर सत्ताका लागि राजनीति नगर्ने बताएका छन्। कांग्रेस रुपन्देहीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा पौडेलले संविधान कार्यान्वनका लागि कांग्रेसलाई सत्ता आवश्यक नहुने बताए। 'संविधान निर्माणको नेतृत्व गरेको कांग्रेसले संविधान कार्यान्वयनको पनि जिम्मेवारी लिनुपर्छ,' पौडेलले भने, 'संविधानसभा कांग्रेसले संकल्प गरेको बिषय हो। संविधानले पनि कांग्रेसले आत्मसात गरेको आदर्श र सिद्धान्त…
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सार्थक वार्ताको पक्षमा रहेको अवगत गराउँदै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले दिएको पछिल्लो पत्रको प्रत्युत्तर पठाएका छन्। प्रधानमन्त्रीले पत्र पठाएको ट्विट मार्फत जानकारी दिदैँ लेखेका छन् - 'वार्तामा आउन पुन पत्राचार गरेको छु। आशा छ वार्ता सार्थक हुनेछ।' गत बैशाख ३१ गते मोर्चाले सरकारको तर्फबाट उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले पठाएको पत्रको जवाफमा…
काठमाडौँ : प्रकृति र पितृपूजक किरात समूदायको प्रमूख चाड उभौली शनिबारदेखि सुरु भएको छ। वैशाख पूर्णिमाबाट सुरु हुने यो चाड राई, लिम्बू, सुनुवार, याक्खा आदिले भुमिदेव साकेलाको पूजा गर्दै र सिली नाच्दै मनाउँछन्। बहुभाषी किरात समूदायले आफ्नो भाषाअनुसार यसलाई साकेला, साकेन्वा, धिरिनाम,सालिवा, चासोक तङनाम आदि विभिन्न नामले दिएका छन्। बालीनाली सप्रियोस्,अतिबृष्टि अनाबृष्टि नहोस्, रोगव्याधि नलागोस्, भनेर पूजाआजा गर्द नाचिने सिली यस…
काठमाडौं : इंगलिस क्लब म्यानचेस्टर युनाइटेडले नयाँ प्रशिक्षकको रुपमा जोस माउरिन्होलाई भित्र्याउने भएको छ। शनिबार म्यान युले ५३ वर्षिय पोर्चुगाली नागरिक माउरिन्होसँग यस बारेमा सैद्धान्तिक सहमति गरेको विविसीले उल्लेख गरेको छ। चालु सिजनमा प्रशिक्षक लुइस भान गालको नेतृत्वमा क्लब च्याम्पियन्स लिग क्वालिफाइ पनि हुन नसकेको अवस्थामा म्यान यु ले उनलाई परिवर्तन गर्न खोजेको हो। माउरिन्हो गएको डिसेम्बरमा चेल्सीबाट बर्खास्तीमा परेका…
काठमाडौं : नेपालका उत्तम मोक्तानले ५० घण्टा १५ मिनेट लगातार योग म्याराथन गरी विश्व रेकर्ड कायम गरेका छन्। यसअघि सो रेकर्ड भारतीय नागरिक योगराज सीपीको नाममा थियो। उनले ४० घण्टा १५ मिनेट विविध योगासन गरी राखेको विश्व रेकर्डलाई उत्तमले तोडेका हुन्। उत्तमले राखेको कीर्तिमानलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डले भर्खरै मान्यता दिएको छ। २०१५ डिसेम्बर १७ देखि १९ सम्म उनले…
काठमाडौं : भारत कोलकाताका चार जना आरोहीले शनिबार बिहान सगरमाथाको आरोहण गर्दा अरु तीन जना भने ८ हजार मिटर भन्दा माथिको डेथ जोन क्षेत्रबाट सम्पर्क बिहीन भएका छन्। यो खबर आरोही राजीव भट्टाचार्यको सातौं अग्लो हिमाल धौलागिरीबाट खसेर मृत्यु भएको भोलीपल्ट आएको हो। कोलकाताका रमेश रोय, मलाय मुखर्जी, सत्यरुप सिद्धान्त र रुद्रप्रसाद हल्दर शनिबार बिहान ५:४० मा सर्वोच्च शिखर सगरमाथामा…
