काठमाडौं : मधेसी मोर्चाले बहिस्कार गरेपछि बसेको अन्य दलहरुको बैठक सकिएको छ। मुख्यत: आन्दोलनरत मेधसी मोर्चाको नाममा पत्र लेखी प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो वार्ताका लागि आह्वान गरेका थिए। मोर्चाका नेताहरु अनुपस्थित भए पनि सत्तारुढ घटक, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र संसदमा प्रतिनिधित्व गर्ने अन्य दलका नेताहरुबीच छलफल भएको थियो। कांग्रेस नेता महेश आचार्यले सरकारलाई सकारात्मक वार्ताका लागि…
काठमाडौँ : ‘स्वप्नद्रष्टा’ प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले समेत व्यङ्य गर्दै यथार्थपरक सपनामात्र देख्न सुझाव दिएका छन्। मंगलबार मदन भण्डारी अध्ययन केन्द्रले राजधानीको होटल ब्लुबर्डमा आयोजना गरेको कार्यक्रममा उनले मनमा लागेको कुरा गर्ने भए ताप्लेजुङदेखि दार्चुलासम्म केबलकार जोडे पनि हुने सुझाव दिए। विश्वका आठै वटा उच्च शिखर हेर्ने गरी केबलकार जोड्दा चढ्नेहरुलाई पनि निकै रमाइलो…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’लाई अवहेलना मुद्दामा तीन दिनभित्र जवाफ दिन सर्वोच्च अदालतले आदेश दिएको छ। कामु प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले आफैं अदालतमा उपस्थित भई जवाफ दिन आज आदेश दिएको हो। दाहालविरुद्ध गएको जेठ ३ गते अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालत ऐनको दफा ७ (१) बमोजिम अदालत अवहेलनाको मुद्दा दायर गरेका थिए। प्रचण्डले एक…
काठमाडौं : अभिनेता अर्पण थापा र अभिनेत्री प्रियंका कार्कीबीच पछिल्लो समय शंका र असमझदारी बढ्दै गएको छ। यो दृश्य बालाजु नजिक फुटुङमा भइरहेको फिल्म सुटिङका क्रममा देख्न सकिन्छ। फिल्म ‘अनागत’मा पति-पत्नीको सम्बन्धमा रहेका उनीहरुबीच विभिन्न मानसिक द्वन्द्व उत्पन्न हुन्छ। कतिसम्म भने पत्नीको भूमिकामा रहेकी कृति (प्रियंका) ले आफ्नै पति सुरेश (अर्पण) को हत्याको षड्यन्त्र समेत रच्न पुग्छिन्। 'शंका…
काठमाडौं : राजधानीकेन्द्रित आन्दोलन गरिरहेको संघीय गठबन्धनले आज भक्तपुरमा प्रदर्शन गरेको छ। भक्तपुरको न्यातपोलमा भएको विरोध सभामा फोरम नेपालका वरिष्ठ नेता अशोक राई, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारी, तराई सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव, संघीय लिम्बूवान पार्टीका अध्यक्ष कुमार लिङदेन लगायतका नेताहरु सहभागी थिए। मधेसबाट उक्लिएको मधेसी मोर्चा तथा पहाड र हिमालबाट केन्द्रित जनजातिको फरक भाषा, संस्कृति…
काठमाडौँ : सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संयुक्त मधेसी मोर्चाको माग संविधान पुनर्लेखन नभई संशोधन भएको बताएका छन्। रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले संविधानमा जुनजुन धारामा गल्ती छ त्यसलाई सच्याएर संशोधन गरिनुपर्ने बताए। ‘हामीले संविधान पुनर्लेखनको कुरा गरेर फेरि अर्को संविधानसभा जन्माउने कुरा गरेका होइनौँ,’ अध्यक्ष महतोले भने, ‘गल्ती भएका धारा सच्याएर संशोधन गर्न भनेका हौँ।’ …
काठमाडौँ : जेपी प्रतिष्ठानले आमाबाबुको राम्रो स्याहार सुसार गर्ने व्यक्तिलाई लक्षित गरी ५५ हजार ५५५ रुपैया राशीको नयाँ पुरस्कारको सुरुवात गरेको छ। जेपी प्रतिस्ठानका संस्थापक अध्यक्ष मित्रसेन दाहालले पिता जयप्रसाद दाहाल र आमा डम्मरकुमारी दाहालको नामबाट यस्तो पुरस्कार वितरणको थालनी गरेका हुन्। दाहालले आमा डम्मरकुमारीको प्रथम वार्षिकीका अवसरमा सुरु गरेको यस वर्षको जेपी डम्मरकुमारी पुरस्कार जेष्ठ नागरिक राष्ट्रिय महासंघलाई प्रदान…
काठमाडौं : रोयल च्यालेन्जर्स बैंगलोर इण्डियन प्रिमियर लिग (आइपिएल)को फाइनलमा पुगेको छ। गुजरात लायन्सलाई ४ विकेटले पराजित गर्दै बैंगलोर फाइलनमा पुगेको हो। गुजरातले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको बैंगलोरले १८ ओभर २ बलमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो। रोयल च्यालेन्जर्स बैंगलोरको जितमा एबि डे भिलियर्सले उत्कृष्ट पारी खेले। मात्र २९ रन हुँदा ५ विकेट गुमाएको बैंगलोरलाई फाइनल…
काठमाडौं : आइतबार राती कोपा डेल रेमा सेभिल्लालाई २- ० ले हराउँदै बार्सिलोनाले चालु सिजनमा स्पेनिस ला लिगा सहित दुईवटा उपाधि हात पारेको छ। आइतबार रातीको खेलमा बार्सिलोनाले सेभिल्लालाई अतरिक्त समयमा दुई गोल गर्दै उपाधि कोपा डेल रे को उपाधि जितेको हो। निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि थपिएको समयमा बार्सिलोनाका लागि ९७ औं मिनेटमा जोर्डी अल्बा र खेलको अन्तिम समयमा…
काठमाडौं : शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहमा ११ सय भन्दा बढी शिक्षक माग गरेको छ। सोमबार सूचना प्रकाशित गरी आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणीमा बिभिन्न विषयमा गरी ११ सय १७ जना माग गरिएको हो। आयोगले यसपटक पनि विकास क्षेत्र अनुसार संख्या तोकेर शिक्षक माग गरेको छ। २०६३ वैशाख १० गतेदेखि रिक्त रहेका सामुदायिक विद्यालयका लागि शिक्षक माग गरेको…
चितवन : भूकम्प र नाकाबन्दीका कारण लक्ष्यअनुरुप काम हुन नसकेको नारायणगढ–मुग्लिन सडक खण्ड विस्तार तीव्र गतिमा बढाइएको निर्माण कम्पनीले जनाएको छ। ठेक्का दिँदा २०७४ को वैशाखमा काम सम्पन्न गर्नुपर्ने सम्झौता भए समय थप गरी २०७४ भदौमा सम्पन्न गर्ने सम्झौता गरिएको थियो। पछिल्लो सम्झौताको लक्ष्यअनुरुप काम भइरहेको नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले बताए। उनका अनुसार हालसम्म २१ प्रतिशत…
काठमाडौं : चितवनमा एक अर्बको लगानीमा स्थापना भएको दाना उद्योगबाट उत्पादन सुरु भएको छ। विश्वकै उत्कृष्ट मेसिनसहितको दाना उद्योग नेपालको सबैभन्दा ठूलो ह्याचरी उद्योग चलाइरहेको अविनाश समूह र भारतको पोल्ट्री उद्योगमा अग्रणी मानिने स्काई लार्क समूहको संयुक्त लगानीमा उद्योग स्थापना भएको हो। यो उद्योगले तीन दिन अघिदेखि उत्पादन सुरु गरेको हो। अविनाश समूहका अध्यक्ष गुणचन्द्र विष्टले परीक्षण उत्पादन सुरु…
बिष्णुहरि घिमिरे- न्युयोर्क : विश्वकै व्यस्त शहरमा पर्ने म्यानहाटनको ब्रोड वेले आइतबार फरक वातावरणको अनुभव गर्यो। चिल्ला मोटरका लागि २४ घण्टा नै आफुलाई अभ्यस्त पार्दै आएको ब्रोड वेमा आइतवार दिउँसोका केही घण्टा नेपाल सिङ्गै उत्रिएको थियो। जुन घटना ब्रोड वेको इतिहासमा विशुद्ध नौलो र पहिलो थियो। न्युयोर्क र यस आसपासमा बस्दै आएका नेपालीहरुका विभिन्न संघ सस्थाहरुले संयुक्त आयोजना गरेकव…