ऋषिकेश दाहाल/विज्ञान अधिकारी - काठमाडौँ : अहिलेको यो महँगीमा एक छाक भात, दाल, दुई थोक तरकारी र अचार खाँदा कूल साढे ३ रुपैयाँ लाग्छ भन्दा अपत्यारिलो लाग्न सक्छ। तर बाराको सिमरास्थित सूर्य नेपालभित्र रहेको क्यान्टिनमा हामी पुग्दा मानिसहरु त्यही रकममा खाना खाँदै थिए। थप खाना मगाउनेहरु पनि उत्तिकै। ३ रुपैयाँ ५० पैसा तिर्दा यहाँको क्यान्टिनमा ३ सय ५० ग्राम भात,…
अस्ट्रियामा आयोजित ओपन कन्सर्टमा जथाभावी गोली चलाउँदा दुई मानिसको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। बन्दुकधारीले पछि आफूलाई पनि गोली हाने जसबाट उनको मृत्यु भयो। बन्दुकधारीसँग एक युवतीबीच कार पार्किङमा चर्को झगडा परेको थियो। त्यसपछि त्यही झोकमा बन्दुकधारी युवकले कन्सर्टमा रहेका मानिसहरुलाई गोली हान्न थाले। प्रत्यक्षदर्शीका अनुसार बन्दुक झिकेर कारबाट बाहिरिएका ती युवक पार्किङबाट सोझै कन्सर्ट भएको…
आशिकी २ सन् २०१३ मा रिलिज भएको चर्चित फिल्म हो जसमा थिए आदित्य रोय कपुर र श्रद्धा कपुर। यो फिल्म प्लट र एक्टरका कारणमात्र चर्चित थिएन। म्युजिक यसको सफलताको मन्त्र थियो। बक्सअफिसमा जसरी सफल भयो अडियन्सले पनि उत्तिकै यसलाई साथ दिए। यो फिल्मको पछिल्लो डेभलोपमेन्ट भनेको तेस्रो सिक्बेलमा हिरोइनमा आलिया भट्ट आउँदैछिन्। फिल्म महेश भट्ट र मुकेश भट्टले बनाउँदैछन्। त्यसो…
काठमाडौं : नेपाल विद्यार्थी संघका नेतृहरुले छात्रा सशक्तिकरण अभियान संचालन गर्ने भएका छन्। आज काठमाडौंमा भेला गरी नेविसंघ सुधार गर्दै देशव्यापी छात्रा सशक्तिकरण अभियान संचालन गर्ने निर्णय गरेको हो। उनीहरुले आफ्नातर्फबाट देशव्यापी अभियान घोषणा गर्दै पार्टी र नेविसंघ नेतृत्वलाई संगठन सुधारका लागि ६ बुँदे माग समेत अघि सारेका छन्। यस्ता छन् उनीहरुका माग १. विगत नौ वर्षदेखि हुन नसकेको नेविसंघको…
काठमाडौं : नासा बुलेट क्लबको अगुवाइमा काठमाडौं–लुम्बिनी–रारा बुलेट पिस राइड आजदेखि सुरु भएको छ। ११ दिनसम्म चल्ने उक्त राइडका लागि सहभागीहरु आज काठमाडौंबाट प्रस्थान गरिसकेका छन्। २५६०औं बुद्ध जयन्तीको अवसर पारेर काठमाडौंबाट सुरु भएको पिस राइड नारायणगढ, लुम्बिनी, नेपालगन्ज, सुर्खेत हुँदै रारा तालसम्म पुग्ने आयोजकले बताए। पिस राइडमा बुलेट अर्थात् रोयल इन्फिल्डका बाइक राइडरहरु सहभागी हुनेछन्। सो यात्रामा १७…
कृष्ण ओली - नेपालगन्ज : मध्यरातमा खोलाबाट ढुङ्गा, बालुवा, गिट्टी तस्कर गर्दै गरेको अवस्थामा प्रहरीले स्काभेटर, टिपर र ट्याक्टरहरु नियन्त्रणमा लिएको छ। कचनापुर ८ मा रहेको राप्ती खोलाबाट ढुङ्गा, बालुवा, गिट्टी लोड गर्दै गरेको अवस्थामा दीपक क्रसर उद्योगका २ वटा स्काभेटर, १ वटा टिपर र २ वटा ट्याक्टर इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको हो। बुधबार राति क्रसर उद्योगमा…
अस्टाना : एआइबीए महिला विश्व बक्सिङ च्याम्पियनको सेकेन्ड राउन्डमा पराजित भएपछि ५ पटक विश्व विजेता रहेकी एमसी मेरी कोमको ओलम्पिक यात्रा टुंगिएको छ। ५१ केजी समूहमा भिडेकी मेरी कोमले सन् २०१२ को लन्डन ओलम्पिकमा कास्य पदक हासिल गरेकी थिइन्। विश्व च्याम्पिय काजकिस्तानमा भइरहेको छ। उनलाई जर्मनीकी अजिजा निमानीले ०-२ ले पराजित गरिन्। निमानीले अब इटलीकी दाभिदा मर्जियासँग भिड्ने छिन्। गर…