काठमाडौँ : सरकारी कार्यालयका कागजात तथा दस्तखत किर्ते गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–३५ पेप्सीकोला बस्ने झापा दमक नगरपालिका–१५ का २६ वर्षीय सन्दिप दाहाल र सिनामंगल बस्ने झापा जुरोपानी–५ का ४३ वर्षीय ईश्वर भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको हो। सेक्युरिटी गार्डमा दुबई जान लागेका विभिन्न व्यक्तिबाट रकम लिई सरकारी कार्यालयको कागजात तथा पदाधिकारीहरुको दस्तखत किर्ते गरी नक्कली…
काठमाडौं : ‘नेपाल फेसन आइकन २०१६’ को उपाधि सामाखुसी टाउन प्लानिङका १९ वर्षीय अनिश तामाङ र जोरपाटीकी २० वर्षीया सिर्जना देवकोटाले जितेका छन्। विजेताले शीर्ष उपाधिका साथ विभिन्न गिफ्ट पाएका छन् भने उनीहरुलाई फिल्म र म्युजिक भिडियोमा अभिनयको अवसर पनि दिइएको छ। अनिशले बेस्ट फिजिकको समेत उपाधि हात पारे। त्यस्तै प्लस–टु अध्ययनरत सिर्जनाले भिवर च्वाइस अवार्ड पनि जितिन्। दुवै बिजेताले आ–आफ्नो…
काठमाडौं : गिरानचौर एकीकृत बस्ती निर्माणमा जुटेका हास्य कलाकार सीताराम घिमिरे (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई अभिनेता राजबल्लभ कोइरालाले आर्थिक सहयोग गर्ने भएका छन्। अमेरिकामा रहेका अभिनेता कोइरालाले सामाजिक सञ्जाल फेसबुकमार्फत धुर्मुस-सुन्तली फाउन्डेसनलाई एक लाख एक हजार सहयोग गर्ने जानकारी गराएका हुन्। आफ्नो हजुरबुवाको नाममा प्रदान गरिने सो रकम चाँडै उनीहरुको हात पर्ने पनि उनले उल्लेख गरेका छन्।…
काठमाडौं : मंगोलियन हर्टलाई मंगोल इतर समुदायले पनि उत्तिकै मन पराउँछन्। गायक राजु लामाले नेतृत्व गर्ने यो व्यान्ड पहिले जस्तो सक्रिय छैन। यीनै राजु लामा आउँदो शनिबार ब्याकअप ब्यान्ड सहित दरबारमार्गस्थित भिक्ट्री लन्जमा गीत गाउन उपस्थित हुँदैछन्। उनलाई फेम नेपालले प्रस्तुत गर्न लागेको हो। राजु लामा करिब तीन वर्षपछि कन्सर्टमा देखिन लागेका हुन्। उनले तीन वर्षअघि हेटौंडामा गीत सुनाएका थिए।…
काठमाडौं : नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलले आज सूचना तथा सञ्चारमन्त्री शेरधन राईलाई भेटी नेपाली प्रेस र पत्रकारहरूले भोगिरहेका समस्या समाधानका लागि ११ बुँदे मागसहित ध्यानाकर्षणपत्र पेश गरेको छ। महासंघका अध्यक्ष डा. महेन्द्र विष्टको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आगामी बजेटमै यसको सम्बोधन गर्न मन्त्रीसमक्ष आग्रह पनि गर्यो। श्रमजीवी पत्रकारको न्युनतम पारिश्रमिकमा पुनरावलोकन सिफारिस कार्यान्वयनका निम्ति मन्त्रिपरिषद्बाट भएको निर्णयको स्वागत गर्दै यसलाई तत्काल…
काठमाडौं : पुनर्निर्माण अभियानमा गाविस सचिवलाई जिम्मेवार बनाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उसले गर्नुपर्ने जिम्मेवारी किटान गरी तीन काम गर्न निर्देशन जारी गरेको छ। भूकम्प अति प्रभावित १४ जिल्लाका गाविस सचिवसँगै नगरपालिकाका कार्यकारी अधिकृत र स्थानीय विकास अधिकारीलाई आइतबार निर्देशन जारी गर्दै प्राधिकरणले उनीहरुले गर्नुपर्ने कामको किटान गरेको छ। प्राधिकरणले तोकेको जिम्मेवारी सबैभन्दा धेरै गाविस सचिव र नगरपालिकाको कार्यकारी अधिकृत लक्षित…
बिबिसी : इंगलिस क्लब म्यानचेस्टर युनाइटेडले प्रशिक्षक लुइस भान हाललाई सोमबार बर्खास्त गरेको छ। तीन वर्षका लागि म्यान यु आएका डच नागरिक भान हाललाई एक वर्षअघि नै बर्खास्त गरेको हो। म्यान यु को नयाँ प्रशिक्षकको रुपमा जोस माउरिन्हो आउने पक्का भइसकेको छ। उनको नियुक्ति मंगलबार उनले म्यान यु को उच्च अधिकारीसँग भेटेपछि हुनेछ। भान हालको बर्खास्तीपछि उनका सहयोगी रेन गिग्सको…