काठमाडौँ : कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले गरेको एउटा राष्ट्रव्यापी सर्वेक्षणले यौनजन्य हिंसा हुने चिन्ता सप्तरी जिल्लाका बासिन्दालाई सबभन्दा बढी रहेको र कास्की जिल्लाका बासिन्दालाई सबभन्दा कम रहेको देखाएको छ। हिमाल पहाड तराई र काठमाडौँ उपत्यका लगायतका १० जिल्लाका ५० वटा गाविस र नगरपालिकालाई आधार मानेर गरिएको अपराधसम्बन्धी बेसलाइन सर्वेक्षण प्रतिवेदनमा उत्तरदातालाई आफू वा आफ्नो परिवारका सदस्य माथि यौनजन्य हिंसा हुनसक्छ…
काठमाडौं : नेपाल विद्युत प्राधिकरणले आजदेखि लागू हुने गरी लोडसेडिङको समय घटाएको छ। चर्को लोडसेडिङ खेप्दै आएका विद्युत उपभोक्तालाई यसले केही राहत मिल्ने भएको छ। यसअघि दैनिक ११ घन्टा लोडसेडिङ हुँदै आएकोमा १ घन्टा घटाई दैनिक १० घन्टामा झारिएको हो। नदीमा पानीको बहाव केही बढेपछि विद्युत उत्पादनमा सुधार भएकाले राष्ट्रिय प्रसारणमा विद्युत आपूर्ति थपिएको छ। विद्युत उत्पादन केही बढेको कारण…
काठमाडौं : सिजन मिडियाले आयोजना गरेको एसएलसी प्रिन्सेज २०१६ मा सहभागी प्रतियोगीहरुले शुक्रबार पशुपति स्थित वृद्धाश्रममामा पुगेर बिस्कुट, चाउचाउ, जुस तथा फलफुल वितरण गरे। प्रतियोगिहरुले वृद्धवृद्धासँग केही समय समेत बिताए। साथै उनीहरुको कुरा सुने। लगत्तै पशुपति दर्शन समेत गर्न भ्याए। हेर्नुस् फोटो- फोटोहरु : सिजन मिडिया
काठमाडौं : आफ्नै रेकर्ड तोड्दै ल्हाक्पा शेर्पा सबैभन्दा बढीपटक सगरमाथा आरोहण गर्ने विश्वकी पहिलो महिला बनेकी छन्। यसअघि आफ्नै नाममा रहेको छ पटक आरोहणको रेकर्ड उनले तोडेकी हुन्। आज बिहान ५ बजे सगरमाथाको सफल आरोहण गरेपछि उनी ‘सातौंपटक सगरमाथा आरोहण गर्ने विश्वकी प्रथम महिला’ बनेकी हुन्। सन् २००२ मा एकै परिवारका दिदीबहिनी र भाइसँगै सगरमाथाको चुचुरोमा पुगेपछि उनले…
काठमाडौं : गिरानचौर एकीकृत बस्ती निर्माणमा जुटेका हास्य कलाकार सीताराम घिमिरे (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई नायिका रेखा थापाले आर्थिक सहयोग गरेकी छिन्। धुर्मुस-सुन्तली फाउन्डेसनको कार्यालयमै पुगेर उनले एक लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेकी हुन्। सहयोग हस्तान्तरण गर्दै उनले धुर्मुस-सुन्तलीले गरेको कामको प्रशंसा गरेकी थिइन्। ‘उहाँहरुले सम्पूर्ण कला जगतको प्रतिनिधित्व गरिरहनुभएको छ,’ रेखाले भनिन्, ‘यो त मेरो सानो सहयोग…
काठमाडौं : उपप्रधानमन्त्री कमल थापाले तोकिएको मितिमा स्थानीय निकायको निर्वाचन सम्पन्न गर्ने वातावरण निर्माण गर्न सबै पक्षलाई आग्रह गरेका छन्। राप्रपा नेपालले आज राजधानीमा गरेको ‘स्थानीय निकायको निर्वाचन किन?’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले देश र जनताको हितका लागि निर्वाचन अत्यावश्यक रहेको औंल्याए। दलगत स्वार्थभन्दा माथि उठेर यसलाई सम्पन्न गर्न सम्पूर्ण राजनीतिक दलहरुको सहयोगको अपेक्षा समेत उनले गरेका…